ट्रम्पद्धारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी

काठमाडौं । सपथग्रहण लगत्तै राष्ट्रपति ट्रम्पले केही महत्वपूर्ण कार्यकारी आदेशहरुमा हस्ताक्षर गरेका छन् । जसमध्ये अब अमेरिका विश्व स्वास्थ्य संगठनको हिस्सा रहने छैन । यस आदेशमा हस्ताक्षर गर्दै उनले भनेका छन्, यो एक ठूलो फैसला हो । यस संगठनमार्फत अमेरिकाले ठूलो मूल्य चुकाउनु परेको उनको तर्क छ । यद्दपी उनले पुनः अमेरिका फिर्ता आउनुपर्ने संगठनको… Continue reading ट्रम्पद्धारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी

सन् २०२४ मा विश्वका धनी व्यक्तिको सम्पत्ति तीन गुणाभन्दा धेरैले वृद्धि

विश्वका अर्बपतिहरूको सम्पत्ति सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा तीन गुणा तीव्र गतिमा बढेको रिपोर्ट सार्वजनिक भएको छ । विश्वका धनी व्यक्तिहरुको सम्मेलन मानिने विश्व आर्थिक मञ्चको बैठक स्वीटजरल्याण्डमा सुरु हुँदैछ । त्यस अवसरमा वैश्विक असमानताको आफ्नो नवीनतम मूल्याङ्कनमा अक्सफाम इन्टरनेसनलले आगामी दशकमा कम्तीमा पाँच खर्बपति देखापर्ने अनुमान गरेको छ । एक वर्षअघि समूहले त्यो… Continue reading सन् २०२४ मा विश्वका धनी व्यक्तिको सम्पत्ति तीन गुणाभन्दा धेरैले वृद्धि

राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड जे। ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा… Continue reading राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई

रित्तो गाग्री बोकेर किन काठमाडौं आए हर्क ?

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् । उनि सरकारसँग धरानका लागि पानी माग्न भन्दै सोमबार काठमाडौं आएका हुन्। संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर काठमाडौं आएका हुन् । मेयर साम्पाङले भोलि रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी… Continue reading रित्तो गाग्री बोकेर किन काठमाडौं आए हर्क ?

ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?

काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई उनले सम्बोधन गरेका छन् । उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः… Continue reading ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?

ट्रम्पले गरे सपथ ग्रहण

काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् । राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो… Continue reading ट्रम्पले गरे सपथ ग्रहण

आयात सामान्य बढ्दा, निर्यात कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा आयात ७ प्रतिशतले बढेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको हो ।गत आव सोही अवधिको दाँजोमा यो ७.०६ प्रतिशतले बढी हो… Continue reading आयात सामान्य बढ्दा, निर्यात कस्तो ?

यू-१९ विश्वकप : नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा… Continue reading यू-१९ विश्वकप : नेपाल स्कटल्याण्डसँग पराजित

अमेरिकी राष्ट्रपतिको सपथमा के के हुन्छ ? जान्नै पर्ने विषय यी हुन्

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा औपचारिक रूपमा सोमवार शपथ लिँदैछन् । त्यसपछि उनी ह्वाइट हाउस सर्ने छन्। औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीहरूको परेड र साँझमा औपचारिक बल डान्स पनि राखिएको छ । ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ लिने छन् र उनीहरूको नयाँ प्रशासनिक कार्यकाल औपचारिक… Continue reading अमेरिकी राष्ट्रपतिको सपथमा के के हुन्छ ? जान्नै पर्ने विषय यी हुन्

सरकारले १८ माघमा बोलायो संसद बैठक

काठमाडौं । सरकारले माघ १८ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रबार १ बजेका लागि संसद् अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसद्को आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय… Continue reading सरकारले १८ माघमा बोलायो संसद बैठक

वैदेशिक रोजगारीमा पठाउने नाममा ३० लाख ठगी गरेको आरोपमा तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विदेश पठाउने नाममा ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाग्लुङको ताराखोला गाउँपालिका–३ का ३४ वर्षीय तिलकबहादुर कार्की, प्युठानको नौबाहिनी गाउँपालिका–६ का ३६ वर्षीय हरिबहादुर बिष्ट र स्याङ्जाको गल्याङ नगरपालिका–८ कि ३४ वर्षीया जमुना परियार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ… Continue reading वैदेशिक रोजगारीमा पठाउने नाममा ३० लाख ठगी गरेको आरोपमा तीन जना पक्राउ

