Category: फिचर

  • द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

    द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

    एजेन्सी
    २९ जेठ, इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन् । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गत अप्रिलदेखि तेहरान र वासिङ्टनबीच पाँच चरणको वार्ता भएको छ ।

    गत जनवरीमा सत्तामा फर्केपछि ट्रम्पले तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियानलाई पुनर्जीवित गर्दै आणविक कूटनीतिलाई समर्थन गर्नुभएको छ तर असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन् । इरानका रक्षामन्त्री अजीज नासिर जादेहले वार्ता असफल भएमा अमेरिकी सैन्य कारबाहीको चेतावनीको जवाफमा भने, “उसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तीसम्म पहुँच छ, र बिना कुनै हिचकिचाहट हामी अमेरिकाले सेल्टर बनाइ बसेका देशहरूमा रहेका सबै आधार शिबिरलाई निशाना बनाउनेछौँ ।”

    “भगवानको कृपाका कारण विवाद त्यो बिन्दुमा पुग्ने छैनन् र वार्ता सफल हुनेछ”, उनले भने, “यदि अमेरिकी पक्ष द्वन्द्वमा आयो भने ‘थप क्षति बेहोर्नुपर्नेछ’।” संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडा छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ। इरान र संयुक्त राज्य अमेरिकाबीच हालै इरानको युरेनियम संवद्र्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ, तेहरानले यसलाई ‘सम्झौता गर्न नसकिने’ अधिकारको रूपमा बचाउ गरेको छ र वासिङ्टनले यसलाई ‘सक्झौताका लागि अन्तिम सीमा’ को रूपमा बताएको छ।

    ट्रम्पले गत महिना खाडी भ्रमणका क्रममा सम्झौताको नजिक पुगेको भन्दै वार्ताप्रति वासिङ्टन आशावादी रहेको बताएका थिए । तर बुधबार प्रकाशित एक अन्तरवार्तामा ट्रम्पले तेहरानलाई युरेनियम संवद्र्धन गर्नबाट रोक्न सकिन्छ कि भन्ने प्रश्नको जवाफमा अमेरिका र इरानबीच सम्झौता हुनेमा आफू ‘कम विश्वस्त’ रहेको बताए ।

  • पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    रासस
    २९ जेठ, भरतपुर । यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ ।

    वैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना स्थानीयस्तरमै नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको वैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताए । तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छभने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना रहेको उनले जानकारी दिए ।

    “बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन, झरना पुग्ने बाटो मात्रै बनाउन सके पनि धेरै पर्यटक लैजान सकिने थियो”, परियारले भने ।
    माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडीको यस क्षेत्रमा विसं २०२०\२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा सुरु भएको हो । त्यस अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् । अधिकारीले यहाँ आए धन प्राप्त गर्ने चाहना पूरा हुने किंवदन्ती भएकाले झरनालाई धनलक्ष्मी झरनाको नाम दिइएको बताए ।


    भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ, यो ठाउँ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर पक्की सडक छ । गाडीबाट झरेपछि लगभग २० मिनेट उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रामा झरना पुग्न सकिन्छ । “अचेल धार्मिक कारण र घुमफिरका लागि पनि मान्छेहरू झरना भएको ठाउँमा आउने गर्छन्”, वडाध्यक्ष अधिकारीले भने, “सिँढीसहितको पूर्वाधार निर्माण गर्न सके अझै धेरै पर्यटक यहाँ ल्याउन सकिन्छ । हाल झरनासँगै वैकुण्ठधाम क्षेत्रका नै पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न थालिएको छ ।”

    वैकुण्ठधाम क्षेत्रभित्र पर्ने वैकुण्ठताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हुन् । यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको उनको भनाइ छ । साथै कान्तिपुर सामूहिक खेती, ‘फार्म स्टे’ र अयोध्या मार्गजस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएको अधिकारीले बताए ।


    वैकुण्ठ क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पु¥याउने गरी काम अगाडि बढाउन लागिएको नगर उपप्रमुख खेमप्रसाद महतोले बताए । “झर्नाप्रति आकर्षण बढ्दै छ । जङ्गलभित्रै रहेकाले धेरैले जानकारीसमेत पाएका छैनन् । यसको प्रचार गर्न र पूर्वाधार निर्माण गरे भविष्यमा महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्नसक्छ । त्यसैले अब आवश्यक बजेटको व्यवस्था गरेर काम गर्छौं”, उनले भने ।


    माडी भौगोलिक हिसाबले निकै आकर्षक छ, तर दर्जनौँ खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएका कारण जङ्गली जनावरले स्थानीयलाई दुःख दिने गरेका छन् । निकुञ्जका बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा यसबाट लाभ लिनेभन्दा क्षति बेहोर्ने परिरहेको गुनासा छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू रहेको यस क्षेत्रको विकासका लागि सोहीअनुसार योजना बनाइएको नगर उपप्रमुख महतोले बताए ।

  • कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

    कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

    रासस
    २९ जेठ, कर्णाली । नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनालाई पक्राउ गरिएको हो । विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती अभियुक्तहरू अदालतको फैसला कार्यान्वयन छली फरार रहेका थिए ।

    प्रहरीले विशेष निगरानी, सुराकी र रणनीतिक अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेस गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए । पक्राउ परेका अभियुक्तहरूबाट हालसम्म जम्मा ३२ वर्ष ११ महिना २० दिन कैदसजायसहित रु २३ हजार १०० बराबरको जरिवाना असुल गरिएको उनले बताए ।
    प्रहरीका अनुसार अदालतको आदेश कार्यान्वयन गर्दै न्याय सम्पादनमा सघाउने उद्देश्यले फरार अभियुक्तलाई खोजी–पक्राउ गर्ने अभियानलाई थप तीव्र बनाइएको छ । यस अभियानले अपराधमुक्त समाज निर्माणमा सहयोग पु¥याउने विश्वास प्रहरीले गरेको छ । प्रहरीले अदालतको निर्णय शीघ्र कार्यान्वयन हुन सकोस् भन्दै फरार अभियुक्तसम्बन्धी सूचना दिन सबैलाई आग्रह गरेको छ ।

