दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौँ, १ जेठ : राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै महालेखा परीक्षक तोयम राया । तस्बिर : प्रदिपराज वन्त/रासस

काठमाडौँ, २ जेठः महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव दिएको छ । आन्तरिक उत्पादन, रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्न आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अवलम्बन गर्नुपर्ने कार्यालयको सुझाव छ ।कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनअनुसार वैश्विक आर्थिक अस्थिरता, प्राकृतिक विपद् तथा बाह्य जोखिमका सम्भावित प्रभावलाई ध्यानमा राखी… Continue reading दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार

काठमाडौँ, २ जेठः सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ । सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए । उनी रूखमा अड्किएको सूचना प्राप्त भएपश्चात् सशस्त्र प्रहरी नं ७ वैद्यनाथ… Continue reading कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार

चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धिको योजना

काठमाडौँ, २ जेठः सरकारले चिनीमा परनिर्भर हुनुपर्ने विद्यमान अवस्था अन्त्यका लागि उन्नत जातका उखुमार्फत उत्पादन वृद्धिको योजना अघि सारिएको स्पष्ट पारेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयमार्फत नेपालमा सञ्चालित चिनी उद्योगको उत्पादन क्षमता अभिवृद्धिका लागि सबै पक्षको समन्वयमा किसानलाई उखु खेतीमा आधुनिक प्रविधिको प्रयोगका सम्बन्धमा सहजीकरण गर्ने तयारी भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले… Continue reading चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धिको योजना

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, भय र त्रास सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सुर्खेत घर भई काठमाडौँको शङ्खमुल बस्ने वर्ष २२ का प्रकाश खड्कालाई पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले… Continue reading प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न

file

काठमाडौँ, २ जेठः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितका कर्मचारीलाई सञ्चालकका रूपमा एकभन्दा बढी सहायक कम्पनीमा प्रतिनिधित्व गराइएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । प्राधिकरणले विभिन्न कम्पनी स्थापना गरी सञ्चालन गर्दै आएको छ । ती कम्पनीमा कार्यकारी निर्देशक अध्यक्ष रहने व्यवस्था छ । उच्च तहका कर्मचारी सञ्चालकका रूपमा कार्यरत छन् । त्यसरी सञ्चालक नियुक्ति गर्दा नेपाल… Continue reading प्राधिकरणका कर्मचारी अन्य कम्पनीमा सञ्चालक बनेकामा महालेखापरीक्षकको प्रश्न

अमेरिकामाथि नेपालको सहज जित

काठमाडौँ, २ जेठः आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु शुङ्खलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल नौ विकेटले विजयी भएको हो । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नटआउट… Continue reading अमेरिकामाथि नेपालको सहज जित

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

नवीन पौडेल–राससकाठमाडौँ, २ जेठः हरियाली डाँडाकाँडा, ढुङ्गाले बनेका र छाएका परम्परागत घर, खेतबारीमा व्यस्त स्थानीय र गुरुङ संस्कृतिको जीवन्त पहिचान बोकेको लमजुङको भुजुङ गाउँ पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । सदरमुकाम बेँसीसहरबाट करिब ३२ किलोमिटर उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटर उचाइमा अवस्थित… Continue reading लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

जलेश्वर ९महोत्तरी०, २ जेठस् महोत्तरीको जलेश्वर नगरपालिका ९१ स्थित जलेश्वरनाथ महादेव मन्दिरमा शनिबार बिहान वरको रूख पूजा गरेर बट सावित्री पर्व मनाउँदै महिलाहरू । तस्बिर स् सञ्जीतकुमार मण्डल र रासस

राससमहोत्तरी, २ जेठः मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । वटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी (मिथिलाका महिला) आआफ्ना बस्तीका वटवृक्ष (वरको रुख) नजिक जम्मा भएर सामूहिक रुपमा मनाउँछन् । नयाँनयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको… Continue reading आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका भिड्दै

काठमाडौँ, २ जेठः आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल जारी छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर बोर्डमा १९५ रन जोडेको छ । अब नेपालले जितका लागि १९६ रनको लक्ष्य पाएको छ । अमेरिकाका लागि… Continue reading आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र अमेरिका भिड्दै

केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

काठमाडौँ, २ जेठः हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र… Continue reading केही स्थानमा मध्यमस्तरको वर्षादेखि हुरीको सम्भावना

भक्तपुरमा आमा-हजुरआमाले गरे एसईई उत्तिर्ण

भक्तपुर, २ जेठः पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छिन् । उमेरमा गाउँघर, विवाह, छोराछोरी हुर्काउनेलगायतका विभिन्न कारणले पढाइको चाहनालाई बिचमै छाडेकी राईले यसवर्ष ६० वर्षको उमेरमा मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयले पुरा गरिदिएको छ । अधूरो शिक्षालाई… Continue reading भक्तपुरमा आमा-हजुरआमाले गरे एसईई उत्तिर्ण

पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन (चितवन), २ जेठः तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘लिडार स्पिड गन’ प्रयोग गर्न थालेको छ । जोखिमपूर्ण मानिएको रामनगर–जुगेडी क्षेत्रको जङ्गल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र… Continue reading पूर्व–पश्चिम राजमार्गमा तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

बाख्रा चराउन गएका महिलाहरुमाथि कुटपिट गरी सुन लुटपाट

file

राँझा (बाँके), २ जेठः बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ । अज्ञात समुहले शुक्रबार राप्तीसोनारी–३ बैशा र नवलपुर गाउँका ५५ वर्षीया बिसमति थारु, सोही ठाउँकी ५५ वर्षीया श्यामकुमारी थारु, ६५ वर्षीया मङ्गरी थारु, ५५ वर्षीया रामकलिया थारु र ४५ वर्षीया गौरी… Continue reading बाख्रा चराउन गएका महिलाहरुमाथि कुटपिट गरी सुन लुटपाट

कङ्गोमा फेरि फैलियो इबोला

FILE - A health worker sprays disinfectant on his colleague after working at an Ebola treatment center in Beni, eastern Congo, Sept 9, 2018. (AP Photo/Al-hadji Kudra Maliro, File)

किन्शासा, २ जेठ (रासस–एपी) । कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार हालसम्म २४६ वटा संदिग्ध सङ्क्रमण देखिएको छ भने कम्तीमा ६५ जनाको मृत्यु भइसकेको छ । सीमित स्वास्थ्य पहुँच, असुरक्षा र सीमापार आवागमनका कारण रोग अझ फैलिन सक्ने जोखिम बढेको भन्दै… Continue reading कङ्गोमा फेरि फैलियो इबोला

ट्रम्प–सीबीच व्यापार सहमति

President Donald Trump gestures as he boards Air Force One, Friday, May 15, 2026, at Beijing Capital International Airport in Beijing. (AP Photo/Mark Schiefelbein)

बेइजिङ, २ जेठ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गरेका छन् । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई ‘धेरै सफल’ भएको प्रतिक्रिया दिए । बेइजिङमा आयोजित महाशक्ति शिखर सम्मेलनको अन्तिम… Continue reading ट्रम्प–सीबीच व्यापार सहमति

नयाँ भवनमा इतिहास झल्काउँदै रुपा

राससगण्डकी, २ जेठ । कास्की जिल्लाको पाँचवटा पालिकामध्ये क्षेत्रफलको हिसाबमा सबैभन्दा सानो गाउँपालिका रुपा हो । प्राकृतिक सौन्दर्यता र मौलिक पहिचानले समृद्ध रुपाले अहिले विकाससँगै इतिहास संरक्षणको नयाँ अभ्यास थालेको छ । विगतमा स्थानीय तह पुनःसंरचनपछि साविक गाविसहरूको पहिचान हराउँदै गएको गुनासो बढिरहेको वर्तमान अवस्थामा गाउँपालिकाले पुराना नाम र इतिहासलाई जीवन्त राख्ने लक्ष्यका साथ नयाँ… Continue reading नयाँ भवनमा इतिहास झल्काउँदै रुपा

जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

file

काठमाडौँ, १ जेठ । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज रु ५५ अर्ब चार करोड ७८ लाख बराबर पुगेको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि… Continue reading जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो

राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो

काठमाडौँ, १ जेठ । सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा रु पाँच खर्ब चार अर्ब ५५ करोडबराबर लगानी भएको छ । त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न… Continue reading राष्ट्रिय गौरवका आयोजनाको लागत २४ खर्ब १५ अर्ब पुग्यो

स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो

काठमाडौँ, १ जेठ : राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै महालेखा परीक्षक तोयम राया । तस्बिर : प्रदिपराज वन्त/रासस

काठमाडौँ, १ जेठ । स्थानीय तहको बेरुजु रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख पुगेको छ । आर्थिक वर्ष २०८०–८१ सम्मको कुल बेरुजु रु दुई खर्ब नौ अर्ब २८ करोड ९१ लाख रहेकामा आव २०८१–८२ को बेरुजु रु १९ अर्ब चार करोड ७७ लाखसमेत गरी बाँकी रु दुई खर्ब २० अर्ब ४७ करोड… Continue reading स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, अधिकांश नीतिगत व्यवस्था यथावत

सुबास ढुंगाना/रासस

काठमाडौँ, १ जेठ स्।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थालाई यथावत राखेको जनाएको छ । बैंकले विदेशी विनिमय सञ्चिति र मुद्रास्फीति लक्ष्यअनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको सुरुदेखि अवलम्बन गरिएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको… Continue reading मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, अधिकांश नीतिगत व्यवस्था यथावत

