स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ३८ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ गणेशटोलका ४८ वर्षीय माधव श्रेष्ठ छन् । उनलाई विशेष सूचनाको आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनको साथबाट प्रहरी ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको… Continue reading स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । असार २८मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत समेत नदिने निर्णय गरेको छ । प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो । अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड… Continue reading नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

file

काठमाडौं । मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो । पोखरा २७ का ५१ वर्षीय मनबहादुर थापाको कच्ची घर माथिबाट आएको पहिरोमा… Continue reading पोखरामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

मनोरन्जन कर बुझाउन महानगरको ताकेता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डान्स बार, दोहोरी साँझ र नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्न ताकेता गरेको छ । काठमाडौँ क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी र क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेता गरेको छ । बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक लिखित फोन तथा… Continue reading मनोरन्जन कर बुझाउन महानगरको ताकेता

कैलालीमा दुई पुरुष मृत फेला

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुई छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–५ का अन्दाजी ५१ वर्षीय सागर विक रहेका छन् भने अर्का एकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । विक… Continue reading कैलालीमा दुई पुरुष मृत फेला

युक्रेनलाई थप हतियार दिने अमेरिकी राष्ट्रपतिको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गरेका छन् । उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भेलालाई वासिङटनमा सम्बोधन गर्दै बाइडेनले रुसको क्रुर आक्रमणलाई जवाफ दिन युक्रेनलाई थप अत्याधुनिक हतियार र प्रतिरक्षा प्रणाली सहयोगको घोषणा गरेका हुन् । गत सोमवार रुसले युक्रेनको राजधानी कीभसहितका शहरमा गरेको… Continue reading युक्रेनलाई थप हतियार दिने अमेरिकी राष्ट्रपतिको घोषणा

गौतम गम्भीर बने भारतीय क्रिकेट टीमको ‘हेड कोच’

काठमाडौं । पूर्वभारतीय स्टार गौतम गम्भीर भारतीय क्रिकेट टीमको हेडकोच बनेका छन् । बीसीसीआईका सचिव जय साहले सामाजिक सञ्जालमार्फत यसको पुष्टी गरेका हुन् । उनले आधुनिक क्रिकेट तीव्र गतिमा बदलीरहेको भन्दै यसलाई गम्भीरले नजिकबाट नियालिरहेको समेत बताएका छन् । उनले आफ्नो करियरमा उत्कृष्ट प्रदर्शन गरेका गम्भीर भारतीय क्रिकेटलाई अगाडी बढाउन एक आदर्श व्यक्ति भएको समेत… Continue reading गौतम गम्भीर बने भारतीय क्रिकेट टीमको ‘हेड कोच’

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक आज बोलाइएको छ । मंगलबार दिउँसो १ बजेलाई तय भएको बैठक बुधबार बिहान ११ बजेलाई सारिएको हो । पार्टी कार्यालय च्यासलमा बस्ने आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने बताइएको छ । यसअघि फरक… Continue reading एमाले सचिवालय बैठक आज बस्दै

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध

काठमाडौं । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।गलकोट नगरपालिका १ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनले प्रहरी र स्थानीयले पहिरो… Continue reading मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पुनः अवरुद्ध

क्यानडालाई हराउँदै अर्जेण्टिना कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । क्यानडालाई सहजै पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गरेको हो । अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे ।… Continue reading क्यानडालाई हराउँदै अर्जेण्टिना कोपा अमेरिकाको फाइनलमा

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । बुधबार बिहान पौने २ बजे ताप्लेजुङको तापेथोक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ४.४ म्याग्निच्युड मापन भएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विवरण आएको छैन ।

फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो

काठमाडौं । स्पेन यूरोकप फुटबलको फाइनल प्रवेश गरेको छ । लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको हो । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएर फाइनल पुगेको हो । खेलमा अग्रता भने फ्रान्सले लिएको… Continue reading फ्रान्सको हार, स्पेन फाइनलमा पुग्यो

नेपाल र बंगलादेशबीच विद्युत खरीद- बिक्रि सम्झौता हुने निश्चित

काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको छ। बिपिडिबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत बिक्रीका लागि प्राधिकरणले पेस गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि सोमबार पत्राचार गरेको हो। कानुनमा भएको व्यवस्था बमोजिम बिपिडिबी १६… Continue reading नेपाल र बंगलादेशबीच विद्युत खरीद- बिक्रि सम्झौता हुने निश्चित

विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या

काठमाडौं । सोमबार राति विराटनगरमा युवाहरुको दुई समूहबीच ग्याङफाइट भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सोमबार राति करिब सवा १० बजे विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै झडप भएको प्रहरीले बताएको छ । यस घटनामा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु… Continue reading विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या

वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो । वर्षातको समयमा फैलिनसक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख… Continue reading वर्षायाममा कार्यालय नछाड्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन

रास्वपाका महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । रास्वपाका अनुसार ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेका छन् । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेता सोबिता गौतमले अनुशासन आयोगको सिफारिस अनुसार… Continue reading रास्वपाका महामन्त्री ढकाल पार्टीका सबै जिम्मेवारीबाट मुक्त

मलेखु-नौबिसे सडक खण्ड रातमा १५ दिन बन्द हुने

File

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट राति बन्द गर्न लागिएको जनाएको छ । सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला,… Continue reading मलेखु-नौबिसे सडक खण्ड रातमा १५ दिन बन्द हुने

साउथ एसियन ट्राभल अवार्ड्स नेपालमा हुने

काठमाडौं । साउथ एसियन ट्राभल अवार्ड्स (साटा) को ८औं संस्करण नेपालमा आयोजना हुने भएको छ । दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा यो कार्यक्रम नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो । कार्यक्रम १९ सेप्टेम्बर २०२४ मा आयोजना हुने… Continue reading साउथ एसियन ट्राभल अवार्ड्स नेपालमा हुने

अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

In this UGC photo Syrian Kurdish migrants wait for cars to arrive at a meeting point in a desert near the Libyan-Algeria border in the town of Debdeb, Algeria, on Monday, March 28, 2022. A growing number of Syrian Kurds are making the journey to Europe on a circuitous course that includes travel by car and plane across Lebanon, Egypt, Libya, Algeria, then finally by boat to Spain. (AP Photo)

काठमाडौं । अल्जेरियाको दक्षिणी मरुभूमि प्रान्त इलिजीमा १२ जना सिरियाली आप्रवासीसहित १४ जनाको शव फेला परेको छ । बेपत्ता भएका अरु पाँच जनाको खोजी भइरहेको अल्जेरियामा रहेको सिरियाली दूतावासले जनाएको छ । लिबियाबाट अल्जेरिया पुगेका उनीहरु मरुभूमिमा हराएपछि खोजी भएको थियो । दूतावासका बसेम फारुखले लिबियाका अधिकारीहरूले आप्रवासीलाई भाग्न सघाई अल्जेरिया पुर्‍याइएको आरोप लगाउनु भएको… Continue reading अल्जेरियाको मरुभूमिा १४ आप्रवासीको शव फेला, कहाँका नागरिक थिए ?

एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक मंगलबार बस्दैछ। दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन… Continue reading एमाले सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?

युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

काठमाडौं । युक्रेनको राजधानी किभसहित विभिन्न सहरमा मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो राजधानी किभमा रूसी मिसाइल आक्रमण हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। जसमध्ये २७ जनाको मृत्यु राजधानीमा भएको हो। मिसाइलले किभको बाल अस्पतालमा समेत क्षति पुर्‍याएको समाचारमा उल्लेख छ। उक्त आक्रमणपछि अभिभावकहरू… Continue reading युक्रेनमा रुसको अर्को ठूलो आक्रमण, कम्तिमा ४१ को मृत्यु

पूर्वी नेपालमा पुनः मनसुन सक्रिय

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी… Continue reading पूर्वी नेपालमा पुनः मनसुन सक्रिय

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुन: प्रत्यक्ष निर्वाचित हुनुपर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को अध्यक्ष पुनः प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएका छन् । यसअघि विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान थियो । उक्त प्रावधानमा भएको विधानलाई महासंघको कार्य समितिले सोमबार सर्वसम्मत संशोधन गरेको हो । यससँगै पुनः महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । कार्यसमितिले संशोधन… Continue reading नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पुन: प्रत्यक्ष निर्वाचित हुनुपर्ने

पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध

file

काठमाडौं । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबार रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिका-८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो… Continue reading पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध

नेपाली टेलिकम विलिङ प्रणाली स्तरोन्नती गर्दै

काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्दैछ । त्यस क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुन सक्ने नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले जारी गरेको सूचना अनुसार बिलिङ प्रणाली स्तरोन्नती परीक्षण कार्य असार २५ गते राति ११ बजेदेखि असार २६ गते बिहान ६ बजेसम्म हुने छ… Continue reading नेपाली टेलिकम विलिङ प्रणाली स्तरोन्नती गर्दै

रास्वपाको बैठक आज, मुकुल ढकालबारे के होला निर्णय

काठमाडौं । निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा आजै बिहान बैठक बस्न लागेको हो । बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौं ।… Continue reading रास्वपाको बैठक आज, मुकुल ढकालबारे के होला निर्णय

अफलाइन राइड गरेर दुर्घटनामा परेका ३ पठाओ चालक पक्राउ

काठमाडौं । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ ८ घर भई हाल तारकेश्वर बस्‍ने २२ वर्षीय तेज रावल, जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्‍ने २३ वर्षीय पदम धिताल र जुम्लाको गुठीचौर ४ घर भई हाल तारकेश्वर बस्‍ने सुरेश अधिकारी रहेका छन् ।… Continue reading अफलाइन राइड गरेर दुर्घटनामा परेका ३ पठाओ चालक पक्राउ

कंचनपुरमा डुबेर दुई किशोरीको मृत्यु

काठमाडौं । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् । सोमबार दिउँसो पुनर्वास नगरपालिका–५ को गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । डीएसपी जोशीका अनुसार डुबेर मृत भेटिनेमा पुनर्वास नगरपालिका–५ की १५… Continue reading कंचनपुरमा डुबेर दुई किशोरीको मृत्यु

त्रिविका उपकुलपतिलाई भेट्न क्यूआर कोडमार्फत समय लिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा।केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिन सकिने भएको छ । त्रिविले सूचना नै जारी गरेर अब उपकुलपति बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत समय लिनु पर्ने जनाएको छ । त्रिविले निकालेको सूचनामा भनिएको छ, ‘विभिन्न शैक्षिक, प्रशासनिक एवम् अनुसन्धान लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा।डा केशरजंग बराललाई… Continue reading त्रिविका उपकुलपतिलाई भेट्न क्यूआर कोडमार्फत समय लिन सकिने

कोरोना विरुद्धको साढे १६ लाख खोप नेपाल ल्याइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार… Continue reading कोरोना विरुद्धको साढे १६ लाख खोप नेपाल ल्याइयो