काठमाडौं । आयोजक जर्मनीलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । मिकेल मेरिनोले अतिरिक्त समयको अन्तिममा निर्णायक गोल गरेपछि स्पेनले अन्तिम चारको यात्रा तय गरेको हो । मुख्य प्रतियोगितामा ३६ वर्षपछि स्पेनलाई हराउने जर्मनीको लक्ष्य यस पटक पूरा हुन सकेन । स्टुटगार्डमा भएको पहिलो क्वाटरफाइनलमा डानी ओल्मोले… Continue reading आयोजक जर्मनी पराजित, स्पेन सेमिफाइनलमा
Category: फिचर
जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक जनाको मृत्यु
काठमाडौं । जुम्लाको पातारासीमा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठुलो खोलामा शुत्रबार बेलुका पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जना कामदारको मृत्यु भएको हो । मृत्यु हुनेमा पातारासी गाउँपालिका-१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… Continue reading जुम्लामा कल्भर्ट भत्काउने क्रममा एक जनाको मृत्यु
प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार… Continue reading प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत लिने
काठमाडौं महानगरले गर्यो ५० करदातालाई सम्मान
काठमाडौं । काठमाडौं महानगरपालिकाले ५० जना करदातालाई सम्मान गरेको छ । महानगरको विकास निर्माण, सेवा प्रवाह, व्यवस्थापन लगायतमा करदाताको योगदान महत्त्वपूर्ण रहेको भन्दै उनीहरूलाई सम्मान गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३ ले बिहीबार एक कार्यक्रमको आयोजना गरी करदातालाई सम्मान गरेको हो । ३ वर्षदेखि नियमित कर तिर्ने करदाता मध्येबाट ५० जना… Continue reading काठमाडौं महानगरले गर्यो ५० करदातालाई सम्मान
जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने
काठमाडौं । जापानमा जबरजस्ती बन्ध्याकरण गरिएका १६ हजार जनाले क्षतिपूर्ति पाउने भएका छन् । सहमतिविना नै बन्ध्याकरण गरिएका उनीहरूलाई सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै क्षतिपूर्तिको बाटो खुलेको हो । अदालतले अहिले जीवित रहेका पीडितलाई क्षतिपूर्ति दिन भनेको छ । क्षतिपूर्तिको फैसलासँगै पीडितले दशकौँ लामो समयदेखि लड्दै आएको कानुनी लडाइँ पनि निष्कर्षमा पुगेको बीबीसीले जनाएको छ ।… Continue reading जापानमा जबरजस्ती बन्ध्याकरण गराइएका १६ हजार जनाले क्षतिपूर्ति पाउने
द्रुतमार्गको थप एक सुरुङ छिचोलियो
काठमाडौं । काठमाडौँ–तराई–मधेस द्रुतमार्ग आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाका दुईमध्ये एउटा सुरुङमार्ग छिचोलिएको छ । कूल एक हजार छ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज छिचोलिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन आयोजनाको सुरुङमार्ग छिचोल्ने कार्यको प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअलमाध्यमबाट अवलोकन गरे । उनले तोकिएको… Continue reading द्रुतमार्गको थप एक सुरुङ छिचोलियो
सरकारले तोक्यो धानको समर्थन मूल्य
काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि मोटा धानको प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रति क्विन्टल ३… Continue reading सरकारले तोक्यो धानको समर्थन मूल्य
गृहमन्त्रीको मुद्दामा दुई न्यायाधीशको मत बाझियो
काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ । अन्तरिम आदेशका लागि भएको सुनुवाइपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीबीच राय बाझिएको छ । न्यायाधीशद्वयको इजलासमा यो मुद्दामा सुनुवाई भएर राय बाझिएको आदेश आएको हो । अधिवक्ता… Continue reading गृहमन्त्रीको मुद्दामा दुई न्यायाधीशको मत बाझियो
नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्। काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा नेपाल चयन भएका हुन्। नेपाल यसअघि पनि एकीकृत समाजवादीको अध्यक्ष नै थिए। बिहीबार नै बसेको सचिवालय बैठकले अध्यक्षमा नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई चयन गर्ने सहमति गरेको थियो। उक्त सहमतिलाई महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ… Continue reading नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत
लुम्बिनी प्रदेश सरकारबाट फिर्ता भयो एमाले
काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा रहेका एमालेका पाँच जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री जोखबहादुर महरालाई बिहीबार बेलुका सरकारी निवासमा भेटेर मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक मामिला मन्त्री चेतनारायण आचार्य, शहरी विकास तथा खानेपानी मन्त्री भूमिश्वर ढकाल, आन्तरिक मामिला मन्त्री दिनेश पन्थी, सामाजिक विकास मन्त्री रत्न खत्री… Continue reading लुम्बिनी प्रदेश सरकारबाट फिर्ता भयो एमाले
गगन थापा भन्छन् : पटक पटक मन्त्री भएकालाई विश्राम दिइन्छ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक–पटक मन्त्री भएका व्यक्तिलाई आगामी मन्त्रिपरिषद्मा पठाउन नहुने बताएका छन् । सरकारमा गएको व्यक्ति परिणाम दिनसक्ने हुनुपर्ने उल्लेख गर्दै सुनसरीमा बिहीबार भएको कार्यक्रममा उनले भने, ‘पटक–पटक मन्त्री भएको व्यक्तिलाई यो पटक विश्राम दिने हो । घरमा राख्ने हो ।’ भावी सरकारमा कांग्रेसबाट गएका मन्त्रीहरू समावेशीका आधारमा हुनुपर्ने थापाले… Continue reading गगन थापा भन्छन् : पटक पटक मन्त्री भएकालाई विश्राम दिइन्छ
शिक्षकमा गुणस्तर नहुँदा विद्यार्थी धेरै फेल : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसइईमा फेल भएको बताएका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियु रुपन्देहीले एसईईमा ३.६ देखि माथिको जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा ओलीले शिक्षकका कारण नतिजा खस्किएको टिप्पणी गरेका हुन् । शिक्षकहरुमा आफूभित्र भएको ज्ञान प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरु… Continue reading शिक्षकमा गुणस्तर नहुँदा विद्यार्थी धेरै फेल : ओली
प्रचण्डले सहयोग मागेपछि रास्वपा ब्याक, मन्त्रीले बुझाएनन् राजिनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय लिएको छ । प्रधानमन्त्री प्रचण्डले मूख्य साझेदार एमालेको समर्थन फिर्ता लिएसँगै उनी कामचलाउ हैसियतमा पुगेका छन् । अबको ३० दिनमा उनले संसदबाट विश्वसको मत नलिए उनको पद स्वतल्ः निष्कृय हुनेछ । बिहीबार रास्वपका मन्त्रिहरु प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउने तयारीमा थिए । बालुवाटार पुगेका उनीहरुसँग प्रधानमन्त्रीले… Continue reading प्रचण्डले सहयोग मागेपछि रास्वपा ब्याक, मन्त्रीले बुझाएनन् राजिनामा
अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्याउने चेतावनी दिएको छ । अस्ट्रेलियाका एक सयभन्दा बढी ठुला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल अफ अस्ट्रेलिया ९बिसिए० ले बुधबार अीट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश कटौतीले देशको आवास आपूर्तिको अभाव समाधान नगरी अर्थतन्त्रलाई नोक्सान पुर्याउने जनाएको छ ।… Continue reading अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
कोपा अमेरिकाको नकआउटमा अतिरिक्त समय नहुने
काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को नकआउट चरणको खेलमा अतिरिक्त समय नहुने भएको छ । नकआउट चरणमा निर्धारित ९० मिनेटको खेल बराबरी भएमा खेल सीधै पेनाल्टीसुटआउटमा जानेछ । अन्य प्रतियोगितामा निर्धारित समयमा बराबरी हुँदा ३० मिनेटको अतिरिक्त समयमा खेलाइन्छ र त्यसमा बराबरी भए मात्र पेनाल्टी सुटआउटमा जान्छ । तर कोपामा भने ९० मिनेटको… Continue reading कोपा अमेरिकाको नकआउटमा अतिरिक्त समय नहुने
सरकारले पहिलो पटक बनायो ‘एआई’ प्रयोगको अवधारणा
काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले यस सम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको प्राविधिक… Continue reading सरकारले पहिलो पटक बनायो ‘एआई’ प्रयोगको अवधारणा
नेकपा एसको नयाँ नेतृत्वका लागि आज मतदान
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । नेकपा एसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार छन् । माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो ।… Continue reading नेकपा एसको नयाँ नेतृत्वका लागि आज मतदान
कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ
काठमाडौं । एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन्… Continue reading कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभर केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि… Continue reading कस्तो रहनेछ आजको मौसम ?
