Category: फिचर

  • सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

    सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

    रासस
    तुलसीपुर (दाङ), ८ माघः दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ ।

    यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् । “विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्”, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भने, “यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।”

    डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो महामारी देखिएको बताए । “दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरु डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ”, उनले भने ।


    वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उनको भनाइ छ । “यहाँका रूखमा चैत–वैशाखमा झँै पात झरेको जस्तो देखिएका छन्, पानी प¥यो भने त पलाउँछ”, उनले भने, “पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठूला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।”

    महामारीका रूपमा समस्या देखिएपछि समाधानका लागि विभागमा चिट्ठी पठाइएको चौधरीले बताए । “जिल्लाले नियन्त्रण गर्न सक्ने अवस्था छैन । हामीसँग त्यस्तो विज्ञता, क्षमता, साधनस्रोत पनि छैन”, उनले भने, “विभागमा चिट्ठी लेखेर पठाएका छौँ, त्यहाँबाट पनि केही प्रतिक्रिया आएको छैन ।”एउटा पुतलीले एकै दिनमा ३०० जति फुल पार्ने र त्यसबाटै दिनानुदिन बढ्दै जाने भएकाले पनि नियन्त्रणभन्दा बाहिर रहेको चौधरीले बताए ।

    उनले ड्रोन वा हेलिकप्टरबाट औषधि छर्किए पनि त्यसले अन्य पशुपक्षी तथा जनावर र वरिपरिको मानव बस्तीमा पनि असर गर्ने भएकाले नियन्त्रणमा समस्या रहेको उनको भनाइ छ । जलवायु परिवर्तनको एउटा असरका रूपमा यसलाई लिन सक्ने वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले बताए । यसअघि नारायणपुर क्षेत्रको वनमा पनि यस्तै समस्या देखिएकामा पछि बिस्तारै हराउँदै गएकाले यो समस्या पनि हराउन सक्ने उनको विश्वास छ ।

    जिल्लामा दुई लाख हेक्टरमा वन रहेको छ । तीमध्ये सघन वन क्षेत्र एक लाख ९२ हजार ६८२ रहेको छभने बुट्यान क्षेत्र आठ हजार ४३ रहेको छ । जिल्लामा ३६९ सामुदायिक वन रहेका छन्, जसबाट ८० हजारको हाराहारी घरपरिवार लाभान्वित छन् । यहाँ १५३ हेक्टर क्षेत्रफलमा फैलिएका छ वटा धार्मिक वन हेका छन् । यस्तै ११२ हेक्टर क्षेत्रफलमा फैलिएका २४० वटा निजी वन छन् । हाल यहाँका १५\२० वटा सामुदायिक वनमा यस्तो समस्या देखिएको छ ।

  • प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

    प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

    काठमाडौँ, ८ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाइएको छ । नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके–३ बाट खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ ।

    दलित आन्दोलनका अगुवा तथा पूर्वराजदूत पदम सुन्दासले मुख्य ठूला राजनीतिक दलहरूले नै दलित समुदायलाई भोट बैङ्क बनाएको तर अवसरबाट सधैँ वञ्चित गर्दै आएको टिप्पणी गरेका छन् । उनी भन्छन्, “पार्टीभित्र दलित नेताको योगदान अरू समुदायको जत्तिकै हुन्छ, तर निर्वाचनको समयमा उनीहरूले टिकट पाउँदैनन् । टिकट दिँदा नै एक प्रकारको विभेद हुँदै आएको छ, दलितको जनसङ्ख्यालाई हेर्ने हो भने पनि १३ प्रतिशत छ ।”

    नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) का अध्यक्ष विन्दु परियारले परिवर्तनका लागि पटकपटक लडेको पुरानो प्रजातान्त्रिक दल कांग्रेस, मजदुर, गरिब, किसान, दलित, महिला, जनजाति, मधेसी आदिको अधिकारका लागि सङ्घर्ष गरिरहेको दाबी गर्ने नेपाली कम्युनिष्ट पार्टी र एमाले नै दलितप्रति अनुदार देखिएको टिप्पणी गरे । यसरी दलित समुदायलाई प्रत्यक्षमा टिकट नदिनुले प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व घट्ने देखिन्छ । संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था जस्तै दलितको सवालमा पनि अनिवार्य व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

    विसं २०७९ को प्रतिनिधिसभामा १५ जना (५ दशमलव ८१ प्रतिशत) को प्रतिनिधित्व रहेको थियो । विसं २०६४ को संविभानसभामा ५० जना दलित (८ दशमलव ३२ प्रतिशत) को उपस्थिति थियो । २०७० सालको संविधानसभामा ४० जना (६ दशमलव ६५ प्रतिशत) र २०७४ सालमा प्रतिनिधिसभामा २० जना (७ दशमलव २७ प्रतिशत) रहेको थियो ।

    यो सङ्ख्या हेर्ने हो भने संसद्मा दलितको प्रतिनिधित्व क्रमशः घट्दो क्रममा देखिन्छ । ५९ जनाको राष्ट्रियसभामा आठ जना मात्रै दलितको सहभागिता छ । संविधानको धारा, ४२ (१) अनुसार सामाजिक रूपले पछाडि परेकालाई समावेशी सिद्धान्तका आधारमा राज्यको निकायमा सहभागिताको हक हुने व्यवस्था हुनेछ भनिए पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।

  • रुकुम पूर्वमा प्रचण्ड : सहिद परिवार र मतदातासँग भेटघाटमा व्यस्त

    रुकुम पूर्वमा प्रचण्ड : सहिद परिवार र मतदातासँग भेटघाटमा व्यस्त

    रुकुमपूर्व, ७ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त रहेका छन् । संयोजक दाहालले सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ‘जनयुद्ध’का सहिद परिवारजनसँग घरमै पुगेर भेटघाट गरे । सहिद सीता घर्तीकी आमा सावित्रीले जनयुद्धका नायक रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवार बन्दा सिङ्गो रुकुमेली जनता उत्साहित बनेको बताइन् ।


    अर्का सहिद बन्दना परियारकी दिदी चेतनाले सशस्त्र युद्धका नेतृत्वकर्ता नै उम्मेदवार बनेर आउँदा रुकुमपूर्वका जनतामा नयाँ आशा पलाएको बताइन् । सहिद जीवन काजी (चन्द्रबहादुर) थापाकी ८६ वर्षीया आमा चन्द्रकुमारीले सहिदका सपना पूरा गर्न सुझाव दिइन् । सहिद परिवारको कुरा सुनेपछि संयोजक दाहालले सहिदका सपना आफूले बिर्सनै नसक्ने बताए ।

    सहिदको सम्मानमा राज्यका तर्फबाट विभिन्न योजना अघि बढेको जानकारी गराए । घरदैलो अभियानका क्रममा उनले रुकुमपूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरे ।

  • अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    काठमाडौँ, ७ माघ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी राससलाई दिए । अमेरिकाले चाटर्ड विमानमार्फत उनीहरुलाई काठमाडौँ ल्याएर छाडेको हो । विभागका महानिर्देशक तिवारीले यसरी अहिलेसम्म ४०० भन्दाबढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका बताए ।

    डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेकालगायत रहेको विभागले जनाएको छ । उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ । आवश्यक अनुसन्धान पछि ब्युरोले परिवारको जिम्मा लगाउने जनाएको छ ।

  • उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

    उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

    काठमाडौँ, ७ माघ । काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले आज एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट उक्त क्यामरा जडानको थालनी भएको जानकारी दिए ।

    उनले भने, “यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाडीमा सिसी क्यामरा राख्ने अभियान थालिएको हो, यसलाई तीव्र गतिमा अघि बढाउने छौँ, जसले सवारी दुर्घटना न्यूनीकरण, अपराध नियन्त्रण तथा दुव्र्यवहार र चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा छ ।”

    उनले सिसी क्यामरासँगै ड्यासबोर्ड क्यामरा पनि जडान थालनी गरिएको बताए । दुर्घटनापछि चालक भाग्ने, बसभित्रै पनि कूटपिटका घटना हुने तथा यात्रुमाथि दुव्र्यवहारलगायत घटना भएका गुनासा व्यापक आइरहेकाले क्यामरामार्फत निगरानी हुने र तथ्य थाहा पाइने हुँदा सवारीसाधनमा सिसी क्यामरा राख्ने विषयलाई प्राथमिकतामा राखिएको प्रवक्ता सुवेदीले बताए ।


    यस्तै ड्यासबोर्डमार्फत बाहिरका गतिविधिका साथै दुर्घटनामा कसको कमजोरी भएको हो भनेर समेत पत्ता लाग्ने हुँदा यसलाई तीव्रताका साथ अघि बढाइने उनले बताए । सो समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायातमा सबैभन्दा बढी नागरिकको पहुँच हुने भएकाले यसलाई प्रविधियुक्त बनाउँदा थप सुरक्षित हुने बताए । आजै काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर खोजतलास गरी प्रहरीले धनीलाई बुझाएको छ ।

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

    प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौँ, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी अनुसार पाँच उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।


    आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो । सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएको जनाइएको छ ।

    निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् । यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ ।

    आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उहाँले बताउनुभयो । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

    माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।

  • करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

    करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

    काठमाडौँ, ७ माघ । चालु आर्थिक वर्ष २०८२–८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार १७ दशमलव ३६ र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ ।

    गत पुस मसान्तसम्ममा कूल रु नौ खर्ब ३९ अर्ब दुई करोड २८ लाखको वस्तु आयात हुँदा रु एक खर्ब ४२ अर्ब एक करोड ८० लाख बराबरको मात्रै निर्यात भएको विभागले जनाएको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ । वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदारका रूपमा रहेको भारतसँग पछिल्लो छ महिनामा रु पाँच खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको वस्तु आयात भएको छ भने रु एक खर्ब १५ अर्ब ७४ करोड ३६ लाखको निर्यात भएको छ । यो अवधिमा भारतसँगको व्यापार घाटा मात्र रु चार खर्ब १६ अर्ब ७१ करोड ३० लाख रहेको छ ।

    अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो छ महिनाको व्यापार घाटा रु एक खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख छ । चीनबाट रु एक खर्ब ९६ अर्ब ९४ लाख बराबरको वस्तु आयात हुँदा रु ६४ करोड नौ लाख बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ । नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्डलगायत छन् । त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ । पछिल्लो छ महिनामा नेपालले डेनमार्कसँग रु नौ करोड १५ लाखको आयात र रु ५१ करोड दुई लाखको निर्यात गर्दा रु ४१ करोड ८६ लाख व्यापार नाफा देखिन्छ । रोमानिया, स्वीडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको नाफा छ ।

    यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु आवको पुस मसान्तसम्ममा रु ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, रु ३३ अर्ब सात करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र रु २७ अर्ब चार करोड २० लाख २६ हजार बराबरको खाना पकाउने ग्यास आयात भएको छ । त्यसैगरी यो अवधिमा रु २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, रु ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, रु १४ अर्ब चार करोड ९३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

    वस्तु आयातबाट सङ्कलिन यो अवधिको भन्सार राजस्व रु दुई खर्ब ३८ अर्ब ५३ करोड ५४ लाख १३ हजार बराबर छ । त्यस्तै, नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाविन तेल मात्रै रु ५६ अर्ब आठ करोड २४ लाख २६ हजार रहेको छ भने रु सात अर्ब १९ करोड ९५ लाखको अलैँची, रु चार अर्ब ७८ करोड ४४ लाखको सूर्यमुखी तेल, रु तीन अर्ब ११ करोडको कार्पेटलगायत छन् ।

  • दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

    दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

    वालिङ (स्याङ्जा), ७ माघः दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

    क्षेत्र नं १ मा ११ वटा राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारसहित १३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार आगामी फागुन २१ हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, उज्यालो नेपाल, राष्ट्रिय जनमुक्ति पार्टीसहित दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

    क्षेत्र नं १ मा नेपाली कांग्रेसका भरतराज ढकाल, एमालेका मीनप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका शैलेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका डा धनञ्जय रेग्मीलगायत उम्मेदवार रहेका छन् । क्षेत्र नं २ मा ११ राजनीतिक दल र चार जना स्वतन्त्र उम्मेदवारसहित १५ जनाको उम्मेदवारी परेको क्षेत्र नं २ का निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसका भागवतप्रकाश मल्ल, एमालेका खिमबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे, नेपाली कम्युनिष्ट पार्टीका पदमबहादुर विश्वकर्मालगायत छन् ।

  • बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

    दशरथचन्द (बैतडी), ७ माघ । बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखीएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए । उनका अनुसार जिल्लाका २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएका छन् ।

    विगतमा भएका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावलगायत विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ छ ।

    मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । दुर्गम स्थानमा रहेका मतदानस्थलको अनुगमन निरीक्षण गर्ने काम भइरहेको उनले उल्लेख गरे । “निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण गरिरहेको हो”, प्रजिअ पौडले भने, “सुरक्षा योजना लागु गर्न दुर्गम क्षेत्रका मतदानस्थलको अनुगमनको काम भइरहेको छ ।”

    आसन्न निर्वाचनमा भाग लिन १० दल र दुई स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए । उनका अनुसार जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन् ।

  • प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी

    प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी

    काठमाडौँ, ७ माघः निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु गर्दा प्रारम्भिक सूचीमा सामान्य परिवर्तन आएको हो ।

    यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको थियो । कूल तीन हजार ४८६ उम्मेदवारीमध्ये पुरुष तीन हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना रहेका छन् । दर्ता भएका उम्मेदवारका बारेमा आज योग्यतासम्बन्धी प्रश्न भएमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

  • तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ

    काठमाडौँ, ७ माघः स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ ।

    मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।

  • सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

    सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

    महेन्द्रनगर, ७ माघ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए ।

    प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका प्रवक्ता भाटले जानकारी दिए ।


    त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नंं १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अछाम क्षेत्र नं. १ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन् । कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले मनोनयन दर्ता गराएका हुन् ।

  • लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

    लगातार दुई आर्थिक वर्ष बजेट ल्याउन नपाएका ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

    हेमन्त जोशी/रासस

    काठमाडौँ, ७ माघः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् । विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि तथा संसदीय अभ्यासमा घुलेकादेखि पहिलोपटक आकांक्षी देखिएकासम्मबाट मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिदा ६ पूर्वअर्थमन्त्री र एक पूर्वअर्थराज्यमन्त्री सङ्घीय सांसद बन्ने प्रतिस्पर्धामा होमिएका छन् ।

    पूर्व अर्थमन्त्रीसमेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पाँच पटकसम्म अर्थमन्त्री बनेका निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेल, समान दुईपटक अर्थमन्त्री भएका वर्षमान पुन र जनार्दन शर्मा, अर्थमन्त्रीको जिम्मेवारी सम्हाले पनि वार्षिक बजेट ल्याउन नपाएका ज्ञानेन्द्रबहादुर कार्की र अघिल्लोपटक समानुपातिक सांसद रहेर अर्थमन्त्री बन्नुभएका डा प्रकाशशरण महत आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छन् । पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा पनि प्रत्यक्षतर्फका उम्मेदवार छन् ।


    शीर्षस्थ दलसँगको आबद्धता, प्रभावशाली राजनीतिज्ञका रुपमा पहिचान र दरिलो विषयगत ज्ञान भए पनि यी कुनैपनि पूर्वअर्थमन्त्रीले लगातार दुई आर्थिक वर्षको बजेट ल्याउन पाएनन् । पटक–पटक फेरिने राजनीतिक गठबन्धन र सरकार बन्ने–भत्किने श्रृङ्खला चलिरहँदा यी कुनै पनि अर्थमन्त्रीले अघिल्लो वर्षका योजना र कार्यक्रम पछिल्लो वर्ष आफै निरन्तरता दिने अवसर पाएनन् । बजेट निर्माण गर्दा एउटा र कार्यान्वयन गर्दा अर्कै व्यक्ति अर्थ मन्त्रालयको नेतृत्वमा रहने क्रम पटक–पटक दोहोरियो ।

    विसं २०६५ यताको बजेट इतिहास हेर्दा राष्ट्रियसभा सदस्यका रुपमा संसद् छिरेका डा युवराज खतिवडाले तीन वटा, संविधानसभा सदस्य डा रामशरण महतले दुई वटा र तत्कालीन अन्तरिम चुनावी मन्त्रिपरिषद्का अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले दुई वटा बजेट लगातार ल्याएको देखिन्छ । अध्यादेशमार्फत ल्याइका पेस्की बजेट र पुरक बजेटलाई छोडेर हेर्ने हो भने प्रतिनिधिसभा सदस्यका रुपमा माथि उल्लिखित कुनै पनि पूर्वअर्थमन्त्रीले लगालग दुई आर्थिक वर्षको बजेट ल्याउन पाएका थिएनन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर दुईबाट उम्मेदवारी दर्ता गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लड्न लागेका भट्टराईले अर्थमन्त्रीका रुपमा आर्थिक वर्ष २०६५–६६ को बजेट ल्याएका थिए । त्यो वर्ष असार र असोज गरी दुई वटा बजेट ल्याइएको थियो । डा भट्टराईको राजनीतिक जीवन २०२७ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) बाट सुरु भई २०३४ मा अखिल भारत नेपाली एकता समाजको संस्थापक अध्यक्ष, २०४७ मा संयुक्त जनमोर्चाको अध्यक्ष, २०५१ सालमा तत्कालीन नेकपा (माओवादी) मा आबद्ध भएपछि २०६२ सम्म भूमिगत जीवन र त्यसपछि मूलधारको सक्रिय राजनीतिसम्म पुगेको देखिन्छ ।

    पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाली कम्युनिष्ट पार्टीबाट रोल्पा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७९ मा रोल्पा क्षेत्र १ बाट निर्वाचित भएका थिए । सांसदका रुपमा पहिलोपटक २०६४ सालमा संविधानसभा सदस्य बनेका पुन २०६७ सालमा शान्ति तथा पुनर्निमाण मन्त्री, २०६८ सालमा अर्थमन्त्री, २०७४ सालमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र २०८० फागुनमा पुनःअर्थमन्त्री बनेका थिए ।

    उनले आर्थिक वर्ष २०८१–८२ को वार्षिक बजेट र आर्थिक वर्ष २०६९–७० का लागि अध्यादेशमार्फत् बजेट ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुपन्देही २ मा नेकपा (एमाले) बाट उम्मेदवारी दर्ता गर्नुभएका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा निर्वाचन २०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

    हालसम्म पाँच पटकसम्म अर्थमन्त्री बनेका र तीन आर्थिक वर्षको बजेट ल्याएका पौडेल २०६४ र २०७० मा संविधानसभा सदस्य र २०७४ सालमा प्रतिनिधिसभा सदस्य थिए । हाल कार्यान्वयनमा रहेको चालु आर्थिक वर्ष २०८२–८३ को बजेट पौडेलले ल्याएका थिए । आर्थिक वर्ष २०७३–७४ र आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याउँदा पौडेल अर्थमन्त्री थिए । विसं २०५१ मा पहिलोपटक सांसद बनेका पौडेल २०५३ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री, २०६५ सालमा जलस्रोत मन्त्री, २०६७ सालमा रक्षामन्त्री र २०७२ सालमा पहिलोपटक अर्थमन्त्री बनेका हुन् ।
    प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सुनसरी ४ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा निर्वाचन २०७९ र २०७४ सालमा सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, कानुन न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा जिम्मेवारी निभाइसकेका छन् ।


    पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गृह जिल्ला रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका संसद्, २०६४ र २०७० सालमा संविधानसभा सदस्य तथा प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ सालमा रुकुम पश्चिमबाट निर्वाचित भएका थिए । विसं २०६५ मा शान्ति तथा पुनःनिर्माणमन्त्री, २०७३ सालमा ऊर्जामन्त्री, २०७४ सालमा गृहमन्त्री र २०७८ सालमा अर्थमन्त्री बनेका थिए । उनले आर्थिक वर्ष २०७९–८० को बजेट ल्याएका थिए ।


    नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा प्रकाशशरण महत नुवाकोट १ बाट उम्मेदवारी दिएका छन् । उनले नेपाल विद्यार्थी सङ्घको महामन्त्री, राष्ट्रिय योजना आयोगको सदस्य, प्रधानमन्त्रीको सल्लाहकार, परराष्ट्रमन्त्री, ऊर्जामन्त्रीको जिम्मेवारी निभाइसकेका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसदका रुपमा निर्वाचित भएका थिए । डा महतले आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याएका थिए ।


    पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर जबराले ललितपुर १ बाट उम्मेदवारी दिएका छन् । उनले नेपाल तरुण दलको केन्द्रीय अध्यक्षका रुपमा २०६८ देखि २०७२ सालसम्म भूमिका निर्वाह गरेका थिए । संविधानसभा सदस्य २०७० सालमा रहेका राणा २०७४ सालमा अर्थ राज्यमन्त्री बनेका हुन् ।


    निर्वाचनमा होमिएका उल्लिखित पूर्वअर्थमन्त्रीहरुले मात्र नभई अपवादबाहेक कसैले पनि आफूले ल्याएका बजेटको आफैँ कार्यान्वयन गर्न सकेनन् । आर्थिक वर्ष २०७४–७५ को बजेट तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएका थिए । आर्थिक वर्ष २०७५–७६, आव २०७६–७७, आव २०७७–७८ मा डा युवराज खतिवडा, आर्थिक वर्ष २०७१–७२ र आव २०७२–७३ मा डा रामशरण महत र आर्थिक वर्ष २०६९–७० र २०७०–७१ आवमा शङ्करप्रसाद कोइरालाले वार्षिक बजेट ल्याएका थिए ।

    त्यस्तै, आव २०६८–६९ का लागि तत्कालिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट ल्याएका थिए । आर्थिक वर्ष २०६७–६८ का लागि सुरेन्द्र पाण्डे र आर्थिक वर्ष २०६५–६६ का लागि डा बाबुराम भट्टराईले बजेट पेस गरेका थिए ।

  • भक्तपुरमा सुवाल र बस्नेत पुरानै उम्मेदवार

    भक्तपुरमा सुवाल र बस्नेत पुरानै उम्मेदवार

    भक्तपुर, ७ माघः आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन् । क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथोे पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

    क्षेत्र नं २ बाट नेकपा (एमाले) का महेश बस्नेतले यसवर्ष तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिँदा नेपाल मजदुर किसान पार्टीबाट सुवाल पुरानै उम्मेदवार हुन् भने क्षेत्र नं २ मा ३२ जनाले उम्मेदवारी दर्ता गराउँदा एमालेका बस्नेत पुरानै उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन् । यहाँ अधिकांश उम्मेदवार नयाँ छन् ।


    भक्तपुर क्षेत्र नं १ मा २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे विजयी भएका थिए । विसं २०७४ मा उनले पार्टीमा पुस्तान्तरण गर्ने भन्दै उम्मेदवारी नदिने निर्णय गरेपछि नेमकिपाबाट सुवाल २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।


    नेकपा (एमाले)बाट उम्मेदवार सोम मिश्र यसअघि चाँगुनारायण नगरपालिकाको प्रमुख र नेपाली काँग्रेसबाट उम्मेदवार भएका किरण न्यौपाने नेपाल बार एशोसिएशन भक्तपुरको अध्यक्ष भइसकेका छन् । भक्तपुर क्षेत्र नं २ मा एमालेका महेश बस्नेतले यसवर्ष तेस्रो पटक उम्मेदवारी दिएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट उहाँ उम्मेदवार भएका थिए ।

    बस्नेतले नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए । विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भए । उनीसँग एमालेका बस्नेत पराजित भएका थिए । यसपटक यहाँ नेपाली कांग्रेसबाट पत्रकार कविर राणाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिव खत्री तथा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट रामप्रसाद सापकोटा (दिपशिखा)ले उम्मेदवारी दर्ता गराएका छन् ।

  • पर्सामा १०८ जनाको उम्मेदवारी

    पर्सामा १०८ जनाको उम्मेदवारी

    वीरगञ्ज (पर्सा), ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा एक सय आठ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मङ्गलबार बेलुका ७ बजेसम्म चारवटै निर्वाचन क्षेत्रमा १०८ जनाको उम्मेदवारी परेको जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर १ मा ३० जनाको उम्मेदवारी दर्ता भएको छ । सो क्षेत्रमा नेपाली कांग्रेसबाट अनिल रुगंटा, नेकपा (एमाले)बाट प्रदीप यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, जनमत पार्टीका ओमप्रकाश सर्राफलगायतको उम्मेदवारी परेको छ ।

    क्षेत्र नम्बर २ बाट ३२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट अजयकुमार चौरसिया, नेकपा (एमाले)बाट रिमाकुमारी यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिलकुमार कानुलगायतको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र नम्बर ३ बाट २२ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर ४ बाट २४ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसबाट रमेश रिजाल, नेकपा (एमाले)बाट जालिम मियाँ मंसुरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य, नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारुलगायतको उम्मेदवारी परेको छ ।

  • मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी

    मुस्ताङमा आठ राजनीतिक पार्टीको उम्मेदवारी

    मुस्ताङ, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आठ राजनीतिक पार्टीले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मङ्गलबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, आमजनता पार्टी र मङ्गोलियन नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले जानकारी दिए ।

