काठमाडौं । अमेरिकी ुसरकारी दक्षता विभागुका निर्देशक तथा टेक खर्बपति इलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागिएको बताएका छन् । उनले आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गरेका छन् । जसमा उनले यूएसएआईडी बन्दको प्रक्रिया थालिएको जानकारी गराएका छन् । ‘यो सुधार्नै नसक्ने अवस्थामा छ,’ मस्कले भनेका छन्, ‘हामी यसलाई… Continue reading इलन मस्क भन्छन : यूएसएआईडी बन्द हुन्छ
Category: फिचर
बेलायती राजकुमार दम्पत्ति मंगलबार नेपाल भ्रमणमा आउँदै
काठमाडौं । बेलायतका राजकुमार एडवार्ड मंगलबार श्रीमतीसहित नेपाल भ्रमणमा आउँदैछन् । एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् । उनीहरू दुवैजना छुट्टाछुटै विमानमार्फत नेपाल भ्रमणमा आउन लागेको समाचारमा उल्लेख छ । गृह मन्त्रालयका अनुसार नेपाल भ्रमणमा आउँदा बेलायती राजकुमार र उनको टीमले माइती… Continue reading बेलायती राजकुमार दम्पत्ति मंगलबार नेपाल भ्रमणमा आउँदै
दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकाले केही वर्गका मानिसमाथि गरेको व्यवहारका कारण त्यहाँ सहायता रोकिने चेतावनी ट्रम्पले दिएका हुन् । दक्षिण अफ्रिकामा व्यापाक मानवाधिकार उल्लंघनका घटना भइरहेको समेत उनको भनाई छ । अमेरिकाले यस्तो सहन… Continue reading दक्षिण अफ्रिकामा समेत सहायता रोक्ने ट्रम्पको चेतावनी
अमेरिकाको महसुल बढाउने निर्णयमा मेक्सिकोले दियो यस्तो प्रतिक्रिया
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आउने सामानमा शूल्क बढाउने निर्णय गरेसँगै विश्वभर यसले तरंग उत्पन्न गराएको छ । यसै सन्दर्भमा मेक्सिकोका तर्फबाट प्रतिक्रिया सार्वजनिक भएको छ । अमेरिकाले मेक्सिकन सामानमा २५ प्रतिशत शूल्क बढाउने निर्णय गरेको थियो । राष्ट्रपति क्लायडिा शिनबामले अमेरिकासँग कुनै पनि प्रकारको टकराव आफ्नो मुलुकले नचाहेको बताइन्… Continue reading अमेरिकाको महसुल बढाउने निर्णयमा मेक्सिकोले दियो यस्तो प्रतिक्रिया
आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै
काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम… Continue reading आज सरस्वती पूजा, देशभर बालबालिकालाई अक्षाराम्भ गराइदै
पाथिभरामा केवलकार बनाउने विषयमा उत्पन्न विवादमा वार्ता गर्न टोली गठन
काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास… Continue reading पाथिभरामा केवलकार बनाउने विषयमा उत्पन्न विवादमा वार्ता गर्न टोली गठन
जनवरीमा ८० हजार पर्यटक : अमेरिकी-यूरोपेली बढे
काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिब ८० हजार पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार ९ सय ९१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटक आएका थिए । समग्र पर्यटक आगमनमा यस वर्ष पहिलो महिना आगमनमा सुधार भएको छ । तर,… Continue reading जनवरीमा ८० हजार पर्यटक : अमेरिकी-यूरोपेली बढे
विदेशबाट ६ महिनामा नेपालीले पठाए पौने ८ खर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ पहिलो ६ महिना (साउन–पुस) अवधिमा ७ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म उक्त रकम बराबर रेमिट्यान्स भित्रिएको हो । पुसमा मात्र १ खर्ब २२ अर्ब रेमिट्यान्स भित्रिएको छ । यस वर्ष औसत १ खर्ब माथि रेमिट्यान्स… Continue reading विदेशबाट ६ महिनामा नेपालीले पठाए पौने ८ खर्ब रेमिट्यान्स
महंगी निरन्तर बढ्दै, ६ महिनामा ५.४१ प्रतिशत वृद्धि
काठमाडौं । महँगी ५ प्रतिशत माथि उक्लिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार महँगी उक्लिएको हो । पुस २०८१ मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत छ । अघिल्लो वर्ष सोही महिनामा ५.२६ प्रतिशत थियो । पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति… Continue reading महंगी निरन्तर बढ्दै, ६ महिनामा ५.४१ प्रतिशत वृद्धि
विदेशी मुद्रा सञ्चिति २३ खर्ब माथि पुग्यो
काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार असार मसान्तयता विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशत बढेको हो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति सोही अवधिमा १०.३ प्रतिशत बढेको छ । पुस मसान्तसम्म १६ अर्ब ८४ करोड अमेरिकी डलर… Continue reading विदेशी मुद्रा सञ्चिति २३ खर्ब माथि पुग्यो
साउदी अरवमा सडक दुर्घटना, तीन नेपालीसहित १५ जनाको ज्यान गयो
काठमाडौं । साउदी अरबमा भयानक सडक दुर्घटना भएको छ । घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार भ्यान र ट्रेलर आपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको बताएको छ । जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार दुर्घटनामा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक… Continue reading साउदी अरवमा सडक दुर्घटना, तीन नेपालीसहित १५ जनाको ज्यान गयो
अमेरिकामा एक सातामै दोस्रो विमान दुर्घटना, कम्तिमा ७जनाको मृत्यु
काठमाडौं । अमेरिकामा एक साताको बीचमै दोस्रो जहाज दुर्घटनामा परेको छ । ६७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटना ताजा रहँदै अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते भएका हुन् । विमानमा सवार ६ जना… Continue reading अमेरिकामा एक सातामै दोस्रो विमान दुर्घटना, कम्तिमा ७जनाको मृत्यु
अमेरिकाले तीन मुलुकबाट हुने आयातमा महसुल बढायो
काठमाडौं । अमेरिकाले चीन, क्यानडा र मेक्सिकोसहितका तीन मुलुकबाट आयात हुने वस्तुमा महसुल बढाउने निर्णय गरेको छ । ट्रम्पको नयाँ नीति अनुसार अमेरिकाले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमाथि २५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत महसुल वृद्धि गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यो निर्णय १ फेब्रुअरी सन् २०२५ अर्थात् १९ माघ २०८१ बाट लागू… Continue reading अमेरिकाले तीन मुलुकबाट हुने आयातमा महसुल बढायो
बालाजुमा एक जना मृत फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजु बाइपासमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । प्राइम बैंकको पार्किङमा अन्दाजी २५ वर्षीय व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन । उनलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीले आसपासको क्लोज सर्किट (सीसी) टिभी समेत हेरेको प्रहरीले जनाएको… Continue reading बालाजुमा एक जना मृत फेला
भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान
काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२५÷२६ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । भारतमा १ फेब्रुअरीका दिनमा नयाँ बजेट ल्याउने गरिन्छ । साथै यस वर्ष भारतले नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु… Continue reading भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान
प्रचण्ड भन्छन् : जनतामा राजनीतिक चेतना बढेको छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) चितवनले भरतपुरमा आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए । उनले भने,… Continue reading प्रचण्ड भन्छन् : जनतामा राजनीतिक चेतना बढेको छ
कूम्भ मेलाबाट फर्कने क्रममा जिप दुर्घटना, भारतमा ५ नेपालीको मृत्यु
काठमाडौं । भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ । तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको घाइतेले बताएका छन्।दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो।दुर्घटनामा श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो।… Continue reading कूम्भ मेलाबाट फर्कने क्रममा जिप दुर्घटना, भारतमा ५ नेपालीको मृत्यु
महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार
काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले हारेको छ । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको कमजोरी पुनः ब्याटिङमै दोहोरिएको छ । थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले… Continue reading महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार
नेकपा एसका प्रदेशस्तरीय नेताहरु माओवादी प्रवेश
काठमाडौं । नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीका दुई सदस्यसहित जिल्ला कमिटीका सदस्यहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवन जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीको बागमती प्रदेश कमिटी सदस्य कृष्णराज लब्ली न्यौपाने र अरुण भण्डारीसहित जिल्ला कमिटी सदस्यहरूलाई माओवादीमा प्रवेश गराए । एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष… Continue reading नेकपा एसका प्रदेशस्तरीय नेताहरु माओवादी प्रवेश
मोन्टी देसाईको सम्झौता सकियो, नवीकरण नहुने
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । उनीसँग सन् २०२३ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् । मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठेर राम्रो प्रदर्शन गरेको थियो भने पहिलोपटक… Continue reading मोन्टी देसाईको सम्झौता सकियो, नवीकरण नहुने
काठमाडौं विमानस्थल आजबाट दैनिक १६ घण्टा खुल्दै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक १६ घण्टा सञ्चालनमा आउँदैछ । विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द… Continue reading काठमाडौं विमानस्थल आजबाट दैनिक १६ घण्टा खुल्दै
अछाममा दुई किशोरीको मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष
काठमाडौं । अछाममा दुई किशोरीको मृत्यु प्रकरणमा हत्या भएको निष्कर्षमा प्रहरी अनुसन्धान पुगेको छ । ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र ईशरा खड्कालाई ढकारी गाउँपालिका ३ का दुई किशोरले हत्या गरेको अछाम प्रहरीले जनाएको छ । माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । घटनाको… Continue reading अछाममा दुई किशोरीको मृत्यु प्रकरण : हत्या भएको प्रहरीको निष्कर्ष
सातबुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति कार्यान्वयनमा दृढ रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले भने, “नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सात बुँदे सहमति भएर सरकार गठन भएको हो। हामी दुवै दलका साथै अन्य… Continue reading सातबुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
संसदमा प्रधानमन्त्रीको सम्बोधन, के के भने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । सो क्रममा उनले पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा नरहेको दावि गरे । बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे जानकारी गराए । प्रधानमन्त्री ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले… Continue reading संसदमा प्रधानमन्त्रीको सम्बोधन, के के भने ?
एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा
काठमाडौं । गत ५ वैशाखमा झापा, बिर्तामोडमा तामझामका साथ विवाह गरेको गायिका एलिना चौहान र विष्णु सापकोटाको जोडीले वार्षिकोत्सव पनि मनाउन नपाउँदै सम्बन्ध विच्छेद प्रक्रियामा पुगेको छ । बाग्लुङका विष्णु सापकोटा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । प्रेम सम्बन्धमा रहेकै बेलामा पनि उनीहरूबीच ब्रेकअपको हल्ला फैलिएको थियो । तर, यो हल्लालाई बदर गर्दै उनीहरूले लगनगाँठो… Continue reading एक वर्ष पनि नपुग्दै एलिना सम्बन्ध विच्छेदमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो । त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढाइएको निगमले जनाएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि अमेरिकी डलर ४३ का… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो
जहाज दुर्घटनाबारे राष्ट्रपति ट्रम्पले के भने ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाज दुर्घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले पत्रकारसँग सात्क्षात्कार गरेका हुन् । दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले यस दुर्घटनाको कारण अहिले नै भन्न नसकिन तर छिट्टै यसबारे खुल्ने उनले बताए । उनले दुर्घटनामा मारिएका व्यक्तिका परिवारमा समवेदना व्यक्त गरे । उनले दुर्घटनामा हेलिकप्टरको… Continue reading जहाज दुर्घटनाबारे राष्ट्रपति ट्रम्पले के भने ?
अमेरिकी जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ६७
अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । ६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको… Continue reading अमेरिकी जहाज दुर्घटना : मृत्यु हुनेको संख्या ६७
अध्यादेशको विरोध गर्दै विपक्षी दल, संसदमा रोक्लान ?
काठमाडौं। संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमै सरकारले विपक्षी दलबाट विरोधको सामना गर्नुपर्ने देखिएको छ । सरकारले हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा विभिन्न ६ अध्यादेश पेश गर्दैछ । विपक्षी दल त्यसको प्रतिवादमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसद विरोधमा उत्रिने तयारीमा रहेको स्रोतलाई… Continue reading अध्यादेशको विरोध गर्दै विपक्षी दल, संसदमा रोक्लान ?
आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट प्रारम्भ हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएकोछ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यले आफ्नो मन्तव्य राख्ने संसद सचिवालयले… Continue reading आजदेखि संसद बैठक बस्दै, के छन् एजेण्डा ?