  • ठाउँ-ठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै

    ठाउँ-ठाउँमा वर्षाः तापक्रम क्रमशः घट्दै

    २९ जेठ, काठमाडौं । मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वक्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ । अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए । पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उनले जानकारी दिए । मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौँ उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिए । यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ । जसकारण हिजोआजको भन्दा बिहीबार र शुक्रबारको तापक्रममा गिरावट आउने पनि उनले बताए ।


    ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली भने नभएको पनि महाशाखाले जनाएको छ, तर पनि दिउँसोको समयमा भने गर्मी नै महसुस हुने जनाइएको छ । महाशाखाले बुधबार साँझ सूचनामार्फत भनेको छ, “यो सूचना जारी गर्नुभन्दा तीन घण्टादेखि कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानरूमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा मापन भएको छ । सो वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा समेत हल्का वर्षा भएको र बाँकी स्थानहरुमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।”

    हाल मनसुन जेठ १५ गतेकै अवस्थामा कोशी प्रदर्शनबाट अन्यत्र नफैलिएको बताउँदै लामिछानेले महाशाखाले अनुगमन गरिरहेको जानकारी दिए । उनले भने, “मनसुनका लागि अनुकूल वातावरण बन्दै गएको छ, केही दिनमा नयाँ परिणाम निस्किन्छ होला, सबै मापदण्ड पूरा भएपछि महाशाखाले बुलेटिनमार्फत जानकारी दिनेछ ।” मनसुन भित्रिने सरदर मिति (जुन १३) आउन अब दुई दिन बाँकी छ । यसपालि यो मिति आउनुभन्दा १५ दिनअघि नै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र पछि पूर्वी एसिया फर्किएको जनाइएको छ ।

  • राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस

    राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेस

    २९ जेठ, वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको नेपाली नियोगले जनाएको छ ।

    कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको कामना गरेका थिए । राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय र पारस्परिक सम्बन्ध निरन्तर वृद्धि र मजबुत हुने विश्वास व्यक्त गरे ।


    उनले अमेरिकाले सामाजिक, आर्थिकलगायत नेपालका विकास प्राथमितामा पु¥याउँदै आएको सहयोगका लागि आभारसमेत व्यक्त गरे । राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ दायित्व बहन गर्नुभएकामा बधाई ज्ञापन गरे । उनले अमेरिकी सरकार दुई देशबीच सामूहिक चासोका साथ सहकार्यमार्फत सुमधुर र पारस्परिक सम्बन्ध थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताए ।

  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको अनुमान

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको अनुमान

    २९ जेठ, काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

  • आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यू घोषणा

    आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यू घोषणा

    २९ जेठ, काठमाडौं । लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कर्फ्यू’ लागु हुने घोषणा गरेका छन् । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यू लगाइएको हो । एक प्रेस सम्मेलनमा बासले कर्फ्यू साँझ ८ः०० देखि बिहान ६ः०० बजे सम्म लागु हुने र केही दिनसम्म रहने अपेक्षा गरिएको बताए । “म कर्फ्यू जारी राख्नका लागि भोलि निर्वाचित नेताहरू र कानून प्रवर्तन अधिकारीहरूसँग परामर्श गर्नेछु तर हामी निश्चित रूपमा यो धेरै दिनसम्म चल्ने अपेक्षा गर्दछौँ”, उनले भने ।


    आफ्नो तर्फबाट लस एन्जलस प्रहरी विभागका प्रमुख जिम म्याकडोनलले सहरभरि लगातार बढ्दो अशान्ति पछि जीवन र सम्पत्तिको रक्षा गर्न कफ्र्यू एक आवश्यक उपाय हो भनी जोड दिए । गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासनमाथि कारबाही गर्ने आफ्नो वाचा पूरा गर्न थालेका थिए ।

    TOPSHOT – California Highway Patrol (CHP) close the bridges and the access to the 101 Freeway after curfew was put into effect following days of protests in response to federal immigration operations in Los Angeles on June 10, 2025. Los Angeles police began arresting people in the city’s downtown late on June 10, as groups gathered in violation of an overnight curfew after a fifth day of protests against Donald Trump’s immigration crackdown. (Photo by Apu GOMES / AFP)

    होमल्यान्ड सुरक्षा विभागले गत हप्ता लस एन्जलसमा आइसिई अपरेसनको परिणामस्वरूप दर्जनौँ विदेशी नागरिक पक्राउ परेको रिपोर्ट गरेको छ । आइसिई छापामाथि बढ्दो विरोधको प्रतिक्रियामा ट्रम्पले लस एन्जलसमा दुई हजार नेसनल गार्ड सेना तैनाथ गर्न आदेश दिए । मङ्गलबार ट्रम्पले शान्ति कायम नभएसम्म सेना लस एन्जलसमा रहने बताए ।

  • जिबुटीमा तस्करद्वारा डुङ्गामा सवार आप्रबासीमाथि आक्रमण हुँदा आठ जनाको मृत्यु, २२ बेपत्ता

    जिबुटीमा तस्करद्वारा डुङ्गामा सवार आप्रबासीमाथि आक्रमण हुँदा आठ जनाको मृत्यु, २२ बेपत्ता

    एजेन्सी
    २९ जेठ, काठमाडौं । मानव तस्करको एक समूहले आप्रवासी डुङ्गामा आक्रमण गरी उनीहरूलाई डुङ्गाबाट ओर्लन बाध्य पार्दा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले बुधबार जनाएको छ ।

    गत बिहीबार करिब १५० जना यात्रु बोकेको डुङ्गालाई तस्करले रोकी आक्रमण गरेपछि उनीहरू ‘तटदेखि निकै टाढा’ समुद्रमा हाम फाल्न बाध्य भएका थिए । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम_ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यात्रुहरुलाई डुङ्गाबाट समुद्रको पानीमा हाम फाली पौडी खेल्न बाध्य पारिएको थियो।” तस्करले उक्त समूहलाई किन जहाजबाट ओर्लन बाध्य पारे भन्नेबारे जानकारी खुल्न सकेको छैन ।

