खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा

काठमाडौं । असोज दोस्रो साताको भारी वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावरलाई आपत्कालीन पुनर्स्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता एवम् भारप्रेषण केन्द्रका निर्देशक चन्दनकुमार घोषले शुक्रबार दिउँसो १ः१५ बजे प्रसारण लाइनलाई चार्ज गरी सञ्चालनमा ल्याइएको बताए । तामाकोसी नदीमा आएको… Continue reading खिम्ती–लामोसाँघु प्रसारण लाइन ईआरएस टावर प्रयोग गरी सञ्चालनमा

अमेरिकी गप्तचरको चेतावनीपछि श्रीलंकामा बढाइयो इजरायली पर्यटकको सुरक्षा

काठमाडौं । श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ । “हामीले तीन स्थानीय पुरुषलाई सोधपुछ गरिरहेका छौँ”, विदेशमन्त्री विजिता हेराथले कोलम्बोमा पत्रकारलाई भने, “हामीले अमेरिकी चेतावनीलाई गम्भीरतापूर्वक लिएका छौँ र सुरक्षा बढाएका छौँ ।” उनले ती पुरुषलाई मुलुकको पूर्वी भागमा रहेको एक यहुदी सामुदायिक केन्द्रलाई… Continue reading अमेरिकी गप्तचरको चेतावनीपछि श्रीलंकामा बढाइयो इजरायली पर्यटकको सुरक्षा

एमसीसी प्रमुख र अर्थमन्त्री पौडेलबीच अमेरिकामा भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो… Continue reading एमसीसी प्रमुख र अर्थमन्त्री पौडेलबीच अमेरिकामा भेट

प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल

काठमाडौं । सरकारले कुनै पहल नलिएसँगै नेपाल विदुत प्राधिकरणले नियमानुसार उद्योगहरुको बिजुली काटेको छ । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको हो । बिहीवार साँझबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना… Continue reading प्राधिकरणले काट्यो उद्योगको लाइन, सरकारले लिएन पहल

अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज वासिङ्टन डिसीमा आयोजना गरेको छलफलमा उनले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन… Continue reading अमेरिकाबाट अर्थमन्त्रीको आह्वान : नेपालमा लगानी गर्नुहोस

भारतमा आएको आँधीले नेपालमा के असर पर्ला ?

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको प्रत्यक्ष असर नेपालमा नपर्ने मौसमविदले बताएका छन् । तर त्यसको आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने उनीहरुको प्रक्षेपण छ । ‘दाना’ नाम दिइएको शक्तिशाली चक्रवात गएराति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । यसको असरले ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता… Continue reading भारतमा आएको आँधीले नेपालमा के असर पर्ला ?

भारतका पूर्वी राज्यमा विनासकारी आँधी, १५ लाख मानिस विष्थापित

काठमाडौं । भारतका पूर्वी राज्यहरू उडिसा र पश्चिम बंगाल क्षेत्रबाट आउन लागेको चक्रवातका कारण करिब १५ लाख मानिसलाई अन्यत्र सारिएको छ । भारतीय अधिकारीहरूले चक्रवात ‘दाना’ आगामी २४ घण्टासम्म सक्रिय रहने र यसले व्यापक क्षति पुर्‍याउने अनुमान गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार चक्रवातका कारण हुने क्षति न्यूनीकरण गर्न हजारौं राहत कार्यकर्ता खटाइएको छ… Continue reading भारतका पूर्वी राज्यमा विनासकारी आँधी, १५ लाख मानिस विष्थापित

रास्वपाका सभापति लामिछाने र पूर्वडीआइजी जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो… Continue reading रास्वपाका सभापति लामिछाने र पूर्वडीआइजी जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुने

शुक्रबार देशैभरका सरकारी कार्यालयमा डेंगी नियन्त्रण सरसफाई गर्ने निर्णय

काठमाडौं । सरकारले शुक्रबार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेंगी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय लिएको छ । सरकारी कार्यालयमा रहेको ग्यारेज सहितका स्थानहरूमा प्रयोगविहीन टायर वा सवारी साधनमा पानी जमेर बस्ने तथा त्यसले डेंगी फैलाउने मच्छरको फैलावटमा मद्दत पुग्दै आएकाले त्यस्ता सबै स्थानको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ । डेंगी संक्रमणको बढ्दो स्थितिलाई… Continue reading शुक्रबार देशैभरका सरकारी कार्यालयमा डेंगी नियन्त्रण सरसफाई गर्ने निर्णय

इजरायलमा तत्काल नेपाली श्रमिक नपठाइने

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौं । सरकारले इजरायलमा नेपाली श्रमिक तत्काल नपठाउने भएको छ । इजरायल र अन्य देशबीचको युद्ध साम्य नभएपछि सरकारले परिस्थिति सहज नहुँदासम्म श्रमिक नपठाउने भएको हो । इजरायलमा शान्तिपूर्ण अवस्था बनेपछि मात्रै श्रमिक पठाउने तयारी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । जीटूजी प्रक्रियाबाट केयर गिभरको रुपमा इजरायल जाने २ हजार ११२ जना नेपाली श्रमिकको… Continue reading इजरायलमा तत्काल नेपाली श्रमिक नपठाइने

साफमा नेपालको सानदार प्रदर्शन जारी : टीम सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले पराजित गरेर समूह विजेता बन्यो। नेपालले समूहमा ७ अंक जोड्दा उपविजेता बनेको भुटानले पनि ७ अंक नै जोड्यो। गोलअन्तरमा भने नेपालले भुटानलाई एक गोलले पछि पार्‍यो। यसअघि नेपालले माल्दिभ्सलाई… Continue reading साफमा नेपालको सानदार प्रदर्शन जारी : टीम सेमिफाइनलमा

युद्धग्रस्त लेवनानमा कहिलेसम्म पठाइन्छ नेपाली कामदार ?

Getty Images

काठमाडौं । इजरायल र हेजबुल्लाहबीचको लडाइँ चर्किंदै गए पनि सरकारले लेबनानमा त्यहाँ श्रमिक पठाउन बन्द गरेको छैन । लेबनानमा कार्यरत करिब ७ सय जना घरेलु महिला श्रमिकहरु त्रासमा रहेका बेला सरकारले लेबनानमा थप श्रमिक जान नदिने गरी कुनै निर्णय गरेको छैन । वैदेशिक रोजगार विभागले त्यहाँको सुरक्षा अवस्था र थप श्रमिक पठाउँदा हुन सक्नेबारे परराष्ट्र… Continue reading युद्धग्रस्त लेवनानमा कहिलेसम्म पठाइन्छ नेपाली कामदार ?

उत्तर कोरियाले रुसमा सैनिक पठाएको अमेरिकाको दावि

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको दावि गरेका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको बताएका थिए । त्यसलगत्तै अमेरिकी रक्षामन्त्रीको बयान सार्वजनिक भएको हो । इटालीको रोम भ्रमणमा… Continue reading उत्तर कोरियाले रुसमा सैनिक पठाएको अमेरिकाको दावि

फिलिपिन्समा शक्तिशाली आँधी, कम्तिमा १४ जनाको मृत्यु

file Photo source : AP Photo/Erik De Castro

काठमाडौं । फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थापित भएका छन् । उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूसमक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् । पूरै गाउँ डुबानमा छन् । उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेको प्रहरीले बताएका छन्… Continue reading फिलिपिन्समा शक्तिशाली आँधी, कम्तिमा १४ जनाको मृत्यु

चाडबाडले समेत बढाउन सकेन आयात, रेमिट्यान्सले उछिन्यो

काठमाडौं । चाडबाड मुखमा वस्तु आयात सामान्यतया बढ्ने गर्छ । तर, कोभिड महामारीयता यसो हुन सकेको छैन । यसपालि चाडबाड मुखमा समेत आयात बढेन बरु घट्यो । भन्सार विभागका अनुसार यस वर्ष असोजमा भदौको दाँजोमा समेत कम वस्तु आयात भएको छ । असोजमा १ खर्ब २८ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र वस्तु आयात भएको… Continue reading चाडबाडले समेत बढाउन सकेन आयात, रेमिट्यान्सले उछिन्यो

रुसमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भेट, कुन मुद्दामा भयो कुराकानी ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच रुसको कजानमा भेटवार्ता भएको छ । ब्रिक्स सम्मेलनका क्रममा दुई देशका नेताहरुबीच द्वीपक्षीय भेटवार्ता भएको हो । दुई नेताबीच करिव ५० मिनेट कुराकानी भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको तस्वीर एक्समा पोष्ट गर्दै भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘‘दुई देशका नागरिकका साथै… Continue reading रुसमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीको भेट, कुन मुद्दामा भयो कुराकानी ?

महसुल नतिर्ने उद्योगलाई प्राधिकरणले दिएको अल्टिमेटम सकियो, के होला निर्णय ?

काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगहरुलाई बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले दिएको कात्तिक ८ गतेभित्रको समयसीमा आज सकिँदैछ । प्राधिकरणले यसबारे निर्णय गर्न बोर्ड बैठक बोलाएको छ । ऊर्जा मन्त्रीको अध्यक्षमा बस्ने बैठक बिहान नौ बजे बोलाइएको छ । ऊर्जा मन्त्रीको अध्यक्षताको बोर्डमा ऊर्जा मन्त्रालयका सचिव, अर्थ मन्त्रालयको राजश्व सचिव, रतन ऐर,… Continue reading महसुल नतिर्ने उद्योगलाई प्राधिकरणले दिएको अल्टिमेटम सकियो, के होला निर्णय ?

ब्रिटेनको लेवर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

काठमाडौं । डोनल्ड ट्रम्पको चुनावी अभियानले ब्रिटेनको सत्तारूढ लेबर पार्टीमाथि अमेरिकी निर्वाचनमा ‘विदेशी हस्तक्षेप’ गरेको आरोप लगाउँदै उजुरी दायर गरेको छ। रिपब्लिकन अभियानको विज्ञप्तिमा ब्रिटेनको ‘द टेलिग्राफ’ पत्रिकामा प्रकाशित एउटा समाचारलाई उद्धृत गरिएको छ। उक्त समाचारले मध्यवामपन्थी लेबर पार्टीसँग आबद्ध व्यक्तिहरू डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसको पक्षमा अभियान चलाउन अमेरिका गएको दाबी गरेको थियो। ब्रिटिश प्रधानमन्त्री… Continue reading ब्रिटेनको लेवर पार्टीले अमेरिकी चुनावमा हस्तक्षेप गरेको ट्रम्पको आरोप

राष्ट्रपतिसँग भेटेर विपक्षी दलले के भने ?

काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेश जारी हुने त्रासमा रहेका विपक्षी दलका नेताहरुले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । अध्यादेश रोकिदिन माग गर्दै शीतल निवास पुगेका विपक्षी दलका नेताहरुलाई राष्ट्रपति पौडेलले भने आइहाले बोलाएर परामर्श गर्ने आश्वासन दिएका छन् ।प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २ कात्तिकमा विपक्षी दलहरुको बैठक बोलाएका थिए ।… Continue reading राष्ट्रपतिसँग भेटेर विपक्षी दलले के भने ?

रास्वपाले विधिको शासनको उपहास गर्यो : कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनलाई अवमूल्यन र उपहास गरेको बताएको छ । रास्वपा सभापति रवि लामिछाने शुक्रबार पक्राउ परेर पोखरा लगिएपछि त्यस यता उक्त दलले गरेका गतिविधिले अनुसन्धानलाई प्रभावित पार्नेतर्फ सचेत गराएको छ । लामिछानेका समर्थकहरुले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने… Continue reading रास्वपाले विधिको शासनको उपहास गर्यो : कांग्रेस

संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय, सीटी स्क्यानको मूल्य घट्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि घटाउने गरी मन्त्री पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । अब यस आधारमा मन्त्रालयमातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् । स्वास्थ्यका… Continue reading संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय, सीटी स्क्यानको मूल्य घट्ने

प्रधानमन्त्री ओलीले यसरी सुनाए तीन महिनामा गरेका कामको फेरहस्ती (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिने उद्देश्यले सरकार ढल्ने हल्ला चलाइएको दावि गरेका छन् । ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्तो अफवाहरु प्नि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो’, प्रधानमन्त्रीले भने । १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस… Continue reading प्रधानमन्त्री ओलीले यसरी सुनाए तीन महिनामा गरेका कामको फेरहस्ती (पूर्णपाठ)

राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा नेपालले दियो उम्मेदवारी

काठमाडौं । संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका महसचिवलाई सिधै रिपोर्टिंङ गर्नुपर्ने तहको पदमा नेपाली सेनाबाट उम्मेदवारी परेको हो । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यका अनुसार, संयुक्त राष्ट्र संघको मिलिटरी एड्भाइजर पदमा उम्मेदवारी दिन प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिन उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको छ । यदि प्रतिस्पर्धामा… Continue reading राष्ट्रसंघको सैनिक सल्लाहकार पदमा नेपालले दियो उम्मेदवारी

यस वर्ष कस्तो रहनेछ विश्व अर्थतन्त्र ?

काठमाडौं । यस वर्ष विश्वको आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत रहने भएको छ । सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को अनुमान छ । आर्थिक आउटलुक (डब्ल्यूईओ) प्रतिवेदनमा आईएमएफले विश्वव्यापी मुद्रास्फीति घटेर यस वर्ष ५ दशमलव ८ प्रतिशत हुने र सन् २०२५ मा ४ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान गरेको… Continue reading यस वर्ष कस्तो रहनेछ विश्व अर्थतन्त्र ?

अभ्यास खेलमा अमेरिका ‘ए’सँग हार्यो नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित भएको छ । मंगलबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले लज्जासपद ब्याटिङ गर्दा अमेरिका ए टिमसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरका ए ले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा… Continue reading अभ्यास खेलमा अमेरिका ‘ए’सँग हार्यो नेपाल

अमेरिका पुगे अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन यहाँ आइपुगेका छन् । उनलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल तथा दूतावासका अधिकारीहरूले स्वागत गरे । मन्त्री पौडेलले बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै… Continue reading अमेरिका पुगे अर्थमन्त्री पौडेल

प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारले सय दिनमा कमजोर प्रदर्शन गरिरहेको छ । यसको सर्वत्र आलोचना भइरहेको छ… Continue reading प्रधानमन्त्रीले बोलाए सत्तारुढ दलको बैठक

बेलायती राजालाई अष्ट्रेलियामा भनियो : तपाई हाम्रो राजा होइन

Reuters

काठमाडौं । बेलायती राजा चार्ल्स तृतीय माथि नसोचेको व्यवहार भएको छ । राजा चार्ल्सले सोमबार बिहान अस्ट्रेलियाको संसद्लाई सम्बोधन गर्ने कार्यक्रम थियो ।११ मिनेट लामो सम्बोधन सक्ने बित्तिकै माथिल्लो सदन सिनेटकी एक सदस्यले चार्ल्स अस्ट्रेलियाको राजा नभएको भन्दै चिच्चाएकी छिन् । ‘दिस इज नट योर ल्यान्ड । यू आर नट माइ किङ । भिक्टोरिया राज्यबाट… Continue reading बेलायती राजालाई अष्ट्रेलियामा भनियो : तपाई हाम्रो राजा होइन

ट्रम्पका एक मतदातालाई प्रतिदिन १० लाख डलर दिने अर्बपति व्यापारी मस्कको अभियान किन विवादित ?

काठमाडौं । अर्बपति व्यापारी इलोन मस्कले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा निर्णायक हुन सक्ने ठानिएका राज्यका मतदातामध्ये एक जनालाई दैनिक १० लाख अमेरिकी डलर वितरण गर्ने घोषणा गरेका छन्। उनको यो निर्णय विधानसम्मत छ कि छैन भनेर प्रश्न उठेको छ। अमेरिकामा नोभेम्बर ५ मा निर्वाचन हुन लागेको छ। मस्कले राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा समर्थन… Continue reading ट्रम्पका एक मतदातालाई प्रतिदिन १० लाख डलर दिने अर्बपति व्यापारी मस्कको अभियान किन विवादित ?

सुशासनको मामिलामा सरकार कमजोर : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार सुशासनको मामिलामा कमजोर देखिएको बताएका छन् । सरकारले भ्रष्टाचारमा संलग्न आफ्ना निकटस्थहरूलाई बचाउने र प्रतिद्वन्द्वीहरूलाई खोजीखोजी हान्ने खेलमा लागेको पनि दाहालको भनाइ छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको वाग्मती प्रदेश र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज र अध्यक्षहरूको संयुक्त… Continue reading सुशासनको मामिलामा सरकार कमजोर : प्रचण्ड