काठमाडौं । मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ । केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति गर्नका लागि यही असार ३१ गतेदेखि ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । एनालग प्रविधिमा रहेको केबलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालीका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । डिजिटल प्रणालीमा… Continue reading मनकामना केवलकार ५० दिन बन्द हुने
Category: फिचर
अनलाइनबाट जुवा खेलाउने ६ युवा पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनलाइनमार्फत् जुवा खुलाउने काम गर्दै आएका छ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, सिद्धार्थनगर–६ का २२ वर्षीय अभिषेक जैसवाल, ओमसतिया–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी, सैनामैना–८ का २८ वर्षीय प्रतिक बस्याल… Continue reading अनलाइनबाट जुवा खेलाउने ६ युवा पक्राउ
प्रधानमन्त्ती प्रचण्ड र सिपिपिसिसीका उपाध्यक्षबीच भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आइतबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका… Continue reading प्रधानमन्त्ती प्रचण्ड र सिपिपिसिसीका उपाध्यक्षबीच भेट
भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आइतबार अधिवक्ता विमल पोखरेलले सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । मन्त्रिपरिषद्को जेठ २४ गतेको बैठकले आगामी आवदेखि सामाजिक सुरक्षा भत्ता लिन २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय… Continue reading भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
तराई अझै केही दिन ‘अत्यधिक’ गर्मी, ६ गतेसम्म तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (असार ३ देखि असार ६ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभागले आइतवार विशेष बुलेटिन निकालेर मध्य र पश्चिम तराईका भूभागमा आउँदा केही दिन अझै ‘अत्यधिक’ गर्मीको सम्भावना रहेकाले सचेत रहन आग्रह… Continue reading तराई अझै केही दिन ‘अत्यधिक’ गर्मी, ६ गतेसम्म तातो लहरको चेतावनी
विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन
काठमाडौं । विगतका वर्षहरुमा जस्तै चालु चालु आर्थिक वर्ष २०८०/८१ मा पनि पूँजीगत (विकास) खर्चको अवस्था दयनीय रहेको छ । चालु आवको ११ महिना बितिसक्दा आधा पनि बजेट खर्च हुन नसकेको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म पूँजीगत खर्च ४४.६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२.६… Continue reading विकास खर्चको अवस्था दयनीय, ११ महिनामा आधा बजेट पनि खर्च भएन
दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५. २५ विन्दुमा पुगेको हो । यसदिन ३१७ कम्पनीको ५ अर्ब ४७ करोड २२ लाख ४७ हजार ५५१ रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा… Continue reading दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
मेयर बालेनले भने- ‘नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू’
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नगरसभा बैठकमा दलको प्रतिनिधित्व गरेर नआउन भनेका छन् । आर्थिक वर्ष २०८१/८२ वर्षको जेठ ३२ गते प्रस्तुत भएको नगरको नीति तथा कार्यक्रमको विषयमा छलफल गर्न बोलाइएको बैठक नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले बहिस्कार गरेपछि प्रमुख शाहले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘३ जना… Continue reading मेयर बालेनले भने- ‘नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू’
कवाड हटाउने निर्णयको विरोध गर्दै व्यवसायी सडकमा
काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । कवाड हटाउने निर्णयको विरोध गर्दै कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरिएको हो । आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले चक्रपथभित्रका कवाड हटाउने निर्णय गरिएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् । काठमाडौं… Continue reading कवाड हटाउने निर्णयको विरोध गर्दै व्यवसायी सडकमा
पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए
काठमाडौं । पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिएका छन्। कास्कीको पोखरा महानगरपालिका-३३, बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खाल्डो खनिएको थियो। बरपौवाका नौ वर्षीय गणेश विक असार १ गते बेलुका ५ बजे खाल्डोमा खसेका थिए। स्थानीय बासिन्दाले उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो। सशस्त्र बलको नं. २४ कालिका… Continue reading पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए
११ महिनामा भित्रियो ४४ अर्ब एफडीआई
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा ४४ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई० प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३५९ परियोजनामार्फत ४४ अर्ब ४० करोड रुपियाँ प्रतिबद्धता आएको हो । विदेशी लगानीमा सञ्चालित उद्योगबाट दुई हजार ३२३ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । गत वर्षको… Continue reading ११ महिनामा भित्रियो ४४ अर्ब एफडीआई
थाइ–नेपाल मैत्रीसङ्घ गठन
काठमाडौं । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध, सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले थाइ–नेपाल मैत्रीसङ्घ गठन भएको छ । दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना भएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित रहेको बैङ्ककस्थित नेपालको राजदूतावासले जनाएको छ । त्यस अवसरमा नेपाली राजदूत… Continue reading थाइ–नेपाल मैत्रीसङ्घ गठन
जर्मनी पुगे राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका छन् । उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी पुगेका हुन् । उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका छन् । राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति… Continue reading जर्मनी पुगे राष्ट्रपति पौडेल
यूरोकपमा स्पेनको सानदार जित
काठमाडौं । तीन पटकको विजेता स्पेनले युरो २०२४ मा सानदार सुरुवात गरेको छ । समूह बीअन्तर्गत शनिबार राति भएको पहिलो खेलमा क्रोएसियालाई ३–० ले हरायो । बर्लिनस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा स्पेनले पहिलो हाफमै तीन गोल गरेको हो । कप्तान अल्भारो मोराटाले खेलको २९औं मिनेटमा गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । ३२औं मिनेटमा… Continue reading यूरोकपमा स्पेनको सानदार जित
अल्वानियाले गर्यो इतिहासकै छिटो गोल, तर खेल हार्यो
काठमाडौं । अल्वानियाले युरो इतिहासमै सबैभन्दा छिटो गोल गरेको खेलमा साविक विजेता इटलीले पुनरागमन जित निकाल्दै युरो २०२४ मा विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गत डर्टमण्डको सिग्नल इडुना पार्कमा भएको खेलमा इटलीका लागि बात्सोनी र निकोलस बरेलाले गोल गरे । त्यसअघि खेल सुरु भएको २३ सेकेण्डमा अल्वानियाका नेदिम बाजरामीले गोल गर्दै युरोमा सबैभन्दा… Continue reading अल्वानियाले गर्यो इतिहासकै छिटो गोल, तर खेल हार्यो
आज काठमाडौंमा सबैभन्दा तातो दिन रेकर्ड
काठमाडौं । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा बढी तापक्रम रेकर्ड भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन भएको छ । आजको अधिकतम तापक्रम यो वर्षकै सबैभन्दा धेरै हो । जेठ १७ गते काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो। काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा… Continue reading आज काठमाडौंमा सबैभन्दा तातो दिन रेकर्ड
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपालय वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो
यूरोकपमा जर्मनीको सानदार सुरुवात
काठमाडौं । आयोजक जर्मनीले युरो–२०२४ मा सानदार सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा समूह ए मा रहेको जर्मनीले स्कटल्याण्डलाई ५–१ ले हराउन सफल भयो । म्युनिखस्थित एलिएन्ज उरेनामा भएको खेलमा जर्मनीका लागि पाँच फरक खेलाडीले गोल गरे । खेलको दशौं मिनेटमै फ्लोरियन विट्जले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जमाल मुसिएलाले… Continue reading यूरोकपमा जर्मनीको सानदार सुरुवात
अमेरिका सुपर ८ मा पुग्दा पाकिस्तान अभागी सावित
काठमाडौं । घरेलु टोली अमेरिका आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुगेको छ । शुक्रबार आयरल्यान्ड र अमेरिकाबीच खेल फ्लोरिडामा वर्षाको कारण हुन नसकेपछि १(१ अंक बाँडेका हुन् । समूह ए बाट अमेरिका ४ खेलमा २ मा जित र १ मा हारसहित ५ अंकका साथ दोस्रो स्थानमा छ रह्यो । भारत ३ खेलमा ३… Continue reading अमेरिका सुपर ८ मा पुग्दा पाकिस्तान अभागी सावित
दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर पनि हार्यो नेपाल
काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले हारेको छ । योसँगै नेपालको सुपर ८ यात्रा रोकिएको छ । नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन हाने । दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले… Continue reading दक्षिण अफ्रिकासँग जितको नजिक पुगेर पनि हार्यो नेपाल
बलियो प्रतिस्पर्धी दक्षिण अफ्रिकासँग भिड्न नेपाल तयार
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आइसिसी टी(२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘डी’ अन्तर्गत नेपालले शनिबार टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाको सामना गर्दैछ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ। नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्न लागेको हो। नेपाललाई विश्वकपको दोस्रो चरणमा… Continue reading बलियो प्रतिस्पर्धी दक्षिण अफ्रिकासँग भिड्न नेपाल तयार
रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत
काठमाडौं । संसारका सबैभन्दा धनी राष्ट्रहरूको समूह जी७ (जीसेभन) ले रोक्कामा राखिएको रुसी सम्पत्तिबाट रुसी सेनासँग लड्न सघाउन युक्रेनलाई ५० अर्ब डलर उपलब्ध गराउने सहमति गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त निर्णय रुसलाई हामी पछाडि हट्ने छैनौ भनेर सम्झना दिलाउने अर्को कदम हुने बताए। तर मस्कोले प्रत्युत्तर दिन ूनिकै पीडादायी’ कदम चाल्ने चेतावनी दिएको… Continue reading रुसी रोक्का सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब डलर दिन जी ७ राष्ट्र सहमत
बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरी हत्या
काठमाडौं । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरी हत्या भएको छ । गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो ।… Continue reading बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरी हत्या
सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू, सर्वसाधारणलाई प्रवेशमा सहज
काठमाडौं । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ । ई–गेट पास प्रणाली लागूभए सँगै सिंहदरबार प्रवेश गर्न चाहनेले सम्बन्धित निकायमा अनुरोध गरेपछि पास स्वीकृत हुनसक्ने व्यवस्था छ । अनुरोध स्वीकृत भएपछि कोड देखाएर सेवाग्राही सिंहदरबार प्रवेश गर्न सक्नेछन्… Continue reading सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू, सर्वसाधारणलाई प्रवेशमा सहज
असार ३ गते सार्वजनिक बिदा
काठमाडौं । सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो। सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक… Continue reading असार ३ गते सार्वजनिक बिदा
सञ्चालनमा आयो तेस्रो ठूलो हेटौंडा सबस्टेसन, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४०० केभीको हेटौंडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौंडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङमा निर्मित सो सबस्टेसनको उद्घाटन गरेका हुन् । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौडा –११ थानाभर्याङमा ४०० केभी हेटौडा सबस्टेसन निर्माण कार्य… Continue reading सञ्चालनमा आयो तेस्रो ठूलो हेटौंडा सबस्टेसन, प्रधानमन्त्रीबाट उद्घाटन
दुई नाबालक छोरासहित आमा घरभित्रै मृत फेला
काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा दुई नाबालक छोरासहित आमा घरभित्रै मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार वडा नम्बर ३ की अञ्जली बेस्रा छोराहरू ८ वर्षीय विशाल र २ वर्षीय आयुष बेस्रासहित मृत फेला परेकी हुन् । आमा झुन्डिएको अवस्थामा भेटिएकी छन् भने छोराहरु ओछ्यानमा मृत अवस्थामा फेला परेका छन्। घरभित्र बान्तासमेत गरेको देखिएकाले… Continue reading दुई नाबालक छोरासहित आमा घरभित्रै मृत फेला
पूर्वी नेपालमा वर्षाको वितण्डा, पश्चिममा हिटवेभ
काठमाडौं । देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा पर्सि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । चार दिनअघि भित्रिएको मनसुन पूर्वी क्षेत्रमै सीमित हुँदा… Continue reading पूर्वी नेपालमा वर्षाको वितण्डा, पश्चिममा हिटवेभ
कावासोतीमा नाली खन्ने क्रममा तीन मजदुरको पुरिएर ज्यान गयो
काठमाडौं । नवलपरासी बर्दघाट सुस्तापूर्व कावासोतीमा नाला बनाउनको लागि खाल्डो खन्ने क्रममा पुरिएर तीन जना मजदूरको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका २ को फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासका लागि खनेको खाल्डोमा काम गरिरहेका तीन जना महिला मजदुरको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । ढल निकासीको ह्यूम पाइप राख्न निर्माणाधीन नालामा… Continue reading कावासोतीमा नाली खन्ने क्रममा तीन मजदुरको पुरिएर ज्यान गयो
यूरोकप आजबाट सुरु, जर्मनी र स्कटल्याण्ड भिड्दै
काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो(२०२४ शुक्रबारदेखि सुरु हुँदैछ र त्यसको पहिलो खेलमा भिड्ने छन्, आयोजक जर्मनी र स्कटल्यान्ड । एलिनाज एरेनामा हुने खेलसँगै एक महिना लामो प्रतियोगिता सुरु हुनेछ । युरोकपमा कूल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् र उनीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । साविक विजेता इटली र स्पेन एकै समूहमा परेका… Continue reading यूरोकप आजबाट सुरु, जर्मनी र स्कटल्याण्ड भिड्दै