    एमालेबाट ईन्द्रधारा ढाडु विष्ट, नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेपाल कम्युनिष्ट पार्टीबाट ङुटुक गुरुङ (टाईगर), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितीय चन्द्र थकाली, उज्यालो नेपाल पार्टीबाट डा सुरेन्द्र शेरचन, आम जनता पार्टीबाटबाट अजय विक र मङ्गोल नेशनल अर्गनाईजेशन पार्टीबाट यमबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा मुख्य निर्वाचन अधिकृतसहित नौ कर्मचारीको व्यवस्था गरिएको छ ।

  • ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

    ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेदवारको मनोनयन

    ओखलढुङ्गा, ७ माघः ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेवारले मनोनयन दर्ता गरेका छन् । उनीहरुले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

    मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल, मङ्गोल नेश्नल अर्गनाइजेशनबाट बजेन्द्र राई, नेकपा (एमाले)बाट अस्मिता थापा, राष्ट्रिय जनमोर्चा पार्टीबाट शेरबहादुर खत्री, उज्यालो नेपाल पार्टीबाट किशोरी कार्की, श्रम संस्कृति पार्टीबाट उद्धवकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डिकप्रसाद बाँस्तोला, नेपाली कांग्रेसबाट कुमार लुइँटेल, जनता समजावादी पार्टी (संयुक्त)बाट नेत्रबहादुर नेम्वाङ, नेपाली कम्युनिष्ट पार्टीबाट अम्बिरबाबु गुरुङ, समावेशी समाजवादी पार्टीबाट पिङ्की राई (बेगुराम राई) र मितेरी पार्टी नेपालबाट कुमार बहादुरले मनोनयन दर्ता गरेका हुन् ।

    यस्तै मोलुङ–२ का विक्रम दाहाल, मानेभन्ज्याङ–४ का सन्तबहादुर तामाङ र मानेभन्ज्याङ–४ कै नारायणकाजी तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

  • बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता

    बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता

    बैतडी, ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । बैतडीमा मङ्गलबार १० जना विभिन्न दलबाट र दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिमोहन भण्डारी रहेका छन् ।

    यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसनसिंह बोहरा, श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेय तथा जयप्रकाश पन्त र तेजबहादुर चन्दको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । कार्यक्रमअनुसार बुधबार माघ ७ गते उम्मेदवारीमाथि दाबी–विरोध दर्ता गर्ने समय तोकिएको छ भने माघ ८ गते दाबी–विरोध उपर जाँचबुझ गरी निर्णय गरिनेछ ।

    माघ ९ गते उम्मेदवारको नामावली संशोधनसहित प्रकाशन गरिने आयोगले जनाएको छ । माघ १० गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारी फिर्तापछि सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ । माघ ११ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । प्रतिनिधिसभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

  • मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

    मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार

    बेलबारी (मोरङ), ७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा २१, क्षेत्र नम्बर ४ मा २१, क्षेत्र नम्बर ५ मा २२ तथा क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी परेको छ ।

    मोरङ क्षेत्र नम्बर १ मा १८ जना उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । उर्लाबारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रमुख राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराए । नेपाली कांग्रेसबाट खड्गबहादुर फागु, नेकपा एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिष्ट पार्टीबाट कुलप्रसाद साम्वा तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपानेले मनोनयन दर्ता गरे । गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए ।


    त्यसैगरी मोरङ क्षेत्र नम्बर २ मा १७ जनाको उम्मेदवारी परेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट डा मिनेन्द्र रिजाल, एमालेबाट दीलिप बगडीया, नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की चुनावी मैदानमा उत्रिएका छन् । चार जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । गत निर्वाचनमा यस क्षेत्रबाट ऋषिकेश पोखरेल विजयी बनेका थिए ।


    मोरङ क्षेत्र नम्बर ३ मा आज भएको मनोनयन दर्ताका क्रममा २१ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । यसमा १६ दल र पाँच स्वतन्त्र उम्मेदवार रहेका छन् । नेकपा एमालेबाट ईरान राई, नेपाली कम्युनिष्ट पार्टीबाट देउमान सम्बाहाम्फे, नेपाली कांग्रेसबाट सुनिलकुमार शर्मा, श्रम संस्कृति पार्टीबाट अमिर मगर, उज्यालो नेपाल पार्टीबाट मित्रसेन योञ्जन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश कार्की, राप्रपाबाट प्रेमप्रसाद सुवेदी, नेकपा (माओबादी)बाट खडगबहादुर कार्कीलगायतले मनोनयन दर्ता गराएका छन् ।


    त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अमनलाल मोदी, नेपाली कांग्रेसका गुरुराज घिमिरे, नेकपा (एमाले)का जिवन घिमिरेलगायत २१ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मोरङ क्षेत्र नम्बर ५ मा २२ जनाको उम्मेदवारी परेको छ ।

    कांग्रेसबाट फुलकुमार लालवानी, एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, राष्ट्रिय ऊर्जाशील पार्टीबाट योगेन्द्र मण्डल, रास्वपाबाट आशा झालगायतले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी मोरङ क्षेत्र नम्बर ६ मा २० जनाको उम्मेदवारी दर्ताभएको छ । कांग्रेसबाट डा शेखर कोइराला, एमालेबाट विनोद ढकाल, नेपाली कम्युनिष्ट पार्टीबाट ओपेन्द्र राय, रास्वपाबाट रुबिना आचार्यलगायत चुुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    काठमाडौँ, ७ माघ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

    आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ ।

    उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन् । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए । उनका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

  • एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार

    एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार

    काठमाडौँ, ७ माघ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीे प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए । उनका अनुसार यसपटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन् ।

    तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०\५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेद्वार नयाँ छन् । यस्तै, सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२ दशमलव ३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताए । यस्तै, बागमती ६० दशमलव ६० र गण्डकीमा ६१ दशमलव ११ प्रतिशत रहेको नयाँ उम्मेदवार रहेका छन् ।

  • रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

    रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

    काठमाडौँ, ७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ ।
    रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए । रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उनले बताए ।

    पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए । झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा रुबिना आचार्य, सुनसरी १ मा सरिन ९गोमा० तामाङ, कास्की ३ मा बिना गुरुङ, जुम्ला १ मा बिनिता कठायत, हुम्ला १ मा टासी लामा, कैलाली १ मा कोमल ज्ञवाली, धादिङ १ मा आशिका तामाङ, काठमाडौँ १ मा रञ्जु दर्शना, ललितपुर ३ मा तोसिमा कार्की र चितवन ३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही १ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराएका छन् ।

  • कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

    कांग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता (उम्मेदवारको सूचिसहित)

    काठमाडौँ, ७ माघः नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो । कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८, बागमतीका ३३, मधेसका ३२ र कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो ।

    कांग्रेस पदाधिकारीमध्ये सभापति गगनकुमार थापाले सर्लाही–४, महामन्त्री प्रदीप पौडेल काठमाडौँ–४, गुरुराज घिमिरे मोरङ–४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले भने यो निर्वाचनमा उम्मेदवारी दिएका छैनन् । अन्य सबै उम्मेदवारको नाम यसप्रकार रहेको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२
    नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार (प्रत्यक्षतर्फ)
    कोशी प्रदेश
    ताप्लेजुङ – गजेन्द्रप्रसाद तुम्याङ लिम्बू
    पाँचथर – नरेन्द्रकुमार केरूङ
    इलाम– १ निस्कल राई
    इलाम– २ भेषराज आचार्य
    झापा– १ केशवराज पाण्डे
    झापा– २ सरिता प्रसाईं
    झापा– ३ राजेन्द्र घिमिरे
    झापा– ४ देउमान थेबे
    झापा– ५ मन्धरा चिमरिया
    मोरङ– १ खड्गबहादुर फागो
    मोरङ– २ डा। मीनेन्द्र रिजाल
    मोरङ– ३ डा। सुनिल शर्मा
    मोरङ– ४ गुरूराज घिमिरे
    मोरङ– ५ फूलकुमार लालबानी
    मोरङ– ६ डा। शेखर कोइराला
    सुनसरी– १ सुजेन्द्र तामाङ
    सुनसरी– २ राजिब कोइराला
    सुनसरी– ३ विजयकुमार गच्छदार
    सुनसरी– ३ ज्ञानेन्द्रबहादुर कार्की
    धनकुटा– दिनेश राई
    तेह्रथुम– सन्तोष सुब्बा
    संखुवासभा– प्रकाशसिंह कार्की
    ओखलढुंगा– कुमार लुइँटेल
    खोटाङ – वीरकाजी राई
    उदयपुर– १ विदुर बस्नेत
    उदयपुर– २ रामकुमार राई

    मधेश प्रदेश
    सप्तरी– १ रामदेव साह
    सप्तरी– २ रामकुमार यादव
    सप्तरी– ३ दिनेशकुमार यादव
    सप्तरी– ४ तेजुलाल चौधरी
    सिराह– १ रामसुन्दर चौधरी
    सिराह– २ रामचन्द्र यादव
    सिराह– ३ सुभाषचन्द्र यादव
    सिराह– ४ चन्द्रकलाकुमारी यादव
    धनुषा– १ रामपल्टन यादव
    धनुषा– २ दिनेश पर्सेला
    धनुषा– ३ विमलेन्द्र निधि
    धनुषा– ४ महेन्द्र यादव
    महोत्तरी– १ मुकेशराज काफ्ले
    महोत्तरी– २ किरण यादव
    महोत्तरी– ३ बजरंग नेपाली
    महोत्तरी– ४ महेन्द्रकुमार राय
    सर्लाही– १ शम्भुलाल श्रेष्ठ
    सर्लाही– २ डा। सरोज यादव
    सर्लाही– ३ विनोद खनाल
    सर्लाही– ४ गगनकुमार थापा
    रौतहट– १ अनिलकुमार झा
    रौतहट– २ फिर्दोश आलम
    रौतहट– ३ रामकृपाल यादव
    रौतहट– ४ देवप्रसाद तिमिल्सिना
    बारा– १ शम्भु बुढाथोकी
    बारा– २ भैयाराम चौधरी
    बारा– ३ फरमुल्लाह मन्सुर
    बारा–४ श्यामबाबु गुप्ता
    पर्सा– १ अनिलकुमार रूंगटा
    पर्सा– २ अजय चौरसिया
    पर्सा– ३ सुरेन्द्रप्रसाद चौधरी
    पर्सा– ४ श्यामबाबु गुप्ता

    बागमती प्रदेश
    दोलखा– अजयबाबु शिवाकोटी
    रामेछाप– रामचन्द्र खड्का
    सिन्धुली– १ उज्जवल बराल
    सिन्धुली– २ सुशीला थिङ
    रसुवा– मोहन आचार्य
    काभ्रे– १ गुणराज मोक्तान
    काभ्रे– २ मधु आचार्य
    सिन्धुपाल्चोक– १ जंगबहादुर लामा
    सिन्धुपाल्चोक– २ वंशलाल तामाङ
    धादिङ– १ कृष्ण रिजाल
    धादिङ– २ रमेशप्रसाद धमला
    नुवाकोट– १ डा। प्रकाशशरण महत
    नुवाकोट–२ जगदिश्वरनरसिंह केसी
    मकवानपुर– १ महालक्ष्मी ९ डिना ०उपाध्याय
    मकवानपुर–२ वुद्ध लामा
    भक्तपुर– १ किरण न्यौपाने
    भक्तपुर– २ कबिर राणा
    काठमाडौं– १ प्रबल थापा
    काठमाडौं– २ कबिर शर्मा
    काठमाडौं– ३ रमेश अर्याल
    काठमाडौं– ४ सचिन तिमल्सिना
    काठमाडौं– ५ प्रदीप पौडेल
    काठमाडौं– ६ कृष्ण सबुज बानियाँ
    काठमाडौं– ७ प्रमोद हरि गुरागाइ
    काठमाडौं– ८ सपना राजभण्डारी
    काठमाडौं– ९ नानु बस्तोला
    काठमाडौं– १० हिमाल कार्की
    चितवन– १ राजन वुर्लाकोटीर वासु ढुंगाना
    चितवन– २ मीनाकुमारी खरेल
    चितवन– ३ टेकप्रसाद गुरूङ
    ललितपुर– १ उदयशम्शेर राणा
    ललितपुर– २ प्रेमकृष्ण महर्जन
    ललितपुर– ३ जितेन्द्रकुमार श्रेष्ठ

    गण्डकी प्रदेश
    गोरखा–१ प्रेमप्रकाश खत्री
    गोरखा–२ प्रकाशचन्द्र दवाडी
    लमजुङ– गमप्रसाद गुरूङ
    तनहुँ– १ गोविन्द भट्टराई
    तनहुँ– २ शंकर भण्डारी
    कास्की– १ तिलकबहादुर रानाभाट
    कास्की–२ माधवप्रसाद बास्तोला
    कास्की–३ मनोज गुरूङ
    मनाङ– टेकबहादुर गुरूङ
    मुस्ताङ– योगेन्द्र गौचन
    पर्वत– अर्जुनप्रसाद जोशी
    स्याङ्जा– १ भरतराज ढकाल
    स्याङ्जा–२ भागवतप्रकाश मल्ल
    म्याग्दी– कर्णबहादुर भण्डारी
    बाग्लुङ– १ भीमबहादुर श्रीस
    बाग्लुङ– २ टेकराज पौडेल
    नवलपुर–१ बालकृष्ण घिमिरेर गजेन्द्र आले
    नवलपुर–२ ओमबहादुर घर्ती

    लुम्बिनी प्रदेश
    परासी– १ विनोदकुमार चौधरी
    परासी–२ देवेन्द्रराज कँडेल
    रुपन्देही– १ हिराबहादुर खत्री
    रुपन्देही– २ चुन्नप्रसाद शर्मा
    रुपन्देही– ३ सुशील गुरूङ
    रुपन्देही– ४ आशुतोष मिश्र
    रुपन्देही– ५ भरतकुमार शाह
    पाल्पा– १ सन्दीप राना
    पाल्पा–२ हिमालदत्त श्रेष्ठ
    गुल्मी– १ चन्द्रकान्त भण्डारी
    गुल्मी– २ भुवनप्रसाद श्रेष्ठ
    अर्घाखाँची– विष्णुप्रसाद खनाल
    प्यूठान– डा। गोविन्दराज पोखरेल
    रोल्पा– डा। सुदनकुमार वली
    रूकुम पूर्व– कुशुमदेवी थापामगर
    कपिलवस्तु– १ अहतर कमाल
    कपिलवस्तु– २ सुरेन्द्रराज आचार्य
    कपिलवस्तु– ३ अभिषेकप्रताप शाह
    दाङ– १ योगेन्द्र चौधरी
    दाङ– २ किरणकिशोर घिमिरे
    दाङ– ३ दिपक गिरी
    बाँके– १ नारायणप्रसाद गौडेल
    बाँके– २ सुधान्सु कोइराला
    बाँके– ३ अमरसिंह पुन
    बर्दिया– १ सञ्जयकुमार गौतम
    बर्दिया–२ किशोरसिंह राठोर

    कर्णाली प्रदेश
    सुर्खेत– १ विष्णुबहादुर खड्का
    सुर्खेत– २ नारायण कोइराला
    दैलेख– १ बास्ना थापा
    दैलेख–२ दिक्पालकुमार शाही
    जाजरकोट– खड्कबहादुर बुढा
    सल्यान– केशबहादुर विष्ट
    डोल्पा– कर्णबहादुर बुढा
    जुम्ला– दिपबहादुर शाही
    रूकुम पश्चिम– राजु केसी
    हुम्ला– जयपति रोकाया
    मुगु– खड्ग शाही
    कालिकोटा– हर्षबहादुर बम

    सुदूरपश्चिम प्रदेश
    बाजुरा– जनकराज गिरी
    अछाम–१ भरतकुमार स्वार
    अछाम–२ पुष्पबहादुर शाह
    डोटी– भरतबहादुर खड्का
    बैतडी– चतुरबहादुर चन्द
    दार्चुला– धर्मानन्द जोशी
    बझाङ– प्रकाश रसाइली ‘स्नेही’
    डडेल्धुरा– नैनसिंह महर
    कैलाली– १ जनकराज चौधरी
    कैलाली– २ विजयबहादुर स्वार
    कैलाली–३ भीम बडुवाल
    कैलाली–४ गोरख बहादुर विष्ट
    कैलाली– ५ नरनारायण शाह
    कञ्चनपुर– १ गोपीप्रसाद उपाध्याय
    कञ्चनपुर– २ एनपी साउद
    कञ्चनपुर–३ हरिप्रसाद बोहरा

  • यी हुन् नेकपाका १६५ उम्मेदवार

    यी हुन् नेकपाका १६५ उम्मेदवार

    काठमाडौँ, ६ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाबाट टिकट पाएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिए ।

    बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई समर्थन गरेको छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छन् । जसमा कञ्चनपुर–१ बाट वीना मगर, नवलपरासी (पश्चिम)–१ बाट सिन्धु जलेसा, मनाङ–१ बाट यशोधा सुवेदी गुरुङ, चितवन–३ बाट रेनु दाहाल, काठमाडौँ–१० बाट रुपा महर्जन र काठमाडौँ–५ बाट कल्पना शर्मा छन् ।


    त्यसैगरी काठमाडौँ–१ बाट मेनका भण्डारी, सप्तरी–४ बाट रुवी कुमारी कर्ण, सङ्खुवासभा–१ बाट सरिता खड्का थापा, झापा–२ बाट धर्मसिशला चापागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी, रौतहट–३ पुनम देवी, काभ्रेपलान्चोक–२ बाट वसुन्धरा हुमागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी उम्मेदवार छन् ।

    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार
    १ कोशी
    ताप्लेजुङ
    ताप्लेजुङ १
    खेलप्रसाद बुढाक्षेत्री
    २ कोशी
    पाँचथर
    पाँचथर १
    हर्क बहादुर नेम्वाङ
    ३ कोशी
    इलाम
    इलाम १
    रणबहादुर राई
    ४ कोशी
    इलाम
    इलाम २
    ओमबहादुर गुरुड
    ५ कोशी
    झापा
    झापा १
    अशेष घिमिरे
    ६ कोशी
    झापा
    झापा २
    धर्मशिला चापागाई
    ७ कोशी
    झापा
    झापा ३
    डिल्ली घिमिरे
    ८ कोशी
    झापा
    झापा ४
    पुरुषोत्तम चुडाल
    ९ कोशी
    झापा
    झापा ५
    रञ्जित तामाङ
    १० कोशी
    सङ्खुवासभा
    सङ्खुवासभा १
    सरिता खड्का थापा
    ११ कोशी
    तेह्रथुम
    तेह्रथुम १
    रणध्वज कन्दड्वा
    १२ कोशी
    भोजपुर
    भोजपुर १
    अजम्बर राई काङमाङ
    १३ कोशी
    धनकुटा
    धनकुटा १
    धर्म प्रसाद पौडेल
    १४ कोशी
    मोरङ
    मोरङ १
    कुलप्रसाद साम्बा
    १५ कोशी
    मोरङ
    मोरङ २
    चन्द्रवीर राई
    १६ कोशी
    मोरङ
    मोरङ ३
    डा देवमान सम्वाहाङफे
    १७ कोशी
    मोरङ
    मोरङ ४
    अमनलाल मोदी
    १८ कोशी
    मोरङ
    मोरङ ५
    शिवकुमार मण्डल
    १९ कोशी
    मोरङ
    मोरङ ६
    ओपेन्द्र कुमार राय
    २० कोशी
    सुनसरी
    सुनसरी १
    सुर्य बहादुर भट्टराई
    २१ कोशी
    सुनसरी
    सुनसरी २
    रामकुमारी चौधरी
    २२ कोशी
    सुनसरी
    सुनसरी ३
    दुर्गेश चौधरी
    २३ कोशी
    सुनसरी
    सुनसरी ४
    महमद महफुज अंसारी
    २४ कोशी
    सोलुखुम्बु
    सोलुखुम्बु १
    असिम राई
    २५ कोशी
    खोटाङ
    खोटाङ १
    हरि रोका
    २६ कोशी
    ओखलढुङ्गा
    ओखलढुङ्गा १
    अम्बिर बाबु गुरुङ
    २७ कोशी
    उदयपुर
    उदयपुर १
    वलदेव चौधरी
    २८ कोशी
    उदयपुर
    उदयपुर २
    सुरेश कुमार राई
    २९ मधेश
    सप्तरी
    सप्तरी १
    रविन्द्र चौधरी
    ३० मधेश
    सप्तरी
    सप्तरी २
    सुर्यनाथ प्रसाद यादव
    ३१ मधेश
    सप्तरी
    सप्तरी ३
    अरुण कुमार साह
    ३२ मधेश
    सप्तरी
    सप्तरी ४
    रुवी कुमारी कर्ण
    ३३ मधेश
    सिराहा
    सिराहा १
    रामचन्द्र यादव
    ३४ मधेश
    सिराहा
    सिराहा २
    मुक्ति सिंह
    ३५ मधेश
    सिराहा
    सिराहा ३
    विश्वनाथ साह
    ३६ मधेश
    सिराहा
    सिराहा ४
    अजय शंकर नायक
    ३७ मधेश
    धनुषा
    धनुषा १
    मातृका प्रसाद यादव
    ३८ मधेश
    धनुषा
    धनुषा २
    रामचन्द्र झा
    ३९ मधेश
    धनुषा
    धनुषा ३
    राम ललित मण्डल
    ४० मधेश
    धनुषा
    धनुषा ४
    संजय कुमार महतो
    ४१ मधेश
    महोत्तरी
    महोत्तरी १
    गिरिराजमणि पोख्रेल
    ४२ मधेश
    महोत्तरी
    महोत्तरी २
    लक्ष्मण यादव
    ४३ मधेश
    महोत्तरी
    महोत्तरी ३
    राजकिशोर साह सुडी
    ४४ मधेश
    महोत्तरी
    महोत्तरी ४
    भरतप्रसाद साह
    ४५ मधेश
    सर्लाही
    सर्लाही १
    प्रमोद साह
    ४६ मधेश
    सर्लाही
    सर्लाही २
    महिन्द्र राय यादव
    ४७ मधेश
    सर्लाही
    सर्लाही ३
    नारायणकाजी श्रेष्ठ
    ४८ मधेश
    सर्लाही
    सर्लाही ४
    रगनिस राय यादव
    ४९ मधेश
    रौतहट
    रौतहट १
    माधब कुमार नेपाल
    ५० मधेश
    रौतहट
    रौतहट २
    किरण साह
    ५१ मधेश
    रौतहट
    रौतहट ३
    पुनम देवी
    ५२ मधेश
    रौतहट
    रौतहट ४
    रामकुमार भट्टराई
    ५३ मधेश
    बारा
    बारा १
    सन्तोष दंगाल
    ५४ मधेश
    बारा
    बारा २
    रमेश प्रसाद यादव
    ५५ मधेश
    बारा
    बारा ३
    भरत प्रसाद साह
    ५६ मधेश
    बारा
    बारा ४
    अजय कुशवाहा
    ५७ मधेश
    पर्सा
    पर्सा १
    अजय चौरासिया
    ५८ मधेश
    पर्सा
    पर्सा २
    मनोज चौधरी
    ५९ मधेश
    पर्सा
    पर्सा ३
    छोटेलाल यादव
    ६० मधेश
    पर्सा
    पर्सा ४
    जयप्रकास थारु
    ६१ बागमती
    दोलखा
    दोलखा १
    बिशाल खड्का
    ६२ बागमती
    रामेछाप
    रामेछाप १
    श्याम कुमार श्रेष्ठ
    ६३ बागमती
    सिन्धुली
    सिन्धुली १
    डेकेन्द्र सुबेदी
    ६४ बागमती
    सिन्धुली
    सिन्धुली २
    लेखनाथ दाहाल
    ६५ बागमती
    रसुवा
    रसुवा १
    माधव लामिछाने
    ६६ बागमती
    धादिङ
    धादिङ १
    राजेन्द्र प्रसाद पाण्डे
    ६७ बागमती
    धादिङ
    धादिङ २
    राम बहादुर भण्डारी
    ६८ बागमती
    नुवाकोट
    नुवाकोट १
    हित बहादुर तामाङ
    ६९ बागमती
    नुवाकोट
    नुवाकोट २
    हिरानाथ खतिवडा
    ७० बागमती
    काठमाडौँ
    काठमाडौँ १
    मेनका भण्डारी
    ७१ बागमती
    काठमाडौँ
    काठमाडौँ २
    नितेश पौडेल
    ७२ बागमती
    काठमाडौँ
    काठमाडौँ ३
    निरज लामा
    ७३ बागमती
    काठमाडौँ
    काठमाडौँ ४
    इन्द्र भुसाल
    ७४ बागमती
    काठमाडौँ
    काठमाडौँ ५
    कल्पना शर्मा
    ७५ बागमती
    काठमाडौँ
    काठमाडौँ ६
    हेमलाल शर्मा ९हिमाल०
    ७६ बागमती
    काठमाडौँ
    काठमाडौँ ७
    बसन्त प्रसाद मानन्धर
    ७७ बागमती
    काठमाडौँ
    काठमाडौँ ८
    सुमन सायमी
    ७८ बागमती
    काठमाडौँ
    काठमाडौँ ९
    राधाकृष्ण महर्जन
    ७९ बागमती
    काठमाडौँ
    काठमाडौँ १०
    रुपा महर्जन
    ८० बागमती
    भक्तपुर
    भक्तपुर १
    हरिराम लवजु
    ८१ बागमती
    भक्तपुर
    भक्तपुर २
    रामप्रसाद सापकोटा ९दिपशिखा०
    ८२ बागमती
    ललितपुर
    ललितपुर १
    सुनिल महर्जन
    ८३ बागमती
    ललितपुर
    ललितपुर २
    राजेन्द्र अमात्य
    ८४ बागमती
    ललितपुर
    ललितपुर ३
    राजकाजी महर्जन
    ८५ बागमती
    काभ्रेपलान्चोक
    काभ्रेपलान्चोक १
    दिनानाथ गौतम
    ८६ बागमती
    काभ्रेपलान्चोक
    काभ्रेपलान्चोक २
    बसुन्धरा हुमागाई
    ८७ बागमती
    सिन्धुपाल्चोक
    सिन्धुपाल्चोक १
    माधव सापकोटा
    ८८ बागमती
    सिन्धुपाल्चोक
    सिन्धुपाल्चोक २
    युवराज दुलाल
    ८९ बागमती
    मकवानपुर
    मकवानपुर १
    विजय गौतम
    ९० बागमती
    मकवानपुर
    मकवानपुर २
    लवशेर बिष्ट
    ९१ बागमती
    चितवन
    चितवन १
    डा कृष्ण पन्त
    ९२ बागमती
    चितवन
    चितवन २
    प्रताप गुरूङ
    ९३ बागमती
    चितवन
    चितवन ३
    रेणु दाहाल
    ९४ गण्डकी
    गोरखा
    गोरखा १
    हरिराज अधिकारी
    ९५ गण्डकी
    गोरखा
    गोरखा २
    लेखनाथ न्यौपाने
    ९६ गण्डकी
    मनाङ
    मनाङ १
    यशोदा सुवेदी गुरुङ
    ९७ गण्डकी
    लमजुङ
    लमजुङ १
    हरिजंग तामाङ
    ९८ गण्डकी
    कास्की
    कास्की १
    राजकाजी गुरुड
    ९९ गण्डकी
    कास्की
    कास्की २
    हेमबहादुर थापा
    १०० गण्डकी
    कास्की
    कास्की ३
    गोपाल गिरी
    १०१ गण्डकी
    तनहुँ
    तनहुँ १
    विध्यानाथ ढकाल
    १०२ गण्डकी
    तनहुँ
    तनहुँ २
    सोमबहादुर थापा
    १०३ गण्डकी
    स्याङ्जा
    स्याङ्जा १
    शैलेन्द्र घिमिरे
    १०४ गण्डकी
    स्याङ्जा
    स्याङ्जा २
    पदम विश्वकर्मा
    १०५ गण्डकी
    नवलपरासी ९पूर्व० नवलपरासी ९पूर्व० १ लोकप्रसाद भुर्तेल
    १०६ गण्डकी
    नवलपरासी ९पूर्व० नवलपरासी ९पूर्व० २ गणेशमान महतो
    १०७ गण्डकी
    मुस्ताङ
    मुस्ताङ १
    मुटुक गुरुङ
    १०८ गण्डकी
    म्याग्दी
    म्याग्दी १
    अर्जुन थापा
    १०९ गण्डकी
    बागलुङ
    बागलुङ १

    ११० गण्डकी
    बागलुङ
    बागलुङ २
    ज्ञाननाथ गैरे
    १११ गण्डकी
    पर्वत
    पर्वत १
    मनहरी शर्मा
    ११२ लुम्बिनी
    गुल्मी
    गुल्मी १
    सुर्दशन बराल
    ११३ लुम्बिनी
    गुल्मी
    गुल्मी २
    श्रीराम महत
    ११४ लुम्बिनी
    पाल्पा
    पाल्पा १
    होमबहादुर सुनारी
    ११५ लुम्बिनी
    पाल्पा
    पाल्पा २
    सोमप्रसाद पाण्डे
    ११६ लुम्बिनी
    अर्घाखाँची
    अर्घाखाँची १
    रामबहादुर चौहान
    ११७ लुम्बिनी
    नवलपरासी ९पश्चिम० नवलपरासी ९पश्चिम० १ सिन्धु जलेशा
    ११८ लुम्बिनी
    नवलपरासी ९पश्चिम० नवलपरासी ९पश्चिम० २ देबेन्द्र पौडेल
    ११९ लुम्बिनी
    रुपन्देही
    रुपन्देही १
    घनश्याम यादव
    १२० लुम्बिनी
    रुपन्देही
    रुपन्देही २
    सुभाष पाण्डे ९विश्वदीप्०
    १२१ लुम्बिनी
    रुपन्देही
    रुपन्देही ३
    फैज अहमद खान
    १२२ लुम्बिनी
    रुपन्देही
    रुपन्देही ४
    बाबुलाल यादव
    १२३ लुम्बिनी
    रुपन्देही
    रुपन्देही ५
    वकिल मुसलमान
    १२४ लुम्बिनी
    कपिलवस्तु
    कपिलवस्तु १
    कृष्ण कुँवर
    १२५ लुम्बिनी
    कपिलवस्तु
    कपिलवस्तु २
    बृजेश कुमार गुप्ता
    १२६ लुम्बिनी
    कपिलवस्तु
    कपिलवस्तु ३
    एहसन अहमद खाँ
    १२७ लुम्बिनी
    पूर्वी रुकुम
    पूर्वी रुकुम १
    पुष्पकमल दाहाल‘प्रचण्ड’
    १२८ लुम्बिनी
    रोल्पा
    रोल्पा १
    वर्षमान पुन
    १२९ लुम्बिनी
    प्युठान
    प्युठान १
    कृष्णध्वज खड्का
    १३० लुम्बिनी
    दाङ
    दाङ १
    मेटमणि चौधरी
    १३१ लुम्बिनी
    दाङ
    दाङ २
    निर्मल आचार्य
    १३२ लुम्बिनी
    दाङ
    दाङ ३
    धनबहादुर मास्की
    १३३ लुम्बिनी
    बाँके
    बाँके १
    नरेन्द्र पाण्डे
    १३४ लुम्बिनी
    बाँके
    बाँके २
    दिपेन्द्र विष्ट
    १३५ लुम्बिनी
    बाँके
    बाँके ३
    दिपक जिएम
    १३६ लुम्बिनी
    बर्दिया
    बर्दिया १
    विष्णु प्रसाद थारु
    १३७ लुम्बिनी
    बर्दिया
    बर्दिया २
    सुरेश पन्थ
    १३८ कर्णाली
    सल्यान
    सल्यान १
    रमेश कुमार मल्ल
    १३९ कर्णाली
    डोल्पा
    डोल्पा १
    धनबहादुर बुढा
    १४० कर्णाली
    मुगु
    मुगु १
    चन्द्रबहादुर शाही
    १४१ कर्णाली
    जुम्ला
    जुम्ला १
    नरेश भण्डारी
    १४२ कर्णाली
    कालिकोट
    कालिकोट १
    महेन्द्र बहादुर शाही
    १४३ कर्णाली
    हुम्ला
    हुम्ला १
    दिपेन्द्र रोकाया
    १४४ कर्णाली
    जाजरकोट
    जाजरकोट १
    शक्ति बहादुर बस्नेत
    १४५ कर्णाली
    दैलेख
    दैलेख १
    अम्बर बहादुर थापा
    १४६ कर्णाली
    दैलेख
    दैलेख २
    योगेन्द्र शाही
    १४७ कर्णाली
    सुर्खेत
    सुर्खेत १
    जीतबहादुर राना
    १४८ कर्णाली
    सुर्खेत
    सुर्खेत २
    झकबहादुर मल्ल
    १४९ कर्णाली
    पश्चिम रुकुम
    पश्चिम रुकुम १
    गोपाल शर्मा
    १५० सुदूरपश्चिम
    बाजुरा
    बाजुरा १
    प्रकाश बहादुर शाह
    १५१ सुदूरपश्चिम
    अछाम
    अछाम १
    भिम बहादुर रावल
    १५२ सुदूरपश्चिम
    अछाम
    अछाम २
    बलबहादुर कुँबर
    १५३ सुदूरपश्चिम
    बझाङ
    बझाङ १
    मीन बहादुर कुँवर
    १५४ सुदूरपश्चिम
    डोटी
    डोटी १
    त्रिलोचन भट्ट
    १५५ सुदूरपश्चिम
    कैलाली
    कैलाली १
    रामलाल डगौरा थारु
    १५६ सुदूरपश्चिम
    कैलाली
    कैलाली २
    नन्दबहादुर साउद
    १५७ सुदूरपश्चिम
    कैलाली
    कैलाली ३
    वीरमान चौधरी
    १५८ सुदूरपश्चिम
    कैलाली
    कैलाली ४
    हरिराम चौधरी
    १५९ सुदूरपश्चिम
    कैलाली
    कैलाली ५
    प्रेम आले
    १६० सुदूरपश्चिम
    दार्चुला
    दार्चुला १
    लक्ष्मणदत्त जोशी
    १६१ सुदूरपश्चिम
    बैतडी
    बैतडी १
    परमानन्द भट्ट
    १६२ सुदूरपश्चिम
    डडेल्धुरा
    डडेल्धुरा १
    मानसिंह माल
    १६३ सुदूरपश्चिम
    कञ्चनपुर
    कञ्चनपुर १
    विना मगर
    १६४ सुदूरपश्चिम
    कञ्चनपुर
    कञ्चनपुर २
    माधव पन्त
    १६५ सुदूरपश्चिम
    कञ्चनपुर
    कञ्चनपुर ३
    मानबहादुर सुनार

