काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । यससँगै प्रचण्ड सरकार ढल्ने भएको छ । सोमबार मध्यराति दुई दलबीच सत्ता सहकार्य गर्ने बारे सहमति जुटेको हो । ललितपुरमा एक होटलमा दुई दलका दोस्रो तहका नेताले लिखित सहमतिको मस्यौदा बनाएका छन् । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो… Continue reading कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने
Category: फिचर
रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय
काठमाडौं । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई… Continue reading रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय
के प्रचण्डको कुर्सी हल्लिएकै हो ?
काठमाडौं । सत्ता समीकरणमा उथलपुथल हुने चर्चाले सोमबार राजनीतिक वृत्तमा ठूलै हलचल ल्यायो । तर, सत्तारुढ घटकका शीर्ष नेताले भने यसको खण्डन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को सोमबार सिंहदबारमा बसेको बैठकमा उनले समीकरण भत्किने हल्लामा सत्यता नभएको बताए । उनले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे । सोमबार… Continue reading के प्रचण्डको कुर्सी हल्लिएकै हो ?
विदेशी लगानी भित्राउने आधार बनेको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त आधार रहेको सन्देश दिएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लगानी सम्मेलन सफल भएको बताए । लगानी सहजीकरणका लागि कानुन संशोधन गर्नुका साथै इनभेस्टमेन्ट गाइड तथा सेक्टोरल प्रोफाइल… Continue reading विदेशी लगानी भित्राउने आधार बनेको छ : अर्थमन्त्री
६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक
काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् । जुन २०२४ मा मात्र ७६ हजार ७ सय ३६ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै मार्चमा आगमन भएको थियो । यो महिना १ लाख २८ हजार १ सय ६७ पर्यटक आएकामा जुनमा… Continue reading ६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक
रोल्पामा जीप दुर्घटना, कम्तिमा दुई जनाको मृत्यु
काठमाडौं । रोल्पाको माडी गाउँपालिका ३ परेवा छहरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ जिप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको छ । हालसम्म ५ जना घाइतेलाई… Continue reading रोल्पामा जीप दुर्घटना, कम्तिमा दुई जनाको मृत्यु
नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो
काठमाडौं । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् । गंगा चौधरीलाई… Continue reading नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो, रन्जितालाई संसदीय दलको नेताबाट हटाइयो
रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिए । उनले ‘साइनबोर्ड’ले पर्यटकको आवागनमा थप सहज हुने बताए । कार्यालयका अनुसार चालु आवको साउनदेखि हालसम्म एक हजार ७२ जनाले मानसरोवर ,… Continue reading रसुवागढी नाकामा राखियो तीन भाषामा साइन बोर्ड
श्रमाधान रोजगार मेलाबाट १५ हजार रोजगारीको प्रतिवद्धता
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न ‘श्रमाधान रोजगार मेला’ मा विभिन्न रोजगारदाता प्रतिष्ठानबाट १४ हजार ७८८ व्यक्तिलाई रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको छ । श्रम मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत देशका सात प्रदेशमा सम्पन्न श्रमाधान रोजगार मेलाबाट त्यो सङ्ख्या रोजगारी दिने प्रतिबद्धता आएको तथ्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा… Continue reading श्रमाधान रोजगार मेलाबाट १५ हजार रोजगारीको प्रतिवद्धता
वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ८ युवा सरकारद्धारा सम्मानित
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर देशमा उद्यमी बन्न सफल आठ युवा उद्यमीलाई पुरस्कृत गरेको छ ।मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मन गरिएको हो । पुरस्कृत हुनेमा एक लाख ५० हजार रुपियाँसहित ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार २०८०’ बाट झापामा व्यावसायिक रूपमा केरा र मकै खेती गर्दै आएका चन्द्रप्रसाद… Continue reading वैदेशिक रोजगारीबाट फर्केर उद्यमी बनेका ८ युवा सरकारद्धारा सम्मानित
इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत
काठमाडौं । इरानमा सम्पन्न राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नपुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अब दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाईमा तोकिएको छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको हो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता… Continue reading इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत
नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह
काठमाडौं । जर्जियाविरुद्ध फराकिलो जित निकाल्दै अनुभवी टोली स्पेन युरो २०२४ को अन्तिम ८ मा प्रवेश गरेको छ । आइतबार राति सम्पन्न खेलमा जर्जियाविरुद्ध पुनरागमन गर्दै स्पेनले ४–१ को नतिजा निकाल्यो र क्वाटर फाइनलमा प्रवेश गर्यो । खेलको १८औं मिनेटमा स्पेनका नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले अग्रता लिएको थियो । त्यसपछि ३९औं मिनेटमा स्पेनका रोड्रीले… Continue reading नवटोली जर्जिया अनुभवी स्पेनसामु निरिह
३४ जिल्लामा मनसुनको ‘रेड अलर्ट’
काठमाडौं । मनसुन सक्रिय हुँदै गएपछि भारी वर्षा सम्बन्धी रेड अलर्ट जारी भएको छ । रेड अलर्ट ३४ जिल्लामा जारी गरिएको हो । सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका अनुसुार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी भएको छ । २६ जिल्लामा मध्यम जोखिमको सम्भावनाको संकेत स्वरुप यलो अलर्ट जारी… Continue reading ३४ जिल्लामा मनसुनको ‘रेड अलर्ट’
यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा
काठमाडौं । युरो २०२४ मा इङ्ल्यान्डले स्लोभाकियासँग पुनरागमन जित निकालेको छ । सो टोली अन्तिम ८ मा समेत प्रवेश गरेको छ । आइतबार राति सम्पन्न प्रिक्वाटरफानलमा स्लोभाकिया ९० मिनेटसम्म अगाडी थियो । खेलको २५औं मिनेटमा गोल गर्दै स्लोभाकियाका इभान स्क्रान्जले टिमलाई अग्रता दिएका थिए । निर्धारित समयमा इंग्ल्यान्डले खेल बराबरी गर्यो र अतिरिक्त समयमा गोल… Continue reading यूरोकप : ९० मिनेटपछि पुनरागमन गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा
‘प्रचण्ड अस्थिर होइन, गतिशिल हो’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफूलाई अस्थिर भनेको भनेकोमा चित्त दुखाएका छन् । आइतबारदेखि सुरु भएको एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्रीले यसमा पुनर्विचार गर्न आग्रह गरे । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको उद्घाटन समारोहमा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिको रुपमा निम्याएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा… Continue reading ‘प्रचण्ड अस्थिर होइन, गतिशिल हो’
रैथाने पेय पदार्थको ब्राडिङ गर्दै काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्रान्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ । जन्म र मृत्युबीचको संस्कार तथा शुभकार्य, जात्रा, पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैंले उत्पादन गरेको पेय पदार्थ (अयला, ठोँ) लाई… Continue reading रैथाने पेय पदार्थको ब्राडिङ गर्दै काठमाडौं महानगर
मिटरब्याज सँग सम्बन्धित उजुरी लिन गृहको निर्देशन
काठमाडौं । प्रहरी अधिकारीले अनुचित लेनदेन (मिटरब्याज) सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताएका छन् । गृह मन्त्रालयका अधिकारी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच आइतबार भएको छलफलमा उनीहरुले हदम्यादको अन्योल र अदालतबाट जारी निषेधाज्ञा आदिका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको धारणा राखेका हुन् । आयोग बनेपछि पनि… Continue reading मिटरब्याज सँग सम्बन्धित उजुरी लिन गृहको निर्देशन
रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजदूत छनोटको जिम्मा उपाध्यक्ष डा. स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएको छ । सत्ता गठबन्धनको भागवण्डामा रास्वाले दुई देशका लागि राजदूत पाएको छ । पार्टीका तर्फबाट नाम सिफारिसका लागि सम्भावित नाम सुझाउन रास्वपाले अनलाइन फर्म र इमेलमार्फत आह्वान गरेको थियो । जसमा २४० भन्दा बढी… Continue reading रास्वपामा राजदूत छान्ने जिम्मा स्वर्णिम र शिशिर खनाललाई
एसईईको पुरक परीक्षा २३ साउनबाट
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) परीक्षा २३ साउनदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पुरक परीक्षा सुरु गर्ने निर्णय गरेको हो । ‘२३ साउनबाट ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यहीअनुसार बोर्डले तयारी गर्नेछ,’ मन्त्रालयका… Continue reading एसईईको पुरक परीक्षा २३ साउनबाट
नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागू हुनेछ । मूल्यवृद्धिपछि काठमाडौं, पोखरा… Continue reading नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
आज देशैभर वर्षा, कुन प्रदेशमा बढी जोखिम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । विभागका अनुसार आज दिउँसो… Continue reading आज देशैभर वर्षा, कुन प्रदेशमा बढी जोखिम ?
विश्व विजेता अर्जेण्टिनाद्धारा कोपा अमेरिकाको समूह चरणका सबै खेलमा कब्जा
काठमाडौं । विश्व विजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलमा अपराजित रहँदै क्वाटरफाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा आइतबार पेरूलाई २–० गोलले हराउँदै अर्जेन्टिना अपराजित क्वाटरफाइलनमा प्रवेश गरेको हो। अर्जेन्टिनाले समूह चरणका तीनै खेल जितेर ९ अंक जोड्यो । यसअघि क्यानडालाई २–० र चिलीलाई १–० गोलले पराजित गरेको थियो। आइतबार बिहान पेरूविरूद्ध जित निकाल्ने क्रममा… Continue reading विश्व विजेता अर्जेण्टिनाद्धारा कोपा अमेरिकाको समूह चरणका सबै खेलमा कब्जा
साविक विजेता इटली यूरोकप फूटवलको अन्तिम १६ बाटै बाहिरियो
काठमाडौं । साविक विजेता इटली युरो २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमै शनिबार राति स्विट्जरल्याण्डसँग २–० ले पराजित भएपछि इटली बाहिरिएको हो । स्विट्जरल्याण्डले क्वाटरफाइनलमा स्थान बनायो । बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्वीस टोली दुवै हाफमा एक–एक गोल गरेको थियो । रेमो फ्रुएलेरले ३७औं मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई… Continue reading साविक विजेता इटली यूरोकप फूटवलको अन्तिम १६ बाटै बाहिरियो
इतिहास रच्दै उपाधी जित्न सफल भारतीय कप्तान रोहित
काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले इतिहास रचेका छन् । उनी दुई टी–२० विश्वकप उपाधि जित्ने पहिलो भारतीय खेलाडी बनेका छन् । साथै उनले अब टी २० फम्र्याटको क्रिकेटबाट सन्यास समेत घोषणा गरेका छन् । उनको उत्कृष्ट कप्तानी र प्रदर्शनमा भारतले अपराजित रहँदै २०२४ टी–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा शनिबार राती… Continue reading इतिहास रच्दै उपाधी जित्न सफल भारतीय कप्तान रोहित
क्रिकेटका महान खेलाडी कोहलीले लिए टी-२० क्रिकेटबाट सन्यास
काठमाडौं । भारतीय क्रिकेट टोलीका एक महान खेलाडी विराट कोहलीले टी–२० आइतबाट सन्न्यास लिएका छन् । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा शनिबार राति दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै विश्वकप च्याम्पिपयन बनेसँगै कोहलीले अब भारतबाट टी २० आई नखेल्ने घोषणा गरे । भारतलाई उपाधि जिताउन प्लेयर अफ द म्याच अवार्ड जित्दै बोल्ने क्रममा उनले यो… Continue reading क्रिकेटका महान खेलाडी कोहलीले लिए टी-२० क्रिकेटबाट सन्यास
जस्प्रित बुमराह बने टी–२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी
काठमाडौं । भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् । भारतलाई अपराजित रहँदै च्याम्पियन बनाउन बुमराहले प्रतियोगिताभर सानदार प्रदर्शन गरे । उनले १५ विकेट लिएका थिए । बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा रन खर्चिदै १५ विकेट लिएका थिए । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र… Continue reading जस्प्रित बुमराह बने टी–२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी
भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित
काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधी जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि कब्जा गरेको हो । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १६९ रन बनायो । दक्षिण अफ्रिकाका हेनरिक… Continue reading भारतले जित्यो विश्वकप क्रिकेट, दक्षिण अफ्रिका पराजित
युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु
काठमाडौं । रुसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताएका छन् । युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रुसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो । कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरे । “उक्त… Continue reading युक्रेनले हानेको ड्रोन आक्रमणमा रुसमा कम्तिमा ५ जनाको मृत्यु
यस पटक मलको अभाव हुँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई मल र बीउको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्ष अघिसम्म विकराल रहेको मल र बीउको अभाव पछिल्ला वर्षहरुमा कमी हुँदै गएको बताउँदै यसको आपूर्ति र व्यवस्थापनमा… Continue reading यस पटक मलको अभाव हुँदैन : प्रधानमन्त्री
गुल्मीमा पहिरोमा परी ५ जनाको मृत्यु
काठमाडौं । गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी… Continue reading गुल्मीमा पहिरोमा परी ५ जनाको मृत्यु