    हरेक वर्ष हजारौं अफ्रिकी आप्रवासीहरू तेलको धनी खाडी मुलुकहरू पुग्ने आशामा जिबुटीदेखि यमनसम्म रेड सी पार गरेर ‘पूर्वी मार्ग’ तय गर्छन्। आइओएमले गत वर्ष उक्त मार्गमा कम्तीमा ५५८ जनाको मृत्यु भएको र ४६२ जनाको मृत्यु डुङ्गा दुर्घटनाका कारण भएको जनाएको थियो । आइओएमका अनुसार गत साता भएको घटनामा कम्तीमा पाँच जनाको शव जिबुटीको तटीय क्षेत्रमा बगेको अवस्थामा भेटिएको छ ।

    आइओएमका पूर्व, मध्य र दक्षिणी अफ्रिकाका क्षेत्रीय निर्देशक सेलेस्टाइन फ्रान्ट्जले भने, “यी युवाहरूलाई मानव जीवनको कुनै मतलव नगर्ने तस्करहरूले असम्भव विकल्पहरू रोज्न बाध्य पारेका थिए ।” “समुद्रमा हराएका हरेक जीवन एक त्रासदी हो जुन कहिल्यै हुनु हुँदैन,“ उनले थपे । आइओएमका अनुसार सन् २०२४ मा ‘समुद्ररहित डुङ्गाको प्रयोग, पानीजहाजको अत्यधिक भीडभाड, खराब समुद्री परिस्थितिमा आवागमन गर्ने र तस्करहरूले मानिसहरूलाई समुद्रमा ओर्लन बाध्य पारेका कारण छ वटा ठूला जहाजहरू दुर्घटनामा परेका थिए।”

  • दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

    दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

    २८ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । बाढीले एक स्कुल बस बगाउँदा त्यसमा सवार चार बालबालिकाको मृत्यु भएको र चार जना वेपत्ता भएको जनाइएको छ । भारी वर्षा, हिमपात र चिसो वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभावित गरेको छ र देशका अधिकांश भागमा गत हप्तादेखि नै व्यापक जाडो मौसमको महशुस भएको छ । पूर्वी केपका प्रमुख लुबाबालो ओस्कर माबुयानले प्रहरीको तथ्याङ्क उद्धृत गर्दै पत्रकारसँग भने, “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।”

    माबुयानेका अनुसार मथाथा शहर नजिकै आएको बाढीले १३ जना यात्रु बोकेको एउटा स्कूलबस बगाउँदा बसमा सवार चार बालबालिकाको मृत्यु भएको छ भने अन्य चार जना वेपत्ता भएका छन् । उक्त बसमा सवार तीन जनालाई सकुशल उद्धार गरिएको छ ।

    उनले प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको बताए । उक्त क्षेत्रमा पछिल्लो एक हप्तामा परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा सयौं परिवारहरू आफ्नो घर छोड्न बाध्य भएका छन् भने ‘महत्वपूर्ण पूर्वाधारहरूमा उल्लेखनीय क्षति’ भएको छ । मङ्गलबार तीन जना बालबालिकालाई पानीको बहावबाट बच्न रुखमा घन्टौं बिताएपछि उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

  • संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्‍यो

    संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्‍यो

    २८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा कुमार चुँडाल र डा नहकुल सुवेदीका इजलासमा रहेको सो मुद्दाविरुद्धको फैसलाको निर्णय सुनाउने मिति पुनः सरेको हो ।

    सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारीविरुद्धका निवेदनमा आज सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको जानकारी दिए । सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जनापदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै १५ रिट निवेदन दर्ता भएको थियो । सोही निवेदनमाथिको सुनुवाइ यही जेठ १ गते सकिएको थियो ।

  • मर्स्याङ्दी नदीमा गरियो मनसुन विपद् उद्धार अभ्यास

    मर्स्याङ्दी नदीमा गरियो मनसुन विपद् उद्धार अभ्यास

    २८ जेठ, मनाङ । मनसुन सुरूआतसँगै हुनसक्ने विभिन्न विपद् उद्धार अभ्यास गरिएको छ । नेपाली सेना नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नं ३२ गुल्म मनाङको संयुक्त आयोजनामा आज नासो गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास गरिएको छ । मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ ।

    नेपाली सेना तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले विपदमा उद्धार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘मनसुन विपद् उद्धार अभ्यास एवं डेमोस्टे«सन’ गरिएको नेपाली सेना नयाँ भैरवी दल गुल्मका गुल्मपति सेनानी रामबहादुर थापाले जानकारी दिए । उनका अनुसार मुनसुनमा घट्नसक्ने बाढी, पहिरो, डुबान एवं विपद् उद्धार अभ्यासले मद्दत पुग्नेछ ।


    जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले मनसुन सक्रिय हुने अवस्थामा विपद्का घटना हुनसक्छन्, त्यस अवस्थामा उद्धारका अभ्यासले टेवा पु¥याउने बताए । उनले भने, “अभ्यासले जनचेतना जगाउन सहयोग गर्ने गर्दछ ।” सशस्त्र प्रहरी बल नं ३२ गुल्मका प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीले भने, “अभ्यासले सुरक्षा निकायलाई अभ्यस्त बनाउनुका साथै स्थानीयलाई पनि सचेत गराउन मद्दत पुग्छ ।” स्थानीय निकाय तथा सरोकारवाला निकायबीचको सहकार्यमा विपद्का घटनामा नेपाली सेना र सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्ने उनको भनाइ छ ।