  • कांग्रेसको आधिकारिता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

    कांग्रेसको आधिकारिता विवादमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौँ, ६ माघः सर्वोच्च अदालतलले विशेष महाधिवेशनबाट नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्धको रिट निवदेनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज सभापति थापाविरुद्ध शेरबहादुर देउवा नेतृत्वमा रहेको समूहले दायर गरिएको रिट निवेदनमाथि आज सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

    आदेशमा भनिएको छ, “यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्रको प्रयोगमार्फत के कुन हदसम्म हस्तक्षेप गर्न मिल्ने हो ? भन्नेजस्ता जटिल राजनीति सम्बद्ध संवैधानिक प्रश्नहरूको निरूपण प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाका बखत सम्बोधन हुने प्रकृतिको देखिँदा हाल मागबमोजिसको अन्तरिम आदेश जारी गर्नु परेन ।”

    अदालतले उक्त विवादको रिट निवेदनमा विषयमा अदालतले रिट निवेदनमा जटिल एवं गम्भीर कानुनी तथा संवैधानिक प्रश्नहरू उठाइएको पाइँदा यी प्रश्नहरूको छिटो निरोपण हुन आवश्यक देखिँदा विपक्षीहरूको लिखित जवाफ परेको वा अवधि व्यतित भएको मितिले १५ दिनभित्र प्रस्तुत निवेदनलाई अन्तिम सुनुवाइका लागि अग्राधिकार प्रदान गरेको छ ।

    नेपाली कांग्रेस देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठकले थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने भन्दै सर्वोच्च अदालतमा जाने निर्णय गरेको गरेको थियो । रिट निवेदनमा कांग्रेस नेता देउवा र पूर्णबहादुर खड्काको वारेसले श्रवणकुमार श्रेष्ठले दायर गरेको रिट निवेदनमा निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनको उम्मेदवारी रोकी पाऊँ र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको भन्दै भङ्ग गर्न माग गरिएको थियो ।

  • सर्लाही क्षेत्र नं ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी दर्ता

    सर्लाही क्षेत्र नं ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी दर्ता

    बरहथवा (सर्लाही), ६ माघः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नं ४ मा उम्मेदवारी दर्ता गराएका छन् । सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बसेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

    विगतमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिस्पर्धा गर्दै आएका थापाले यसपटक अन्तिममा सर्लाही निर्वाचन क्षेत्र नं ४ रोजेका हुन् । समयको चापका कारण उम्मेदवार थापा यहाँ उपस्थिति हुन नसकेपछि नेता वीरेन्द्र सिंहले वारेस रहेर उम्मेदवारी दर्ता गरेको नेता निरोज कार्कीले जानकारी दिए ।


    थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा (एमाले)बाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

  • मतदान गर्न पाउने अधिकार स्थापित हुने वातावरण बन्यो : आयोग

    मतदान गर्न पाउने अधिकार स्थापित हुने वातावरण बन्यो : आयोग

    काठमाडौँ, ६ माघः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताएका छन् । यसले मतदाताको मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको उनको भनाइ छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब निर्वाचित हुने जनप्रतिनिधिले देशमा सुशासनका लागि काम गर्ने विश्वास व्यक्त गरे ।

    अब मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको दाबी विरोध, छानबिन गरी अन्तिम नामावली प्रकाशन गरेर माघ ९ गते निर्वाचन चिह्न प्रदान गरिने उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यसपछि घरदैलो कार्यक्रम गर्न सक्ने जानकारी गराए । निर्वाचन प्रचारप्रसारका ठूला कार्यक्रम भने फागुन ४ गतेपछि मात्र गर्न पाउने उनले बताए ।


    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समन्वयात्मक रूपमा चारवटै सुरक्षा निकायलाई परिचालन गरी निर्वाचन कार्यक्रम सम्पन्न गरिने बताए । यसैगरी प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले राजीनामा दिएकाले छ महिनाभित्र सरकारसँग सल्लाह गरेर खाली भएका क्षेत्रमा निर्वाचन गराउने उनको प्रतिबद्धता छ ।

    \कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस वर्ष आयोगले सजायमुखी निर्वाचन आचारसंहिता जारी गरेकाले यसलाई पालना गर्न आह्वान गरे । निर्वाचन आचारसंहिताको पालना नगरेको भनेर उजुरी परेमा आयोगले कानुनबमोजिम कारबाही गरिने प्रष्ट पारे ।

  • रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता

    रास्वपा सभापति लामिछानेको उम्मेदवारी वारेसनामामार्फत दर्ता

    चितवन, ६ माघ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले रास्वपा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेसनामामार्फत उम्मेदवारी दर्ता भएको जानकारी दिए ।

    लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहेका छन् । लामिछानेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेसनामामार्फत उम्मेदवारी दर्ता गरिएको हो । यससँगै चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट मीना खरेल, नेकपा एमालेबाट अश्विन घिमिरे र नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।


    यस्तै चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटी, एमालेका दावा दोर्जे लामा, नेपाली कम्युनिष्ट पार्टीबाट डा कृष्णराज पन्तले र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले उम्मेदवारी दर्ता गराएका छन् । ढकाल रास्वपाबाट यसअघि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यस्तै क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ, नेकपा एमालेका शङ्करराज थपलिया, नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले उम्मेदवारी दर्ता गराएका छन् । भरतपुर महानगर प्रमुख पदबाट राजीनामा दिएर दाहालले उम्मेदवारी दिएकी हुन् ।


    आसन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् । जिल्लाका १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भीमशेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए ।
    क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् । यस्तै क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

    क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरूले ६३ वटास्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।

  • ओलीले गरे मनोनयन दर्ता, मूख्य प्रतिस्पर्धी बालेन

    ओलीले गरे मनोनयन दर्ता, मूख्य प्रतिस्पर्धी बालेन

    झापा (भद्रपुर), ६ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष ओलीले आज मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै निर्वाचनमा आफ्नो प्रतिस्पर्धी नरहेको बताए । अध्यक्ष ओली यसअघि २०७९ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।


    निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार हालसम्म निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि आफ्नो मनोनयन दर्ता गराएका छन् । शाह यसअघि काठमाडौँ महानगरपालिकाकाको प्रमुख थिए । नगरप्रमुखबाट राजीनामा दिएर शाह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट झापा–५ मा उम्मेदवार बनेका हुन् ।

    सोही क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीबाट नेता रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौला, पिपुल फर्स्ट पार्टीका धर्मराज गुरागाईं, मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर मेचे, राष्ट्रिय परिवर्तन पार्टीका सचिन राई र स्वतन्त्र उम्मेदवार मातृका भट्टराईसहितका नेताको मनोनयन दर्ता भएको छ ।

  • रुकुम पूर्वमा प्रचण्ड एक्ला ‘हेबिवेट’ उम्मेदवार

    रुकुम पूर्वमा प्रचण्ड एक्ला ‘हेबिवेट’ उम्मेदवार

    रुकुम पूर्व, ६ माघः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्व निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् । आसन्न प्रतिनिधसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    मनोनयन दर्तापश्चात् सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै संयोजक दाहालले माओवादी सशस्त्र युद्धको आधार इलाकाका रुपमा रहेको रुकुमको समग्र विकास निर्माणलाई आफूले पहिलो प्राथमिकता दिने बताए । उनले भने, “रुकुम जनयुद्धको आधार इलाका हो, यसपटक निर्वाचनमा आएँ । रुकुमको विकासलाई पहिलो प्राथमिकता दिन्छु ।”

    यसअघि संयोजक दाहाल गोरखा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । रुकुममा राष्ट्रिय जनमोर्चा, मङ्गोल नेसनल अर्गनाइजेसन, नेसनल रिपब्लिकन नेपालसहितका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यसबाहेक अन्य ठूला दलले समेत उम्मेदारी दर्ता गराएका छन् । यद्दपी ठूलो अनुहारका रुपमा यहाँ प्रचण्डको प्रतिस्पर्धी छैनन् ।