काठमाडौं । बुद्ध एयरले १८ औं एटीआर जहाज भित्र्याएको छ। बुद्धले कल साइन नाइनएन एनाइनजेट एटिआर ७२ जहाज फ्रान्सको तुलुसबाट शुक्रबार काठमाडौं ल्याएको हो । यससँगै बुद्धको एटीआर–७२ जहाजको संख्या १५ पुगेको छ। जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याएर साउन महिनाबाट उडान सेवामा ल्याइने कम्पनीले जनाएको छ। हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप जहाज… Continue reading बुद्धले थप्यो १८ औं जहाज
Category: फिचर
स्याङ्जामा पहिरोमा परी आमाछोरीको मृत्यु
काठमाडौं । स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको जनाको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।
बागलुङमा पहिरो, दम्पत्ति पुरिए
काठमाडौं । बागलुङको गलकोट नगरपालिका ८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको… Continue reading बागलुङमा पहिरो, दम्पत्ति पुरिए
रास्वपाले महामन्त्रीलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ । ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। महामन्त्री ढकालले आफ्नो सचिवालयमा पत्र आइपुगेको जानकारी दिएका छन् । आफुलाई सभापतिबाहेक अरुले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले पत्र भने बुझेका छैनन् । महामन्त्री ढकालले ३८ जिल्ला… Continue reading रास्वपाले महामन्त्रीलाई सोध्यो स्पष्टीकरण
पूर्वगृहमन्त्री बादलका छोरा पक्राउ
काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको नेपाली सञ्चारमाध्यमहरुले जनाएका छन् । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो । भुटानी शरणार्थीको… Continue reading पूर्वगृहमन्त्री बादलका छोरा पक्राउ
३१ करोड बढी खर्चेर बनाइएका गण्डकीका ४ विमानस्थल प्रयोगविहीन
गण्डकी । करोडौँ खर्चेर बनाइएका यहाँका चार विमानस्थल प्रयोगविहीन बनेका छन् । मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल सञ्चालनमा छैनन् । लामो समयदेखि बन्द अवस्थामा रहेका ती विमानस्थल पुनःसञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्रलगायत पूर्वाधार निर्माण गरिएका छन् तर विमानस्थल चल्ने/नचल्ने कुनै टुङ्गो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा १० करोड… Continue reading ३१ करोड बढी खर्चेर बनाइएका गण्डकीका ४ विमानस्थल प्रयोगविहीन
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो । समितिले शुक्रबार सूचना प्रकाशन गर्दै बोर्डको अध्यक्ष नियुक्तिको लागि हालसम्म गरेका सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको छ । समितिले ५… Continue reading धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
माघ १ गतेदेखि घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ १ गतेदेखि घरजग्गा किनबेचमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । अहिले क्रेता र बिक्रेताको नागरिकताबाट घरजग्गाको राजीनामा पास र लिखत पारित हुँदै आएको भए पनि माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रलाई सबै निकायतिर… Continue reading माघ १ गतेदेखि घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
थाइल्याण्डमा गरियो नेपाल प्रवर्द्धन
काठमाडौं । बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी… Continue reading थाइल्याण्डमा गरियो नेपाल प्रवर्द्धन
कायरोमा नेपाली तस्वीर प्रदर्शनी आयोजना
काठमाडौं । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा… Continue reading कायरोमा नेपाली तस्वीर प्रदर्शनी आयोजना
इंग्ल्याण्डविरुद्ध सानदार जित निकाल्दै भारत विश्वकप क्रिकेटको फाइनलमा
काठमाडौं । भारत आइसिसी टी–२० विश्वकपको फाइनल पुगेको छ। गतराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डलाई भारतले १६.४ ओभरमा अल आउट गर्दै १०३ रनमा समेट्यो। त्यस क्रममा अक्षर पटेल र कुलदीप यादवले ३–३ तथा जसप्रित बुमराहले २ विकेट लिए। इंग्ल्याण्डका लागि ह्यारी… Continue reading इंग्ल्याण्डविरुद्ध सानदार जित निकाल्दै भारत विश्वकप क्रिकेटको फाइनलमा
काठमाडौंको रामकोटमा कार दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटनामा परेको छ । सो क्रममा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका ६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। मृत्यु हुनेमा नागर्जुन नगरपालिका(६ खरिबोटका अन्दाजी ४०–५० वर्षका पूर्ण दर्नाल छन्। उक्त कार कतिबेला कलभर्टमा खसेको… Continue reading काठमाडौंको रामकोटमा कार दुर्घटना, एक जनाको मृत्यु
आइतबारसम्म देशैभर मनसुनको प्रभाव
काठमाडौं । शुक्रबारदेखि आइतबारसम्म मनसुनी वर्षा थप सक्रिय हुने जल तथा मौसम विजान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट नेपाल नजिक सरेकाले देशभर नै यसको प्रभाव देखिने छ । मनसुनी वायुको प्रभावले असार १४ गतेदेखि असार १६ गतेसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको… Continue reading आइतबारसम्म देशैभर मनसुनको प्रभाव
रास्वपाले बोलायो केन्द्रिय समिति बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न १९ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय चमतिमा बस्ने बैठकको एजेण्डामा महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल र विविध गरी दुई वटा राखिएको छ । महामन्त्री ढकालले देशव्यापी भ्रमण गरेर तयार पारेको समीक्षा प्रतिवेदन बुधबार सभापति रवि लामिछानेलाई बुझाएका थिए… Continue reading रास्वपाले बोलायो केन्द्रिय समिति बैठक
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गतराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए । भूकम्पले क्षति पुगेको विवरण… Continue reading सिन्धुपाल्चोकमा भूकम्पको धक्का
पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु
काठमाडौं । दक्षिणी पाकिस्तानमा अत्यधिक गर्मीका कारण कम्तिमा ६ सय मानिस मारिएका छन् । एम्बुलेन्स सेवा दिने इधीका अनुसार कराचीका शवगृहमा प्रायः दैनिक ३० देखि ४० मृतकलाई पुर्याउने गरेको थियो। यद्यपि विगत छ दिनमा इधीले ५६८ वटा शव सङ्कलन गरेको छ र तीमध्ये मङ्गलवार सङ्कलन गरिएका शवको सङ्ख्या १४१ थियो। प्रत्येक घटनामा मृत्युको कारण के… Continue reading पाकिस्तानमा अधिक गर्मीले कम्तिमा ६ सय मानिसको मृत्यु
मदिरा सेवन गरी जहाज चढ्न लाग्दा गायक राजेश पायल राई फर्काइए
काठमाडौं । दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् । फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका हुन् । प्रहरी स्रोतका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण राईलाई रोकिएको हो । अ त्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेको थियो । उनी नर्मल अवस्थामा भएपछि दुबई जान सक्ने बताइएको… Continue reading मदिरा सेवन गरी जहाज चढ्न लाग्दा गायक राजेश पायल राई फर्काइए
भारत र चीनसँग आइटी क्षेत्रमा नेपालको प्रतिस्पर्धा हुन सक्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताए । आईटीमा प्रचुर सम्भावना देखेरै आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले… Continue reading भारत र चीनसँग आइटी क्षेत्रमा नेपालको प्रतिस्पर्धा हुन सक्छ : अर्थमन्त्री
काठमाडौं महानगरले थाल्यो लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान,खटायो ६२२ जनाको टोली
काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ। असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन्। रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन्। उनीहरुको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ। यसकारण पानी जम्न दिनु… Continue reading काठमाडौं महानगरले थाल्यो लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान,खटायो ६२२ जनाको टोली
झिनो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा झरेको हो । यसदिन ३३३ कम्पनीको ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा… Continue reading झिनो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्नेछ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय… Continue reading एसईई नतिजामा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने
एसईईको मौका परीक्षा साउन १८ र १९ गते
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार, सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण… Continue reading एसईईको मौका परीक्षा साउन १८ र १९ गते
एसईईको परीक्षाफल प्रकाशित, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा सबैभन्दा बढी ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त गरेका छन् । ननग्रेड ल्याउनेको संख्या २ लाख ४२ हजार ३१३ रहेको छ । ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १… Continue reading एसईईको परीक्षाफल प्रकाशित, कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण
यूरोकपको क्वाटरफाइनल समिकरण पुरा
काठमाडौं । जर्मनीमा जारी युरो २०२४ मा समूह चरणको खेल सकिएका छन् । अब नकआउट चरणमा पुग्ने १६ वटै टिमको टुंगो लागेको छ । गतराति समूह एफको अन्तिम २ खेल भएका छन् । यससँगै नकआउट चरणको समीकरण पनि पूरा भएको छ । युरोमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेर खेलाइएको छ । समूह्य चरणको… Continue reading यूरोकपको क्वाटरफाइनल समिकरण पुरा
रोनाल्डोको टीम पोर्चुगलविरुद्ध जर्जियाको सानदार जित
काठमाडौं । पहिलो पटक युरो खेलिरहेको जर्जियाले सानदार प्रदर्शन गरेको छ । उसले स्टार फूटबलर क्रिष्टियानो रोनाल्डोको टीम पोर्चुगललाई २–० ले हराएको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई स्तब्ध पारेपछि जर्जियाले युरो २०२४ मा पहिलो जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो । गेलसेनकिर्चेनमा भएको खेलमा जर्जियालाई ऐतहिसिक… Continue reading रोनाल्डोको टीम पोर्चुगलविरुद्ध जर्जियाको सानदार जित
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशन हुँदैछ । बिहान १० बजेसम्म प्रकाशन गर्ने तयारी भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै आज प्रकाशन गर्न लागेको हो । नतिजा प्रकाशनबारे निर्णय गर्न बिहानै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको… Continue reading एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित
काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराएको छ । उसले फाइनलमा स्थान बनाउन सफल भयो । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको चोट यस टिमसँग छ । ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले… Continue reading दक्षिण अफ्रिका पहिलो पटक पुग्यो विश्वकप फाइनलमा, अफगानिस्तान पराजित
नेपाल भित्र पहिलो पटक ४ सय केभी प्रसारण लाइन सञ्चालनमा
काठमाडौं । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । नेपाल भित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तार गर्न यो प्रसारण लाइन बनाइएको हो । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे सात… Continue reading नेपाल भित्र पहिलो पटक ४ सय केभी प्रसारण लाइन सञ्चालनमा
मनसुनयता नेपालमा प्राकृतिक विपत्तिबाट २८ जनाको मृत्यु
काठमाडौं । नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । योबीचमा १४७ वटा मनसुनजन्य घटना भएको मन्त्रालयले जनाएको छ । पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।… Continue reading मनसुनयता नेपालमा प्राकृतिक विपत्तिबाट २८ जनाको मृत्यु
चारदेशीय महिला फुटबल: नेपाली टोली घोषणा, पहिलो खेल जोर्डनसँग
काठमाडौं । लेबनानमा सञ्चालन हुने चार देशीय महिला फुटबल प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षणमा रहेका २५ खेलाडीबाट २२ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रतियोगिता आगामी जुलाई १० देखि १६ (असार २६ देखि साउन १० गतेसम्म) सम्म सञ्चालन हुँदैछ । जसमा नेपालसँगै आयोजक लेबनान,… Continue reading चारदेशीय महिला फुटबल: नेपाली टोली घोषणा, पहिलो खेल जोर्डनसँग