काठमाडौँ, ४ असारः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुमवासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दिँदै सेनाको प्रयोग नभएको स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय… Continue reading प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
Category: फिचर
अर्थमन्त्री भन्छन् : राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नु प्राथमिकतामा
काठमाडौँ, ४ असारः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरूको… Continue reading अर्थमन्त्री भन्छन् : राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नु प्राथमिकतामा
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
दुबई, ३ असार (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त अरब इमिरेट्स (युएई)का प्रमुख एयरलाइन्सले विस्तारित यात्रा बीमा र सुविधा योजना सार्वजनिक गरेका छन् । युएइको प्रमुख एयरलाइन्स एमिरेट्स एयरलाइन्सले बुधबार नयाँ यात्रा बीमा प्याकेज घोषणा गरेको छ, जसअन्तर्गत द्वन्द्वको अवस्थामा विस्तारित चिकित्सा कभरेज, यात्रा रद्द, ढिलाइ, सामान हराउने तथा आपतकालीन उद्धारजस्ता… Continue reading इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
राससधरान (सुनसरी), ४ असारः साँझ पर्न थालेको छ । सवारीहरु भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन । गाडी चढ्नुअघि धेरैजसो पर्यटकहरु सडकछेउका तरकारी पसलतर्फ लम्किएका छन् । कसैले रायोको साग किनिरहेका छन् त कसैले अकबरे खुर्सानी… Continue reading गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
काभ्रेपलाञ्चोक, ४ असारः स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ । गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन गरेर कालोपत्र (डिबिएम–पिच)को काम गरिए पनि ‘बिटुमिन’ अभावका कारण बन्द अवस्थामा रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । धुलिखेल चोकबाट दुई दशमलव पाँच… Continue reading अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि….
राँझा (बाँके), ४ असारः बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको समयावधिबाहेक किसानको मागअनुसार बाहै्र महिना नहरमा नियमित पानी छोड्ने गरेको छ । किसानको मागअनुसार सिंँचाइको अभाव हुन नदिन नहरमा बाहै्र… Continue reading सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि….
विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा
काठमाडौँ, ४ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एल’अन्तर्गतको आज भएको खेलमा पोर्चुगल र कंगोको खेल बराबरीमा टुंगिएको छ । अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो । खेलको छैटौँ मिनेटमा जुआँ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अधिंकाश समय बल पोर्चुगलले… Continue reading विश्वकप फुटबलः पोर्चुगल र कंंगोको खेल बराबरीमा
विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
काठमाडौँ, ४ असार । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई पराजित गरेको छ । अमेरिकाको डालास रंगशालामा भएको खेलमा इंग्ल्याण्डले ४–२ गोल अन्तरले क्रोएसियालाई पराजित गरेको हो । खेलको १२औँ मिनेटमा इंग्ल्याण्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । ३६औँ मिनेटमा क्रोएसियाका लागि मार्टिन बुटुरिनाले गोल गर्दै खेललाई… Continue reading विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
काठमाडौँ, ४ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ । क्यानडाको टोरन्टो स्टेडियममा भर्खरै सम्पन्न खेलमा घानाले पानामालाई १–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । कालेब यिरेनकीले गरेको एक गोल नै घानाको लागि निर्णायक गोल सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे… Continue reading विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
काठमाडौँ, ३ असारः सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ । मङ्गलबार यहाँ सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त रकम प्रदान गर्ने घोषणा भएको हो । दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास… Continue reading नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छः मन्त्री बादी
काठमाडौँ, ३ असार । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले आगामी आर्थिक वर्षको बजेटमा महिला सशक्तीकरण, लैङ्गिक समानता र हिंसामुक्त समाज निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफदिने क्रममा मन्त्री बादीले हिंसा प्रभावित तथा जोखिममा रहेका महिला र किशोरीको आर्थिक सशक्तीकरणमा… Continue reading हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छः मन्त्री बादी
