काठमाडौं । भारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो । मुख्यमन्त्री देवेन्द्र फडणविसले सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेका छज् । उनका अनुसार मृतकमा नौसेनाका तीन जवान… Continue reading भारतमा डुङ्गा दुर्घटना : कम्तीमा १३ जनाको मृत्यु
Category: फिचर
एनपिएल : फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा… Continue reading एनपिएल : फाइनल प्रवेशका लागि कर्णाली र जनकपुर भिड्दै
एसीसी यू-१९ महिला एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज देखि सुपर फोर चरणका खेलहरु सुरु हुनेछन् । नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका… Continue reading एसीसी यू-१९ महिला एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै
कर्णाली याक्स एनपिएल क्वालिफायरमा
काठमाडौं । चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स एनपीएलको क्वालिफायर टु मा पुगेको छ ।एलिमिनेटर खेलमा कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको हो कर्णालीले अब क्वालिफायर वान को पारजित टोलीसँग क्वालिफायर टु मा खेल्नेछ । १७६ रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त… Continue reading कर्णाली याक्स एनपिएल क्वालिफायरमा
भक्तपुरमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु
काठमाडौं । भक्तपुर नगरपालिका वडा नं २ सहिद स्मृति खेल मैदान नजिकै बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । अछाम कमलबजार नगरपालिका वडा नं ६ हात्तिबाच घर भई हाल सोही स्थान बस्ने वर्ष ३१ का नरेन्द्र बहादुर शाहीलाई घरायसी विवादका क्रममा बुबा वर्ष ६३ का दिप बहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरेका थिए… Continue reading भक्तपुरमा बुबाको चक्कु प्रहारबाट छोराको मृत्यु
पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले कमायो ९ अर्ब नाफा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी रु ४१ अर्ब ८० करोड ६८ लाख रहेको छ । यस्तै रु ३२ अर्ब… Continue reading पहिलो त्रैमासमा नेपाल विद्युत् प्राधिकरणले कमायो ९ अर्ब नाफा
एनपिएल : चितवन कर्णाली बिच खेल जारी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा बुधबार (आज) चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा चितवनले टस जितेर पहिले फिल्डिङ रोजेको छ । चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णालीलाई ब्याटिङको निम्तो दिए । यस खेल दुवै टोलीका लागि ‘नकआउट’ हुनेछ । यस खेलमा हार्ने… Continue reading एनपिएल : चितवन कर्णाली बिच खेल जारी
एनपिएल बिजेताले १ करोड १० लाख पाउने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन्… Continue reading एनपिएल बिजेताले १ करोड १० लाख पाउने
सार्वजनिक निकायमा स्वदेशी वस्तुको उत्पादन प्रयोग गर्नुपर्ने
काठमाडौं । सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरेको छ । गत २८ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्देशिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन भएका वस्तुहरूको प्रयोग गर्नुपर्नेछ । सार्वजनिक निकाय र कार्यक्रमहरूमा स्वदेशमै उत्पादन… Continue reading सार्वजनिक निकायमा स्वदेशी वस्तुको उत्पादन प्रयोग गर्नुपर्ने
अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् ।एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएको अर्थ मन्त्रालयले जनाएको छ । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि ३ गतेसम्म… Continue reading अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान
सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको नेपाली संचारमाध्यमले जनाएका छन । कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताएका छन् । ५१ जनालाई… Continue reading सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर
कोरियाली रास्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएको छ । यससँगै उनी पदबाट निलम्बित भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् । राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि… Continue reading कोरियाली रास्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव पारित
हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।… Continue reading हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति
आज उधौली, धान्य पुर्णिमा : सार्वजनिक बिदा
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने… Continue reading आज उधौली, धान्य पुर्णिमा : सार्वजनिक बिदा
काठमाडौंको न्युनतम तापक्रम २ डिग्रीमा झर्यो
काठमाडौं । निरन्तर घटिरहेको काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको छ ।आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए । यो तापक्रम वर्षकै सबैभन्दा कम हो । शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको हो… Continue reading काठमाडौंको न्युनतम तापक्रम २ डिग्रीमा झर्यो
इजरायली आक्रमणमा गाजामा ३८ जनाको मृत्यु
काठमाडौँ । गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमणमा ३८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले बताएका छन् । गाजा सहरको अल–जला सडकमा रहेको एक आवासीय भवनमा इजरायली हवाई आक्रमणमा बालबालिका र महिलासहित १० जनाको मृत्यु भएको गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले बताए । मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा, विस्थापित मानिसहरूको लागि एउटा… Continue reading इजरायली आक्रमणमा गाजामा ३८ जनाको मृत्यु
जिप दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । बुटवलको तिनाउ पुलको डिभाइडरमा आज बिहान बलेरो जिप ठोक्किएर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने छन् । गौरी खनाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याउने क्रममा… Continue reading जिप दुर्घटनामा तीन जनाको मृत्यु
विश्व बैंकले १३ अर्ब ६० करोड अनुदान दिने
काठमाडौँ, मङ्सिर २९ गते । विश्व बैङ्कले नेपाललाई हरित, उत्थानशील र समावेशी विकास कार्यान्वयन गर्न जारी प्रयासहरूलाई सुदृढ पार्न १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ६० करोड ८० लाख रुपियाँ) को सहायता अनुमोदन गरेको छ । उक्त बैङ्कको कार्यकारी निर्देशक बोर्डले वासिङ्टनमा शुक्रबार उक्त रकमको विकास नीति सञ्चालन अनुमोदन गरेको हो । नेपालको दिगोपनाका लागि… Continue reading विश्व बैंकले १३ अर्ब ६० करोड अनुदान दिने
गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि पुनःसरकारको ध्यानाकर्षण गराएका छन् । परराष्ट्र मन्त्रालयका का.मु सचिव अमृत बहादुर राईलाई शुक्रबार पत्र बुझाउँदै गैरआवासीय नेपाली नागरिकता जारी भइसकेको अवस्थामा पनि कार्यान्वयनमा भइरहेको ढिलाईले संविधानले प्रदान गरेको आर्थिक सामाजिक तथा सांस्कतिक अधिकारको उपभोग गर्नबाट वञ्चित भएको उल्लेख गरे । अध्यक्ष… Continue reading गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
खुम्बु क्षेत्रमा उडान नरोक्ने वायुसेवा संचालकको अडान
काठमाडौं । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने जनाएको छ ।सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो । साथै संघले कानुनअनुसार उडानलाई निरन्तरता दिन सबै सदस्य कम्पनीहरूलाई आग्रह गरेको छ । गत बुधबार निकुञ्जले खुम्बु क्षेत्रमा उडान रोक्ने निर्णय गरेको छ ।
नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको… Continue reading नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न
२०३४ विश्वकप साउदी अरेबियामा
काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुने भएको छ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप हुनेछ । साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलहरू खेलाइने एजन्सीले जनाएको छ ।९२ हजार दर्शक क्षमता… Continue reading २०३४ विश्वकप साउदी अरेबियामा
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति पनि… Continue reading कस्तो रहनेछ आजको मौसम ?
जाजरकोटमा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु
काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडानम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति ग३च ९४४५ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए । प्रहरी निरीक्षक तिमिल्सिनाका अनुसार दुर्घटनामा नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा,… Continue reading जाजरकोटमा जिप दुर्घटना, कम्तीमा ५ जनाको मृत्यु
एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ । अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । यसमध्ये १… Continue reading एसियाली विकास बैंकसँग साढे २१ अर्ब बराबर ऋण तथा अनुदान लिने सम्झौता
दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । साइबर ब्यूरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो । विद्युतीय कारोबार ऐन विपरितको कसुरको… Continue reading दूर्गा प्रसाईविरुद्ध साइवर अपराधमा मुद्दा दर्ता
जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक
काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष (१ जनवरी २०२५) १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले बुधबार सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो । निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त… Continue reading जनवरीबाट सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडानमा रोक
प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा काम गर्न सीएनआईको आग्रह
काठमाडौँ — नेपाल उद्योग परिसंघले प्रस्तावित राजदूतसँग आर्थिक कूटनीतिलाई प्राथमिकता राख्न आग्रह गरेको छ । मंगलबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा रहेका लगानीका क्षेत्रबारे सम्बन्धित देशका लगानीकर्तालाई नेपालसँग जोड्न राजदूतहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन् । लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ता तथा स्वदेशी लगानीकर्ताका लागि सबै… Continue reading प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा काम गर्न सीएनआईको आग्रह
पोल्याण्डका प्रधानमन्त्री भन्छन् : रुस-युक्रेन शान्ती वार्ता हुन सक्छ
काठमाडौं । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार युक्रेनमा रुसको युद्ध अन्त्य गर्न शान्ति वार्ता यसै हिउँदमा सुरु हुनसक्ने बताएका छन् ।आफ्नो छिमेकी युक्रेनको दृढ समर्थक रहेका टस्कले अर्को महिना युरोपेली सङ्घ (इयु) को अध्यक्षता सम्हाल्दै छन् । उनले विदेशी अधिकारीहरूसँग हुने आगामी वार्ताहरूको पनि घोषणा गरे । उनले मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुरा गर्ने… Continue reading पोल्याण्डका प्रधानमन्त्री भन्छन् : रुस-युक्रेन शान्ती वार्ता हुन सक्छ
काठमाडौंमा न्यूनतम तापक्रम ४ डिग्रिमा झर्यो
काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । जल… Continue reading काठमाडौंमा न्यूनतम तापक्रम ४ डिग्रिमा झर्यो