    नेपाली सेना र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्पजस्ता विपद्जन्य घटनामा खोज तथा उद्धार गर्दै आएको छ । बाढी र डुबानमा परेकाको उद्धार गर्नेबारे अभ्यास गरेको हो । अभ्यासले वास्तविक उद्धारमा काम गर्न सहज हुने बताइएको छ । अभ्यासमा दक्ष जनशक्तिले गहिराइमा डुबेका पीडितको उद्धार गर्ने कला प्रदर्शन गरेका थिए ।

    भदौ, आश्विन र कात्तिकमा सडक दुर्घटना, महामारी, चट्याङसम्बन्धी, मङ्सिर, पुस र माघमा ‘लु’ तथा ‘डिहाइड्रेसन’, शीतलहर तथा जाडोसम्बन्धी, फागुन र चैतमा आगलागी, हावाहुरी तथा आँधीबेरी र वैशाख, जेठ र असारमा जल उत्पन्न प्रकोप र बाढी पहिरोसम्बन्धी विपद् सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विसं २०७८ जेठ २९ र असार १ गतेको बाढीको डुबानमा परेका तालगाउँमा उद्धार अभ्यास गरिएको छ । जसले यहाँका स्थानीयवासीलाई उद्धारका अभ्यासले जनचेतना जगाउनेछ ।

  • संसद बैठक आज पनि प्रतिपक्षीद्वारा अवरोध

    संसद बैठक आज पनि प्रतिपक्षीद्वारा अवरोध

    २८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् । आज बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाए । सत्तापक्षका सांसदहरूले पनि गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने माग राख्दै आएका छन् ।

    बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा सदनमा बोल्न समय उपलब्ध गराउने पटकपटक आग्रह गर्दा पनि छलफलका लागि वातावरण बन्न नसकेपछि आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्नुअघि स्थगन भएको हो । अवरोध हटाउन सभामुख घिमिरेले विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए । बैठकअघि सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति जुट्न सकेको छैन । सभाको अर्को बैठक यही जेठ २९ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ ।

  • प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

    प्याराग्लाइडिङ दुर्घटनामा परेका चार जनाको सकुशल उद्धार

    २८ जेठ, पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ खपौँदीस्थित फेवातालमा प्याराग्लाइडिङ दुर्घटनामा परेका दुई चालक सहित चार जनाको आज सकुशल उद्धार गरिएको छ । कास्कीस्थित सशस्त्र प्रहरी बल नं २४ गणबाट फेवा उद्धार टावरमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको हो । अवतरणका क्रममा अनियन्त्रित भई फेवातालका बीचमा खसेका अग्नि प्याराग्लाइडिङका पाइलट मिलन शाह र उक्त प्याराग्लाइडिङमा सवार भारतको बनारसका अकलेस यादवलाई सकुशल उद्धार गरिएको हो ।

    हेप्पी फ्लाई प्याराग्लाइडिङका पाइलट २८ वर्षीय विश्वास अधिकारी र भारतको बनारसका चन्दनकुमार पटेललाई उद्धार गरिएको सशस्त्र प्रहरी बल नं २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए । मोटरबोटसहित खटिएका गोतखोर उद्धारमा खटेको उनको भनाइ छ ।

  • काठमाडौं महानगरपालिकाका पूर्व प्रशासकीय अधिकृत प्रदीप परियारमाथि भ्रष्टाचार मुद्दा

    काठमाडौं महानगरपालिकाका पूर्व प्रशासकीय अधिकृत प्रदीप परियारमाथि भ्रष्टाचार मुद्दा

    २८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।

    उनीसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् । उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।

    उक्त प्रक्रियामा चार करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो । सो उजुरीउपर अनुसन्धान अघि बढाएको अख्तियारले बुधबार परियारसहित ७ जनालाई मुद्दा दायर गरेको हो ।

  • अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

    अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन

    २८ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका हुन् । प्राथमिकताका आधारमा कामको सहजीकरण गरेर शीघ्र सम्पन्न गर्ने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको निर्देशन थियो । परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्यसम्पादन गर्न पनि कर्मचारीलाई निर्देशन दिए ।


    अर्थमन्त्री पौडेलले व्यवहारिक पक्षलाई हेरेर परिणामुखी हिसाबले आगामी आर्थिक वर्षको मासिक र वार्षिक लक्ष्यहरू निर्धारण गर्नुपर्नेमा जोड दिए । आगामी बजेट कार्यान्वयनमा जाँदा कानुनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले सबै मन्त्रालय र निकायसँगको परामर्शमा संशोधनको गृहकार्य गरिने बताए । बैठकमा अर्थसचिव घनश्याम उपाध्याय र राजस्वसचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत गरेर राजस्व सङ्कलन र पुँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई आग्रह गरे ।

  • इजरायली आक्रमणमा गाजामा १६ हजार भन्दा बढी विद्यार्थीको मृत्यु

    इजरायली आक्रमणमा गाजामा १६ हजार भन्दा बढी विद्यार्थीको मृत्यु

    २८ जेठ, काठमाडौं । प्यालेस्टिनी शिक्षा मन्त्रालयले गाजा पट्टी र वेस्ट बैङ्कमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु हुनुका साथै २५ हजार ९५९ जना घाइते भएको जनाएको छ । मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको छ । मन्त्रालयले इजरायली हाक्रमणमा ९१७ जना शिक्षक तथा प्रशासकहरू शहीद भएको तथा वेस्ट बैङ्कमा चार हजार ३४७ जना घाइते भएको र १९६ भन्दा बढीलाई हिरासतमा राखिएको जनाएको छ ।

    गाजाका ४४३ वटा सरकारी विद्यालय, विश्वविद्यालय र तिनीहरूसँग सम्बद्ध भवनहरू तथा संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) सँग सम्बद्ध ९१ वटा विद्यालयहरूमा बम प्रहार गरी तोडफोड भएको उल्लेख गरिएको छ । वेस्ट बैङ्कामा १५२ वटा विद्यालय र आठवटा विश्वविद्यालयमा छापा मारेर तोडफोड गरिएको जनाइएको छ । जेरुसेलमका छ वटा युएनआरडब्लुए सँग सम्बद्ध स्कुल मे –८ देखि बन्द रहेको जनाइएको छ ।

  • विश्वकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुने

    विश्वकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालन हुने

    २८ जेठ, मस्को । उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा आउने जानकारी रूसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको छ। यसका साथै, प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरू गरिने बताइएको छ।

    प्योङयाङ–मस्को मार्ग, जुन हाल विश्वकै सबैभन्दा लामो प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा हो, हरेक महिना दुईपटक सञ्चालन गरिनेछ। यो यात्रा १० हजार किलोमिटरभन्दा बढी दूरी तय गर्नेछ र यात्रा पूरा गर्न लगभग आठ दिन लाग्ने अनुमान गरिएको छ। कोभिड१९ महामारीका कारण २०२० को फेब्रुअरी देखि स्थगित गरिएको यो रेल सेवा अब पुनः संचालनमा आउँदा, यात्रीहरूलाई एक ठूलो सुविधा प्राप्त हुनेछ।

  • प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध हुँदा बजेट माथिको छलफल प्रभावित

    प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध हुँदा बजेट माथिको छलफल प्रभावित

    २८ जेठ, काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्न नसक्दा बजेट माथिको छलफल प्रभावित बनेको छ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक(पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

    आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

  • गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    २८ जेठ, दमौली । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौँ तथा चितवनबाट गाडीमा दुई÷तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्‍याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरु देखिन्छन् ।

    त्यसो त यो र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्‍याफ्टिङका लागि आउनेहरुको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् । “र्‍याफ्टिङका लागि यो अनुकूल समय हो, वर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन”, उनले भने, “पारिवारिक साहसिक गतिविधि भएकाले र्‍याफ्टिङ गर्नेहरु बढेका छन् ।” बिदाका दिन आउने, र्‍याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरु बढेको उनको भनाइ छ ।

    उनका अनुसार त्रिशूलीमा खासगरी काठमाडौँ, चितवन, पोखरालगायतका सहरबाट मानिसहरु आउने गरेका छन् । “कतिपय मानिसहरु काठमाडौँ–चितवन–पोखराको यात्राका क्रममा पनि र्‍याफ्टिङ गरेर जानेहरु हुन्छन्, त्यसबाहेक काठमाडौँ र चितवनबाट प्याकेजमा र्‍याफ्टिङलगायतका गतिविधिका लागि आउने छन्, उनले भने, यहाँ आउनेहरु गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ ।

    त्रिशूली नदीमा र्‍याफ्टिङ निकै सहज भएकाले काठमाडौँबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्‍याफ्टिङ गर्न सक्छन् । “र्‍याफ्टिङ सबै उमेर समूहका लागि हो”, सञ्चालक कँडेलले भने । र्‍याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैँमा र्‍याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरुको समूहमा नदीमा र्‍याफ्टिङ गर्दा र्‍यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ । काठमाडौँबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्‍याफ्टिङको प्रमुख गन्तव्य बनेको छ ।

  • नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित, सिरिजको सुखद अन्त्य

    नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित, सिरिजको सुखद अन्त्य

    २८ जेठ, काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।

    नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीनरतीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एकरएक विकेट हात पारे । नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए । यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११–११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए ।

    नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए । यो सिरिजमा नेपालले तीन जित र एक हार निकाल्दै सुखदः अन्त्य गरेको छ । नेपालले स्कटल्याण्डलाई एक खेलमा हरायो । नेदरल्याण्ड्सविरुद्ध भने दुबै खेल जित्न सफल भयो ।

  • मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

    मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

    २८ जेठ, दमौली । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो । गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो रु २५ का दरले अनुदान दिएको हो । आँबुखैरेनी–४ र ५ का किसानले चालु आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत रु तीन लाख ९३ हजार ४५० अनुदान पाएका छन् ।

    पालिकाले मह र मास हाटबजारसम्म ढुवानीको व्यवस्था पनि मिलाएको छ । प्रमुख केसीले भने, “पालिकामा मास र मह उत्पादनको सम्भावना छ । किसानलाई यसमा टिकाइराख्न अनुदानको नीति लिइएको हो । प्रतिकिलो रु २५ का दरले अनुदान दिन्छौँ ।” चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध एक सय २३ किसानले अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थामचुली मौरीपालक कृषक समूहमा आबद्ध किसानले चार सय ५० किलो मास र दुई सय ५८ किलो मह उत्पादन गरेबापत रु १७ हजार ७०० अनुदान पाएका छन् ।

    त्यसैगरी आँबुखैरेनी–४ स्थित खस्राङ गाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ७९७ किलो मास उत्पादन गरेबापत रु ६९ हजार ९२५ अनुदान पाएका छन् । आँबुखैरेनी–५ स्थित माइ छिम्केश्वरी कृषक समूहमा आबद्ध किसानले आठ सय ७१ किलो मास उत्पादन गरेबापत रु २१ हजार सात सय ७५ अनुदान पाएका छन् ।

    आँबुखैरेनी–५ कै खोलागाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ५९० किलो मास उत्पादन गरेबापत रु ६४ हजार ७५० अनुदान पाएका छन् । इन्द्रदेवी कृषक समूहमा आबद्ध किसानले एक हजार ५० किलो मास उत्पादन गरेबापत रु २६ हजार २५० अनुदान पाएका छन् । भुकुन्डी खेउसिङ कृषक समूहमा आबद्ध किसानले छ हजार सात किलो मास उत्पादन गरेबापत रु एक लाख ५० हजार १७५ अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थानीमाइ कृषक समूहमा आबद्ध किसानले एक हजार ७३२ किलो मास र ११ किलो मह उत्पादन गरेबापत रु ४३ हजार ५७५ अनुदान पाएका छन् ।

    खोला गाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले किसान आकर्षित भएका बताए । रासससँगको कुराकानीमा उनले भने, “मास र महका लागि पालिकाले सहयोग गरेपछि किसान यसतर्फ टिकिराख्न सक्छन् ।” भुकुण्डी खेउसिङ कृषक समूहका अध्यक्ष विमला गुरुङले अनुदान नीतिले किसानलाई कृषिमा आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

