कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

file

काठमाडौँ, ३१ वैशाखः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको बाँकेको चिसापानी क्षेत्रमा १३२ केभी क्षमताका दुई वटा विद्युत् प्रसारण टावर ढलेपछि कर्णाली प्रदेशमा उत्पन्न विद्युत् सङ्कटप्रति चासो व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले बुधबार क्षतिग्रस्त टावरको मर्मतसम्भार र घटनाको छानबिन प्रक्रियालाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिए । हावाहुरीका कारण रूख… Continue reading कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

काठमाडौँ, ३१ वैशाखः उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ । यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले… Continue reading काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

काठमाडौँ, ३० वैशाखः कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्यले मूल्य सिफारिस गरेको हो । किसानको जमिनको उत्पादन लागत, प्रति एकाइ धानको उत्पादनमा लाग्ने खर्च तथा बीउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको… Continue reading वैज्ञानिक आधारमा धानको मूल्य सिफारिस

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

file

काठमाडौँ, ३० वैशाख । सन् २०२६ को वसन्तऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका क्रममा पाँच जनाको मृत्यु भएको छ । पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले आज विज्ञप्ति जारी गरी सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा र मकालु हिमालमा पाँच आरोही तथा गाइडको मृत्यु भएको जानकारी दिए । विभागका अनुसार यही वैशाख २० गतेदेखि हालसम्म पाँच… Continue reading विभिन्न हिमालमा पाँच जनाको मृत्यु

विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ, ३० वैशाख । वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरुङ… Continue reading विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

RSS

काठमाडौँ, ३० वैशाखः प्रतिनिधिसभाको तेस्रो बैठकमा पनि विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बिहीबार बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरुले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’ को माग गरेका थिए । पटकपटक बैठक बसे पनि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि अर्को बैठक बिहीबार बिहान ११ः०० बजे बस्नेगरी… Continue reading प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनअघि गरेको र वाचापत्रअनुसार नीति तथा कार्यक्रम संसद्मा पेस भएको बताउँदै त्यसअनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिए । कान्तिपुर मिडिया ग्रुपले आज यहाँ आयोजना गरेको कान्तिपुर ‘इकोनमिक समिट’लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्रीले सुशासनलाई पहिलो कार्यसूचीमा राखिएको तथा आर्थिक उन्नयनलाई… Continue reading ‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

सङ्घीय मन्त्रालयको सङ्ख्या १८ कायम

काठमाडौँ, ३० वैशाखः प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पु¥याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको हो । प्रधानमन्त्री… Continue reading सङ्घीय मन्त्रालयको सङ्ख्या १८ कायम

आइसिसी टि–ट्वान्टी विश्व वरियताः दीपेन्द्र चौथो स्थानमा

काठमाडौँ, ३० वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी टि–ट्वान्टी विश्व वरियताको अलराउन्डरतर्फ चौथो स्थानमा यथावत रहेका छन् । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र चौथो स्थानमा यथावत रहेका हुन् । वरियताअनुसार दीपेन्द्रको २४५ रेटिङ अङ्क छ । उक्त विश्व वरियतामा जिम्बाबेका सिकन्दर रजा ३२८ अङ्कसहित शीर्ष स्थानमा रहेका छन् । त्यस्तै… Continue reading आइसिसी टि–ट्वान्टी विश्व वरियताः दीपेन्द्र चौथो स्थानमा

घरको छतसहित खसेर दुई जनाको मृत्यु

बरहथवा (सर्लाही), ३० वैशाखः सर्लाहीको मलङ्गवामा घरको छतसहित खसेर दुई जनाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१० स्थित रञ्जित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो । पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र… Continue reading घरको छतसहित खसेर दुई जनाको मृत्यु

नुवाकोटमा दुई दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला

त्रिशूली (नुवाकोट), ३० वैशाख । यहाँको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको हत्या गरेर किम्ताङ खोलामा लुकाएको अवस्थामा शव फेला परेको हो ।… Continue reading नुवाकोटमा दुई दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला

अनलाइन जुवामार्फत कारोबार गर्ने तीन जना पक्राउ

कर्णाली, ३० वैशाखः अनलाइन जुवा सट्टेबाजी खेलाएर विभिन्न बैंकमा खाता खोली ठगीमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले एक शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त ठगीमा संलग्न पञ्चपुरी नगरपालिका–९ सुर्खेतमा शिक्षक पेसा गरी बस्ने ३९ वर्षीय महेन्द्रकुमार बोहोरा, व्यापारी ४२ वर्षीय यामलाल विक र होटल व्यवसायी ४६ वर्षीय डम्बर विकलाई… Continue reading अनलाइन जुवामार्फत कारोबार गर्ने तीन जना पक्राउ

जलस्रोत सम्बन्धी छाता कानून ल्याउँदै सरकार

२९ वैशाख, काठमाडौं । सरकारले जलस्रोतको व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरूप व्यवस्थित गर्न नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक, २०८३’ को मस्यौदा परिमार्जन कार्य पूरा गर्दै स्वीकृतिका लागि अघि बढाउने तयारी गरेको हो । हाल कार्यान्वयनमा रहेको जलस्रोत ऐन, २०४९ लाई प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले… Continue reading जलस्रोत सम्बन्धी छाता कानून ल्याउँदै सरकार

विद्यालय बाहिर रहेका सात लाख बालबालिकालाई समेट्न सांसदको माग

काठमाडौँ, वैशाख २९ गते । प्रतिनिधि सभाका सदस्यले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन् । मङ्गलवार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदले अझै पनि लाखौँ बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेको भन्दै उनीहरूलाई कक्षाकोठामा ल्याउन सरकारको प्रभावकारी कदम आवश्यक रहेको बताएका हुन् । बैठकमा राष्ट्रिय… Continue reading विद्यालय बाहिर रहेका सात लाख बालबालिकालाई समेट्न सांसदको माग

संसदमा कांग्रेसको माग : राष्ट्रपतिको स्वास्थ्य परीक्षण गराई जानकारी देउ

२९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला सोमबार संसद बैठक छाडेर बीचैमा हिँडेका प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्था परीक्षण गरी जानकारी गराइयोस् भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर व्यंग्यात्मक शैलीमा प्रश्न उठाए । राष्ट्रपतिले… Continue reading संसदमा कांग्रेसको माग : राष्ट्रपतिको स्वास्थ्य परीक्षण गराई जानकारी देउ

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

काठमाडौँ, वैशाख २९ गते । अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ ।आज यहाँ आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएका विभागले जानकारी दिएको हो । प्रणालीमा ९४ वटा होटेल मात्र आबद्ध भएका… Continue reading पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ‘ट्र्याकिङ’मा

नेपाल–भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

काठमाडौँ, वैशाख २९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल सरकार र भारत सरकारबीच सम्पन्न फौजदारी मामिलामा पारस्परिक कानूनी सहायतासम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश गरेकी छिन् । नेपाल सरकार र भारत सरकारबीच २०८२ फागुन ५ गते नेपाल सन्धि ऐन, २०४७ को दफा ६ बमोजिम सम्पन्न भएको एग्रिमेन्ट बिट्विन द गभर्मेन्ट अफ नेपाल… Continue reading नेपाल–भारत पारस्परिक कानूनी सहायता सम्झौता प्रतिनिधि सभामा पेश

आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता

काठमाडौँ, वैशाख २९ गते । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेका वाचापत्र, शासकीय सुधार र सरकारको नीति तथा कार्यक्रममा केन्द्रित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुने बताएका छन् । सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थसमितिको आजको बैठकमा उनले आगामी आवको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भए पनि सरकारले… Continue reading आगामी आवको बजेटमा यी हुन् अर्थमन्त्रीका प्राथमिकता

हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त

काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् । सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा राष्ट्रपतिले राईलाई पदमुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५… Continue reading हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त

अर्घाखाँचीमा बस दुर्घटना : चार जनाको मृत्यु

file

अर्घाखाँची, वैशाख २९ गते । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा मङ्गलवार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं… Continue reading अर्घाखाँचीमा बस दुर्घटना : चार जनाको मृत्यु

विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

काठमाडौँ, वैशाख २९ गते । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको पहिलो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले स्तब्ध बन्यो । वर्षाले प्रभावित खेलमा जितका लागि दुई सय २१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ३९ ओभरमा सात विकेटको क्षतिमा दुई सय १८ रनमा समेटियो ।… Continue reading विश्वकप लिग–२ : नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित

अमेरिकी राष्ट्रपति ट्रम्प यसै साता चीन भ्रमणमा जाँदै

(AP Photo/Evan Vucci)

बेइजिङ, वैशाख २८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम तय भएको बेइजिङले सोमबार पुष्टि गरेको छ । वासिङ्टन र बेइजिङबिच भन्सार महशुलदेखि मध्यपूर्व युद्ध र चीनले आफ्नो भूभागको रूपमा दाबी गरेको ताइवानसम्मका प्रमुख मुद्दाहरूलाई हेर्ने दृष्टिमा विवाद छ । राष्ट्रपति ट्रम्पले मार्चको अन्त्य वा अप्रिलको शुरुमा… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्प यसै साता चीन भ्रमणमा जाँदै

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

File : President Donald Trump waves as he boards Air Force One, Sunday, March 29, 2026, at Palm Beach International Airport in West Palm Beach, Fla. (AP Photo/Mark Schiefelbein)

टोकियो, वैशाख २९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने इरानका सर्तहरू अस्वीकार गरेपछि सोमबार एसियाली बजारमा इन्धनको मूल्य बढेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो शान्ति प्रस्तावमा इरानको प्रतिक्रियालाई अस्वीकार गरेपछि स्ट्रेट अफ हर्मुजमा थप हिंसा हुने र तेल आपूर्तिमा अवरोध उत्पन्न हुने सम्भावना बढेको छ। यस हप्ता चीनको भ्रमणमा जान लागेका… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका), वैशाख २८ गते । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यालिफोर्नियालगायत नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा अमेरिकाका विभिन्न सहरमा रहेका नेपाली समुदायको उल्लेखनीय सहभागिता थियो… Continue reading नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

एक महिनामा भित्रने रेमिट्यान्स चैतमा सर्वाधिक, अमेरिकी डलरको प्रभाव

२९ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिना (साउनदेखि चैत) सम्म रेमिट्यान्स १६ खर्ब ५९ अर्ब भित्रिएको छ। चैत महिनामा मात्र २ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ । जुन कीर्तिमान हो । कुनै एक महिनामा सबैभन्दा बढी रेमिट्यान्स यस महिनामा भित्रिएको हो । गत आर्थिक वर्ष २०८१–८२ यही अवधिमा भने ११… Continue reading एक महिनामा भित्रने रेमिट्यान्स चैतमा सर्वाधिक, अमेरिकी डलरको प्रभाव

ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

काठमाडौँ, वैशाख २९ । बेलायतमा बस्दै आएका नेपाली समुदायबिच लोकप्रिय ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बिजिसिएल) को छैटौँ संस्करण सुरु भएको छ । नेपाली मूलका खेलाडीलाई व्यावसायिक क्रिकेट मञ्च प्रदान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको बिजिसिएलमा बेलायतभर रहेका विभिन्न नेपाली क्रिकेट क्लबको सहभागिता रहेको छ । प्रतियोगिताका खेल हरेक आइतबार सञ्चालन हुने आयोजकले जनाएको छ ।… Continue reading ब्रिटिश गोर्खाली क्रिकेट लिग सुरु

आर्थिक वृद्धिदर औसत सात प्रतिशत

काठमाडौँ, वैशाख २९ गते । सुशासन र नीतिगत सुधारमा केन्द्रित रहँदै सरकारले नयाँ चरणको आर्थिक सुधार शृङ्खलालाई प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रममा आगामी दशकमा औसत सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने गरी आधारभूत… Continue reading आर्थिक वृद्धिदर औसत सात प्रतिशत

‘रोजगार प्रवर्धन दशक’ घोषणा

काठमाडौँ, वैशाख २९ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ देखि २०९२–९३ सम्मलाई ‘रोजगार प्रवर्धन दशक’ का रूपमा घोषणा गरी विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको आगामी आव २०८३–८४ को नीति तथा कार्यक्रममा सो घोषणा गरेका हुन् । वैदेशिक रोजगारीलाई बाध्यताबाट… Continue reading ‘रोजगार प्रवर्धन दशक’ घोषणा

चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

rss

काठमाडौँ, वैशाख २९ गते । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव छ । कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्ने जल… Continue reading चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बेनी–जोमसोम सडक अवरुद्ध

road

२९ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ । ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् । स्थानीयवासीका साथै… Continue reading बेनी–जोमसोम सडक अवरुद्ध