सडक यातायातमा मृत्यु हुने प्रति सरकारको वेवास्ताप्रति सर्वसाधारणबाट तीव्र आलोचना

तस्बिरः कृष्ण आचार्य÷रासस

काठमाडौं । तीन साता अगाडी त्रिशूली नदीमा दुई बस पहिरोमा परी बगेका छन् । बसको खोजी जारी छ । अहिलेसम्म डेढ दर्जन शव मात्र भेटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धारको काम जारी राखेका छन् । भारतबाट समेत प्राविधिक टोली मगाइएको छ । तर, अहिलेसम्म बस र यात्रुको अत्तोपत्तो लाग्न सकेको… Continue reading सडक यातायातमा मृत्यु हुने प्रति सरकारको वेवास्ताप्रति सर्वसाधारणबाट तीव्र आलोचना

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव कहिले हुन्छ हस्तान्तरण ?

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमर्टम बुधबारदेखि सुरू गरिएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । सौर्यको ९ एन(एएमई–सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखरा जान उडेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै जहाज दुर्घटनामा परेको थियो।… Continue reading जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव कहिले हुन्छ हस्तान्तरण ?

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बुधबार बिहान… Continue reading बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

घाइते पाइलट भेट्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पताल पुगेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानका पाइलट मनिष शाक्यको स्वास्थ्य अवस्था बुझ्न ओली अस्पताल पुगेका हुन् । १८ जनाको मृत्यु भएको सो घटनामा घाइते अवस्थामा उद्धार गरिएका क्याप्टेन शाक्यको अपरान्ह मेरूदण्डको अपरेसन गरिएको… Continue reading घाइते पाइलट भेट्न अस्पताल पुगे प्रधानमन्त्री

जहाज दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग

काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । आयोगका सदस्यमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप… Continue reading जहाज दुर्घटना छानविन गर्न सरकारले बनायो आयोग

सौर्य एयरको व्यवस्थापन टीमका चार उच्च अधिकारीको दुर्घटनामा परी मृत्यु

काठमाडौं । सौर्य एयरलाइन्सले व्यवस्थापन टीमका उच्च अधिकारीहरु गुमाएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिष रत्न शाक्य घाइते छन् । उनको उपचार जारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर कुमार आचार्य, सीएएमओ म्यानेजर अश्विन कुमार… Continue reading सौर्य एयरको व्यवस्थापन टीमका चार उच्च अधिकारीको दुर्घटनामा परी मृत्यु

काठमाडौं विमानस्थलमै सौर्यको जहाज दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई जहाज दुर्घटनामा परेको छ । यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो । जहाजमा दुई क्याप्टेनसहित १९ जना सवार थिए । सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी भएको खुलेको छ । यसमध्ये क्याप्टेनको जिवितै उद्दार गरिएको छ भने १८ जनाको… Continue reading काठमाडौं विमानस्थलमै सौर्यको जहाज दुर्घटना, १८ जनाको मृत्यु

लुम्बिनीमा कांग्रेसबाट रोज राणा पुनः मन्त्री

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम निश्चित गरेको छ । कांग्रेसकोभागमा परेका ५ मन्त्रालयका लागि संस्थापन पक्षका ४ र इतर पक्षका १ जनाको नाम छनोट गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यसहित कांग्रेस र एमालेका मन्त्रीहरुको बुधबार बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथग्रहण हुँदैछ । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर… Continue reading लुम्बिनीमा कांग्रेसबाट रोज राणा पुनः मन्त्री

ट्रम्पलाई गोली लागेसँगै सीक्रेट सर्भिसकी निर्देशकले दिइन् राजिनामा

Samuel Corum/Getty Images

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन्। ‘तपाईँको निर्देशकको हैसियतले म सुरक्षा त्रुटिको लागि सम्पूर्ण जिम्मेवारी लिन्छु’, उनले मङ्गलवार राति दिएको राजीनामामा सीक्रेट सर्भिसका कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेकी छन्। घटनाका बारेमा सोमवार संसदीय… Continue reading ट्रम्पलाई गोली लागेसँगै सीक्रेट सर्भिसकी निर्देशकले दिइन् राजिनामा

बंगलादेशमा थामियो आन्दोलन, विदेशी विद्यार्थीलाई समेत जोखिम कम

काठमाडौं । बङ्गलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आरक्षणसम्बन्धी व्यवस्थाका विषयमा त्यहाँको सर्वोच्च अदालतले उच्च अदालतको निर्णय खारेज गरेसँगै आरक्षणविरोधी आन्दोलन तुहिएको हो । आन्दोलन अन्त्य भएकाले अब नेपाली विद्यार्थीले असुरक्षित महसुस गर्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताएका छन् । फर्किन टिकट काटिसकेका र… Continue reading बंगलादेशमा थामियो आन्दोलन, विदेशी विद्यार्थीलाई समेत जोखिम कम

”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”

रासस

काठमाडौं । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा मङ्गलबार साँझ आयोजित स्वागत समारोहमा राजदूत एलगेब्लीले अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नत हुन नेपाललाई आफ्नो मुुलुकले… Continue reading ”विकासशील मुलुकमा स्तरोन्नतीको यात्रामा इजिप्टले नेपाललाई साथ दिन्छ”

बुधबारबाट पश्चिमी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा आज रातिदेखि शुक्रबार रातिसम्म भारी वर्षाको सम्भावना छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा विहीबार बिहानदेखि शुक्रबार बिहानसम्म भारी वर्षाको सम्भावना छ । शुक्रबारको दिन बागमती, गण्डकी र कर्णाली प्रदेशका… Continue reading बुधबारबाट पश्चिमी भेगमा भारी वर्षाको सम्भावना

एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम

Bindu Rawal and Dolly Bhatta of Nepal during the ACC Women's T20 Asia Cup 2024 match between India and Nepal at the Rangiri Dambulla International Cricket Stadium, Dambulla, Sri Lanka, on July 23, 2024. Photo Credit : Deepak Malik / Asian Cricket Council / CREIMAS RESTRICTED TO EDITORIAL USE

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूहको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भयो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान… Continue reading एसिया कपको समूह चरणबाटै बाहिरियो नेपाली महिला टीम

बुटवल–पाल्पा खण्डमा रातमा सवारी चलाउन रोक

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा आजदेखि रातिको समयमा सवारी साधन चलाउन स्थानीय प्रशासनले रोक लगाएको छ ।पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदे खोलामा झण्डै ५० मिटर सडक भासिएकाले सम्भावित क्षति हुन नदिन आजदेखि अनिश्चितकालसम्म रातिको समयमा सवारी साधन सन्चालनमा रोक लगाइएको हो । साउन ९ गते बुधबार बेलुका ७ देखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्म… Continue reading बुटवल–पाल्पा खण्डमा रातमा सवारी चलाउन रोक

मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीले श्रेष्ठ सूचीमा पाँच वटा पुस्तकको नाम सार्वजनिक गरेको छ । सूचीमा भक्त स्याङतानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन–तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैलालीको मुकाम रणमैदान र रोशन थापा नीरवको सन्त्रासका साठी दिन रहेका छन् ।… Continue reading मदन पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक

अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित

Getty images

काठमाडौं । जो बाइडनले आफू अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेको २४ घण्टा नपुग्दै डेमोक्र्याटिक पार्टीको टिकट उपराष्ट्रपति कमला ह्यारिसले पाउने सङ्केत देखिएको छ । आफ्नो पार्टीबाट उम्मेदवार हुन उनलाई सहज होला। तर नोभेम्बरमा हुने निर्वाचनमा डोनल्ड ट्रम्पलाई हराउन भने उनले धेरै चुनौती खेप्नुपर्ने आंकलन छ । उनको मनोनयन डेमोक्र्याटहरूका लागि बलियो पक्ष भए… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिस र ट्रम्प लड्ने करीव निश्चित

बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गरेका हुन् । कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार… Continue reading बागमती प्रदेशको मूख्य मन्त्रीमा कांग्रेसका लामा नियुक्त

भारतमा आयो नयाँ बजेट, नेपाललाई ११ अर्ब २० करोड अनुदान

काठमाडौं । भारतमा नयाँ बजेट सार्वजनिक भएको छ । लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएको जितपछि अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गरेकी छन् । यो उनको सातौं बजेट हो । नरेन्द्र मोदी नेतृत्वको तेस्रो कार्यकालको यो पहिलो बजेट हो । मंगलबार सार्वजनिक भएको बजेट अप्रिल १ देखि लागू हुनेछ । मोदी सरकारको नयाँ बजेटमा ग्रामीण… Continue reading भारतमा आयो नयाँ बजेट, नेपाललाई ११ अर्ब २० करोड अनुदान

महिला एसिया कप : टस हारेर नेपाल बलिङमा

काठमाडौं । महिला एसिया कप(२०२४ मा समूह एको अन्तिम खेलमा नेपालले भारतसँग टस हारेर बलिङ गर्ने भएको छ । नेपालको टिममा २ परिवर्तन भएको छ । डली भट्टले आफ्नो पहिलो खेल खेल्दै छिन् भने टिममा सवनम राई फर्किएकी छिन् । आजको टिममा कृतिका मरासिनी र रोमा थापालाई बेन्चमा राखिएको छ । यता, आज भारतको कप्तानी… Continue reading महिला एसिया कप : टस हारेर नेपाल बलिङमा

मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो । खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए… Continue reading मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ

बाढी-पहिरोका कारण अझै पनि देशभरका सडकमा सास्ती

File

काठमाडौं । बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौ वटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् । विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र… Continue reading बाढी-पहिरोका कारण अझै पनि देशभरका सडकमा सास्ती

काठमाडौंमा रातभर भारी वर्षा

काठमाडौं । काठमाडौंमा आज रातभर भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५.६ लिलिमिटर वर्षा भएको छ… Continue reading काठमाडौंमा रातभर भारी वर्षा

बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता

Photo : AP

काठमाडौं । बङ्गलादेशमा जारी हिंसाका बीच १३ सय नेपाली स्वदेश फर्किएका छन् । त्यस मुलुकमा रहेका नेपाली विद्यार्थी समेत सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो । उता बंगलादेशमा भने… Continue reading बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता

विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे निर्देशन दिएका छन् । उनले फटाफट काम गर्नुपर्ने बेला भएकाले सकेसम्म मन्त्री, सचिव लगायत उच्च पदस्थ विदेश भ्रमणमा नजान निर्देशन दिएका छन् । विदेश जानैपर्ने भए अवधि छोट्याउन उनले निर्देशन दिएका छन् । भ्रमण टोलीमा महिला हुनैपर्ने समेत प्रधानमन्त्रीको निर्देशन छ । ‘भ्रमण मण्डलमा दुई… Continue reading विदेश भ्रमणबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई के भने ?

क्रोएसियामा नर्सिङ होममा गोली चल्यो, कम्तिमा ६ जना मारिए

काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्रमा गोली चलेको छ , घटनामा ६ जना मारिएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए । यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते… Continue reading क्रोएसियामा नर्सिङ होममा गोली चल्यो, कम्तिमा ६ जना मारिए

त्रिशूलीमा हराइरहेका बस र यात्रुको खोजी के भइरहेको छ ?

file

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र ती बसमा सवार यात्रुहरुको खोजी आज १२ औं दिन पनि जारी छ । आज बिहान साढे आठ बजेदेखि सिमलतालदेखि घुमाउने–केराबारीसम्म दोहोर्‍याएर खोजी गर्न लागिएको छ । खोजीमा संलग्न प्राविधिकहरुका अनुसार त्यहाँ केही शंकास्पद वस्तु देखिएकाले दोहोर्‍याएर खोज्न लागिएको हो । नेपाली गोताखोर र भारतको… Continue reading त्रिशूलीमा हराइरहेका बस र यात्रुको खोजी के भइरहेको छ ?

बंगलादेशमा ४८ घण्टाका लागि रोकियो विद्यार्थीको आन्दोलन

काठमाडौं । सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा रहेको बङ्गलादेशी विद्यार्थी सङ्गठनले ४८ घण्टाका लागि आन्दोलन स्थगित गरेको छ । सर्वोच्च अदालतले जागिरका धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आममानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेसँगै आन्दोलन मथ्थर भएको हो । तर पक्राउ परेका विद्यार्थीको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने सरकारी र प्रहरी अधिकारीको बर्खास्त र… Continue reading बंगलादेशमा ४८ घण्टाका लागि रोकियो विद्यार्थीको आन्दोलन

सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा एक जना महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ। सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा… Continue reading सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ

कसरी टुंगियो न्यूरोडको फूटपाथ विस्तार विवाद

काठमाडौं । न्यूरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । सहमतिअनुसार वडा नम्बर २४ को फुटपाथ विस्तार सम्पन्न गरिनेछ । अरुतिर मंसिरसम्म रोकिने छ । मेयर, उपमेयर, प्रशासकीय प्रमुख र वडाध्यक्षहरूबीच सोमबार भएको वार्तामा वडा नम्बर २४ मा भएको फुटपाथ विस्तारलाई सम्पन्न गर्ने र यसले आर्थिक, समाजिक सांस्कृतिक र आवतजावतमा पार्ने प्रभावबारे अध्ययन गर्ने सहमति भएको… Continue reading कसरी टुंगियो न्यूरोडको फूटपाथ विस्तार विवाद

नेपालबाट धेरै वस्तु निर्यात हुने देशको दोस्रो स्थानमा अमेरिका

काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो आव २०७९–८० को तुलनामा ३.०३ प्रतिशतले कम हो । निर्यात व्यापारमा सबैभन्दा धेरै निर्भर नेपाल भारतसँग रहेको छ । तर, दोस्रो स्थानमा भने अमेरिका रहेको छ । नेपालबाट तयारी पोशाकदेखि छुर्पीसम्म अमेरिका निर्यात हुन्छ । अर्को छिमेकी… Continue reading नेपालबाट धेरै वस्तु निर्यात हुने देशको दोस्रो स्थानमा अमेरिका