  • लस एन्जलसमा विरोध प्रदर्शनका कारण तनाव बढ्दै जाँदा ट्रम्पद्वारा नौसैनिक तैनाथ

    लस एन्जलसमा विरोध प्रदर्शनका कारण तनाव बढ्दै जाँदा ट्रम्पद्वारा नौसैनिक तैनाथ

    एजेन्सी
    २८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार लस एन्जलसमा सक्रिय कर्तव्यमा रहेका अमेरिकी मरिन र थप दुई हजार नेसनल गार्ड सेनालाई आदेश दिएका छन् । उनले आप्रवासी गिरफ्तारीको विरोध गर्नेहरूलाई पहिलेभन्दा बढी ‘कडा चोट’ लाग्ने धम्की दिएका छन् । ट्रम्पको सात सय पूर्णकालीन व्यावसायिक सैन्य कर्मचारी र हजारौँ राष्ट्रिय गार्ड सैनिकहरूको असाधारण परिचालन ठूलो विदेशी जन्म र ल्याटिनो जनसङ्ख्या भएको लस एन्जलस सहरमा दर्जनौँ आप्रवासी पक्राउद्वारा सुरु गरिएको सडक विरोधको चौथो दिनमा आएको हो ।

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यो कदमको कडा आलोचना गर्दै एक्समा पोस्ट गरे, “अमेरिकी मरिनहरूलाई ‘तानाशाही राष्ट्रपतिको विकृत कल्पना पूरा गर्न आफ्ना देशवासीहरूको सामना गर्दै अमेरिकी भूमिमा तैनाथ गर्नुहुँदैन । यो गैर–अमेरिकी हो ।” यो परिचालन आइतबार लस एन्जलसको मुख्य सहरमा प्रदर्शनकारीहरूले सडकहरू कब्जा गरेपछि, कारहरू जलाएपछि र पसलहरू लुटेपछि आएको हो । जुन दृश्यहरूमा कानून प्रवर्तनले अश्रु ग्यास र रबर बुलेटले जवाफ दिएको थियो ।

    LOS ANGELES, CALIFORNIA – JUNE 09: Police engage with protesters in the evening following three days of clashes after a series of immigration raids last Friday on June 09, 2025, in Los Angeles, California. Tensions in the city remain high after the Trump administration called in the National Guard against the wishes of city leaders. Spencer Platt/Getty Images/AFP (Photo by SPENCER PLATT / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

    तर सप्ताहन्तको प्रदर्शनले अधिकारीहरूले भनेअनुसार अवैध आप्रवासी र गिरोह सदस्यहरूको दर्जनौँ गिरफ्तारी सुरु गरेपछि सोमबारको प्रदर्शन धेरै हदसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भयो । “सुँगुरहरू घर जाऊ, ” प्रदर्शनकारीहरूले सङ्घीय हिरासत केन्द्र बाहिर राष्ट्रिय गार्डहरूलाई चिच्याए । अरूले प्रहरी नियन्त्रण रेखाहरू पार गर्दा चिह्न नभएका सवारी साधनहरूको छेउमा ठोक्काए । लस एन्जलसबाट करिब ३२ माइल (५० किलोमिटर) दक्षिणपश्चिममा रहेको नजिकैको सहर सान्ता अनामा कानून प्रवर्तनले आप्रवासन र भन्सार प्रवर्तन ९आइसिई० एजेन्सीको विरुद्धमा नारा लगाउने प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास र फ्ल्यास–ब्याङ ग्रेनेडहरू फायर गरेको थियो ।

    वासिङ्टनमा बोल्दै ट्रम्पले प्रदर्शनकारीहरूलाई ‘व्यावसायिक आन्दोलनकारी र विद्रोही’ भनेका थिए । सामाजिक सञ्जालमा उनले प्रदर्शनकारीहरूले सैनिकहरूलाई थुकेका थिए भन्दै ‘यदि तिनीहरूले यसो गरिरहे भने, म तपाईंलाई वाचा गर्छु कि तिनीहरूलाई पहिलेभन्दा कडा प्रहार गरिनेछ’ भने । हिंसाका पृथक र आँखा खिच्ने कार्यहरूका बावजुद अधिकारीहरू र स्थानीय कानून प्रवर्तनहरूले सप्ताहन्तमा अधिकांश प्रदर्शनकारीहरू शान्तिपूर्ण रहेको जोड दिए ।

    लस एन्जलसभरका विद्यालयहरू सोमबार सामान्य रूपमा सञ्चालन भइरहेका थिए भने फैलिएको सहरमा जीवनको लयहरू धेरै हदसम्म अपरिवर्तित देखिन्थे । ट्रम्पको विरोध प्रदर्शनको वर्णनको विपरित मेयर करेन बासले भने, “यो केही सडकमा पृथक छ । यो सहरव्यापी नागरिक अशान्ति होइन ।” लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनलले स्थानीय अधिकारीहरूले सहरलाई नियन्त्रण गर्न सक्षम भएको बताए । “प्रत्यक्ष समन्वय बिना सङ्घीय, सैन्य कर्मचारीहरूको परिचयले लजिस्टिक चुनौतिहरू सिर्जना गर्दछ र महत्त्वपूर्ण घटनाहरूमा भ्रम पैदा गर्दछ”, उनले पत्रकारहरूलाई भने ।

    A police officer in riot gear fires a nonlethal weapon toward protesters during a demonstration following federal immigration operations in Los Angeles on June 9, 2025. President Donald Trump’s administration said on June 9 that it was sending 700 US Marines and thousands more National Guard troops to Los Angeles, sparking a furious response from California’s governor over the “deranged” deployment. (Photo by RINGO CHIU / AFP)