स्ववियु चुनाव ५ चैतमा हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए। यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो ।… Continue reading स्ववियु चुनाव ५ चैतमा हुने

ट्रम्पको सपथ ग्रहणमा को को हुँदैछन् सहभागी

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहणको अन्तिम तयारी चलिरहेको छ । समारोह आयोजक समितिले राष्ट्रपति ट्रम्पको यो दोस्रो कार्यकाल भव्य रूपमा आयोजना गर्ने गरी तयारी सुरु गरिसकेको बताइएको छ । सबै मुख्य चन्दादातालाई समेत यो कार्यक्रममा सामेल गर्न नसकिने सम्भावना पनि व्यक्त गरेको छ । यो चन्दा रकम सो दिनसम्म पुग्दा २० करोड डलर पुग्ने अनुमान… Continue reading ट्रम्पको सपथ ग्रहणमा को को हुँदैछन् सहभागी

ट्रम्पको पदभार ग्रहणको तयारी कसरी हुँदैछ ?

काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुगेको छ । उनको यस कार्यक्रमको चर्चा निकै चुलिएको छ । यो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रूपमा आयोजना हुने भएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । शपथग्रहण समारोह चार दिनसम्म अर्थात् शनिबार सुरु भएर मङ्गलबार सम्पन्न हुने छ । शपथग्रहण समारोह समितिले सो… Continue reading ट्रम्पको पदभार ग्रहणको तयारी कसरी हुँदैछ ?

अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि चीन भ्रमण गर्न इच्छुक रहेको आफ्ना सल्लाहकारहरुलाई बताएका छन् । ट्रम्पले आफ्नो कार्यकालको पहिलो १०० दिनमा चीन भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । तर यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको स्रोतलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलको समाचारमा उल्लेख छ । ट्रम्पले सोमबार दोस्रो… Continue reading अमेरिकी राष्ट्रपतिका रुपमा चीन भ्रमण गर्न ट्रम्प इच्छुक

खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास

काठमाडौं । नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाली महिला टिमले नयाँ इतिहास बनेको छ । नेपाल विश्वकपको उपविजेता बनेको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । भारतले ७८–४० स्कोरमा खेल जित्दै पहिलो खो खो विश्वकपको उपाधि जितेको छ । भारतले एट्याकिङमा भरपुर अंक बटुलेको… Continue reading खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास

हमासले पहिलो चरणमा ३३ बन्धक रिहा गर्दै, विपिनको नाम परेन

EPA-EFE/REX/SHUTTERSTOCK\BBC

काठमाडौं । इजरायलसँगको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमास नियन्त्रणबाट मुक्त हुने ३३ बन्धकको सूची सार्वजनिक भएको छ । यो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम अटाएको छैन । सम्झौताअनुसार नै आइतबार तीन महिला बन्धक रिहा गर्ने हमासको घोषणासँगै युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सो सम्झौताअन्तर्गत पहिलो चरणमा इजरायलले तत्काल रिहा गर्नुपर्ने ३३ जनाको… Continue reading हमासले पहिलो चरणमा ३३ बन्धक रिहा गर्दै, विपिनको नाम परेन

यस्तो छ ६ महिनाको आर्थिक सूचक, निर्यात उत्साहजनक

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रशितले घटेको थियो । मन्त्रालयका अनुसार चालु आव पहिलो ६… Continue reading यस्तो छ ६ महिनाको आर्थिक सूचक, निर्यात उत्साहजनक

बामदेव गौतम एमालेमा जाने तयारीमा

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मै फर्किने तयारी गरेको पाइएको छ । उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । संवाद सकारात्मक भएको समेत बताइएको छ । उनी २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन् । प्रधानमन्त्री ओली र गौतम बीच आज पनि… Continue reading बामदेव गौतम एमालेमा जाने तयारीमा

आइसिसी यू-१९ महिला टी–२० : पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियसा मलेसियाको बांगीस्थित युकेएम क्रिकेट ओभलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो।त्यस क्रममा साडिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा कप्तान सुमैया अख्तरले १२ रन बनाइन्। बलिङतर्फ रचना उपाध्याय,… Continue reading आइसिसी यू-१९ महिला टी–२० : पहिलो खेलमा नेपाल पराजित