सरकारले स्वास्थ्य क्षेत्रलाई विगतभन्दा उच्च प्राथमिकतामा राखेको छः मन्त्री मेहता
काठमाडौँ, ३ असारः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रलाई विगतभन्दा उच्च प्राथमिकतामा राखेको बताएकी छिन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३\८४ को मन्त्रालयगत विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आज मन्त्री मेहताले सरकार सुशासन, जवाफदेहिता र पारदर्शितालाई मुख्य सिद्धान्त मानेर स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्… Continue reading सरकारले स्वास्थ्य क्षेत्रलाई विगतभन्दा उच्च प्राथमिकतामा राखेको छः मन्त्री मेहता
राज्यकोषको पैसा खर्च नगरी सहकारी बचतकर्तालाई रकम फिर्ता गरेका छौँः मन्त्री रावल
काठमाडौँ, ३ असारः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ताको लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको स्पष्ट पारेकी छिन् । मन्त्री रावलले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै यस प्रयोजनका लागि राज्यकोषबाट खर्च गरिएको हो भन्ने भ्रमबाट मुक्त हुनका लागि आह्वान गरिन् । “पछिल्लो… Continue reading राज्यकोषको पैसा खर्च नगरी सहकारी बचतकर्तालाई रकम फिर्ता गरेका छौँः मन्त्री रावल
विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस
काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अध्ययन बिदा वा असाधारण बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहेको कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेकोले उहाँहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको… Continue reading विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस
बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ
काठमाडौँ, ३ असारः बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ? ख्याल गर्नुहोला यस्ता घटना अहिले नेपालमा भइरहेका छन् । त्यस्ता ठगीबाट बच्न विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ । हालै काठमाडौँमा यस्तै घटना सार्वजनिक भएको छ । आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अङ्ग्रेजी भाषामा बोली प्रिन्स तनमाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो… Continue reading बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ
बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल
राससखोटाङ, ३ असारः खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो । तराईसँग सिधा यातायात सेवा… Continue reading बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल
पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणः किसानलाई राहत
भोजपुर, ३ असार । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणले स्थानीय किसानलाई राहत पुगेको छ । वर्षौँदेखि सिँचाइ अभावका कारण अकासे पानीमा मात्र निर्भर रहँदै आएका किसान अहिले नियमित पानीको पहुँचसँगै उत्साहित बनेका हुन् । सिँचाइ अभावका कारण खेतीयोग्य जमिन बाँझै रहने, उत्पादन घट्ने र वर्षायामबाहेक अन्य समयमा खेती गर्न कठिन हुने अवस्था यहाँ… Continue reading पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणः किसानलाई राहत
प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
काठमाडौँ, ३ असारः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक\कर्मचारीलाई समितिको कार्यालयमा… Continue reading प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
काठमाडौँ, ३ असारः आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा जुन १७ लाई विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवसका रूपमा घोषणा गरेपछि सन् १९९५ देखि प्रत्येक वर्ष यो दिवस मनाउँन प्रारम्भ भएको… Continue reading विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार
पाँचथर, ३ असारः बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाँझिएको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित तमोर नदी र हेंवाखोलाको किनारामा अवस्थित माझीटारको समथर खेतीयोग्य जमिनमा अहिले मकैबाहेक खेती हुन छाडेको छ । विसं… Continue reading कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
हिमाल लम्साल/ रासस काठमाडौँ, ३ असारः नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए… Continue reading नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
क्यालिफोर्नियामा बी–५२ दुर्घटनामा आठको मृत्यु
