सुशासनको मामिलामा सरकार कमजोर : प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार सुशासनको मामिलामा कमजोर देखिएको बताएका छन् । सरकारले भ्रष्टाचारमा संलग्न आफ्ना निकटस्थहरूलाई बचाउने र प्रतिद्वन्द्वीहरूलाई खोजीखोजी हान्ने खेलमा लागेको पनि दाहालको भनाइ छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको वाग्मती प्रदेश र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इन्चार्ज र अध्यक्षहरूको संयुक्त… Continue reading सुशासनको मामिलामा सरकार कमजोर : प्रचण्ड

विपद्मा ज्यान गुमाएका परिवारलाई दिइयो नगद राहत

काठमाडौं । गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको हो । विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको… Continue reading विपद्मा ज्यान गुमाएका परिवारलाई दिइयो नगद राहत

तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने

काठमाडौं । सरकारले तारे होटलमा प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्रीमा रोक लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले यस्तो रोक लगाउने निर्णय गरेको हो । तारे होटल र सबै रिसोर्टमा प्लास्टिकजन्य बोतलमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल… Continue reading तारे होटेलले प्लास्टिकजन्य बोतलसहितका पेय पदार्थ बिक्री गर्न नपाउने

भिस्ताराको जहाजमा भेटिएन शंकास्पद वस्तु

काठमाडौं । बम राखिएको हल्लापछि करिब तीन घण्टा रोकिएको भिस्टाता एयरवेजको जहाज खरामुक्त रहेको प्रमाणित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै रोकिएको भिस्ताराको जहाज अब भारत नयाँदिल्लीका लागि उडान गर्ने क्रममा छ । जहाजमा बम वा अन्य कुनै शंकास्पद वस्तु नभेटिएएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् । भारतको एउटा… Continue reading भिस्ताराको जहाजमा भेटिएन शंकास्पद वस्तु

जब भिस्ताराको जहाजमा बम राखेको हल्ला चल्यो..

काठमाडौं । दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरवेजको जहाजमा बम राखेको हल्ला चलेको छ । यससङ्गै नेपाली सेनाले सर्च थालेको छ । काठमाडौं विमानस्थलमा उडान अवतरण रोकिएको छ । काठमाडौं विमानस्थलमा यो जहाजमा बम रहेको खबर नयाँ दिल्लीबाट आएको बताएको छ ।

बाढीले भत्काएको सिन्धुली पुलमा बेलिब्रिज सञ्चालन, सेनालाई सम्मान

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरुलाई सम्मान गरेका छन् । असोज १२ को बाढीका कारण क्षतिग्रस्त बनेको सो पुल द्रुत गतिमा निर्माण गरि सवारी आवागमन सुचारु गराउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनले सम्मान गरेका हुन् । मंगलबार बिपी राजमार्ग… Continue reading बाढीले भत्काएको सिन्धुली पुलमा बेलिब्रिज सञ्चालन, सेनालाई सम्मान

ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै

File photo source : Setopati

काठमाडौं । ललितपुर महानगरले आगामी शनिबार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्ने भएको छ। महानगरले सोमबार यहाँ आयोजना गरेको नदी किनारामा थुप्रिएको फोहरमैला सरसफाइसम्बन्धी तयारी बैठकमा महानगरप्रमुख चिरिबाबु महर्जनले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको प्लास्टिक, कपडा र कागजजन्य फोहर संकलन गर्ने र नदी किनारा सफा गर्ने… Continue reading ललितपुर महानगरले नदी किनार सफाई अभियान थाल्दै

सीमा क्षेत्रको गस्तीबारे चीन र भारतबीच के भयो नयाँ सम्झौता ?

काठमाडौं । चीन र भारतले लाइन अफ एक्युअल कन्ट्रोल (एलएसी) अर्थात दशगजा क्षेत्रमा हुने सैनिक गस्तीबारे नयाँ सम्झौता गरेका छन् । यसबाट सीमामा रहेका दुई देशका सैनिक पछाडि हट्ने र सन् २०२० को विवाद समाधान हुने अपेक्षा छ । सोमबार पत्रकार सम्मेलन गरेर भारतीय विदेश सचिव विक्रम मिस्रीले दिएको जानकारीअनुसार पछिल्लो केही सातादेखि भारत र… Continue reading सीमा क्षेत्रको गस्तीबारे चीन र भारतबीच के भयो नयाँ सम्झौता ?

