नविन लामिछाने\रासस२७ वैशाख, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर… Continue reading मह काढ्ने परम्परा जीवन्त राख्न पुस्ता हस्तान्तरण
Category: फिचर
आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
२७ वैशाख, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको… Continue reading आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रोबोट बौद्ध भिक्षु बनेको सन्दर्भ सामाजिक संजालमा भाइरल
२७ वैशाख, काठमाडौं । दक्षिण कोरियामा हालै भएको एउटा घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ। त्यहाँ पहिलो पटक एउटा ह्युमनोइड रोबोटलाई बौद्ध भिक्षु बनाइएको छ। जोगिसा मन्दिरमा आयोजित एक विशेष समारोहमा सो रोबोटलाई आधिकारिक रूपमा बौद्ध दीक्षा दिइयो। उक्त रोबोटको नाम गाबी राखिएको छ । गाबी करिब १३० सेन्टिमिटर अग्लो छ। त्यो कुनै प्रविधि प्रदर्शनी थिएन।… Continue reading रोबोट बौद्ध भिक्षु बनेको सन्दर्भ सामाजिक संजालमा भाइरल
विधिको शासनको कार्यान्वयनमा न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश
काठमाडौँ, वैशाख २६ गते । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकका हकअधिकारको संरक्षण तथा विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको बताएकी छिन् । आज ७४औँ कानुन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संवैधानिक सर्वोच्चता, विधिको शासन, मौलिक अधिकार तथा मानव अधिकारको पूर्णरूपमा प्रत्याभूत… Continue reading विधिको शासनको कार्यान्वयनमा न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश
हङ्गेरीको प्रधानमन्त्रीमा मग्यारको शपथ, भिक्टरको १६ वर्षे शासनको अन्त्य
बुडापेस्ट, हङ्गेरी, वैशाख २६ गते । हङ्गेरीको टिस्जा पार्टीका नेता पीटर मग्यारले शनिबार देशको नयाँ प्रधानमन्त्री बन्न शपथ ग्रहण गरेका छन् । मध्य–दक्षिणपन्थी टिस्जा पार्टीले गत महिना ओर्बानको राष्ट्रवादी–लोकप्रियतावादी फिडेज पार्टीमाथि आश्चर्यजनक जीत निकाल्दै संसदमा दुई तिहाइ बहुमत प्रदान गरेको थियो । टिस्जा हङ्गेरीको इतिहासमा कुनै पनि अन्य पार्टीको तुलनामा संसदमा बढी मत र सिट… Continue reading हङ्गेरीको प्रधानमन्त्रीमा मग्यारको शपथ, भिक्टरको १६ वर्षे शासनको अन्त्य
जनताले बजेटमा आफ्ना माग सिधै प्रधानमन्त्री समक्ष पठाउने सक्ने, कार्यालयले तयार पार्यो बजेट पोर्टल
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको… Continue reading जनताले बजेटमा आफ्ना माग सिधै प्रधानमन्त्री समक्ष पठाउने सक्ने, कार्यालयले तयार पार्यो बजेट पोर्टल
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
न्युयोर्क, वैशाख २६ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबिचको व्याप्त गोलीबारीबारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता अपनाउन आह्वान गरेका छन् । पत्रकारसँगको सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले महासचिवले वर्तामान समयलाई सम्झौता र लागि महत्त्वपूर्ण क्षण भन्दै थप तनाव रोक्न सबै पक्षलाई अधिकतम संयमताका… Continue reading राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
पहिलो नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग धरानमा जारी
२६ वैशाख, धरान । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ । मोरङको धरान उपमहानगरपालिका(१४ मा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल पर्यटन बोर्डका निमित कार्यकारी प्रमुख हिकमत सिंह ऐर , धरान उपमहानगरपालिकाकी… Continue reading पहिलो नेपाल प्याराग्लाइडिङ प्रिमियर लिग धरानमा जारी
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ, २६ वैशाख । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता सप्ताह’ आयोजना गर्न लागिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालले आमनागरिकको दैनिक… Continue reading बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२६ वैशाख, काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ । सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बनधी मापदण्ड २०८३ अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो । अध्यक्ष पदका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी… Continue reading राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
इरान सम्बन्धमा अमेरिकी प्रस्ताव रूसबाट अस्वीकृत
२६ वैशाख, काठमाडौं । रूसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा इरानका सम्बन्धमा अमेरिका र बहराइनद्वारा प्रस्तुत मस्यौदा प्रस्तावलाई समर्थन नगर्ने भएको छ । रूसी उप(परराष्ट्रमन्त्री अलेक्ज्याण्डर अलिमोभले मस्कोले उक्त दस्तावेजमा कुनै सकारात्मक सम्भावना नदेखेको उल्लेख गर्दै अमेरिका र बहराइनलाई आफ्नो प्रस्ताव फिर्ता लिन आह्वान गरेका छन् । ‘इज्वेस्टिया’ दैनिकसँग कुरा गर्दै उप–परराष्ट्रमन्त्री अलिमोभले सुरक्षा परिषद्को वार्ताको… Continue reading इरान सम्बन्धमा अमेरिकी प्रस्ताव रूसबाट अस्वीकृत
यस्तो छ आजको मौसम पूर्वानूमान
२६ वैशाख, काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ ।… Continue reading यस्तो छ आजको मौसम पूर्वानूमान
सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश
२५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती खाली गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको हो । गोपाल रन पहलीसमेत ११ जनाले यही वैशाख ११ गते सुकुमवासी बस्ती… Continue reading सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश
सुकुमबासी समस्या समाधानमा अहिले सरकार के गर्दैछ ?
२५ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि महत्त्वपूर्ण कदम चालेको दावि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्वमा अब उपत्यकाका भूमिहीनहरूको एकीकृत डिजिटल लगत संकलन गरिने कार्यालयले जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार यस डिजिटल लगत संकलनको तयारी अन्तिम… Continue reading सुकुमबासी समस्या समाधानमा अहिले सरकार के गर्दैछ ?
पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने
२५ वैशाख, काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरुलाई लक्षित गर्दै आठौं चिनियाँ भाषा कक्षाहरु आगामी सोमबारदेखि सञ्चालन हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन तथा चिनयाँ भाषा कक्षाको उद्घाटन समारोहमार्फत् नेपाल–चीनबीच पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित “नेपाली पर्यटन व्यवसायीहरूका लागि आठौं चिनियाँ भाषा प्रशिक्षण… Continue reading पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने
ऊर्जा मन्त्री भन्छन् : मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गयो
२५ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गएको भन्दै विश्वसनीय मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् । शुक्रबार जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित ‘राष्ट्रिय मनसुन फोरम २०२६’ लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मनसुन फोरम केवल… Continue reading ऊर्जा मन्त्री भन्छन् : मनसुनको स्वरूप झन् अनिश्चित र अप्रत्याशित बन्दै गयो
शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौँ, २५ वैशाख । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटमा उनीहरूबिच नेपाल र अस्ट्रेलियाबिचको सम्बन्ध, शिक्षा, विकास साझेदार तालगायत विषयमा कुराकानी भएको थियो । विशेष गरी उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबिच सहकार्यको सम्भावनाका… Continue reading शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको भेटवार्ता, के भयो कुराकानी ?
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
काठमाडौँ, २५ वैशाख । युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ । इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेट गरी नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिंगो इयू इच्छुक रहेको बताइन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध,… Continue reading नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
आफ्नै पार्टीकी उपसभामुखसँग हर्क साम्पाङ फायर
२५ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र वरीयता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्तीको संज्ञा दिएका छन् । ‘संसद्… Continue reading आफ्नै पार्टीकी उपसभामुखसँग हर्क साम्पाङ फायर
सरकारले विदेशस्थित १५ अवैतनिक दूतको पद खोस्यो
२५ वैशाख, काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने ।’ पदमुक्त भएकाहरु कोको हुन् भन्ने चाहिँ सार्वजनिक गरिएको छैन ।… Continue reading सरकारले विदेशस्थित १५ अवैतनिक दूतको पद खोस्यो
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु
२५ वैशाख, काठमाडौं । सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरेको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्थासहित दरखास्त आव्हान गरेको हो । विज्ञ समितिले छनोट गर्ने र सर्ट लिस्टमा परेका उम्मेदवारबारे सार्वजनिक राय सुझाव मागिनेछ। “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी… Continue reading आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु
मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
मुस्ताङ, वैशाख २५ गते । नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । यहाँको घरपझोङ गाउँपालिका जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो । उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज… Continue reading मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
१६ युरोपेली देशसँग श्रम समझदारीको पहल
काठमाडौँ, वैशाख २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट… Continue reading १६ युरोपेली देशसँग श्रम समझदारीको पहल
अमच्याम नेपालको प्रतिनिधिमण्डलद्वारा अमेरिकी उपविदेशमन्त्रीसँग भेटवार्ता
२५ वैशाख, काठमाडौं । सेलेक्ट युएसए इन्भेस्टमेन्ट समिटमा सहभागी हुन वासिङ्टन डीसी पुगेको अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) को प्रतिनिधिमण्डलले संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री क्रिस्टोफर लन्डौसँग विशेष भेटवार्ता गरेको छ । पूर्व कूटनीतिज्ञ तथा मेक्सिकोका लागि पूर्व अमेरिकी राजदूतसमेत रहेका उपविदेशमन्त्री लन्डौले नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई सुदृढ गर्ने विषयमा आफ्नो दृष्टिकोण राखेको अमच्याम… Continue reading अमच्याम नेपालको प्रतिनिधिमण्डलद्वारा अमेरिकी उपविदेशमन्त्रीसँग भेटवार्ता
आज पनि केही स्थानमा मध्यमखालको वर्षा
२५ वैशाख, काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशका विभिन्न भागमा बदली भएको र केही स्थानमा मेघगर्जनसहित वर्षा पनि हुने पूर्वानुमान गरिएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । सो प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश… Continue reading आज पनि केही स्थानमा मध्यमखालको वर्षा
सुदन किराती श्रम संस्कृति पार्टीमा मिसिए, आज घोषणा हुँदै
२५ वैशाख, काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ । यसलाई किराती पक्षले ‘पार्टी एकता’ भनेको छ । किरातीको सचिवालयका एक सदस्यले श्रम संस्कृति पार्टीसँग… Continue reading सुदन किराती श्रम संस्कृति पार्टीमा मिसिए, आज घोषणा हुँदै
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
वासिङ्टन, वैशाख २४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गरेका छन् । साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्… Continue reading साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
ब्रसेल्स, वैशाख २४ । जलवायु परिवर्तनका कारण तीव्ररूपमा पग्लिदै गएको अन्टार्कटिकातर्फ आकर्षण बढेसँगै त्यहाँको नाजुक वातावरणमा प्रदूषण, रोग र पारिस्थितिकीय क्षतिको जोखिम पनि उल्लेखनीय रूपमा बढ्दै गएकोमा विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । पृथ्वीको सबैभन्दा दुर्गम र संवेदनशील भूभाग मानिने यो महाद्वीपमा ‘अन्तिम अवसर’ को सोचले पर्यटकको चाप तीव्र गतिमा बढिरहेको छ । हालसम्म… Continue reading अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
जकार्ता, वैशाख २४ गते । इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । अधिकांश पीडित सवारीभित्रै च्यापिएर जलेका कारण उद्धार कार्य निकै कठिन बनेको अधिकारीहरूले बताएका छन् । दक्षिण… Continue reading इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु
सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस
२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा। मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं… Continue reading सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस