१५ असोज, मध्यविन्दु । यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको… Continue reading महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री
Category: फिचर
१७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
१५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी… Continue reading १७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध
‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
१५ असोज, काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । निजलाई काठमाडौँ महानगरपालिका१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै… Continue reading ‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो
१५ असोज, भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ । महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु… Continue reading तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो
यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित
१४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन् । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, “हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र… Continue reading यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित
गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो
१४ असोज, काठमाडौं । गाजा पट्टीमा कुपोषण र अनिकालबाट दिनहु जसो महिला तथा बालबालिकाको मृत्यु भइरहेको जनाइएको छ, अनिकाल र कुपोषणबाट हाल सम्म १५० बालबालिका सहित ४५३ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण ९आईपीसी० ले गाजामा अनिकाल घोषणा गरे देखि अहिले सम्म ३५ बालबालिका सहित १७५ जनाको… Continue reading गाजामा अनिकाल र कुपोषणका कारण मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४५३ पुग्यो
देशैभरी मनाइयो महाअष्टमी
१४ असोज, काठमाडौं । बडादसैँको नवौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाअष्टमी पर्व मनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउने प्रचलन छ । सामान्यतया यो पर्व बडादसैँको आठौँ दिन पर्ने गरे पनि यस वर्ष… Continue reading देशैभरी मनाइयो महाअष्टमी
राँगा काट्ने क्रममा आफ्नै खुट्टा ग्रेण्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु
१४ असोज, सुरुङ्गा । ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि… Continue reading राँगा काट्ने क्रममा आफ्नै खुट्टा ग्रेण्डर मेसिनले खुट्टा काटिएर एक जनाको मृत्यु
नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारीघर भित्र्याइयो
१४ असोज, काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिपूर्वक कुमारीघरमा आसन गराइएको छ । आज यहाँ आयोजित एक विशेष समारोहमा जीवित देवीका रुपमा सम्मान गरिने कुमारीलाई विशेष बाजागाजासहित पूजा गरी आसन गराइएको हो । विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ । इटुम्बहालकी… Continue reading नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारीघर भित्र्याइयो
दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
१४ असोज, काठमाडौँ । दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख एवं प्रहरी… Continue reading दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे उपत्यका
इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने
१४ असोज, काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब एक हजार अवैध टिन खानी बन्द गर्ने आदेश दिएका छन् । गत सेप्टेम्बर–१ मा सुरु गरिएको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ… Continue reading इन्डोनेसियाका एक हजार अवैध टिन खानी बन्द हुने
भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
एजेन्सी१४ असोज, काठमाडौं । भियतनाममा टाइफुन बुआलोइका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ, भने १३ जना अझै बेपत्ता छन् । टाइफुनका कारण अन्य ३३ जना घाइते भएको स्थानीय दैनिक अखबार नहान दान (पिपल) ले सोमबार रिपोर्ट गरेको छ । टाइफुनका कारण आएको आँधीले धेरै सार्वजनिक पूर्वाधार, घरहरू, माछा मार्ने डुङ्गालाई क्षति पुर्याएको जनाइएको छ… Continue reading भियतनाममा टाइफुन ’बुलोई’का कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
यस्तो छ आजको मौसम पूर्वानुमान
१४ असोज, काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्डकी , लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो, रच्यो इतिहास
१४ असोज, काठमाडौं) । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । यससँगै नेपालले इतिहास रचेको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा राती भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट… Continue reading युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो, रच्यो इतिहास
एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप
१३ असोज, काठमाडौं । एसिया कप–२०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरी उपाधि जितेपछि दुवै देशका खेलाडीबीच आरोप–प्रत्यारोप चर्किएको छ । पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रति अनादर’ भनेका छन् । भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको गुनासो सार्वजनिक गरेका छन् । आइतबार दुबईमा भएको उपाधि निर्णायक खेलपछि तेस्रो… Continue reading एसिया कप विवाद : भारत–पाकिस्तानबीच आरोप–प्रत्यारोप
अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु
रासस\एएफपी१३ असोज, मिचिगन । मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु र धेरै जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भनेका छन् । स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले पहिले आफ्नै गाडी चर्च भवनमा ठोक्काए, त्यसपछि भवनमा आगो लगाउँदै आक्रमणकारी राइफलले अन्धाधुन्ध गोली चलाए… Continue reading अमेरिकाको मोर्मोन चर्चमा सशस्त्र आक्रमण, चार भक्तजनको मृत्यु
श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि
१३ असोज, कोलम्बो । श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या रेकर्ड गरेको श्रीलङ्काको नेसनल डेंजरस ड्रग्स कन्ट्रोल बोर्ड (एनडीडिसिबी) ले सोमबार जनाएको छ । जसमा कोलम्बो जिल्लामा सबैभन्दा बढी केसहरू दर्ता भएकोे एनडीडिसिबीले जनाएको छ ।एनडिडिसिबीले विज्ञप्ति जारी गर्दै कोलम्बो र यसका उपनगरहरूमा कम आय भएका समुदायका बालबालिकाहरू दुर्व्यसनीको विशेष जोखिममा… Continue reading श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागुऔषध दुर्व्यसनी स्कुलका विद्यार्थी रहेको पुष्टि
प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त
१३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेकी छिन् । प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका हुन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् । त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्… Continue reading प्रधानमन्त्रीको सचिवालयमा तीन सल्लाहकार नियुक्त
आश्विन शुक्ल सप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
१३ असोज, काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको… Continue reading आश्विन शुक्ल सप्तमी : पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
एकैदिन एक लाख ११ हजार बाहिरिए
१३ असोज, काठमाडौँ, बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आइतबार अपराह्न सम्ममा चार लाख ६७ हजार मानिसले काठमाडौँ छाडेका छन् । यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का अध्यक्ष विजयबहादुर स्वारले अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको बताए ।… Continue reading एकैदिन एक लाख ११ हजार बाहिरिए
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
१३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन,… Continue reading सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
धौलागिरि हिमाल आरोहण सुरु
१३ असोज, म्याग्दी । यहाँस्थित विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । सेभेन समिट टे«क्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक÷एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन् । स्पेनका जर्ज इगोचेगा… Continue reading धौलागिरि हिमाल आरोहण सुरु
मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए
१३ असोज, मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गतवर्षको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले वृद्धि भएको… Continue reading मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए
गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो
१३ असोज, गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।बा २ झ ३८८२ नं को सरकारी गाडीमार्फत राखेर… Continue reading गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो
यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य
१३ असोज, म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु। पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० सम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष रु। ४० हजार तिरेर भेडाच्याङग्रा… Continue reading यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य
आज घर घरमा फूलपाती भित्र्याइँदै
१३ असोज, काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,… Continue reading आज घर घरमा फूलपाती भित्र्याइँदै
काठमाडौंको भीमसेनस्थान नजिक भीषण आगलागी
१३ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ । नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिए । उनले भने,… Continue reading काठमाडौंको भीमसेनस्थान नजिक भीषण आगलागी
आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?
१३ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका… Continue reading आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?
आश्विन शुक्ल सप्तमी : दुर्गा पक्षको आठौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै
१३ असोज, काठमाडौं । वडादसैैँ अर्थात् नवरात्रको आठौँ दिन आज दसैैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा पुगेको… Continue reading आश्विन शुक्ल सप्तमी : दुर्गा पक्षको आठौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै
अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
१३ असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । घटनामा २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं। को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको… Continue reading अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु