काठमाडौं । आज १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोहीअनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एन्ड… Continue reading आज १० औं अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाइंदै
Category: फिचर
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र वाग्मती प्रदेशका केही, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना… Continue reading यस्तो रहनेछ आजको मौसम
इटालीलाई हराउँदै स्पेन अन्तिम ८ मा
काठमाडौं । आत्मघाती गोल मदतमा स्पेनले युरो २०२४ मा इटलीलाई १–० ले हराएकाृे छ । गेलसेनकिर्चेनमा भएको खेलमा इटलीका रिकार्डो कालाफिओरीले ५५औं मिनेटमा आत्मघाती गोल गर्दा स्पेनले अग्रता बनाएको थियो र त्यही गोल स्पेनको जितमा निर्णायक बन्यो । समूह बी मा लगातार दोस्रो जित निकालेको स्पेन एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ ।… Continue reading इटालीलाई हराउँदै स्पेन अन्तिम ८ मा
कोपा अमेरिकामा अर्जेण्टिनाको विजयी सुरुवात
काठमाडौं । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ मा विजयी सुरुवात गरेको छ । मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले पराजित गरेको हो । पहिलो हाफमा क्यानडाले अर्जेन्टिनालाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा अर्जेन्टिनाले २ गोल गर्यो। ४९औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए ।… Continue reading कोपा अमेरिकामा अर्जेण्टिनाको विजयी सुरुवात
उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आधिकारिक भियतनाम भ्रमणमा निस्किएका छन् । उनी दुई दिने उत्तर कोरिया भ्रमण पुरा गरी भियतनाम पुगेका हुन् । उनले भियतनाम भ्रमणका दौरान दुइ पक्षिय सहायता वृद्धिमा जोड दिएका छन् । हनोइमा उनको भब्य स्वागत गरिएको छ । यो भ्रमणको उद्देश्य भियतनाममा आफ्ना राजनीतिक प्रभाव बढाउनु रहेको बताइएको छ ।… Continue reading उत्तर कोरियाबाट भियतनाम भ्रमणमा पुगे पुटिन
आइतबारसम्म देशैभर मनसुन
काठमाडौं । आगामी आइतबारसम्म देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजसम्म मनसुन मुलुकको पूर्वी भू–भाग हुँदै लुम्बिनी प्रदेशसम्म पुगेको छ । समान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने भए पनि यसवर्ष जुन १० मा मनसुन मुलुकको पूर्व क्षेत्रबाट भित्रिन सुरु गरेको थियो ।… Continue reading आइतबारसम्म देशैभर मनसुन
२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
काठमाडौं । नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८–८१ जेठसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ करोड रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार जेठ मसान्तसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र वाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड पुगेको छ ।… Continue reading २४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
नेपालका थापा अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा
काठमाडौं । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा उत्कृष्ट १० भित्र परेका छन् । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट १० मा परेका थापा अहिले उत्कृष्ट पाँच सेफका लागि प्रतिस्पर्धामा छन् । नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा काम गर्दै आएका तनहुँका… Continue reading नेपालका थापा अमेरिकी ‘फेबरेट सेफ’को उत्कृष्ट पाँचको प्रतिस्पर्धामा
काठमाडौंमा ब्लूबुक कीर्ते गर्ने गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह
काठमाडौं । नेपाल प्रहरीले राजधानी काठमाडौँमा सवारीधनी दर्ता किताब (ब्लूबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लूबुक नदिन आग्रह गरेको छ । वास्तविक सवारीधनीको ब्लूबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना… Continue reading काठमाडौंमा ब्लूबुक कीर्ते गर्ने गिरोह सक्रिय, सचेत रहन प्रहरीको आग्रह
विश्व किसान संगठनको सञ्चालकमा नेपालका पाठक निर्वाचित
काठमाडौं । विश्व भरका किसानहरूको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को सञ्चालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित भएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षसमेत रहेका पाठक एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् । पाठकसहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना… Continue reading विश्व किसान संगठनको सञ्चालकमा नेपालका पाठक निर्वाचित
पशुपतिनाथको भेटी चोर्ने पाँच जना पुर्पक्षका लागि थुनामा
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण… Continue reading पशुपतिनाथको भेटी चोर्ने पाँच जना पुर्पक्षका लागि थुनामा
सांसदलाई प्रधानमन्त्रीको जवाफ -‘निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग… Continue reading सांसदलाई प्रधानमन्त्रीको जवाफ -‘निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन’
‘सानो लक्ष्यमा हार्नु पिच ब्याटिङका लागि च्यालेन्जिङ थियो’
काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अमेरिका र वेस्ट इन्डिजको पिच ब्याटिङका लागि च्यालेन्जिङ भएको बताएका छन्। स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले अन्तिम दुई खेलमा सानो लक्ष्यमा हार्नुमा टोलीको एक्सपेरियन्सलाई दोष दिएनन्। ‘हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, रोहितले भने। नेपालले दक्षिण अफ्रिकासँग एक सय १६ र बंगलादेशसँग एक… Continue reading ‘सानो लक्ष्यमा हार्नु पिच ब्याटिङका लागि च्यालेन्जिङ थियो’
आज कस्तो रहनेछ नेपालको मौसम ?
काठमाडौं । आज दिउँसो कोशी, मधेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका… Continue reading आज कस्तो रहनेछ नेपालको मौसम ?
भारतमा बाढी, कम्तिमा ३१ जना मारिए
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । भारतीय सञ्चारमध्यमका अनुसार मङ्गलबार राति आसामको मुख्य सहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्लाको बदरपुर क्षेत्रमा वर्षापछि आएको पहिरोमा परी एक नाबालकसहित पाँच जनाको मृत्यु भएको छ । असम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एएसडिएमए) ले बाढीका कारण… Continue reading भारतमा बाढी, कम्तिमा ३१ जना मारिए
मनाङ जाने सडकमा पहिरो, आवागमन अवरुद्ध
काठमाडौं । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका अनुसार खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सोही… Continue reading मनाङ जाने सडकमा पहिरो, आवागमन अवरुद्ध
यूरोकप : अल्वानियाले क्रोएसियालाई बराबरीमा रोक्यो
काठमाडौं । युरो २०२४ अन्तर्गत बुधबार भएको समूह बी को खेलमा क्रोएसिया र अल्वानियाले २–२ को रोमाञ्चक बराबरी खेलेका छन् । ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् । अल्वानियाले लगातार दोस्रो खेलमा सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । यसअघि इटली विरुद्ध अग्रता लिएर पनि अल्वानिया पराजित भएको थियो । दोस्रो खेलमा… Continue reading यूरोकप : अल्वानियाले क्रोएसियालाई बराबरीमा रोक्यो
दक्षिण अफ्रिकाले ‘सुपर- एट’मा अमेरिकालाई हरायो
काठमाडौं । दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकप २०२४ को पहिलो सुपर–८ खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए । गौसले यसअघि दक्षिण अफ्रिकाबाट यू–१९ क्रिकेट खेलेका थिए… Continue reading दक्षिण अफ्रिकाले ‘सुपर- एट’मा अमेरिकालाई हरायो
जर्मनी यूरोकपको अन्तिम १६ मा
काठमाडौं । आयोजक जर्मनी लगातार दोस्रो खेल जित्दै युरो २०२४ को अन्तिम १६ मा पुगेको छ । समूह ‘ए’अन्तर्गत बुधबार भएको खेलमा हंगेरीलाई २–० ले पराजित गर्द जर्मनी नकआउट चरण पुग्ने पहिलो टोली बनेको हो । दुई खेलबाट ६ अंकसहित जर्मनी समूह ‘ए’ को शीर्ष स्थानमा छ । स्टुटगार्ड एरेनामा भएको खेलमा जमाल मुसिएलाले २२औं… Continue reading जर्मनी यूरोकपको अन्तिम १६ मा
किम र पुटिनबीच के भयो सहमति ?
काठमाडौं । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसले कुनै एकविरुद्ध आक्रमण भएको अवस्थामा आपसी सहयोग प्रदान गर्दछ, बीसीसीले रुसी मिडिया रिपोर्टलाई उदृृत गर्दै लेखेको छ । उक्त… Continue reading किम र पुटिनबीच के भयो सहमति ?
मेलम्ची शुक्रबारबाट बन्द हुँदै
काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ। बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारा बन्द सम्भावना रहेको समितिले जनाएको… Continue reading मेलम्ची शुक्रबारबाट बन्द हुँदै
गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस
काठमाडौं । साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जुन यस वर्षको उच्च थियो । द गार्डियनको रिपोर्टका अनुसार मृत्यु हुनेमा ३ सय २३ जना इजिप्टका र ६०… Continue reading गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, तापक्रम ५१.८ डिग्री सेल्सियस
‘विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरे पूर्व राष्ट्रपतिको सेवा सुविधा के हुन्छ’ ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नविकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधान लिइरहन मिल्छ वा मिल्दैन भन्नेकुराको सरकारसँग जवाफ माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो । सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?’ ‘राज्यले… Continue reading ‘विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गरे पूर्व राष्ट्रपतिको सेवा सुविधा के हुन्छ’ ?
आईसीसी वरीयतामा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको छलाङ, केहीको अवस्था खस्कियो
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकप प्रतियोगिताको समूह चरणको खेल सकिएसँगै सार्वजनिक भएको वरीयतामा केही खेलाडीले लामो छलाङ मारेका छन् भने केहीको अवस्था खस्किएको छ । नयाँ वरीयताअनुसार अलराउन्डरतर्फ कुशल भुर्तेलले सबैभन्दा ठूलो छलाङ मारेका छन् । पहिलोपटक टप… Continue reading आईसीसी वरीयतामा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको छलाङ, केहीको अवस्था खस्कियो
स्वदेश फर्किए राष्ट्रपति पौडेल, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको एक साता लामो भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार विहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै राष्ट्रपति पौडेल सहितको भ्रमण टोली काठमाडौं आइपुगेको हो। राष्ट्रपति पौडेललाई स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री… Continue reading स्वदेश फर्किए राष्ट्रपति पौडेल, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत
‘नो भेहिकल जोन’को विरोधमा न्यूरोडका व्यापारी आन्दोलित
काठमाडौं । न्यूरोडका व्यापारीहरू सवारी निषेधित क्षेत्र (नो भेहिकल जोन)को विरोधमा आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने तयारी थालेपछि न्यूरोड क्षेत्रका व्यवसायीहरू बुधबार सडक प्रदर्शनमा उत्रिएका हुन् । व्यवसायीहरूले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले ‘प्राचिन व्यापारिक थलो मास्न पाइँदैन’, ‘से टु भेहिकल फ्री न्यूरोड’, ‘सवारी… Continue reading ‘नो भेहिकल जोन’को विरोधमा न्यूरोडका व्यापारी आन्दोलित
उत्तर कोरियाको राजधानी पुगे पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन स्थानीय समय अनुसार बुधवार बिहानका राति तीन बजे उत्तर कोरियाको राजधानी पुगेका छन्। उनलाई विमानस्थलमा उत्तर कोरियाली नेता किम जङ अनले स्वागत गरे । विमानस्थलमा अनले पुटिनलाई स्वागत गरेपछि दुवै नेताहरू एउटै गाडीमा पुटिनलाई राखिएको स्टेट गेस्टहाउसतर्फ लागेका थिए। सडकभरि रुसी राष्ट्रपतिको स्वागतमा उनका तस्बिरहरू राखिएका थिए। युक्रेनमा युद्ध… Continue reading उत्तर कोरियाको राजधानी पुगे पुटिन
स्वदेश फर्किदै राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै छन् । उनी जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९ः४५ बजे नेपाल फर्कने कार्यक्रम छ । राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गरे । भ्रमण दलमा प्रथम महिला… Continue reading स्वदेश फर्किदै राष्ट्रपति
कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति-पत्नीलाई कानुनी मान्यता दिने तयारी
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी नागरिकका गैरकाकानुनी रुपमा बसिरहेका पति–पत्नीहरूलाई कानुनी मान्यता दिने नीति घोषणा गर्ने भएका छन् । राष्ट्रपति निर्वाचनमा आप्रवासीहरूको मत समेत ठूलो प्रभावी हुने भएकाले चुनाव अघि नै बाइडेनले उनीहरूको सहानुभूति प्राप्त गर्न यो नीति ल्याउने लागेका हुन् । यो नीति घोषणा भएपछि अमेरिकी नागरिकका ५ लाखभन्दा बढी पति–पत्नी र… Continue reading कागजात नभएका अमेरिकी नागरिकका आप्रवासी पति-पत्नीलाई कानुनी मान्यता दिने तयारी
पोर्चुगलको पुनरागमन जितले टार्यो हार, रोनाल्डोले राखे कीर्तिमान
काठमाडौं । फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी टाइममा गोल गरेपछि पोर्चुगलले युरो २०२४ को पहिलो खेलमा चेक रिपब्लिक विरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । लाइपजिग स्थित रेडबुल एरेनामा भएको खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले लगतार छैटौं संस्करण युरो खेल्दै कीर्तिमान बनाउँदा पोर्चुगलले विजयी सुरुआत गर्यो । सन् २०१६ को च्याम्पियन विजेता पोर्चुगलले फेरि उपाधि जित्ने… Continue reading पोर्चुगलको पुनरागमन जितले टार्यो हार, रोनाल्डोले राखे कीर्तिमान