पशुपति धर्मशालाबारे अध्ययन गर्न सरकारले बनायो समिति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ । सोमबार धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन मन्त्रालयका… Continue reading पशुपति धर्मशालाबारे अध्ययन गर्न सरकारले बनायो समिति

रारामा बन्ने भयो लक्जरी रिर्सोट, २ अर्ब लगानी

काठमाडौं । सरकारले आयोजना गरेको लगानी सम्मेलनका बेला सम्झौता भएको ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको छ । अस्ट्रेलियाली लगानीमा मुगुको रारा ताल क्षेत्रमा निर्माण हुन लागेको सुविधा सम्पन्न रारा रिसोर्ट खोल्न नेपाल सरकारले प्रारम्भिक अध्ययन अनुमति (आईईई) अनुमति दिएसँगै निर्माण प्रक्रिया अघि बढेको लगानीकर्ताले जानकारी दिएका छन् । उक्त रिसोर्ट निर्माणका लागि… Continue reading रारामा बन्ने भयो लक्जरी रिर्सोट, २ अर्ब लगानी

विभिन्न ८ सार्वजनिक संस्थान निजीकरण गर्न प्रक्रिया थालियो

काठमाडौं । सरकारले आठ सार्वजनिक संस्थान निजीकरण प्रक्रिया थालेको छ । सोमबार बसेको निजीकरण समितिले ती आठ सार्वजनिक संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने निर्णय गरेको हो । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका संस्थान निजीकरण वर्गीकरणका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा… Continue reading विभिन्न ८ सार्वजनिक संस्थान निजीकरण गर्न प्रक्रिया थालियो

साफमा माल्दिभ्सविरुद्ध नेपालको रवाफिलो जित, एकोहोरो खेलमा नेपालले गर्यो ११ गोल

काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । नेपाल ११–० को फराकिलो अन्तरले विजयी भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । प्रीति राईले समेत ह्याट्रिक पुरा गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक–एक गोल गरिन्… Continue reading साफमा माल्दिभ्सविरुद्ध नेपालको रवाफिलो जित, एकोहोरो खेलमा नेपालले गर्यो ११ गोल

अर्थमन्त्री आज राती अमेरिका उड्दै

काठमाडौं । उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्ने भएका छन् ।डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्ने कार्यक्रम छ । उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।

नेपाल- अमेरिका टी–२० आई सिरिज : नेपालद्धारा क्लिनस्वीप

काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । नेपालले कुनै पनि देशविरुद्ध शतप्रतिशत जित निकाल्दै सिरिज जितेको यो पहिलो पटक हो । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले हराउन सक्यो । पहिलो खेल १७ रनले जितेको थियो । नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको हो । तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले… Continue reading नेपाल- अमेरिका टी–२० आई सिरिज : नेपालद्धारा क्लिनस्वीप

हिजबुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र, असर भने कम

काठमाडौं । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको… Continue reading हिजबुल्लाहले इजरायलमा हान्यो क्षेप्यास्त्र, असर भने कम

साफ महिला फूटबल : आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा आजबाट टीममा… Continue reading साफ महिला फूटबल : आज नेपाल र माल्दिभ्स भिड्दै

बागलुङको छूर्पी अमेरिका निर्यात

काठमाडौं । पछिल्लो समय बागलुङमा उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौं हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमार्फत दूध संकलन, प्रशोधन र बजारीकरण हुने गरेको छ । वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार… Continue reading बागलुङको छूर्पी अमेरिका निर्यात

नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी

काठमाडौं । तेस्रो तथा अन्तिम टी–२० आई खेलमा नेपाललाई अमेरिकाले १५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सोमपाल कामीले… Continue reading नेपाल र अमेरिकाबीच तेस्रो टी-२० खेल जारी

मीनबहादुरसँग जग्गा दान लिएको विषयमा बोलेका तीन नेताविरुद्ध एमालेले स्पष्टीकरण सोध्ने

काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे… Continue reading मीनबहादुरसँग जग्गा दान लिएको विषयमा बोलेका तीन नेताविरुद्ध एमालेले स्पष्टीकरण सोध्ने

खिम्ती–लामोसाँघु प्रसारण लाइन ‘ईआरएस’ टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

काठमाडौं । असोज दोस्रो साता परेको अविरल वर्षापछि तामाकोसी नदीमा आएको बाढीले बगाएको खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइनको टावर आपतकालीन पुनर्स्थापना प्रणाली टावर प्रयोग गरी लाइन सञ्चालनमा ल्याइने भएको छ । तामाकोसी नदीमा आएको बाढीले रामेछाप मन्थली नगरपालिका–१३ देवीटारस्थित खिम्ती–लामोसाँघु प्रसारण लाइनको ७ नम्बर टावर बगाएको थियो । टावर बगेपछि चार वटा टावरको तार (कन्डक्टर)… Continue reading खिम्ती–लामोसाँघु प्रसारण लाइन ‘ईआरएस’ टावर प्रयोग गरी सञ्चालनमा ल्याइँदै

नेपालले कतारलाई हात्ती उपहार दिने

Photo : THT

काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ । बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्रकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत… Continue reading नेपालले कतारलाई हात्ती उपहार दिने

हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति

काठमाडौं । नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले समितिको कार्यसर्त समेत स्वीकृत गरेको छ । समिति सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा… Continue reading हवाई उद्योगबारे अध्ययन गर्न सरकारले बनायो अर्को समिति

रविलाई थप तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही… Continue reading रविलाई थप तीन दिन थुनामा राख्न अनुमति

अमेरिकामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । नेपालले अमेरिकामाथि रोमान्चक जित निकालेको छ । यससँगै नेपालले टी–२० आई सिरिज समेत जितेको छ । पहिलो खेल सहजै जितेको नेपाललले दोस्रो खेलमा भने संघर्ष गर्नु परेको छ । सिरिजअन्तर्गत दोस्रो खेल बराबरीमा टुंगिएपछि सुपरओभरमा पुगेको थियो । नेपालले टस जितेर ब्याट रोजेको थियो । नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य पछ्याएको थियो ।… Continue reading अमेरिकामाथि नेपालको रोमाञ्चक जित

वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । उनको आइतबार बिहान अस्पतालमा निधन भएको हो । डेंगु संक्रमण भएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । परिवारिक स्रोतका अनुसार उनको आजै दाहसंस्कार गरिने भएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा सक्रिय थिए । ७३ वर्षीय मिश्रले चार… Continue reading वरिष्ठ पर्यटन व्यवसायी बसन्त मिश्रको निधन

रविलाई आज अदालत उपस्थित गराइने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । पोखरामा सहकारी पीडित र रास्वपाका नेता–कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको प्रहरीले बताएको छ । रविलाई आज अदालतमा उपस्थित गराइने भएपछि विरोध तथा समर्थनमा दुबै पक्षले… Continue reading रविलाई आज अदालत उपस्थित गराइने

इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ७३ जना मारिए

काठमाडौं । उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् । हमासका अधिकारीहरुका अनुसार उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको थियो । सो आक्रमणबाट महिला र बालबालिकासहित ७३ जनाको मृत्यु भएको हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अधिकारीहरुका अनुसार आक्रमणबाट कयौं घाइते… Continue reading इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ७३ जना मारिए

दोस्रो टी-२० खेलमा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । दोस्रो टी–२० मा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ। कुशल भुर्तेलको अर्धशतकमा नेपालले छ विकेटको क्षतिमा १७० रन जोड्यो।अमेरिकाको टेक्ससस्थित डलासको ग्रान्ड पिएरी क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशलले ९२ रन जोडे। उनले ५४ बलमा सात चौका र छ छक्का प्रहार गरे। नेपालका ओपनर अनिल साहले ३१ बलमा… Continue reading दोस्रो टी-२० खेलमा नेपाल र अमेरिका भिड्दै

अब नेपालमा ट्रायल पास गर्नेले लाइसेन्स बोक्नु नपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत् नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भन्दै यसले नै लाइसेन्सको काम गर्ने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल… Continue reading अब नेपालमा ट्रायल पास गर्नेले लाइसेन्स बोक्नु नपर्ने

इजरायली प्रधानमन्त्रीको निवासलाई लक्षित गरी ड्रोन आक्रमण

Photo : CNN

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा नेतन्याहु र उहाँकी पत्नी सारा हमलाको समयमा घरमा नभएको तथा घटनामा कुनै चोटपटकको रिपोर्ट नभएको उल्लेख गरिएको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार शनिबार बिहान लेबनानबाट उडाइएका अन्य दुई… Continue reading इजरायली प्रधानमन्त्रीको निवासलाई लक्षित गरी ड्रोन आक्रमण