अर्जेण्टिनाको अग्लो हिमाल आरोहणमा जान लागेका पाण्डेलाई प्रधानमन्त्रीको बिदाई

काठमाडौं । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दैछन् । आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिइ नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले… Continue reading अर्जेण्टिनाको अग्लो हिमाल आरोहणमा जान लागेका पाण्डेलाई प्रधानमन्त्रीको बिदाई

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानेर हत्या

काठमाडौं । इरानको तेहरानस्थित सर्वोच्च अदालतको भवनमा शनिबार भएको गोलीकाण्डमा दुई न्यायाधीशको मृत्यु भएको छ । सर्वोच्च अदालतका तीन न्यायाधीशलाई निशाना बनाइएको आक्रमणमा परी दुई जनाको मृत्यु भएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटमा जारी विज्ञप्तिमा उल्लेख छ ।उक्त विज्ञप्तिमा आक्रमणमा संलग्न आक्रमणकारीले घटनालगत्तै आत्महत्या गरेको बताइएको छ । सरकारी समाचार संस्था इर्नाले पनि आक्रमणमा परी न्यायाधीशको… Continue reading इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानेर हत्या

खो-खो विश्वकपमा नेपालको चामत्कारिक प्रदर्शन

काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राखेकोछ । खोखो विश्वकपको महिलातर्फ टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो ।… Continue reading खो-खो विश्वकपमा नेपालको चामत्कारिक प्रदर्शन

राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिंसात्मक लागू औषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार पाँच सय व्यक्तिको सजाय घटाएको ह्वाइट हाउसले शुक्रबार जनाएको छ । राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा भन्नुभएको छ, “जसको सजाय घटाइएको छ, उनीहरूले आज पाउनेभन्दा ‘असमान रूपमा लामो सजाय’ भोगिरहेका छन् ।” उनले यो कदमलाई ‘ऐतिहासिक गल्तीहरू सच्याउन,… Continue reading राष्ट्रपति बाइडेनले दिए २ हजार ५ सय बढीलाई क्षमादान

सरकारविरुद्ध विपक्षी दलको एक स्वर, के भने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित ६ विपक्षी दलले संसद छलेर अध्यादेश ल्याउने सरकारको कदमलाई निरंकुश प्रवृत्तिको प्रदर्शनको संज्ञा दिएका छन्। संघीय संसद भवन परिसरमा शुक्रबार बसेको विपक्षी दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश ल्याउने सरकारको कदमबाट संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको… Continue reading सरकारविरुद्ध विपक्षी दलको एक स्वर, के भने ?

द्रुतमार्ग अवलोकनमा पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको शुक्रबार अवलोकन गरेका छन् । अवलोकनको क्रममा राष्ट्रपति पौडेलले निर्माणाधीन फास्ट ट्र्याकको कामको प्रगतिबारे जानकारी लिएका छन् । उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पन्न गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिएका छन् । मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये… Continue reading द्रुतमार्ग अवलोकनमा पुगे राष्ट्रपति

नेपाल भित्रै ठूला कारखाना खुल्ने क्रममा छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा फलामखानी र मलकारखाना जस्ता ठूला उद्योगहरू खुल्ने क्रममा रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ऊर्जाले खपतका ठाउँहरू आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने उनको भनाइ छ । ‘हामीसँग आठ… Continue reading नेपाल भित्रै ठूला कारखाना खुल्ने क्रममा छन् : प्रधानमन्त्री

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइयो

काठमाडौं । पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप छ । अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाले… Continue reading पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाइयो

अमेरिकामा टिकटक बन्द गर्ने तयारी

काठमाडौं । टिकटकले अमेरिकामा आफ्नो सञ्चालन बन्द गर्ने तयारी गरेको छ । जनवरी १९ सम्मको समयसीमा सकिने भएपछि टिकटकले आइतबारदेखि अमेरिकामा टिकटक उपलब्ध नहुने बनाउन लागेको रोयटर्सले जनाएको छ । योसँगै अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ताले एप चलाउन पाउने छैनन् । सोमबार ह्वाइट हाउस प्रवेशसँगै राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्नुअघि नै अमेरिकामा… Continue reading अमेरिकामा टिकटक बन्द गर्ने तयारी

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?

काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उनी गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई धारिलो हतियारले आक्रमण भएको बताइएको छ । उनको जिउको ६ ठाउँमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उनलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उनको मेरुदण्डनजिकै रहेको जनाएको छ ।… Continue reading बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, कस्तो छ स्वास्थ्य ?