दोस्रो आर्थिक गणनाः वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौँ, १ जेठः राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति भएको जनाएको छ । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म जारी उक्त गणनामा लिइएको लक्ष्यअनुसार प्रगति भएको हो । देशभर सात लाख १२ हजार व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिएको आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिए… Continue reading दोस्रो आर्थिक गणनाः वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ, १ जेठः राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथिको प्रतिबन्ध आज फुकुवा गरेको छ । एन्फाका प्रवक्ता सुरेश साहले राखेपको निलम्बन बिनाशर्त फुकुवा गरेको जानकारी दिए । उनले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका प्रमुख खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राईलगायतले आज छलफल गरेपछि राखेपले निशर्त… Continue reading एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

नयाँ दिल्लीमा अब सातामा दुई दिन ‘घरबाट सेवा’ लागू

१ जेठ, नयाँ दिल्ली । दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको अनुकुलता अनुसार घरबाटै काम गर्ने प्रणाली लागू गर्न आदेश दिएकी छिन् । निजी कम्पनीलाई पनि त्यसो गर्न आग्रह गरिने निर्णयमा उल्लेख गरिएको छ । निर्णयअनुसार सरकारले अब सार्वजनिक कार्यालयका ५० प्रतिशत बैठक अनलाइन माध्यमबाट गर्नुपर्नेछ । उनले भनिन्, “सरकारले केन्द्र सरकार र… Continue reading नयाँ दिल्लीमा अब सातामा दुई दिन ‘घरबाट सेवा’ लागू

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

काठमाडौँ, १ जेठ : राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै महालेखा परीक्षक तोयम राया । तस्बिर : प्रदिपराज वन्त/रासस

काठमाडौँ, १ जेठ । मुलुकको कूल बेरुजु रकम रु सात खर्बमाथि पुगेको छ । महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमा बेरुजु रकम रु सात खर्ब ५५ अर्ब बराबर पुगेको उल्लेख छ । महालेखारपीक्षकको कार्यालयले आव २०८१–८२ मा सङ्घीय, प्रदेश , स्थानीय तह, सङ्गठित संस्था र सङ्घीय कानुनद्वारा तोकिएका… Continue reading सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

रूसी जेलमा पछिल्लो पाँच बर्षमा कैदीको सङ्ख्या करिब दुई लाख घट्यो

मस्को, १ जेठ । रुसमा पाँच वर्षमा कैदीहरूको सङ्ख्या एक लाख ८० हजारभन्दा बढीले घटेको रुसी जेल प्रमुखले बिहीबार दिएको तथ्याङ्कमा उल्लेख छ ।मस्कोले युक्रेनमा लडाइँ लड्न कैदीहरूलाई पठाएको कारण कैदीबन्दीको सङ्ख्या घटेको हो । चार वर्षको युद्धमा रूसले कैदीहरूलाई युक्रेनमा लड्न र उनीहरूको सजायको अवधि मिनाह गर्न सेनासँग करार प्रस्ताव गरेको छ। सोभियत श्रम… Continue reading रूसी जेलमा पछिल्लो पाँच बर्षमा कैदीको सङ्ख्या करिब दुई लाख घट्यो

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

VANCOUVER, CANADA - JULY 26: FIFA World Cup Trophy is displayed at Grouse Mountain on July 26, 2024 in Vancouver, Canada. (Photo by Ethan Cairns/Getty Images for FIFA)

वासिङ्टन, १ जेठ, (रासस–एएफपी) । आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रण कडा बनाउने नीति निरन्तर अघि बढाइरहेका बेला विश्वकप प्रतियोगितालाई सफल बनाउन विशेष छुटको व्यवस्था गरिएको हो । अमेरिकी… Continue reading विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

माल्दिभ्समा स्कुबा दुर्घटना, इटालीका पाँच नागरिकको मृत्यु

bbc

रोम, १ जेठ, रासस–एएफपी । इटालीको विदेश मन्त्रालयले बिहीबार माल्दिभ्समा ‘स्कुबा डाइभिङ’ का क्रममा भएको दुर्घटनामा पाँच इटालेलीको मृत्यु भएको जनाएको छ । स्कुबा डाइभिङ यात्राका क्रममा भएको दुर्घटनामा परी मालदिभ्सको भाभु अटोलमा इटालीका पाँच नागरिकको मृत्यु भएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, “गोताखोरले पानीको सतहदेखि करिब ५० मिटरको… Continue reading माल्दिभ्समा स्कुबा दुर्घटना, इटालीका पाँच नागरिकको मृत्यु

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ, १ जेठः थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एशिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा मोङकोलनाभिन सँग बिहीबार भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूले नेपाल र थाइल्यान्डबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षालगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई… Continue reading नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

काठमाडौँ, १ जेठः दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय परिवार दिवस मनाइँदैछ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारीस्वरुप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ । सन् १९८० को दशकदेखि परिवारसँग सम्बन्धित विषयमा… Continue reading अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १ जेठः हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही… Continue reading पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना