पोखरा र भैरहवा विमानस्थल चलाउन पर्यटनमन्त्रीले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग गरे छलफल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने सन्दर्भमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् । मंगलबार पर्यटनमन्त्री पाण्डेले अन्तराष्ट्रिय वायुसेवा सञ्चालकका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री पाण्डेले यी विमानस्थल चलाउन सरकारले विभिन्न प्याकेज ल्याएको बताए । पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा चलाउन खोजिएको भन्दै उनले देशको… Continue reading पोखरा र भैरहवा विमानस्थल चलाउन पर्यटनमन्त्रीले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग गरे छलफल

पाकिस्तानमा गाडीबाट झारेर ३९ जनालाई सडकमै हानियो गोली

काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र आक्रमणकारीहरूले गोली हानी कम्तीमा ३९ जनालाई मारेका छन् । आइतवार राति आक्रमणकारीहरूले उक्त दक्षिणपश्चिमी प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको बताइएको छ। सरकारी सुरक्षाकर्मीहरूले प्रत्याक्रमण गर्दा विभिन्न स्थानमा गरी कम्तीमा १२ जनाको मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ। बलोचिस्तान प्रान्तमा साम्प्रदायिक, जातीय… Continue reading पाकिस्तानमा गाडीबाट झारेर ३९ जनालाई सडकमै हानियो गोली

गाडी किन्ने योजनामा हुनुहुन्छ ? नाडा अटो शो आजबाट सुरु हुँदै

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सोह्रौं संस्करणको ‘नाडा अटो सो २०२४’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । गाडी किन्ने योजनामा रहेकाहरुलाई लक्षित गरी २३ ब्रान्डका नयाँ मोडल यस शोका दौरान सार्वजनिक गरिँदैछ । अटो सोमा १६ चारपांग्रे कम्पनीले २३ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गर्नछन् । अटो सो भदौ १६ सम्म चल्ने छ ।… Continue reading गाडी किन्ने योजनामा हुनुहुन्छ ? नाडा अटो शो आजबाट सुरु हुँदै

काठमाडौं–म्यानमार सिधा उडानको पहल

काठमाडौं । नेपाल म्यान्मार चेम्बर अफ कमर्सले नेपालदेखि म्यान्मारसम्म सिधा उडानका लागि पहल गरेको छ । नेपालका लागि गणतन्त्र म्यान्मारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गसँगको सोमबारको भेटमा चेम्बरले लुम्बिनीदेखि म्यान्मारसम्मको सिधा उडानका लागि आग्रह गरेको हो । भेटमा चेम्बरका अध्यक्ष शिवकुमार अग्रवालले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा म्यान्मारबाट सहयोग प्राप्त भएको बताए । उनले… Continue reading काठमाडौं–म्यानमार सिधा उडानको पहल

पाल्पाको ऐतिहासिक भगवती जात्रा आज, राष्ट्रपति जाने

काठमाडौं । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज निकालिँदै छ । यस वर्षको रथ जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुँदैछन् । जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक बिदा दिएको छ । कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती… Continue reading पाल्पाको ऐतिहासिक भगवती जात्रा आज, राष्ट्रपति जाने

रुसले युक्रेनमा थाल्यो मिसाइल आक्रमण

OLEKSANDR TRETYAK\BBC

काठमाडौं । रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताए । रुसले कियभ, खारकिभ, ओडेसा र पश्चिमी क्षेत्रमा आक्रमण गरेको हो । युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले पनि देशका १५ क्षेत्रका शहरहरुमा विष्फोट भएको बताएका छन्… Continue reading रुसले युक्रेनमा थाल्यो मिसाइल आक्रमण

खोटाङमा पोखरीमा डुबेर एकै घरका दाजु -बहिनीको निधन

काठमाडौं । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो । च्यास्मिटार बाङ्माका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको… Continue reading खोटाङमा पोखरीमा डुबेर एकै घरका दाजु -बहिनीको निधन

ओमनका विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी सोमबार साँझ काठमाडौं आइपुगेका छन् । परराष्ट्रमन्त्री आरजु राणाको निम्तोमा मन्त्री सैयद काठमाडौं आएका हुन् । उनलाई परराष्ट्रसचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् । सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दुतावास छैन । दिल्लीबाटै नेपाल हेर्ने गरेको ओमनमा… Continue reading ओमनका विदेशमन्त्री काठमाडौंमा

टुडिखेलमा आफ्नै अगाडी नाराबाजी भएपछि आक्रोसित बने कांग्रेस सभापति

काठमाडौं । गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’ कार्यक्रममा उपस्थित भएकाहरुलाई देउवाले… Continue reading टुडिखेलमा आफ्नै अगाडी नाराबाजी भएपछि आक्रोसित बने कांग्रेस सभापति

आफुविरुद्ध नाराबाजी भएपछि टुडिखेलमा के भने प्रधानमन्त्रीले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत उपस्थित हुँदा एक समूहले नाराबाजी गरेको थियो । सोही घटनालाई लक्षित गर्दै ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार… Continue reading आफुविरुद्ध नाराबाजी भएपछि टुडिखेलमा के भने प्रधानमन्त्रीले ?

ईपीजी प्रतिवेदन भारतले बुझ्नु पर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै ओलीले प्रतिवेदन बुझेपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट बताए । नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका… Continue reading ईपीजी प्रतिवेदन भारतले बुझ्नु पर्छ : प्रधानमन्त्री

गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ । दार्चुला, बैतडी, डडेल्धुरासहितका पहाडी जिल्लामा आजको दिन गौराको पूजाआजा गरेर स्थानीय गौरादेवीको मन्दिरमा जात्रा लाग्ने गर्दछ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका पहाडी समुदाय पनि… Continue reading गौरा पर्व आज, सुदूरपश्चिममा धुमधामले मनाइदै

मंगलबार राष्ट्रपति पाल्पा जाने, के छ कार्यक्रम ?

काठमाडौं । पाल्पास्थित भगवती रथयात्रामा पहिलोपटक राष्ट्रप्रमुखको सहभागिता हुने भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणजीरेश्वरी भगवतीको रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने भएका हुन् । भगवती गुठीका अनुसार भगवती मन्दिरमा पूजा आराधना र रथयात्राको अवलोकेनका लागि लागि राष्ट्रपति पौडेलको उपस्थिति हु ने पक्का भएको छ । नेपाल(अंग्रेज युद्धमा नुवाकोट जितगढीमा… Continue reading मंगलबार राष्ट्रपति पाल्पा जाने, के छ कार्यक्रम ?

ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् । दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने… Continue reading ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

श्रीकृष्ण जन्माष्टमी पर्व आज, हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै

Photo : Deshsanchar

काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरी मनाइरहेका छन् । आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड… Continue reading श्रीकृष्ण जन्माष्टमी पर्व आज, हिन्दु धर्मावलम्बीले विश्वभर मनाउँदै

पाल्पामा कार दुर्घटना, भारतीय चालकको मृत्यु

काठमाडौं । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका १ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो । दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध… Continue reading पाल्पामा कार दुर्घटना, भारतीय चालकको मृत्यु

मुग्लिन–आँबुखैरेनी सडकखण्ड ४ घण्टाका लागि बन्द

काठमाडौं । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि ४ घण्टाका लागि बन्द गरिएको छ । मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं… Continue reading मुग्लिन–आँबुखैरेनी सडकखण्ड ४ घण्टाका लागि बन्द

इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

Getty Images

काठमाडौं । इजरेली सेनाले आफूमाथि हुनसक्ने ठूलो स्तरको हमलाको प्रतिरक्षामा लेबननका विभिन्न ठाउँमा हिज्बुल्लाहको निशानामा आक्रमण गरेको जनाएको छ। इजरेलले दक्षिण लेबननका ४० वटा त्यस्ता प्रक्षेपणस्थलहरूलाई निशाना बनाउन आफूले करिब १०० वटा विमानहरू प्रयोग गरेको जनाएको छ। उसले ‘उत्तरी र मध्य इजरेललाई निशाना बनाउने उद्देश्य लिएका हजारौँ हिज्बुल्लाह रकेट लन्चरहरूलाई ध्वस्त बनाइदिएको’ बताएको छ। हिज्बुल्लाहले… Continue reading इजरायल र हिज्बुल्लाहबीच घमासान युद्ध सुरु

लेखा समितिमा आज पनि लफडा, सांसदबीच चर्काचर्की

काठमाडौं । सार्वजनिक लेखा समितिमा आइतबार समेत सांसदहरुबीच चर्को विवाद भएको छ । लोडसेडिङका क्रममा डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत उपभोग गरेको तर बक्यौता नउठाएकामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीहरूलाई पनि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिनुपर्नेलगायतबारे निर्णय गर्नुपर्ने भनी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको प्रस्तावमा प्रमुख प्रतिपक्षी मा‌ओवादी र… Continue reading लेखा समितिमा आज पनि लफडा, सांसदबीच चर्काचर्की

ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र बिन हमाद बिन हमूद अलबुसैदी दुई दिने औपचारिक भ्रमणमा आउने भएका छन्। विदेशमन्त्री अलबुसैदी सोमबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। उनी मंगलबार फर्किने तालिका रहेको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्राणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। दुई मन्त्रीबीच दुई पक्षीय वार्ता हुने र… Continue reading ओमानका विदेश मन्त्री नेपाल भ्रमणमा आउँदै

लोडसेडिङ हटेपछि तीन गुणाले बढ्यो विद्युत खपत

काठमाडौं । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७२-७३ मा ३ अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आव २०८०-८१ मा १० अर्ब २ करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६… Continue reading लोडसेडिङ हटेपछि तीन गुणाले बढ्यो विद्युत खपत

साफ यु–२० च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट ११ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे… Continue reading साफ यु–२० च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा

गौशालाबाट नक्कली नेपाली नोट र लागु औषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हेराइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका-५ घर भई हाल काठमाडौं ९ बस्‍ने ३० वर्षीय एराजुल हक, इलाको फाकफोकथुङ ३ घर भई हाल काठमाडौं-९ बस्‍ने ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामको सूर्योदय नगरपालिका-३ घर भई काठमाडौं-९ बस्‍ने ४७ वर्षीय बोधचन्द्र नामचुङ… Continue reading गौशालाबाट नक्कली नेपाली नोट र लागु औषधसहित तीन जना पक्राउ

रामेछापमा पहिरो, दुईको मृत्यु-८ बेपत्ता

काठमाडौं । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुर स्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि गयराति ११ः४५ बजेको समयमा गाउँभन्दा माथिबाट आएको पहिरोले लेखखर्कका ४ घर बगाउँदा हराएका ११ जनामध्ये दुई जनाको शव भेटिएको, एक जनालाई… Continue reading रामेछापमा पहिरो, दुईको मृत्यु-८ बेपत्ता

धनगढीमा देउवा निवास अगाडी शंकापष्दवस्तु फेला सेनाद्धारा निष्कृय

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि राति १ बजे शङ्कास्पद वस्तु फेला परेको हो । तारसहितको वस्तु कालो झोलामा राखिएको अवस्थामा फेला परेपछि रातिबाटै प्रहरीले सो स्थानलाई निगरानीमा राखेको थियो । बिहान… Continue reading धनगढीमा देउवा निवास अगाडी शंकापष्दवस्तु फेला सेनाद्धारा निष्कृय

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले… Continue reading मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना, १० जना घाइते

साफ यु-२० च्याम्पियनसिप : आज नेपाल र भुटान सेमिफाइनलमा भिड्दै

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले… Continue reading साफ यु-२० च्याम्पियनसिप : आज नेपाल र भुटान सेमिफाइनलमा भिड्दै

अरनिको र हेलम्बु राजमार्ग पहिरोका कारण अवरुद्ध

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजकुमार… Continue reading अरनिको र हेलम्बु राजमार्ग पहिरोका कारण अवरुद्ध

सुनकोशीमा गाडीसहित तीन यात्रु बेपत्ता, एक जनाको उद्धार

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा तीन यात्रुसहित जिप खसेको छ । गोताखोरको टोलीले गाडी फेला पारेको छ । त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो । खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश… Continue reading सुनकोशीमा गाडीसहित तीन यात्रु बेपत्ता, एक जनाको उद्धार

पानीबाट बाहिर निकालियो मर्स्याङ्गदीमा खसेको बस

काठमाडौं । आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुवाहक बसलाई शनिबार क्रेनको सहायताले नदिबाट १० मिटर बाहिर ल्याइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट शनिबार सशस्त्र प्रहरी निरिक्षकको कमान्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाइ पानी बाहिर निकालेको हो । बस… Continue reading पानीबाट बाहिर निकालियो मर्स्याङ्गदीमा खसेको बस