फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख

CNN

काठमाडौं । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनले जित हात पार्ने देखिएको छ । फ्रान्समा निर्वाचनको प्रारम्भिक रुझान आउँदै गर्दा पेरिसका केही स्थानमा हिंसाका घटना समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार दोस्रो तथा अन्तिम चरणको निर्वाचन सकिएको छ । जसमा वामपन्थी गठबन्धन अगाडी देखिएको छ । रुझान आएसँगै हजारौं मासिन पेरिसको सडकमा भेला भएका… Continue reading फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन जित उन्मुख

विपत्तिमा प्रहरी प्रशासनको सक्रियता सराहनिय : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी पहिरो तथा विपद् प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा गृह प्रशासनले गरेको कामको सराहना गरेको छ । पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार, गृह प्रशासनले विभिन्न क्षेत्रका प्रभावित तथा पीडित नागरिकहरुको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि गरेको व्यापक… Continue reading विपत्तिमा प्रहरी प्रशासनको सक्रियता सराहनिय : रास्वपा

इजरायल आक्रमणको ९ महिना पुरा, कम्तिमा ४० हजार मानिस मारिए

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गएको वर्षको अक्टोबर ८ तारिखमा गरेको आक्रमणको ९ महिना पूरा भएको छ । युद्धमा प्यालेस्टिनी भूमि गाजामा ३८ हजार १ सय जनाभन्दा धेरैको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् । हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा इजरायलमा १… Continue reading इजरायल आक्रमणको ९ महिना पुरा, कम्तिमा ४० हजार मानिस मारिए

पश्चिम अमेरिका अधिक गर्मीको मारमा

agency

काठमाडौं । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् । तापक्रम उच्च हुन थालेसँगै ठूल्ठूला डढेलोका घटना बढ्दै गएको बीबीसीले जनाएको छ । पश्चिमी अमेरिकामा झन्डै २ करोड जना मानिसलाई उच्च गर्मीबाट बच्न… Continue reading पश्चिम अमेरिका अधिक गर्मीको मारमा

मेघालयमा चार नेपालीको विभत्स हत्या

काठमाडौं । रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ । मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको र उहाँ इलामका २३ वर्षीय रवि राई रहेको तथा अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ । मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकका अनुसार बीभत्स हत्या गरिएको… Continue reading मेघालयमा चार नेपालीको विभत्स हत्या

निरन्तर वर्षाका कारण नारायणगढ- बुटवल सडक खण्ड विस्तारको काम बन्द

file

काठमाडौं । निरन्तरको वर्षापछि नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम बन्द भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउन पहल भइरहेको जानकारी दिए। निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको… Continue reading निरन्तर वर्षाका कारण नारायणगढ- बुटवल सडक खण्ड विस्तारको काम बन्द

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा भएको छ। कञ्चनपुरको दोधारामा पछिल्लो २४ घन्टामा ५७३ मिलिमिटर… Continue reading आज कस्तो रहनेछ मौसम ?

मनसुनयता नेपालमा विपत्तिमा ७० जनाको मृत्यु

काठमाडौं । मनसुन सुरु भएयता प्राकृतिक विपत्तिमा परी देशभर ७० जनाको मृत्यु भएको छ । असार २२ र २३ गते दुई दिनको अवधिमै १४ जनाले ज्यान गुमाएका छन् । २ जना बेपत्ता छन् भने १९ जना घाइते छन् । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन सञ्चालन केन्द्रका अनुसार बाढी, पहिरो, भारी वर्षाका घटनाबाट तनहुँ र स्याङ्जामा… Continue reading मनसुनयता नेपालमा विपत्तिमा ७० जनाको मृत्यु

असार अन्तिम सातासम्म देशभर ३९ प्रतिशत मात्र रोपाइं

काठमाडौं । आइतबारसम्म देशभर ३९ प्रतिशत मात्र धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान रोपाइँ भएको हो । यस पटक २३ असारसम्म गत वर्षभन्दा ४ प्रतिशतले कम रोपाइँ भएको हो ।… Continue reading असार अन्तिम सातासम्म देशभर ३९ प्रतिशत मात्र रोपाइं

