बंगलादेशको आन्दोलनमा कम्तिमा ३५ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आन्दोलन भड्किएर हिंसात्मक बन्दै गएपछि सरकारले देशभर कर्फ्यु आदेश जारी गरेको छ । त्यहाँ आरक्षणको विरोधमा विद्यार्थी र युवाहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोध गरेका छन्… Continue reading बंगलादेशको आन्दोलनमा कम्तिमा ३५ जनाको मृत्यु

न्यूरोडमा जलाइयो बालेनको पुत्ला, स्थानीय फूटपाथ बिस्तारको विरोधमा

काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामप्रति विरोध जनाएका छन्। शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नम्बर २२ स्थित नयाँ सडक परिसरमा फुटपाथ बढाउने काम सुरु भएपछि उनीहरुले विरोध गरेका हुन्। केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम… Continue reading न्यूरोडमा जलाइयो बालेनको पुत्ला, स्थानीय फूटपाथ बिस्तारको विरोधमा

दूतावासलाई लेखेको पत्रमा विवादित उपसभामूखको आयो स्पष्टीकरण

काठमाडौं । आफूसहित ६ जनाको भिसा अन्तर्वार्ताको समय मिलाइदिन अमेरिकी दूतावासलाई लेखेको पत्र विवादबारे उपसभामुख इन्दिरा रानामगरले प्रष्टीकरण सार्वजनिक गरेकी छिन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानामगरले आफूले करूणाभावले सहयोग गर्न खोजेको तर विवादित बनाइएको प्रतिक्रिया दिइन् । दूतावासलाई पत्र लेखेको एक वर्षपछि उक्त विषय नियोजित रूपमा बाहिर ल्याइएको पनि उपसभामुख रानामगरको भनाई छ… Continue reading दूतावासलाई लेखेको पत्रमा विवादित उपसभामूखको आयो स्पष्टीकरण

कांग्रेसको सभापति पदमा सुजाताको समर्थन शेखरलाई

काठमाडौं । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने घोषणा गरेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेतृ कोइरालाले १५ औं महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी हुन्। ‘हामी एकजुट हुनै पर्छ। हाम्रो बुबा र हजुरबुबाहरुले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ। त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ,’ उनले भनिन्।… Continue reading कांग्रेसको सभापति पदमा सुजाताको समर्थन शेखरलाई

महिला क्रिकेटमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित निकालेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५… Continue reading महिला क्रिकेटमा नेपालको ऐतिहासिक जित

२४ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो सार्वजनिक ऋण

काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपालीको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण पुग्छ । आर्थिक वर्ष २०७९–८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण… Continue reading २४ खर्ब ३३ अर्ब रुपैयाँ पुग्यो सार्वजनिक ऋण

माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित

काठमाडौं । माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित भयो । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ । तर, उसको आज र भोलि काठमाडौं उडान छैन । अन्य वायुसेवा कम्पनीमा… Continue reading माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभर सेवा प्रभावित

झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

काठमाडौं । इन्टाग्राम रिल्समा राख्ने भिडियो बनाउने क्रममा भारतको महाराष्ट्रस्थित एक झरनामा युवतिको ज्यान गएको छ । महाराष्ट्रको रायगढ जिल्लास्थित कुम्भे झरनामा आफ्ना साथिहरुसँग घुम्न गएकी युवति अन्वी कामदारको चिप्लिएर ज्यान गएको हो । उनी मुम्बईकी बासिन्दा रहेको बताइएको छ । उनी ३ सय फिट गहिरो खोँचमा झरेकी थिइन् । उनी सोसल इन्फ्यूएन्सर समेत हुन्… Continue reading झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान

भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

file

काठमाडौं । भारतको उत्तर प्रदेशमा रेल दुर्घटनामा परेको छ । उत्तर प्रदेशको गोंडा जिल्लामा रेलका केही डिब्बा पटरीबाट उछिट्टिएको समाचारमा जनाइएको छ । घटनामा कसम्तमा दुई जनाको ज्यान गएको र २६ जना घाइते भएको विवरण आएको छ । चन्डीगढ डिबुगढ एक्सप्रेसको रेल दुर्घटनामा परेको हो । दुर्घटनापछि यस रुटको सबै रेल सेवा बन्द गरिएको छ… Continue reading भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, क्षतिको विवरण आउँदै