रविविरुद्धको सुनुवाई आज पनि जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ जारी रहने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । पछिल्लोपटक असार… Continue reading रविविरुद्धको सुनुवाई आज पनि जारी
कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई कारवाही गरेको छ । उनी निलम्बनमा परेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनसम्म निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको हो… Continue reading कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल
रास्वपाका मन्त्रीले सामुहिक राजिनामा दिँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले सामुहिक राजीनामा दिने भएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने तयारी छ । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको… Continue reading रास्वपाका मन्त्रीले सामुहिक राजिनामा दिँदै
विदेशस्थित कूटनीतिक नियोगको क्षमता बढाउनु पर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरण सम्बन्धी छलफलमा प्रधानमन्त्री दाहालले विदेशस्थित नेपाली नियोगहरुलाई सशक्त बनाउन आवश्यक रहेको बताए । बैठकमा प्रधानमन्त्री… Continue reading विदेशस्थित कूटनीतिक नियोगको क्षमता बढाउनु पर्छ : प्रधानमन्त्री
कांग्रेसले भन्यो : एमाले-कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्छन्
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेकपा (एमाले) सँग सहमति भएको औपचारिक रुपमा सार्वजनिक गरेको छ । असार १७ गते सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच यो सहमतिमा हस्ताक्षर भएको र बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको कांग्रेसले जनाएको छ। ‘नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ असार… Continue reading कांग्रेसले भन्यो : एमाले-कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्छन्
एमालेका नेताले दिए सामुहिक राजिनामा
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन्। बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाए । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी… Continue reading एमालेका नेताले दिए सामुहिक राजिनामा
नागढुंगा–नौबिसे सडक दुई रात बन्द
काठमाडौं । धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ । यस समयमा एम्बुलेन्स र… Continue reading नागढुंगा–नौबिसे सडक दुई रात बन्द
अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलरभन्दा बढी सैन्य सहयोग थर्ने भएको छ । यसको औपचारिक घोषणा छिट्टै हुने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बताएका छन् । ‘राष्ट्रपति ड्रडाउन प्राधिकरणअन्तर्गतको यो प्याकेजले नयाँ हवाई रक्षा इन्टरसेप्टर, एन्टी–ट्याङ्क हतियार र अमेरिकी इन्भेन्टरीबाट अन्य महत्वपूर्ण हतियारहरू प्रदान गर्नेछ,’ अस्टिनले युक्रेनी रक्षामन्त्री रूस्टेम उमेरोभसँगको बैठकमा बताएका… Continue reading अमेरिकाले युक्रेनलाई २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ
काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले ८ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ । पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१… Continue reading कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ
अख्तियार आयुक्तको घरमा चल्यो ललितपुर महानगरको डोजर
काठमाडौं । मन्दिरको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरमा डोजर चलाएको छ । महानगरले घरको पर्खाल भत्काइदिएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको छ । डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा… Continue reading अख्तियार आयुक्तको घरमा चल्यो ललितपुर महानगरको डोजर
उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि
काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा ज्यान गुमाउनेका संख्या १ सय १६ जना पुगेको छ । जसमा अधिकांश महिला र बालबालिका छन् । हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा परेर १… Continue reading उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि