आरोहीको भीडले गुलजार सगरमाथा आधारशिविर

सिबी अधिकारी/रासस १५ वैशाख, काठमाडौं । चर्चित पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि सगरमाथा आधार शिविरबाट ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरे । रङ्गी चङ्गी पालले सजाइएका चिटिक्कका पाल (टेन्ट) उक्त भिडियोमा देखिन्छ । शिविरको दृश्य हेर्दा लाग्छ आधार शिविर यतिखेर विश्वको सुन्दर गाउँको रुपमा परिणत भएको छ । विश्वभरका आरोही यतिखेर सगरमाथा… Continue reading आरोहीको भीडले गुलजार सगरमाथा आधारशिविर

उपत्यकामा आइतबारबाटै वर्षा, अन्य स्थानको मौसम कस्तो ?

photo : RSS

१५ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली… Continue reading उपत्यकामा आइतबारबाटै वर्षा, अन्य स्थानको मौसम कस्तो ?

पाल्पामा जिप दुर्घटना, तीनको मृत्यु, दुई घाइते

file

१५ वैशाख, तानसेन । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । लु१ज २३७७ नम्बरको जिप सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । दुर्घटनामा घाइते भएका पाँच… Continue reading पाल्पामा जिप दुर्घटना, तीनको मृत्यु, दुई घाइते

प्रमुख प्रतिपक्षी दल माओवादीले भन्यो : शिक्षकका समस्या समाधान गर

file

१५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ । उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विगत २५ दिनदेखि भइरहेको सडक आन्दोलनका विषयमा शिक्षकसँग छलफल गरी समस्या… Continue reading प्रमुख प्रतिपक्षी दल माओवादीले भन्यो : शिक्षकका समस्या समाधान गर

तीनकुने घटनामा सह–महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी

१४ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित… Continue reading तीनकुने घटनामा सह–महामन्त्रीका छोरा पक्राउ भन्ने समाचारमा कुनै सत्यता छैनः प्रहरी

पाकिस्तानमा सुरक्षा बलद्वारा ५४ जना आतङ्ककारी मारिए

AP Photo/Rahmat Khan)

१४ वैशाख, इश्लामावाद । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ जना आतङ्ककारीलाई सेनाले मारेको पाकिस्तान सेनाले आइतबार जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार, गत शुक्रबारदेखि आइतबारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो, जुन सीमा पार गर्न खोजिरहेको थियो । सेनाले उक्त समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र… Continue reading पाकिस्तानमा सुरक्षा बलद्वारा ५४ जना आतङ्ककारी मारिए

खर्च गर्न नसक्ने भन्दै पाँच अर्बभन्दा बढी बजेट सरेन्डर, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

१४ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट रु पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति ९एमसिए–नेपाल० को बजेट फिर्ता… Continue reading खर्च गर्न नसक्ने भन्दै पाँच अर्बभन्दा बढी बजेट सरेन्डर, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी

दुर्गा प्रसाई र रवीन्द्र मिश्रलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

१४ वैशाख, काठमाडौं । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनीहरुलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अनुसन्धानका लागि सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी… Continue reading दुर्गा प्रसाई र रवीन्द्र मिश्रलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

राजविराजमा बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

१४ वैशाख, राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज भएको बस दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी २२ वर्षीया कविता चौधरी र झापाको गौरादह–२ का ३९ वर्षीय अनिल राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी… Continue reading राजविराजमा बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

बेडरुमसम्म विचौलियाको पहुँच रहेको पुष्टी गर्न गगनलाई प्रधानमन्त्रीको चुनौती

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरू आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज—सरम पचाएर यस्ता आरोप लगाएको बताए । यसअघि… Continue reading बेडरुमसम्म विचौलियाको पहुँच रहेको पुष्टी गर्न गगनलाई प्रधानमन्त्रीको चुनौती

मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

१४ वैशाख, काठमाडौं । ‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उनीहरु ‘एकै रथका दुई पाङ्ग्रा’का रुपमा सहकार्य गरिरहेका छन् । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रङ्गमञ्चहरूमा प्रहसन, टिभी शृङ्खलाको निर्माण गर्दै आमदर्शकको मन जित्न सफल वरिष्ठ कलाकर्मी श्रेष्ठ र आचार्य नेपाली समाजमा उदाहरणीय एवं अनुकरणीय व्यक्तित्वका रुपमा परिचितछन्… Continue reading मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष

हिंसात्मक बन्यो शिक्षक आन्दोलन, झडपमा २६ घाइते

file

१४ वैशाख, काठमाडौं । काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् । विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते… Continue reading हिंसात्मक बन्यो शिक्षक आन्दोलन, झडपमा २६ घाइते

इरानको प्रमुख बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, सयौं घाइते

१४ वैशाख, काठमाडौं । ईरानको दक्षिणी भागमा रहेको शाहिद राजीमा बन्दरगाहमा शनिबार भएको एक शक्तिशाली विस्फोटका कारण कम्तीमा चार जनाको ज्यान गएको र पाँच सयभन्दा बढी व्यक्ति घाइते भएको ईरानी सञ्चार माध्यमहरूले जनाएका छन् । विस्फोटको कारण यकिन भइनसकेको भए पनि बन्दरगाहको रासायनिक भण्डारणस्थलमा लागेको आगोबाट यो घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा… Continue reading इरानको प्रमुख बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, सयौं घाइते

मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राती भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको समेत… Continue reading मध्यरातमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

१४ वैशाख, दोधारा चाँदनी । महेन्द्रनगरस्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुल पर्यटकको रोजाइमा परेको छ । महाकालीपारिको बस्ती दोधारा चाँदनी जोड्ने यो पुलसँगै महाकाली नदी किनारमा बनेको आठ किलोमिटर सडक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित छ । अहिले महेन्द्रनगर पुग्ने आगन्तुकहरू तस्बिर खिच्न र भिडियो… Continue reading महाकालीको चार लेन पुल पर्यटकीय गन्तब्य बन्दै

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

मातातीर्थ औँसीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा आमा नहुने भक्तजनको घुइँचो । मातातीर्थ औँशीका अघिल्लो रात भक्तजनहरु जाग्राम बसेर आमाको स्मृतिमा बत्ती बाल्ने परम्परा रहेको छ । मातातीर्थ कुण्डमा स्नान गरेमा मातृऋणबाट मुक्त हुने जनविश्वास गरिन्छ । तस्बिर स् हरिराम भेटुवाल/रासस

१४ वैशाख, काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई… Continue reading वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

File : In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine's President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः ‘युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने’ बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रोममा सम्पन्न भेटपछी ‘ट्रुथ सोसल’ मार्फत व्यक्त विचारमा ट्रम्पले पुटिनसँग व्यवहार गर्ने तरिकामा फेरबदल हुन सक्ने सङ्केत पनि… Continue reading पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

ललितपुरले जित्यो एनएसएलको उपाधि

काठमाडौँ, १३ वैशाख : नेपाल सुपर लिग त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल सुपर लिग(एनएसएल)को आज भएको फाइनल खेलमा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थण्डर्सका खेलाडी उपाधिका लागि प्रतिस्पर्धा गर्दै । तस्बिर : किरणराज विष्ट/रासस

१३ वैशाख, काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग¥र्यो भने पोखराले रु ३० लाख पायो । ललितपुरलाई जित दिलाउन… Continue reading ललितपुरले जित्यो एनएसएलको उपाधि

कश्मीर घटनाबारे पूर्वराजाले सार्वजनिक गरे आफ्नो प्रतिक्रिया

१३ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मीरस्थित पहलगाममा भएको आतंककारी समूहको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।शाहले शनिबार एक समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दूवादी यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका छन् । ‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरुको दुःखद्… Continue reading कश्मीर घटनाबारे पूर्वराजाले सार्वजनिक गरे आफ्नो प्रतिक्रिया

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

A view of the funeral of Pope Francis in St. Peter's Square at the Vatican, Saturday, April 26, 2025. (AP Photo/Alessandra Tarantino)

१३ वैशाख, भ्याटिकन । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अन्त्येष्टिका लागि शनिबार ‘सेन्ट पिटर्स स्क्वायर’मा दशौँ हजार शोकसन्तप्त मानिस भेला भएका छन् । भेला हुनेमा भारतीय राष्ट्रपति द्रौपदी मुुर्मु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीलगायत विश्वका क्रिश्चियन तथा हजारौँको सङ्ख्यामा अन्य धर्मावलम्बीहरू रहेका छन्… Continue reading पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

पोपको अन्त्येष्टिमा ट्रम्प र ईयू प्रमुखबीच कूटनीतिक संवाद

The coffin of Pope Francis is carried in front of dignitaries, including President Donald Trump, center, and French President Emmanuel Macron, left, during his funeral in St. Peter's Square at the Vatican, Saturday, April 26, 2025. (Cecilia Fabiano/LaPresse via AP)

१३ वैशाख, काठमाडौं । पोप फ्रान्सिसको अन्तिम संस्कारको अवसरमा भएको छोटो कुराकानीमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डेर लेयेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच औपचारिक भेट गर्ने सहमति भएको आयोगकी प्रवक्ता पाउला पिन्हाले जानकारी दिएकी छिन् सो अवसरमा विभिन्न विश्व नेताहरूबीच कूटनीतिक संवादहरू भएका थिए । “छोटो कुराकानीमा राष्ट्रपति भन डेर लेयेन र राष्ट्रपति ट्रम्पले… Continue reading पोपको अन्त्येष्टिमा ट्रम्प र ईयू प्रमुखबीच कूटनीतिक संवाद

नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

१३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छिन् । भारत, काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आयोजित सभामा उनले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरिन् । मन्त्री… Continue reading नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री

एमाले संसदीय दलको चारबुँदे निष्कर्ष

१३ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको आज बसेको बैठकले चारबुँदे निष्कर्ष निकालेको छ । बानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखी कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ । मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता,… Continue reading एमाले संसदीय दलको चारबुँदे निष्कर्ष

कोशीमा पयटकीय चहलपहल बढ्दो, पर्यटन वर्षले ल्याउला बहार ?

१३ वैशाख, मोरङ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरू गरिएको पर्यटन वर्षले प्रदेशवासीमा उत्साह थपेको छ । कोशीमा पर्यटन वर्ष सुरूसँगै, पर्यटकको चहलपहल बढ्न थालेको हो । पर्यटकको चहलपहल बढ्दा पर्यटन तथा होटल… Continue reading कोशीमा पयटकीय चहलपहल बढ्दो, पर्यटन वर्षले ल्याउला बहार ?

प्रधानमन्त्री ओली लुम्बिनीमा, के छ कार्यक्रम ?

१३ वैशाख, लुम्बिनी । लुम्बिनीमा अन्तरराष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई लुम्बिनीमा स्वागत गरे । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको छ । महोत्सवअन्तर्गत अन्तरराष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने महोत्सवको… Continue reading प्रधानमन्त्री ओली लुम्बिनीमा, के छ कार्यक्रम ?

अभ्यासका क्रममा जहाज दुर्घटनामा थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

१३ वैशाख, काठमाडौं । थाइल्यान्डको रिसोर्ट सहर नजिकै शुक्रबार प्यारासुट प्रशिक्षण अभ्यासका क्रममा एउटा सानो विमान समुद्रमा दुर्घटनाग्रस्त हुँदा पाँच थाई प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । बैंककको दक्षिणमा रहेको प्राचुआप खिरी खान प्रान्तको तटमा बिहान ८ः०० बजे दुर्घटना भएको हो । प्रहरी प्रवक्ता आर्केयोन क्रेथोङले जहाजमा रहेका छ जना अधिकारीमध्ये पाँच जनाको… Continue reading अभ्यासका क्रममा जहाज दुर्घटनामा थाइल्यान्डका पाँच प्रहरी अधिकारीको मृत्यु

शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते

१३ वैशाख, झापा । काठमाडौँमा झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले… Continue reading शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते

ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

१३ वैशाख, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै नौ वर्षको जेल सजाय सदर गरेपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरी स्रोतले जानकारी दिएको छ । ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डे मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घूस लिएको आरोपमा महाभियोगको प्रक्रिया सुरु गरिएको थियो… Continue reading ब्राजिलका पूर्वराष्ट्रपति कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

रुस र इरानबीच नयाँ ग्यास सम्झौता, के छ महत्व ?

१३ वैशहाख, काठमाडौं । रूस र इरानबीच प्रतिवर्ष ५५ अर्ब घनमिटर ग्यास रूसबाट इरानमा ढुवानी गर्ने सम्झौता भएको छ ।रुस र इरानबीच शुक्रबार भएको नयाँ ग्यास सम्झौताले उनीहरूको गठबन्धनलाई थप मजबुत बनाएको रूसी अधिकारीले बताएका छन् । इरानका पेट्रोलियम मन्त्री मोहसेन पाकनेजादले मस्कोको भ्रमणका क्रममा आफ्ना रुसी समकक्षी सर्गेइ सिभिलेभसँग ग्यास सम्झौतामा हस्ताक्षर गरेका छन्… Continue reading रुस र इरानबीच नयाँ ग्यास सम्झौता, के छ महत्व ?

आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

१३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमबारे भएको वार्ताबाट नयाँ सम्झौता हुन नसके अमेरिकाले इरानमाथि आक्रमण गर्ने ‘समूह’ को नेतृत्व गर्ने बताएका छन् । शुक्रबार प्रकाशित अन्तरवार्तामा अमेरिकी राष्ट्रपतिट्रम्पले इरानका सर्वोच्च नेता वा राष्ट्रपतिलाई प्रत्यक्ष भेट्न आफू तयार रहेको बताउँदै सम्झौता हुन सक्ने आशा व्यक्त गरे । ट्रम्पले भने, “यदि आणविक… Continue reading आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी