इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

Photo : ekantipur

काठमाडौं । नियमित मर्मतमा इटाली पठाइएको नेपाल एयरलाइनसको वाइडबडी जहाज नेपाल फिर्ता ल्याइएको छ । जहाज २२ जुनमा इटाली पठाइएको थियो । नियमित मर्मत पुरा गरी जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । यो जहाजको अभावले जापानसहित लामो दूरीमा निगमको उडान प्रभावित भएको थियो । निगमका प्रवक्ता रमेश पौडेलले अब यी गन्तब्यमा… Continue reading इटालीबाट स्वदेश फर्काइयो वाइडबडी जहाज

चाडबाड लक्षित सहुलीयत बजार असोज पहिलो साताबाट सञ्चालनमा

काठमाडौं । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको छ । आमउपभोक्ताको हितलाई ध्यानमा राखी… Continue reading चाडबाड लक्षित सहुलीयत बजार असोज पहिलो साताबाट सञ्चालनमा

संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सुरु

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको छ । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गले हथौडा हस्तान्तरण गरेपछि औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन, हिंस्रक संघर्ष र दिगो विकासको धिमा गति लगायत… Continue reading संयुक्त राष्ट्रसंघको ७९ औं महासभा सुरु

अमेरिकी डलरको मूल्य स्थिर, अन्यको के ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिंदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर… Continue reading अमेरिकी डलरको मूल्य स्थिर, अन्यको के ?

पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौं । लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो । बुधबार रातिदेखि नै मनसुन… Continue reading पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

ओलम्पियाड खेल्ने चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

काठमाडौं । नेपालबाट ओलम्पियाड खेल्न जाने तयारीमा रहेको चेस टोलीलाई हङ्गेरीले भिसा दिन अस्वीकार गरेको छ । नेपालस्थित जर्मन राजदूतावासले चेस टोली फर्कनेमा शङ्का गर्दै भिसा दिन अस्वीकार गरेपछि चेस टोलीले भारतबाट हङ्गेरीको भिसा लिन प्रयास गरेको थियो । भारत पुगेको चेस टोलीलाई त्यहाँ पनि हङ्गेरी राजदूतावासले भिसा दिन अस्वीकार गरेको नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता… Continue reading ओलम्पियाड खेल्ने चेस टोलीलाई हङ्गेरीले भिसा दिएन

ट्रम्प र कमला ह्यारिसबीचको पहिलो बहस कस्तो रह्यो ?

काठमाडौं । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पहिलो आमनेसामने बहस भएको छ । बहसमा उनीहरु मुख्य मुद्दामा चर्को रूपमा भिडेका छन्। संयमित रूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिए । त्यस क्रममा… Continue reading ट्रम्प र कमला ह्यारिसबीचको पहिलो बहस कस्तो रह्यो ?

दशैंमा सुकिला नोट १३ असोजबाट साट्न पाइने

काठमाडौं । दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ । १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट… Continue reading दशैंमा सुकिला नोट १३ असोजबाट साट्न पाइने

मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु

काठमाडौं । स्तरोन्नतिको काम सम्पन्न भएसँगै १ असोजदेखि मनकामना केबलकार सञ्चालनमा आउने भएको छ । कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ । सो काम सम्पन्न भएसँगै १ असोजदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ । अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा स्तरोन्नतिको… Continue reading मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु

राप्रपा अध्यक्ष र पूर्वराजाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । दमकस्थित चिया बगानमा पूर्वराजा शाह र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो । पार्टी कार्यक्रमका सिलसिलामा अध्यक्ष लिङ्देन गृह जिल्ला झापा पुगेका बेला त्यहीं रहेका पूर्वराजा शाहसँग बुधबार हिमालयन टी गार्डेनमा भेट गरेका हुन् । भेटमा पूर्वराजासँग लिङ्देनले आफ्नो… Continue reading राप्रपा अध्यक्ष र पूर्वराजाबीच भेटवार्ता

कांग्रेसले सांसदहरुलाई भन्यो : उपत्यका नछाड्नु

काठमाडौं । नेपाली कांग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौं उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं फर्किन भनिएको छ । बुधबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना… Continue reading कांग्रेसले सांसदहरुलाई भन्यो : उपत्यका नछाड्नु

प्रधानमन्त्रीलाई बोलेनको प्रश्न : २०७६ सालमा फैसला आउँदा किन वास्ता गर्नु भएन ?

काठमाडौं । काठमाडौंका नदी किनारबारे एमालेले देखाएको दोहोरो चरित्रबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोस व्यक्त गरेका छन् । उनले एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको यो चरित्रलाई ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ उखानबाट पुष्टी गर्न खोजेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो चरित्रले देश बिगार्दैछ ।’ आफुले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी… Continue reading प्रधानमन्त्रीलाई बोलेनको प्रश्न : २०७६ सालमा फैसला आउँदा किन वास्ता गर्नु भएन ?

कोरियाले नेपाललाई दिने भयो १ अर्ब भन्दा बढी सहायता

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर (रु एक अर्ब ७ करोड) प्रदान गर्ने भएको छ । कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) का निम्ति उक्त रकम प्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा कोरिया सरकारका तर्फबाट कोइकाका देशीय निर्देशक मोह्युन कोङ… Continue reading कोरियाले नेपाललाई दिने भयो १ अर्ब भन्दा बढी सहायता

भियतनाममा आँधी, १२७ को मृत्यु

काठमाडौं । उत्तरी भियतनाममा शक्तिशाली टाइफुन यागी आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय २७ जना पुगेको छ । गएको शनिवार आएको शक्तिशाली टाइफुन पछि भइरहेको ठूलो वर्षा, पहिरो र बाढीमा परी अरु ५४ जना हराइरहेका छन् । पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख… Continue reading भियतनाममा आँधी, १२७ को मृत्यु

कांग्रेस पदाधिकारीको बैठक आज, के छ एजेण्डा ?

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ। बैठक बुधबार बिहान ८ः३० बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ। विशेषगरी कांग्रेस उपसभापति धनराज गुरूङमाथ सहकारी बचत सम्बन्धमा उठेको प्रश्नबारे सामूहिक धारणा बनाउने बैठकको एजेन्डा छ। त्यस्तै सत्ता गठबन्धनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारेको प्रस्ताव लगायत समसामयिक… Continue reading कांग्रेस पदाधिकारीको बैठक आज, के छ एजेण्डा ?

डलरको मूल्य बढ्दा यूरोको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार मङ्गलबारको तुलनामा आज अमेरिकी डलर, बेलायती स्टर्लिङ पाउण्ड, स्वीस फ्रयाङ्क, अस्ट्रेलियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङकङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा… Continue reading डलरको मूल्य बढ्दा यूरोको घट्यो

विश्वविजेता अर्जेण्टिनालाई कोलम्बियाले हरायो

काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले विश्व विजेता अर्जेन्टिनालाई २–१ ले पराजित गरेको छ । कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे । खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै… Continue reading विश्वविजेता अर्जेण्टिनालाई कोलम्बियाले हरायो

वित्त निगमले नेपालमा लगानी बिस्तार गर्ने प्रतिवद्धता

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिए । आईएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले… Continue reading वित्त निगमले नेपालमा लगानी बिस्तार गर्ने प्रतिवद्धता

अब देशैभर सरकारी कार्यालयमा सेयर कारोबार बन्द

काठमाडौं । अब देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउन नपाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ । टीएमएस… Continue reading अब देशैभर सरकारी कार्यालयमा सेयर कारोबार बन्द

खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं । सरकारले रोकिएको जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो । यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका… Continue reading खुल्यो जग्गाको कित्ताकाट

भोटेबहालको गेष्टहाउसमा एक जना मृत फेला

काठमाडौं । काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा मङ्लबार दिउँसो एक जनाको शव भेटिएको छ । सो गेष्ट हाउसको तीन तलाको कोठ नं ८ मा यही भदौ २२ गतेदेखि बस्दै आएका सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशीकुमार लाल कर्ण मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए… Continue reading भोटेबहालको गेष्टहाउसमा एक जना मृत फेला

बुद्धको एक जहाजलाई दिइयो अवकाश

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई अवकास दिएको छ । अब यो जहाज उड्ने छैन । नेपालमा सन् २००८ सेप्टेम्बर १७ भित्राएर पहिलो पटक माउन्टेन फ्लाइट गरेको यो जहाजको अन्तिम उडान समेत माउन्टेन फ्लाइट नै गरियो । जसमा बैंकरहरु उडेका थिए । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरिएको… Continue reading बुद्धको एक जहाजलाई दिइयो अवकाश

आइफोन-१६ सिरिज सार्वजनिक

काठमाडौैं । एप्पलले आइफोन १६ सिरिज लन्च गरेको छ । ९ सेप्टेम्बरका दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा कम्पनीले एक विशेष समारोह आयोजना गरेको छ । जसमा १६ रिसिज सार्वजनिक गरेको हो । यस इभेन्टलाई एप्पलले इट्स ग्लोटाइम नाम दिएको छ । यसै इभेन्टमा एप्पलका नयाँ डिभाइसहरु समेत सार्वजनिक गरियो । यस इभेन्टमा वाच सिरिज १०,… Continue reading आइफोन-१६ सिरिज सार्वजनिक

पाँचथर विष्फोटका घाइतेको सरकारले नि:शूल्क उपचार गर्ने

काठमाडौं । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । पवन र दिप्सनको उपचार कीर्तिपुरस्थित बर्न अस्पतालमा भइरहेको छ ।… Continue reading पाँचथर विष्फोटका घाइतेको सरकारले नि:शूल्क उपचार गर्ने

आज कति छ विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६… Continue reading आज कति छ विनिमय दर ?

वन मन्त्री ब्राजिल प्रस्थान

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिल प्रस्थान गरेका छन् । को रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘युएनइपी’को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८… Continue reading वन मन्त्री ब्राजिल प्रस्थान

छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

काठमाडौं । छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भई ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी छिन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।२७ साउन, दिउँसो ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी… Continue reading छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ

नागढुंगा पहिरो : सवारी सूचारु, चापमा गुडिरहेका छन् गाडी

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा नजिक खसेको पहिरो पन्छाइएकोछ । अहिले सवारी साधन चल्न थालेका छन् । तर, लामो ट्राफिक लाइनको सामना गर्नु परेको छ । यस सडकखण्डमा दुवैतर्फ सवारी साधनहरुको लामो लाइन बनेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंतर्फ वाणभञ्ज्याङसम्म सवारी साधनको लाइन छ । पहिरो पन्छाएर सवारी… Continue reading नागढुंगा पहिरो : सवारी सूचारु, चापमा गुडिरहेका छन् गाडी

मेलम्चीमा भ्रष्टाचार, ४ जना दोषि ठहर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार उक्त मुद्दामा १० जनालाई सफाइ दिएको छ । अदालतले तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा… Continue reading मेलम्चीमा भ्रष्टाचार, ४ जना दोषि ठहर

नागढुंगा नजिकै पहिरो, लामो समयदेखि यातायात ठप्प

file

काठमाडौं । नागढुंगा सुरूङमार्ग नजिकै पहिरो जाँदा बाटो अवरूद्ध बनेको छ । धादिङ धुनिबेँसी नगरपालिका ९ स्थित खत्रीपौवा भन्ने ठाउँमा लेदोसहितको पहिरो जाँदा त्रिभुवन राजमार्ग अवरूद्ध भएको प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर हेम थपलियाले जानकारी दिए। उनका अनुसार बेलुकी छ बजेतिर लेदोसहितको पहिरो खसेको हो। दिउँसो भएको भारी वर्षाका कारण लेदोसहितको पहिरो खसेर राजमार्ग अवरूद्ध भएको… Continue reading नागढुंगा नजिकै पहिरो, लामो समयदेखि यातायात ठप्प