दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमूना सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमूना सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई… Continue reading दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ, ८ असार । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा… Continue reading कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

राम थापा–राससगण्डकी, ८ असार । फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सेवा सुरु गर्दैछ । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने छ । सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । सन् २०२५ को मार्चमा हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा… Continue reading अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

आर्थिक गणनामा केही प्रतिष्ठानले विवरण दिन नमानेको खुलासा

प्रतिकात्मक तस्वीर

काठमाडौँ, ८ असारः सरकार र निजी क्षेत्रका सबै छाता संस्थाहरूको समन्वय र सहयोगमा सञ्चालन भएको ‘आर्थिक गणना,२०८२’ मा केही उद्योग तथा व्यवसायिक प्रतिष्ठानले सूचना दिन अस्वीकार गरेका छन् । राष्ट्रिय अभियानका क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गरेको आर्थिक गणनामा केहीले जानकारी नपाएर तथा केहीले तथ्याङ्कको गोपनीयताप्रति विश्वस्त नभएको भन्दै तथ्याङ्क उपलब्ध गराउन अस्वीकार गरेका हुन्… Continue reading आर्थिक गणनामा केही प्रतिष्ठानले विवरण दिन नमानेको खुलासा

रास्वपाको बन्दसत्र भोलीलाई सर्‍यो

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू चितवन, ७ असारः चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सरेको छ । रास्वपाले अब बन्द सत्र मङ्गलबार बिहान ७ बजेपछि सुरु हुने जनाएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान ७ बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्दसत्र स्थगित भएको हो । प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र… Continue reading रास्वपाको बन्दसत्र भोलीलाई सर्‍यो

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आज विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीविरुद्ध रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको बिगो दाबी… Continue reading राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमाले उपाध्यक्ष पौडेल पक्राउ

शुरबहादुर सिंह–राससकर्णाली, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा उपाध्यक्ष पौडेललाई आज साँझ ६ः०० पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलको सभाहलबाट पक्राउ गरिएको हो । पौडेललाई आजै… Continue reading एमाले उपाध्यक्ष पौडेल पक्राउ

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

File : (L to R) US Vice President JD Vance speaks next to Pakistan's Prime Minister Shehbaz Sharif, Qatar's Prime Minister Sheikh Mohammed bin Abdulrahman bin Jassim al-Thani and Pakistan's Chief of Army Staff Field Marshal Asim Munir during a quadrilateral meeting between the United States, Iran, Pakistan and Qatar at the Burgenstock luxury hotel complex overlooking Lake Lucerne, Switzerland, on June 21, 2026, as part of high-level talks aimed at advancing a deal to end the Middle East conflict. A new round of negotiations over the Middle East war was set to kick off on June 21, 2026 with Iranian negotiators arriving in the Swiss host city hours ahead of US Vice President JD Vance, even as Tehran said it was closing the Strait of Hormuz again over Israeli attacks in Lebanon. (Photo by Fabrice COFFRINI / POOL / AFP)

दोहा, ८ असार (रासस–एएफपी) । अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आइतबार स्विट्जरल्याण्डमा सुरु भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ । कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ, “‘लेक लुसर्न समिट’को सुरुवात र उच्च–स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र, कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा’ सुरु… Continue reading अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार

फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी

agency

पेरिस, ८ असार (रासस–एएफपी) । युरोपका केही भागमा बढिरहेको भीषण गर्मीको सामना गर्न फ्रान्सले आइतबार आपतकालीन सेवा र सेनालाई जङ्गली आगो ९डढेलो० को खतरासम्बन्धी चेतावनी जारी गरेको छ । सार्वजनिक स्थलहरूमा रक्सी पिउन प्रतिबन्ध लगाएको छ र केही खुला आकाशमा खेलिने खेलकुद कार्यक्रमहरू रद्द गरेको छ । आइतबार फ्रान्सको करिब एक तिहाई भागमा राष्ट्रिय मौसम… Continue reading फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी

इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा

US President Donald Trump's special envoy Steve Witkoff (2ndR) and Pakistan's Chief of Army Staff Field Marshal Asim Munir greet each other next to US Vice President JD Vance (L) and Trump's son-in-law Jared Kushner as they meet with Pakistan's Prime Minister Shehbaz Sharif (not pictured) at the Burgenstock luxury hotel complex overlooking Lake Lucerne, Switzerland, on June 21, 2026, ahead of high-level talks aimed at advancing a deal to end the Middle East conflict. A new round of negotiations over the Middle East war was set to kick off on June 21, 2026 with Iranian negotiators arriving in the Swiss host city hours ahead of US Vice President JD Vance, even as Tehran said it was closing the Strait of Hormuz again over Israeli attacks in Lebanon. (Photo by Nathan Howard / POOL / AFP)

तेहरान, ८ असार (रासस–एएफपी) । इरानले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई स्विट्जरल्याण्डमा अमेरिकासँग हुने वार्ताको मुख्य विषय बनाइने जनाएको छ । इरानको सरकारी समाचार संस्था ‘इर्ना’ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घ गरिरहेकाले उक्त विषय वार्ताको प्रमुख एजेन्डा हुने बताए । उनका अनुसार वार्तामा इरानका रोक्का… Continue reading इरान–अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा

पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान

File : (L to R) US Vice President JD Vance speaks next to Pakistan's Prime Minister Shehbaz Sharif, Qatar's Prime Minister Sheikh Mohammed bin Abdulrahman bin Jassim al-Thani and Pakistan's Chief of Army Staff Field Marshal Asim Munir during a quadrilateral meeting between the United States, Iran, Pakistan and Qatar at the Burgenstock luxury hotel complex overlooking Lake Lucerne, Switzerland, on June 21, 2026, as part of high-level talks aimed at advancing a deal to end the Middle East conflict. A new round of negotiations over the Middle East war was set to kick off on June 21, 2026 with Iranian negotiators arriving in the Swiss host city hours ahead of US Vice President JD Vance, even as Tehran said it was closing the Strait of Hormuz again over Israeli attacks in Lebanon. (Photo by Fabrice COFFRINI / POOL / AFP)

इस्लामाबाद, ८ असार (रासस–सिन्ह्वा) । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक प्रस्थान गरेका छन् । उनीहरू इस्लामाबाद समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन गएको विदेश मन्त्रालयले जनाएको छ । जुन १७ मा इस्लामाबाद एमओयूमा हस्ताक्षर भएपछि पहिलो औपचारिक संवादका रूपमा हुने उक्त वार्तामा इरान, संयुक्त… Continue reading पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख अमेरिका–इरान वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान

वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

सूर्योदय । दाङ, ७ असार : दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट आइतबार देखिएको सूर्योदय ।तस्बिर : कुलदीप न्यौपाने /रासस

सिड्नी, ८ असार (रासस–सिन्ह्वा) । अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले क्वान्टम प्रकाश स्रोत नियन्त्रण गर्ने नयाँ तरिका विकास गरेका छन्, जुन वास्तविक–विश्व प्रणालीमा क्वान्टम प्रविधिलाई भरपर्दो रूपमा प्रयोग गर्न आवश्यक प्रमुख तत्वहरूमध्ये एक हो । अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटीएस)ले शनिबार जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुसन्धानले साना क्वान्टम प्रकाश स्रोतका लागि नयाँ नियन्त्रण संयन्त्र प्रदान गरेको छ,… Continue reading वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक, ८ असार (रासस–सिन्ह्वा) । उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई कामदारको मृत्यु भएको छ भने कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटना शनिबार चियाङ राई प्रान्तस्थित तीन दशमलव चार किलोमिटर लामो दोई लुआङ सुरुङमा भएको हो । उक्त सुरुङ डेन चाइ–चियाङ राई–चियाङ खोङ रेलमार्ग परियोजनाअन्तर्गत निर्माणाधीन… Continue reading उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप ग¥यो

File : (Lukas Coch/AAP Image via AP)

क्यानबेरा, ८ असार (रासस–सिन्ह्वा) । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्तःशुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने बताएका हुन् । हाल लागू रहेको प्रति लिटर ३२ सेन्टको छुट उक्त अवधिमा… Continue reading अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप ग¥यो

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

म्याग्दी, ८ असारः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा ‘होमस्टे’ (घरबास) सञ्चालन भएको छ । दर्मीजाका स्थानीय बिप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाई छाडेर जन्मथलो फर्किएर होमस्टे सञ्चालन गरेका हुन् । पुर्खाले बनाएको पुरानौ शैलीको मौलिक घरलाई मर्मत गरेर पुनले सञ्चालन गरेको घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गरेका छन् । “करिब एक दशक रोजगारीका लागि इराक… Continue reading दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

काभ्रेपलाञ्चोक, ८ असारः काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या समाधान हुँदै गएको छ ।उक्त समस्यामा यसअघिका प्रक्रिया जिल्लास्थित सराकारवाला निकायले गर्दै आएका थिए भने अब बाँकी प्रक्रिया गाउँपालिका कार्यालयले नै गर्ने भएको हो । यसका लागि गाउँपालिकामा भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याइएको छ । यसअघि जिल्लास्थित नापी र मालपोत कार्यलयका कर्मचारीले… Continue reading भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

डुम्रे (तनहुँ) ८ असारः आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ । ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्तौँदेखि दरै समुदायको पहिचानसँग जोडिएको चुड्का नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले लोपोन्मुख बन्दै गएका अभौतिक सम्पदाको संरक्षणमा जुटेको… Continue reading मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

रास्वपाको विधान संशोधन हुने, थप समावेशी बनाइँदै

चितवन, ७ असारः रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न राजनीतिक दलका नेताहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ८ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको हो । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक… Continue reading रास्वपाको विधान संशोधन हुने, थप समावेशी बनाइँदै

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

Spain's players warm up prior to the 2026 World Cup Group H football match between Spain and Saudi Arabia at the Atlanta Stadium in Atlanta on June 21, 2026. (Photo by ROBERTO SCHMIDT / AFP)

काठमाडौँ, ८ असारः फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ । एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औं मिनेटमा स्पेनका… Continue reading विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

चितवन, ८ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ । रास्वपाका महामन्त्री कविन्द्र… Continue reading रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

रास्वपा महाधिवेशनमा छिमेकीसहित वाह्य देशका पार्टीहरुको शुभकामना

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू चितवन, ७ असारः चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत विश्वका विभिन्न पार्टी र राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् । चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा परराष्ट्रमन्त्री एवं रास्वपाका नेता शिशिर खनालले ती शुभकामना सन्देश वाचन गरेर सुनाए । भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नीतिन नवीन, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग… Continue reading रास्वपा महाधिवेशनमा छिमेकीसहित वाह्य देशका पार्टीहरुको शुभकामना

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

राससरसुवा, ७ असारः स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो । उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ । यसअघि पनि… Continue reading स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ

rss

चितवन, ७ असारः वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे । सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे । तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटल मुख्य ‘सिजनमा’जस्तै भरिभराउ छन् । होटलमा कोठा पाउन कठिन अवस्था छ । सौराहासहित भरतपुर… Continue reading रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ

यस्तो छ रास्वपाको निर्वाचन तालिका

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू चितवन, ७ असारः चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ । तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन… Continue reading यस्तो छ रास्वपाको निर्वाचन तालिका

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी, ७ असारः अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ । ‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आज यहाँ आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गरेका हुन्… Continue reading नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागीहरू चितवन, ७ असारः चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागीहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

नारायणगढ (चितवन), ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरुले पार्टीले प्राप्त गरेको जनमत जोगाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका छन् । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक दलहरू जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताए । “इतिहासमा… Continue reading जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

चितवन, ७ असारः सभापति लामिछाने-सम्बोधन चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पार्टी सभापति रवि लामिछाने। तस्बिरः प्रदीपराज वन्त/रासस

भरतपुर (चितवन) ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पारेका छन् । चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाँध्ने बताए । उनले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी… Continue reading रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

चितवन, ७ असारः वरिष्ठ नेता शाह-सम्बोधन चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, ७ असारः प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले कतिपय राजनीतिक पार्टीहरुले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै भने, “हाम्रो सरकार ‘एक्स्प्रेस… Continue reading सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

चितवन, ७ असारः उपसभापति डा वाग्ले-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै पार्टीका उपसभापति एवम् अर्थमन्त्री डा स्वर्णिम वाग्ले। तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नेपालको राजनीतिक पुनर्जागरणको अभियान भएको बताएका छन् । पार्टीको चौँथो स्थापना दिवसको अवसरमा चितवनमा आयोजित प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्रीसमेत रहेका उनले रास्वपा सकारात्मक परिवर्तनको आकाङ्क्षाको राजनीतिक अभिव्यक्ति भएको बताए । डा वाग्लेले आफूहरूको उद्देश्य केबल सरकार परिवर्तन मात्र नभई राजनीतिक संस्कार… Continue reading हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

रास्वपा महाधिवेशन सुरु

चितवन, ७ असारः रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गर्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह लगायत विभिन्न राजनीतिक दलका नेताहरू। तस्बिरः प्रदीपराज वन्त/रासस

चितवन, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा पूर्वघोषित कार्यतालिका अनुसार महाधिवेशन सुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहमा पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित भए । यसैगरी, रास्वपाका पदाधिकारी एवं केन्द्रीय नेताहरु र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रह्यो । नेपाली… Continue reading रास्वपा महाधिवेशन सुरु