लस एन्जलस, ३ असार (रासस–एपी) । दक्षिणी क्यालिफोर्नियाको मोजावे मरुभूमिमा रहेको एडवड्र्स एयर फोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायु सेनाको बी–५२ बमवर्षक दुर्घटनाग्रस्त हुँदा सवार सबै आठ जनाको मृत्यु भएको छ । टेकअफ गरेको केही समयमै भएको उक्त दुर्घटनापछि विमानमा आगलागी भएको र मरुभूमि क्षेत्रमा ठूलो क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटना… Continue reading क्यालिफोर्नियामा बी–५२ दुर्घटनामा आठको मृत्यु
राष्ट्रसङ्घद्वारा अमेरिका इरान सम्झौताको स्वागत
संयुक्त राष्ट्रसङघ, ३असार (रासस–सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घको महासभाका अध्यक्ष एनालेना बारबकले सोमबार संयुक्त राज्य अमेरिका र इरान बीच भएकोे सम्झौताको घोषणालाई स्वागत गरेका छन् । संयुक्त राज्य अमेरिका र इरानले लामो समयको युद्ध पछि समझदारीमा आएर गरेको सहमती घोषणालाई महासभाका अध्यक्ष र महासचिवले स्वागत गर्दै विज्ञप्ति जारी गरेको जनाइएको छ । द्धिदेशिय युद्धमन कारण हजारौं… Continue reading राष्ट्रसङ्घद्वारा अमेरिका इरान सम्झौताको स्वागत
हर्मुज मार्ग पुनः खुल्ने सङ्केत
तेहरान, ३ असार (रासस–एएफपी) । अमेरिका–इरान सम्झौतापछि विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजको जलघाँटी पुनः सञ्चालनतर्फ अघि बढेको सङ्केत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसम्म उक्त सामरिक जलमार्ग ‘पूर्ण रूपमा खुला’ हुने बताउनुभएसँगै यसले मध्यपूर्व युद्ध अन्त्यतर्फको सम्झौतापछि ऊर्जा बजारमा आशा जगाएको छ । ट्रम्पका अनुसार जहाजहरू पहिले नै हर्मुज हुँदै आवागमन… Continue reading हर्मुज मार्ग पुनः खुल्ने सङ्केत
राष्ट्रगान विवादमा इरानी खेलाडीको प्रतिक्रिया
लस एन्जलस, ३ असार (रासस–एएफपी) । विश्वकप फुटबलको उद्घाटन खेलमा इरानको राष्ट्रगानका क्रममा दर्शकदीर्घाबाट उठेको विरोध र समर्थनबीच इरानी खेलाडी रामिन रेजियानले त्यसलाई इरानीहरूको आन्तरिक विषय भएको बताउँदै बाह्य हस्तक्षेप आवश्यक नरहेको धारणा व्यक्त गरेका छन् । लस एन्जलसमा भएको खेलले खेलकुदसँगै इरानको राजनीतिक विभाजनलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुनः उजागर गरेको छ । न्युजिल्यान्डविरुद्ध २–२… Continue reading राष्ट्रगान विवादमा इरानी खेलाडीको प्रतिक्रिया
खडेरीको चिन्ता र उत्तर कोरियाको ‘सुक्खा धान’ अभियान
सियोल, ३ असार (रासस–एएफपी) । उत्तर कोरियाले परम्परागत पानीमा डुबाइने धानखेतीको विकल्पका रूपमा सुक्खा खेतमा धान उत्पादनलाई तीव्रता दिएको छ । राज्य सञ्चारमाध्यमले यसलाई कृषि उत्पादन बढाउने प्रयासका रूपमा प्रस्तुत गरे पनि विज्ञहरूले यसलाई देशमा बढ्दो खडेरी र खाद्य असुरक्षाको गम्भीर सङ्केतका रूपमा व्याख्या गरेका छन् । आणविक हतियार सम्पन्न उत्तर कोरिया लामो समयदेखि अन्तर्राष्ट्रिय… Continue reading खडेरीको चिन्ता र उत्तर कोरियाको ‘सुक्खा धान’ अभियान
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
काठमाडौँ, ३ असारः कप्तान लियोनल मेसीको ह्याट्रिकमा अर्जेन्टिनाले अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकप– २०२६ को आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ । अमेरिकाको कान्सास सिटी रङ्गशालामा आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो । साविक विजेता अर्जेन्टिनाका लागि कप्तान मेसीले यस सिजनको पहिलो ह्याट्रिक पूरा गरेका हुन्… Continue reading मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित
किसानलाई अनुदानमा मौरी घार वितरण
दमौली (तनहुँ), ३ असारः जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–२ स्थित खोलागाउँका किसानलाई अनुदान सहयोगमा मौरीघार वितरण गरेको छ । किसानको आयआर्जन वृद्धि गर्दै मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा ५० थान मौरीघार वितरण गरिएको केन्द्रले जनाएको छ । कार्यालयको चालु आर्थिक वर्ष २०८२\८३ को वार्षिक कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो… Continue reading किसानलाई अनुदानमा मौरी घार वितरण
विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित
काठमाडौँ, ३ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भएन । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने… Continue reading विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
काठमाडौँ, ३ असार । आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ । विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पु¥याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको छ । यस वर्षको दिवसका अवसरमा… Continue reading अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै