रासस\एएफपी स्टकहोम, १७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता घोषणा हुने नोबेल शान्ति पुरस्कारका लागि आफ्नो चाहना खुलेर प्रकट गरेका छन् । तर, ओस्लोका विज्ञहरूका अनुसार उनको विभाजनकारी शैली र ‘अमेरिका फस्र्ट’ नीतिका कारण उनलाई भन्दा पर्दामुनि चुपचाप शान्ति स्थापना गर्ने ‘बिर्सिएका’ नायकहरूको सम्भावना बढी छ । – पुरस्कार घोषणा मिति र प्रक्रिया… Continue reading नोबेल शान्ति पुरस्कारमा ट्रम्पको चाहना, तर ‘बिर्सिएका’ शान्ति नायकको बढी सम्भावना
Category: फिचर
सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु
रासस\एएफपी जेनेभा, १७ असोज । २०२२ को सुरु देखि हाइटीमा सशस्त्र हिंसाका कारण १६ हजार भन्दा बढी मानिसहरु मारिएको जनाउदै संयुक्त राष्ट्र सङ्घले अझै यो भन्दा खराब अवस्था आउन सक्ने चेतावनी दिएको छ । “हाइटीमा मानव अधिकारको अवस्था बिकराल बन्नुका साथै दुव्र्यवहार र हिंसा बढेको मार्च देखि तीव्र हिंसा भएको संयुक्त राष्ट्रका अधिकार प्रमुख भोल्कर… Continue reading सन् २०२२ देखि हाइटीमा हिंसाका कारण १६ हजारभन्दा बढीको मृत्यु
इजरायलद्वारा फ्लोटिलाबाट ४० वटा जहाज रोकी कार्यकर्ता पक्राउ
रासस\क्यूएनए गाजा, १७ असोज । इजरायली सेनाले गाजा पट्टीमा लगाइएको नाकाबन्दीको प्रवाह नगरी र मानवीय सहायता पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय मिसनको रूपमा गाजा पट्टी जाने ४४ वटा पानी जहाजहरू मध्ये ४० वटा रोकेको फ्लोटिलाका आयोजकहरूले बताएका छन् । इजरायली सेनाले जहाजहरूमा आक्रमण गरी जहाजमा रहेका २५ जना टर्की कार्यकर्ताहरूलाई पक्राउ गरेको उनीहरुले बताएका छन् । विज्ञप्तिमा,… Continue reading इजरायलद्वारा फ्लोटिलाबाट ४० वटा जहाज रोकी कार्यकर्ता पक्राउ
गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने पत्रकारको सङ्ख्या २५४ पुग्यो
रासस\क्यूएनए गाजा, १७ असोज । सन् २०२३ अक्टोबर– ७, देखि गाजा पट्टीमा भएको इजरायली आक्रमणको क्रममा मृत्यु भएका प्यालेस्टिनी पत्रकारहरूको सङ्ख्या २५४ पुगेको जनाइएको छ । एक विज्ञप्ति जारी गर्दै गाजाको सरकारी मिडिया कार्यालयले पत्रकार सामी दाउद र याह्या मोहम्मद बर्जाकको मृत्यु घोषणा भए पछि इजरायली युद्ध सुरु भएदेखि मारिएका प्यालेस्टिनी पत्रकारको सङ्ख्या २५४ पुगेको… Continue reading गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुने पत्रकारको सङ्ख्या २५४ पुग्यो
फिलिपिन्स भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते
रासस\क्यूएनए (फिलिपिन्स) मनिला, १७ असोज । मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार आएको ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ । नेसनल डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य विसाया क्षेत्रमा उनीहरुको मृत्यु भएको र भूकम्पमा कम्तीमा २९४ जना घाइते भएको जनाएको छ । मध्य बिसायाका ५३ वटा गाउँमा… Continue reading फिलिपिन्स भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते
रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट
मस्को, १७ असोज (रासस\एएफपी)रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दीहरू साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो । रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले “१८५ रूसी सैनिकहरू फिर्ता गरेको“ बताएको छ, क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ । युक्रेनी… Continue reading रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट
यस्तो छ आजको मौसम पूर्वानुमान
१७ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा
१६ असोज, पेरिस । रासस–एएफपी ।पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष पुगेका छन् । उनी फ्रान्सेली राजधानीका अन्तिम समाचारपत्र हकर हुन् । उनी सेन्ट–जर्मन–डेस–प्रेसका क्याफेदेखि ल्याटिन क्वार्टरका गल्लीसम्म हरेक दिन समाचारपत्र बेच्दै हँसिला हेडलाइन चिच्याउँदै हिँड्छन् । ‘फ्रान्स राम्रो हुँदै गइरहेको छ ?’ वा ‘(एरिक) जेम्मुरले इस्लाम धर्म परिवर्तन गरे ?’ जस्ता रमाइला… Continue reading पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा
एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै
वासिङ्टन, १६ असोज (रासस\एएफपी)विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोब्र्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन् । टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो । यद्यपि,… Continue reading एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
१६ असोज, जाकार्ता । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् । स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका… Continue reading इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
नेपालमा दशैंको टीका रमझम, तस्वीर कथा
आज हिन्दु धर्मावलम्बीले महान चाड विजयादशमीको टीका तथा ग्रहण गरिरहेका छन् । विजयादशमीको दिन मान्यजनबाट टीका तथा आर्शिवाद ग्रहण गर्ने प्रचलन रहेको छ । आज नेपालका विभिन्न स्थानमा दशैं उत्साव यस्तो देखियो….
झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते
१६ असोज, बनियानी । बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको… Continue reading झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते
राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण
१६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले राससलाई जानकारी दिइन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका… Continue reading राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण
विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ
१६ असोज, काठमाडौं । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो… Continue reading विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ
दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने
१६ असोज, काठमाडौं । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने पाइएको छ । धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए । टीका लगाइमाग्ने र… Continue reading दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने
विदेशमा हुने नेपालीलाई दशैंको उत्तम साइत कुन देशमा कति बजे ?
१६ असोज, काठमाडौं । आज नेपालीहरुको महान चाड बडा दशैंको महादशमी पर्व मनाइदैछ । पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ । नेपालमा… Continue reading विदेशमा हुने नेपालीलाई दशैंको उत्तम साइत कुन देशमा कति बजे ?
अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव
१६ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी\अति भारी वर्षाको… Continue reading अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव
आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत
१६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना… Continue reading आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत
फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते
१५ असोज, मनिला । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै… Continue reading फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
१५ असोज, काठमाडौं । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो। दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात… Continue reading छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
प्रधानमन्त्री कार्कीले टीका नलगाउने
१५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छिन् । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार… Continue reading प्रधानमन्त्री कार्कीले टीका नलगाउने
सयपत्री फूलखेती विस्तार
१५ असोज, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पु¥याएको यान्चोकटार महिला लघु… Continue reading सयपत्री फूलखेती विस्तार
ढिस्कोले पुरिएर चार जनाको मृत्यु
१५ असोज, बरहथवा । जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर… Continue reading ढिस्कोले पुरिएर चार जनाको मृत्यु
राष्ट्रपतिले महानवमीमा गरे कन्या पूजा
१५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि… Continue reading राष्ट्रपतिले महानवमीमा गरे कन्या पूजा
यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार
१५ असोज, काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’… Continue reading यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार
सुनसान प्रायः छ काठमाडौँ
१५ असोज, काठमाडौं । हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य… Continue reading सुनसान प्रायः छ काठमाडौँ
प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह
१५ असोज, पाटन । दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट यही असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिका आधारमा गरिएको परिपत्रले संविधानवाद, कानुनी राज्य र विधिको शासनमाथि प्रश्न उठाउने भन्दै पीडितलाई आतङ्कित गर्ने काम भएको… Continue reading प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह
मनकामना केबलकार तीन दिन बन्द गरिने
१५ असोज, मुग्लिन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको… Continue reading मनकामना केबलकार तीन दिन बन्द गरिने
तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा
१४ असोज, काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।आजको तेस्रो खेलमा पराजित भए पनि नेपालले यस… Continue reading तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा
महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री
१५ असोज, मध्यविन्दु । यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको… Continue reading महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री