कोटेश्वरमा गेष्ट हाउसबाट ६ बालिकाको उद्दार, २ सञ्चालक पक्राउ

काठमाडौं । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् । रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको… Continue reading कोटेश्वरमा गेष्ट हाउसबाट ६ बालिकाको उद्दार, २ सञ्चालक पक्राउ

महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान पनि खेल्दैछन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया… Continue reading महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

म्याग्दीमा तयार भयो नयाँ पदमार्ग

RSS

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई किलोमिटरभन्दा बढी पदमार्ग, दुईवटा आश्रयस्थल, खानेपानी, दृश्यावलोकन स्थललगायत पूर्वाधार निर्माण गरेका हुन् । प्रदेश सरकारको १३ लाख रुपैयाँ, गाउँपालिका र युएनडीपीको १२–१२ लाख रुपैयाँमा बजेटमा पदमार्ग, आश्रयस्थल,… Continue reading म्याग्दीमा तयार भयो नयाँ पदमार्ग

मनसुनयता १२५ जनाको विपदमा परी मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ। विपदमा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय… Continue reading मनसुनयता १२५ जनाको विपदमा परी मृत्यु

बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

Photo : AA.COM

काठमाडौं । प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ । स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६० सवारी साधन र एउटा कार्यालय भवनमा आगो लगाएको बताए । “प्रदर्शनकारीहरूले सबैभन्दा पहिला रामपुरामा एक प्रहरी चौकीमा आगो… Continue reading बंगलादेशमा हिंसा जारी, टेलिभिजनमा लगाइयो आगो

७ साउनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

काठमाडौं । प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने तय भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य–प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो । सचिवालयले तयार पारेको मसौदा क्यालेन्डरलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिने… Continue reading ७ साउनमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदै

देशैभर भारी वर्षाको चेतावनी

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको… Continue reading देशैभर भारी वर्षाको चेतावनी

अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख विवादमा

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको छ। सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेकी थिइन्। उनले… Continue reading अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख विवादमा

अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गदैछु : अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको दाबी गरे । उनले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी हुन आग्रह गरे… Continue reading अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास गदैछु : अर्थमन्त्री

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् ।… Continue reading प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त

नडराई निर्णय लिन प्रधानमन्त्रीको सचिवहरुलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए । ‘एक दिनमा एक पाइला भएपनि अघि सारौं, त्यसका लागि एक दिन पनि आराम नगरी… Continue reading नडराई निर्णय लिन प्रधानमन्त्रीको सचिवहरुलाई निर्देशन

क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी

KREMLIN.RU/AFP

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रुसमा क्रिप्टोकरेन्सी व्यवसायका बारेमा चेतावनी दिएका छन् । उनले यसले मुलुकको धेरै विद्युत् आपूर्ति समाप्त गरेको र क्षेत्रीय ऊर्जा अभाव निम्त्याउने जोखिममा पारेको बताए । रुस विश्वको क्रिप्टोकरेन्सी व्यवसायको शीर्ष स्थानमध्येको एक हो । यसमा ह्याङ्गर वा गोदामहरूमा राखिएका हजारौँ कम्प्युटरका अपरेटरहरूले नयाँ क्रिप्टोकरेन्सीको बदलामा लेनदेन मान्य गर्छन्… Continue reading क्रिप्टो व्यवसायले मुलुकको विद्युत आपूर्ति समाप्त पार्ने रुसी राष्ट्रपतिको चेतावनी

फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु

file

काठमाडौं । फ्रान्सको एक पानीजहाजबाट ४४ वटा कन्टेनर दक्षिण अफ्रिका नजिकै समुद्रमा हराएका छन् । कन्टेनरको खोजी भइरहेको बताइएको छ । दक्षिण अफ्रिकाको पूर्वी तटमा खोजी भइरहेको छ । दक्षिण अफ्रिकी सामुद्रिक सुरक्षा प्राधिकरणले एशियाबाट फ्रान्सको उत्तरी क्षेत्र हाभ्रेतर्फ गइरहेको जहाजले जुलाई ९ मा दक्षिण अफ्रिकी डरबन नजिकै हिन्द महासागरमा खराब मौसमको सामना गर्नुपरेको टाइम्स… Continue reading फ्रान्समा एक पानी जहाजबाट हराए ४४ कन्टेनर, खोजी सुरु

