सिनामंगलको एक गेष्ट हाउसमा महिला पुरुष मृत फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत फेला परेका छन् । मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन् । शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा… Continue reading सिनामंगलको एक गेष्ट हाउसमा महिला पुरुष मृत फेला

सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल

काठमाडौं । काठमाडौंको नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमा आएको छ। शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो। उक्त समूहले चेन होटल हिल्टन वल्डवाइड म्यानेज लिमिटेडसँग सम्झौता गरी हिल्टन काठमाडौं सिटी सेन्टरको होटल सञ्चालनमा ल्याएको हो।१० रोपनी क्षेत्रफलमा फैलिएको यो होटल १७ तलाको बनेको छ। होटलमा एक सय ७२ वटा कोठा छन्।… Continue reading सञ्चालनमा आयो पाँचतारे हिल्टन होटेल

प्रधानमन्त्रीले मागे पोखरा र भैरहवा विमानस्थल चलाउने योजना

file

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना मागेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्च अधिकारीसँग छलफलपछि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालको उडान र यात्रुको चापलाई व्यवस्थित गर्न ती दुई नयाँ विमानस्थल पूर्ण सञ्चालनका लागि विद्यमान समस्या, समाधानका… Continue reading प्रधानमन्त्रीले मागे पोखरा र भैरहवा विमानस्थल चलाउने योजना

नेपालबाट विदेश घुम्ने जानेलाई दिने सटहीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थलमार्गबाट भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीनमा वैदेशिक भ्रमणमा जानेलाई भिसाका आधारमा दिइने डलर सटही सुविधा बढाएको छ । राष्ट्र बैंककले विदेशी विनियम कारोबार सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त सीमा बढाएको हो । भारत बाहेकका दक्षिण एसियाली मुलुक र चीन भ्रमणमा जानेले अब एक पटकमा १ हजार अमेरिकी… Continue reading नेपालबाट विदेश घुम्ने जानेलाई दिने सटहीको सीमा बढ्यो

सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोडको सीमा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई लगाएको २० करोड रुपैयाँको सीमा हटाएको छ । शुक्रबार मौद्रिक नीतिमा घोषणा भएको व्यवस्था कार्यन्वयनका लागि एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा… Continue reading सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोडको सीमा हट्यो

लेखा समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटर

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत महशुल बक्यौता विवादमा रहेका उद्योगीहरुको विद्युत महशुल सम्बन्धी टिओडी डाटा मागेको छ । शुक्रबार प्राधिकारका अधिकारी र व्यावसायीहरुसँग छलफल गरेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी डाटा माग गर्ने निर्णय गरेको हो । समिति सभापति ऋषिकेश पोखरेलका अनुसार प्राधिकरणसँग टिओडी डाटा लिएर समितिले आगामी पाँच दिन… Continue reading लेखा समितिले प्राधिकरणसँग माग्यो टीओडी मिटर

काठमाडौंबाट पोखरा उडेको जहाजमा प्राविधिक समस्या, काठमाडौं फर्काइयो

file

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्काइएको छ । उडान नं. ६५५, कल साईन ९-एएमडिमा प्राविधिक समस्या देखिएको बुद्धले जनाएको छ । जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाइएको कम्पनीले उल्लेख गरेको छ ।

सरकारले आइतबार दियो काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । यो बिदा काठमाडौं, भक्तपुर र ललितपुरमा लागू हुनेछ ।

अर्थमन्त्रीले भने-लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आवधिक रुपमा निर्धारण गरिएका लक्ष्यहरु… Continue reading अर्थमन्त्रीले भने-लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं

रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् । साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने र अभियानमा परिचालन गर्ने उद्देश्यले सघन प्रशिक्षण दिन कार्यशाला (क्लोज… Continue reading रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु

थाई एयरले थाइल्याण्डबाट भैरहवामा चार उडान गर्ने

काठमाडौं । थाई एयर एसियाले थाइल्याण्डको बैंककबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको चार उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति बिहीबार दिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । थाई एयर एसियाले सातामा चार दिन भैरहवा र तीन दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति दिइएको छ । थाई एयर एसियालाई त्रिभुवन… Continue reading थाई एयरले थाइल्याण्डबाट भैरहवामा चार उडान गर्ने

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा दुई भारतीय पेस्तोलसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय… Continue reading पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

हमासका सैन्य प्रमुख मारिए : इजरायल

काठमाडौं । हमासका शीर्ष नेता इस्माइल हनियेको इरानको राजधानी तेहरानमा हत्या भएको भोलिपल्ट इसराइलले हमासका सैन्य कमान्डर मोहम्मद देइफलाई समेत मारेको दावि गरेको छ । उनको १९ दिनअघि नै हत्या भएको बताइएको छ । इसराइलले जुलाई १३ मा गाजाको खान युनिस सहरबाहिर एउटा पर्खालले घेरिएको भवनमा हवाइ आक्रमण गरेर देइफलाई मारेको दाबी गरेको छ ।… Continue reading हमासका सैन्य प्रमुख मारिए : इजरायल

आज कुन भेगमा छ भारी वर्षाको सम्भावना ?

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेशको थोरै स्थानहरू साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया… Continue reading आज कुन भेगमा छ भारी वर्षाको सम्भावना ?

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने तयारीमा छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि यो पहिलो विदेश भ्रमण हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिम्स्टेक शिखर सम्मेलन आगामी सेप्टेम्बर… Continue reading प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण थाइल्याण्ड

राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने

काठमाडौं । राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा पोसाक, सिन्दुर, टीकालगायतका पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र सबै नागरिकका लागि अनिवार्य गराउने क्रममा सरकारले नेपालीको पहिचान मेटाउन खोजेको भन्दै आलोचना भएको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन तथा राष्ट्रिय परिचयपत्र इकाईहरुलाई पत्राचार गरेर उक्त… Continue reading राष्ट्रिय परिचय पत्रको तस्वीर खिच्दा पहिचान झल्कने संकेत वा चिह्न हटाउन नपर्ने

जब लुम्बिनीबाट देखियो मनमोहक हिमाल…

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार(साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ । अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् । श्रीलङ्काबाट… Continue reading जब लुम्बिनीबाट देखियो मनमोहक हिमाल…

नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई प्रदेश प्रमुख पदमा… Continue reading नवनियुक्त प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात

काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले सानदार सुरूवात गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगिता नेपालले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित निकालेको हो। पहिलो सेट २५–१९ ले जितेको नेपालले दोस्रो सेटमा २५–१८ अंकले विजयी भयो। तेस्रो सेटमा पनि २५–१९ को ले जितेपछि नेपालले खेल ३–० को सोझो सेटमा आफ्नो पक्षमा… Continue reading काभा वुमन्स भलिबलमा नेपालको विजयी सुरुवात

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रम मन्त्रीको विश्व बैंकसँग आग्रह

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारी सिर्जना र बाध्यकारी वैदेशिक रोजगारी न्यूनीकरण गर्ने सरकारको योजनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन् । श्रम मन्त्रालयमा आज विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले गर्नुभएको भेटमा उनले आन्तरिक रोजगारीलाई दिगो बनाउने र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको योजना रहेको जानकारी गराए… Continue reading आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न श्रम मन्त्रीको विश्व बैंकसँग आग्रह

एमालेले फेर्यो विदेश विभाग प्रमुख, भट्टराईको स्थानमा महासेठ

काठमाडौं । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ । कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको छ । यो विभाग महासेठ आफैले मागेका थिए । यसअघिका विदेश विभाग प्रमुखराजन भट्टराईलाई भने बागमति प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने बताए । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य… Continue reading प्रधानमन्त्री भन्छन् : पार्टीको काम सरकारी निवासबाट गर्दिन

एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा

काठमाडौं । २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा ६४ हजार ५९९ पर्यटक भित्रिएका हुन्। जुलाईमा सबैभन्दा बढी २१ हजार ४९१ भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै, अमेरिकाबाट ७ हजार ८४६, चीनबाट ६ हजार ८१९ पर्यटक आएका छन्।त्यस्तै, बेलायबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट एक… Continue reading एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा

केरलासँगै हिमान्चलमा बाढी पहिरो, कम्तिमा ५० वेपत्ता

काठमाडौं । भारतको केरलापछि हिमाचल प्रदेशमा पनि भारी वर्षासँगै बाढी–पहिरोको विपत्ति निम्तिएको छ । हिमाचल प्रदेशका सिमला लगायतका जिल्लामा कम्तिमा ५० जना बेपत्ता भएका छन् । जाओन, कुल्लु, निरमण्ड, सरपारा लगायत ठाउँ बाढीपहिरोको चपेटामा परेका छन् । यो जानकारी हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । हिमाचल प्रदेश सरकारका एक मन्त्री… Continue reading केरलासँगै हिमान्चलमा बाढी पहिरो, कम्तिमा ५० वेपत्ता

टीआरसी विधेयकमा सहमति

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको दलहरुले बताएका छन् । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित विषयमा सहमति जुटेको हो । गृहमन्त्री रमेश लेखकले यसबारे जानकारी दिए । उनका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक… Continue reading टीआरसी विधेयकमा सहमति

देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक

काठमाडौं । देशभर २२ जनामा हैजा पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भएपनि उमालेर पिउन भनेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शिघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गरे । डा. बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल… Continue reading देशभर २२ जनामा हैजा पुष्टी, ललितपुरमा अधिक

तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकको निर्णय एवम् सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हमासका प्रमुख नेताको इरानमा हत्या, मध्यपूर्वमा तनावको डर

Palestinian militant group Hamas' leader Ismael Haniyeh (C-R) and other officials, flash the victory sign during a swearing in ceremony for the new president, at the parliament in Tehran, on July 30 2024. Iranian reformist Masoud Pezeshkian was sworn as the Islamic republic's ninth president. (Photo by AFP)

काठमाडौं । प्यालेस्टाइन विद्रोही समूह हमासका प्रमुख नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ । यसले मध्यपूर्वमा तनावको डर मडारिएको अन्तर्राष्ट्रिय समुदायले जनाएका छन् । मध्यपूर्वका धेरैजसो देशले यो हत्याले तनाव झनै बढ्ने चेतावनी दिएका छन् । इजरायली सेनाले पछिल्लो समय हमासका नेतालाई लक्षित गरी आक्रमण गरिरहेको छ । हानियाको हत्या पनि इजरायलले… Continue reading हमासका प्रमुख नेताको इरानमा हत्या, मध्यपूर्वमा तनावको डर

१८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

काठमाडौं । सरकारले विभिन्न १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको छ । अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, चीन, अस्ट्रेलियालगायत १८ वटा देशमा नयाँ राजदूत सिफारिश गरेको थियो । पुरानो सरकारले गरेका नियुक्ति हटाएर आफ्नो दलका नेता कार्यकर्ता नियुक्त गर्ने क्रममा कांग्रेस–एमाले नेतृत्वको सरकारले विभिन्न पदमा धमाधम नियुक्ति गरिरहेको छ । कुन… Continue reading १८ देशमा नयाँ राजदूत सिफारिस, कुन देशमा को ?

पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक(२०२४ को ब्याडमिन्टनमा बुधबार आफ्नो तेस्रो खेलमा पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनामा भएको समूह ‘पी’ अन्तर्गत पुरुष एकलको आफ्नो तेस्रो खेलमा इजरायलका मिसा जिलबरमनसँग २–० को सेटमा पराजित भएसँगै प्रिन्सको पनि चुनौती समाप्त भएको हो। प्रिन्स पहिलो सेट २१–१२ र दोस्रो सेट २१–१० ले पराजित भए।… Continue reading पेरिस ओलम्पिक : नेपालका ६ खेलाडीको चूनौति समाप्त