    लस एन्जलस प्रहरी विभागका अधिकारीहरूले दुई दिनमा कम्तीमा ५६ जनालाई पक्राउ गरिएको र पाँच अधिकारीलाई हल्का चोट लागेको बताएका छन् । अधिकारीहरूका अनुसार सान फ्रान्सिस्कोमा विरोध प्रदर्शनमा करिब ६० जनालाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरूले सोमबार न्युयोर्क सिटी र टेक्सासको अस्टिनमा पनि प्रहरीसँग झडप गरेका थिए । म्यानहट्टनको सङ्घीय भवन नजिकै करिब एक सय जना भेला भएपछि प्रहरीले धेरैलाई पक्राउ गरेको थियो । त्यहाँ अध्यागमन सुनुवाइको आयोजना गरिएको थियो ।

    ट्रम्पको सेनाको प्रयोग अमेरिकी राष्ट्रपतिका लागि ‘अविश्वसनीय रूपमा दुर्लभ’ कदम भएको लस एन्जलसको साउथवेस्टर्न ल कलेजकी प्राध्यापक र अमेरिकी वायुसेनाकी पूर्व लेफ्टिनेन्ट कर्नल रेचेल भ्यानल्यान्डिङ्घमले बताए । नागरिक अधिकार आन्दोलनको उचाइमा सन् १९६५ देखि राज्य गभर्नरको टाउकोमाथि नेसनल गार्ड तैनाथ गरिएको छैन । अमेरिकी कानूनले विद्रोह बाहेक घरेलु भूमिमा प्रहरी बलका रूपमा सेनाको प्रयोगलाई धेरै हदसम्म रोक्छ ।

  • अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    अस्ट्रियाका स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

    एजेन्सी
    २८ जेठ, काठमाडौं । अस्ट्रियाको ग्राज सहरको एक स्कुलमा गोली चल्दा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय मिडियाले मङ्गलबार जनाएको छ । गोली हाना हानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् ।

    अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् । अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मङ्गलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो । घटना स्थलमा हेलिकप्टर सहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरि थप खतरा हुन बाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।

  • कोलम्बियाको सात स्थानमा बम विस्फोट, एक जनाको मृत्यु

    कोलम्बियाको सात स्थानमा बम विस्फोट, एक जनाको मृत्यु

    २८ जेठ, काठमाडौं । कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले कम्तीमा एक जनाको ज्यान गएको तथा थुप्रै भवनहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काली शहर तथा कोरिन्टो, एल बोर्डो र जमुन्डी नगरहरूमा गरी जम्मा सात वटा विस्फोट भएका छन्, जसमा चारवटा सवारी साधनमा राखिएको विस्फोटक र तीन अन्य ठाउँमा राखिएका उपकरणहरू प्रयोग गरिएको थियो। विस्फोटका कारण भवनहरू भत्किएका, पसलहरू ध्वस्त भएका र छरपस्ट भएको विवरण प्राप्त भएको छ।

    कोरिन्टो नगरमा, समाचार संस्था एएफपीका एक पत्रकारले नगरपालिका भवन नजिकै विस्फोट भएको सवारी साधनको जलेको र बिग्रिएको अवस्था देखेका थिए। सो भवन गम्भीर रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। हालसम्म उक्त विस्फोट कसले गराएको भन्ने बारेमा यकिन विवरण सार्वजनिक नभए पनि यस क्षेत्रमा पहिलेका विद्रोही समूहका अलग समूहहरू सक्रिय रहेका कारण उनीहरूकै संलग्नता हुन सक्ने आशंका गरिएको छ। केही दिनअघि राजधानी बोगोटामा एक राष्ट्रपतिको उम्मेदवारमाथि भएको ज्यान लिने प्रयासपछि देशभरि नै असुरक्षा र चिन्ता फैलिएको अवस्थामा यी विस्फोटहरू भएका हुन्।

  • नेपालमा महंगी दर नियन्त्रणमा, १० महिनामा २.७७ प्रतिशत मात्र

    नेपालमा महंगी दर नियन्त्रणमा, १० महिनामा २.७७ प्रतिशत मात्र

    २७ जेठ, काठमाडौं । गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा वर्तमान आर्थिक तथा वित्तीय स्थिति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.४० प्रतिशत थियो । राष्ट्र बैङ्कका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ ।

    खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैर मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले वृद्धि भएको छ । तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.११, मरमसलाको २.२० र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको छ । प्रतिवेदनअनुसार गत वैशाख महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.२१ र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६१ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ४.२९ प्रतिशत देखिएको छ । मधेश प्रदेशको २.८१, बागमतीको २.४०, गण्डकीको २.२३, लुम्बिनीको २.१५, कर्णालीको २.२१ र सुदूरपश्चिमको ३.१४ प्रतिशत रहेको छ । त्यसैगरी काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.६४, तराईको २.६४, पहाडको २.६५ र हिमालको ४.०१ प्रतिशत रहेको छ ।

  • विदेशबाट नेपालीले एक महिनामा घरमा पठाए इतिहासकै धेरै रेमिट्यान्स

    विदेशबाट नेपालीले एक महिनामा घरमा पठाए इतिहासकै धेरै रेमिट्यान्स

    २७ जेठ, काठमाडौं । एक महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । २०८२ वैशाखमा भित्रिएको सो रेमिट्यान्स हालसम्मको उच्च हो।
    यससँगै चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनाको अवधिमा साढे १३ खर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १३.३ प्रतिशत धेरै हो । । गत वर्ष वैशाखमा १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ मात्र भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष १४.८ प्रतिशतले बढेको थियो ।

  • काठमाडौंमा आजैबाट वर्षा सुरु, तापक्रम घट्ने

    काठमाडौंमा आजैबाट वर्षा सुरु, तापक्रम घट्ने

    २७ जेठ, काठमाडौं । काठमाडौंसहित पहाडी भूभागमा वर्षा भएको छ । केही दिनदेखि बढेको तापक्रमका कारण आजित भएकोमा आज राहत महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ । काठमाडौंसहितका भेगमा भने आजै वर्षा भएको छ । महाशाखाका मौसमविद् प्रतिमा मानन्धरका अनुसार देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ ।

    “मनसुनी हावा सक्रिय हुन नसकेका कारण नेपालको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन देशभर फैलिन समय लागिरहेको छ । हाल वर्षा नहुँदा गर्मी पनि बढेको छ, तर आज कोशी, बागमती तथा लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको छ”, उनले भनिन्, “बुधबारदेखि भने उपत्यकालगायतका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । बादल पनि लाग्ने हुँदा बुधबारदेखि विस्तारै तापक्रम घट्ने छ ।”

    मानन्धरका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको छ भने भैरहवा, धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । यसैगरी, आज दिपायलको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियससम्म पुगेको छ । सिमरा, जनकपुर, बिराटनगरको अधिकतम तापक्रम भने ३८ डिग्री सेल्सियससम्म पुगेको छ ।

    महाशाखाले बुधबार बिहानसम्मको मौसम पूर्वानुमान गर्दै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेकाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न जनाएको छ । यसैले सम्भावित जोखिम तथा असरबाट बच्न आवश्यक तयारी र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई समात्यो

    प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई समात्यो

    २७ जेठ, काठमाडौं । काठमाडौँको टोखामा लागुऔषध कारोबारी खोजतलासमा खटिएको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको छ । काठमाडौँ उपत्यकामा लामो समयदेखि लागुऔषध खैरो हिरोइन कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि खोजतलासका क्रममा आज २ बजे काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित सडकमा दुई जनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरूसँग सोधपुछ गर्दा अन्य दुई जना कारोबारी ग्राण्डी अस्पताल पछाडि लुकेर बसेको पत्ता लागेपछि प्रहरी टोली उनीहरूलाई नै प्रयोग गरेर ग्राण्डी पुगेको थियो ।

    उनीहरूसँग लागुऔषध रहेको जानकारी पाएपछि ब्यूरोको टोली त्यहाँ दिउँसो ३ः१५ बजे पुगेको थियो । थप दुई जनालाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीलाई फलामको रडले प्रहार गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।


    सोक्रममा उनीहरूको रड प्रहारबाट प्रहरी वरिष्ठ हवल्दार नवराज घिसिङ र प्रहरी सहायक हवल्दार रवीन्द्र केसी घाइते भएका छन् । त्यसक्रममा प्रहरीले नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेको थियो । हवाई फायर गर्दा पनि उत्तेजित भएर प्रहरीमाथि आक्रमण गर्न नछाडेपछि तीन राउण्ड गोली फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको उनले बताए ।


    पक्राउ पर्नेमा भारत पठाना दानपुरका २० वर्षीय सुमित कुमार, सोही ठाउँका २५ वर्षीय चन्दनकुमार जैसवाल, भारत पश्चिम बङ्गालका ४० वर्षीय शासिक आलम र विहारका २२ वर्षीय मोहम्मद मञ्जुर आलम रहेका छन् । गोली प्रहार गरी समातिएका आलमद्वयलाई बायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । टोखा नगरपालिका–३ मा उनीहरूबाट स्पिकरभित्र लुकाएर राखेको अवस्थामा २०० ग्राम खैरो हेरोइन बरामद गरिएको जनाइएको छ ।

  • देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो

    देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो

    २७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताएका छन् । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आयोजना गरेको अन्तक्र्रियामा उनले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।


    सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताउँदै यसले चोरी तस्करी नियन्त्रण हुने धारणा व्यक्त गरे । फरक प्रसङ्गमा उहाँले नेपाल अहिले जलवायु परिवर्तनको असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको बताउँदै यस्तो प्रभावबाट जोगाउन नेपालको प्रयाससँगै विश्वको सहयोगको आवश्यकता औँल्याए । कार्यक्रममा पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेस र नेकपा (एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको प्राथमिकतामा आर्थिक सुधार, सुशासन, लगानी अभिवृद्धि र संविधान संशोधनको विषय रहेको बताए ।


    उनले कांग्रेसले जनजिविकाका सवालमा छलफल तथा वकालत गर्नका लागि विभिन्न विभागमार्फत काम गरिरहेको जानकारी गराउँदै पुँजीवादी व्यवस्थामा व्यवसायीका हितका विषयका साथै उपभोक्ताको अधिकारको छनोट पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले आपूर्ति शङ्खलाका कुनै पनि चरणमा समस्या भएमा उपभोक्ता मारमा पर्ने बताउँदै त्यसको सम्बोधनका लागि सरकार लागिपरेको बताए ।

    साथै उनले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँग उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गरे । कृषि तथा पशुपन्छीमन्त्री एवं कांग्रेस नेता रामनाथ अधिकारीले मुलुकको ठूलो जनसङ्ख्या कृषिमा आधारित रहेको परिवेशमा सरकारले कृषिमा परिवर्तनका लागि बजेटमा सुधारका थुप्र्रै कार्यक्रम ल्याएको जानकारी गराउँदै आफ्नो मन्त्रालयले बजेट कार्यान्वयन ध्यान केन्द्रित गर्ने बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले राजनीतिक दलहरूले राजनीतिमात्र होइन जनजिविकाका सवालमा एकमतका साथ काम गरेमा मात्र मुलुक समृद्ध हुने बताए ।


    कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रमेशजङ्ग रायमाझी, अलिन रुङ्गटा, दिनेश कोइराला, पार्टीको उपभोक्ता विभागका संयोजक एवं केन्द्रीय सदस्य गुरु बराल, पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल, नेपाल सरकारका पूर्वसचिव केवल भण्डारीलगायतले बजेटले उपभोक्ता आपूर्ति शृङ्खलामा पार्ने प्रभाव र उपभोक्ताका हकहितका विषयमा आफ्ना धारणा व्यक्त गरे ।

  • महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

    महानगरपालिकाको केन्द्रीय कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, दुई लाख जरिवाना

    २७ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ । जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ ।

    कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार पत्रमा भनिएको छ, “यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । कामपा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम रु दुई लाख जरिवाना तोकिएको छ ।”