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना पुष्टी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार तीव्र भइरहेका बेला बाइडेनमा कोरोना संक्रमण पुष्टि भएको हो । डेमोक्रेटिक पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतीय चुनावी दौडबाट पछि हट्न दबाब आइरहेको छ । ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरीका अनुसार बाइडेनले कोभिड खोप र बुस्टर डोजसमेत लगाएका छन् । बाइडेनलाई… Continue reading अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना पुष्टी

सुनको मूल्य प्रतितोला डेढ लाख, केहो मूल्य निरन्तर बढ्नुको कारण ?

काठमाडौं । सुनको मूल्य तोलाको डेढ लाख रुपियाँ पुगेको छ । केही समयदेखि घटबढ हुँदै आएको सुनको मूल्य बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सय रुपियाँ पुगेको हो । यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको मूल्य प्रतितोला एक लाख ४७ हजार आठ सय रुपियाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि त्यसको प्रभाव… Continue reading सुनको मूल्य प्रतितोला डेढ लाख, केहो मूल्य निरन्तर बढ्नुको कारण ?

नेपाल र बंगलादेशबीच १३ साउनमा विद्युत खरीद-बिक्रि सम्झौता हुँदै

काठमाडौं । नेपालको ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न आगामी १३ साउनमा त्रिपक्षीय सम्झौता हुने भएको छ। उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयकाअनुसार नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (.बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुने मिति तय भएको हो । नेपाल विद्युत् प्राधिकरणले पाँच वर्ष वर्षायामको ६ महिना ४०… Continue reading नेपाल र बंगलादेशबीच १३ साउनमा विद्युत खरीद-बिक्रि सम्झौता हुँदै

टापु राष्ट्र किरिबास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरिबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा बुधबार उक्त नियोगमा आयोजित एक संक्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि… Continue reading टापु राष्ट्र किरिबास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना

कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?

काठमाडौं । देशभर मनसुनको प्रभाव यथावत छ। बिहीबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही र कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो… Continue reading कुन-कुन प्रदेशमा छ आज भारी वर्षाको सम्भावना ?

एनआरएनए जर्मनीले थाल्यो निःशूल्क नेपाली भाषा कक्षा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनीले निःशुल्क नेपाली भाषा कक्षा सञ्चालनको सुरूआत गरेको छ। हरेक आइतबार दुई वटा कक्षा सञ्चालन भइरहेको छ। एनआरएनए जर्मनीको भाषा तथा बालबालिका संयोजक सुनिता राईले हरेक आइतबार जुममार्फत् दुई वटा कक्षा सञ्चालन गर्दै आएकी हुन्। जसमा ४५ जनाभन्दा बढी बालबालिका सहभागी छन्। राई जर्मनीको ह्याम्बर्गमा जर्मनी स्कुलमा विगत ८… Continue reading एनआरएनए जर्मनीले थाल्यो निःशूल्क नेपाली भाषा कक्षा

आइसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड नेपालले पायो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । फेसबुकलगायत डिजिटल माध्यममा नेपाली फ्यानको संख्या वर्षमै ४०० प्रतिशतले बढेको आईसीसीले जनाएको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल क्यानको सचिव रहेका पारस खड्काले क्यान र क्रिकेटलाई समर्थन गर्ने लाखौं शुभेच्छुकको प्रशंसा गरेका छन्… Continue reading आइसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड नेपालले पायो

स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीलाई दिए ५ दिने ‘होमवर्क’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि स्पष्ट खाका बनाएर पेश गर्न निर्देशन दिएका छन् । मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रिफिङ्सहितको भेटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजनासहितको… Continue reading स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीलाई दिए ५ दिने ‘होमवर्क’