सोमबारबाट वर्षा कम हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारदेखि पानी पर्न कम हुने बताएको छ । महाशाखाले सोमबारदेखि न्यून चापिय रेखा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी हुने बताएको हो । महाशाखाले भोलि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरेको छ । अन्य… Continue reading सोमबारबाट वर्षा कम हुने

सप्तकोशीका सबै ढोका खोलियो

काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ । सतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका बिहानदेखि खोलिएको छ । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदैआएको छ… Continue reading सप्तकोशीका सबै ढोका खोलियो

राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनमा खुला

काठमाडौं । चितवनको ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले दियालो बंगला खुला गरेका हुन् । २०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा… Continue reading राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनमा खुला

१४ किलो चाँदीसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ किलो २५० ग्राम चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् । आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका… Continue reading १४ किलो चाँदीसहित ३ जना पक्राउ

ललितपुर गेस्टहाउसमा एक पुरुष मृत फेला

काठमाडौं । ललितपुर महानरपालिका–१७ सिचाहिटीमा रहेको ललितपुर गेस्टहाउसमा एक पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा सोलुखुम्बु घर भएका २१ वर्षीय जीवन निरौला रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । सुमन तामाङले सञ्चालन गरेको उक्त गेस्टहाउसमा बस्न भन्दै निरौला शनिबार राति साढे ९ बजे गेस्टहाउस पुगेका थिए । आइतबार… Continue reading ललितपुर गेस्टहाउसमा एक पुरुष मृत फेला

जनताको जिउ रक्षामा खट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जीउधनको रक्षाका निम्ति सबै शक्ति लगाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘एक्सन रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् । अविरल वर्षापछि गएको… Continue reading जनताको जिउ रक्षामा खट्न प्रधानमन्त्रीको निर्देशन

बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन

agency

काठमाडौं । लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्री बनेका छन् । बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रवार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए । बेलायतमा बिहीबार सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टीले… Continue reading बेलायतमा १४ वर्षपछि लेवर पार्टीको पुनरागमन

गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए

EPA

काठमाडौं । गाजा पट्टीको एक विद्यालयमा इजरायली हवाई हमलामा परी कम्तीमा १६ जनाको मृतयु भएको छ । कैयौं घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा रहेका भवनमा इजरायलले हवाई हमला गरेको हो । इजरायली रक्षा बलले भने यो भवनमा आतंकवादी रहेको भनेको छ । शिविरको… Continue reading गाजामा स्कुलमा इजरायलको आक्रमण, कम्तिमा १६ जना मारिए

कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो

Photo ; Getty Images

काठमाडौं । ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा विजयी भएको उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो । लसभेगासमा आइतबार सम्पन्न क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टीसुटआउटमा ४–२ ले हरायो । निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन… Continue reading कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो

बाढी-पहिरोका कारण देशभर ठूलो मानवीय क्षति, दुई दिनमा ११ जनाको मृत्यु

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण देशका विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पछिल्लो दुई दिनमा ११ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार र आइतबार विपद्जन्य घटनामा परेर ११ जनाले ज्यान गुमाएका हुन् । यी घटनामा आठ जना बेपत्ता र १२ जना… Continue reading बाढी-पहिरोका कारण देशभर ठूलो मानवीय क्षति, दुई दिनमा ११ जनाको मृत्यु

महाकालीमा पानी सतह बढ्यो, शारदा ब्यारेजमा आवागमन रोकियो

काठमाडौं । अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएसँगै शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमन रोकिएको छ । महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । नदीमा पानीको सतह बढेर एक लाख ४८ हजार ९१६ क्युसेक पुगेको छ… Continue reading महाकालीमा पानी सतह बढ्यो, शारदा ब्यारेजमा आवागमन रोकियो

वर्षा र पहिरोले सुदूरपश्चिममा सडक अवरुद्ध

file

काठमाडौं । अविरल वर्षा र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सडक अवरुद्ध भएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् । दार्चुलाको मालिकार्जुन नगरपालिका, २ को पनेबाज, बैतडीको सुर्नया… Continue reading वर्षा र पहिरोले सुदूरपश्चिममा सडक अवरुद्ध

नारायणी नदीमा बाढी, सयौं मानिसलाई सुरक्षित स्थानमा सारियो

File : THT

काठमाडौं । नारायणी नदीमा बाढीले बसती क्षेत्रमा डुबान थालेको छ । नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुलका दुबैतर्फका पिल्लर भत्काउँदा पुल बगेकोजिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक पर्यटक घुम्न जाने गर्दथे । यहाँ बीपी कोइरालाको शालिकसमेत राखिएको छ । नारायणी नदीमा आएको बाढीले सतर्कताको… Continue reading नारायणी नदीमा बाढी, सयौं मानिसलाई सुरक्षित स्थानमा सारियो

टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनल पुग्यो

काठमाडौं । टर्कीविरुद्ध पुनरागमन जित निकाल्दै नेदरल्याण्ड्स युरो २०२४ को सेमिफाइनल पुगेको छ । बर्लिनस्थित ओलम्पिक स्टेडियममा शनिबारा राति सम्पन्न अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्डले टर्कीलाई २–१ ले हरायो । नेदरल्याण्ड्सको जितमा आत्मघाती गोल निर्णायक बनेको थियो । टर्कीका मेरट मुलडुरले ७६ औं मिनेटमा गरेको आत्मघाती गोलमा नेदरल्याण्ड्स विजयी भएको हो ।a त्यसअघि समेट अकायडिनको ३५औं मिनेटमा… Continue reading टर्कीलाई हराउँदै नेदरल्याण्ड्स सेमिफाइनल पुग्यो

इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनल प्रवेश

काठमाडौं । इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनलमा पुगेको हो । जर्मनीको डुसेलडर्फमा शनिबार रातिसम्पन्न क्वाटरफाइनलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको हो । इंग्ल्याण्डका लागि ट्रेन्ट… Continue reading इंग्ल्याण्ड युरो २०२४ को सेमिफाइनल प्रवेश

काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

काठमाडौं । काभ्रेको रोशी गाउॅपालिका- ११ मा भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी ११ भीमखोरीकी ६५ वर्षीया जलमाया रुचाल मगर र ५ वर्षकी सेतीमाया रुचाल मगर छन् । उनीहरु फुपू भदैनी हुन् । खोला तर्ने क्रममा बगेका उनीहरुको शव ९०० मिटर तल फेला परेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी… Continue reading काभ्रेमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

स्याङ्जामा पहिरो, २ जनाको मृत्यु

file

काठमाडौं । स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । शनिबार विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा ६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । उक्त पहिरोमा परी ७१ वर्षका माधव शर्मा… Continue reading स्याङ्जामा पहिरो, २ जनाको मृत्यु

काठमाडौंमा बाढी आतंक, प्रहरीको गस्ती

काठमाडौं । अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकायले सतर्कता अपनाएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ’,उनले… Continue reading काठमाडौंमा बाढी आतंक, प्रहरीको गस्ती

काठमाडौं उपत्यकाका नदी किनार डुबानमा, नदीको सतह खतराको चिन्हभन्दा माथि

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार डुबानमा परेका छन् । गत रातीबाट परेको बाढीले भक्तपुर, ललितपुर र काठमाडौंका धेरैजसो क्षेत्र जलमग्न भएका छन् । हनुमन्ते खोलाले भक्तपुरमा डुबान ल्याएको छ । नागार्जुनमा पहिरो जाँदा एक जनाको निधन भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका ३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको… Continue reading काठमाडौं उपत्यकाका नदी किनार डुबानमा, नदीको सतह खतराको चिन्हभन्दा माथि

वर्षाका कारण ६४० मेगावाट बराबरको विद्युत उत्पादन बन्द

काठमाडौं । निरन्तरको वर्षासँगै आएको बाढीका कारण छ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गएराति पौने २ बजेदेखि उत्पादन बन्द गरेको छ । यस्तै ६० मेगावाटको माथिल्ला त्रिशुली थ्री ुएु र १० मेगावाटको… Continue reading वर्षाका कारण ६४० मेगावाट बराबरको विद्युत उत्पादन बन्द

अविरल वर्षाका कारण भक्तपुर डुबानमा

काठमाडौं । भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ। भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ। भारी वर्षाका कारण… Continue reading अविरल वर्षाका कारण भक्तपुर डुबानमा