काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाएर आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिदिएको छ । ‘टीका-जमरा देवीको प्रसाद हो, प्रसाद भन्ने कुरा जुन समयमा लगाए पनि हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘आज बिहान ८ बजेर ३३… Continue reading आज बडा दशैंको टिका, ११ बजेर ३६ मिनेटमा उत्तम साइत
Category: फिचर
अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर
काठमाडौं । अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा उपकरणमा खराबीका कारण कम्तीमा १० जना व्यक्ति एक हजार फिट (३०५ मिटर) जमिनमुनि फसेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । कोलोराडोको क्रिपल क्रिकको मोली क्याथलीन सुन खानीमा उपकरणमा खराबी भएको थियो । स्थानीय समाचार अनुसार खानीबाट ११ जनालाई उद्धार गरिएको र बाँकीको उद्धार भइरहेको छ । खानी क्रिप्पल… Continue reading अमेरिकाको कोलोराडोमा सुन खानीमा फसे १० मजदुर
फ्लोरिडामा आँधीका कारण कम्तिमा १६ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धारकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। बीस लाख घर तथा व्यवसायहरू अझै विद्युत्विहीन छन्। बाढीग्रस्त क्षेत्रबाट हजारौँको उद्धार गरिएको छ। अधिकारीहरूले आउँदा दिनमा पनि बाढी आउने सम्भावना रहेको चेतावनी दिएका छन्। फ्लोरिडाको पश्चिम केन्द्रीय तटमा अवस्थित पिनेलस काउन्टी… Continue reading फ्लोरिडामा आँधीका कारण कम्तिमा १६ जनाको मृत्यु
कीर्तिपुरमा एमालेको मूख्यालय शिलान्यास
काठमाडौं । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेका हुन् । कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा रहेको उक्त जग्गा भटभटेनीका सञ्चालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले एमाले पार्टी कार्यालय बनाउन दान… Continue reading कीर्तिपुरमा एमालेको मूख्यालय शिलान्यास
उपत्यकाका शक्तिपिठको भ्रमणमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा आज काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलले समेत उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् । राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेको… Continue reading उपत्यकाका शक्तिपिठको भ्रमणमा पुगे राष्ट्रपति रामचन्द्र पौडेल
दसैंको महाअष्टमी र महानवमी पर्व आज एकै दिन मनाइदैं, यस्तो छ महत्व
काठमाडौं । आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष आज एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले… Continue reading दसैंको महाअष्टमी र महानवमी पर्व आज एकै दिन मनाइदैं, यस्तो छ महत्व
एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका १४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९… Continue reading एमालेले केन्द्रीय कार्यालय कीर्तिपुरमा बनाउने
दक्षिण कोरियाली लेखिकालाई साहित्यतर्फको नोबेल पुरस्कार
काठमाडौं । यसवर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई प्रदान गरिएको छ । नोबेल पुरस्कार समितिले ऐतिहासिक सङ्घातको सामना गर्ने र मानव जीवनको कोमलता दर्शाउने उनका चरम काव्यात्मक गद्यका लागि उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिएको हो। उनको प्रसिद्ध भेजिटेरियन किताब नेपाली भाषामा समेत अनुवादित छ ।
दशैंमा काठमाडौंमा नेपाल प्रहरीले बस सेवा दिने
काठमाडौं । नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क चलाउने भएको छ । दशैंमा सार्वजनिक यातायात कम चल्दा सर्वसाधारण्लाई समन्य हुने गरेको छ । प्रहरीका अनुसार एक बस रिङरोडभित्र चल्ने छ भने अर्को बस बाहिर चलाउने योजना छ । काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवाको एक नम्बर रुटवाला बस प्रहरी प्रधान… Continue reading दशैंमा काठमाडौंमा नेपाल प्रहरीले बस सेवा दिने
यात्रुले जहाजको इमर्जेन्सी ढोका खोल्दा उडान सुरक्षामा चूनौति
काठमाडौं । विगत केही साता यता यात्रुले हवाईजहाजका इमरजेन्सी डोर (आपतकालिन ढोका) खोलेका घटना सार्बजनिक भएका छन् । २ अक्टुबरका दिन विराटनगरबाट काठमाडौं, ७ अक्टुबरका दिनमा नेपालगञ्जबाट काठमाडौं र आज फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुध्द एयरको इमरजेन्सी ढोका यात्रुले खोलेका छन् । यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरि उडान तालिकालाई थप प्रभावित बनाएको छ… Continue reading यात्रुले जहाजको इमर्जेन्सी ढोका खोल्दा उडान सुरक्षामा चूनौति
विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा, हजारौं विस्थापित
काठमाडौं । विनाशकारी’ आँधी मिल्टन अमेरिकाको फ्लोरिडा पुगेसँगै हजारौं मानिसलाई विष्थापित बनाएको छ । बुधबार साँझ बस्ती नजिकै आँधी आइपुग्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अधिकारीहरूले बासिन्दाहरूलाई भाग्न वा मृत्युको जोखिम मोल्न आग्रह गरेका थिए । बीबीसीका अनुसार सरकारले सुरक्षा तयारी तीव्र बनाइरहेको छ । आँधी सारासोटा हुँदै फ्लोरिडातिर सरिरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।… Continue reading विनासकारी मिल्टन आँधी अमेरिकाको फ्लोरिडामा, हजारौं विस्थापित
विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन
काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो । टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् । उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन्… Continue reading विश्वप्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन
बडा दशैंको सातौं दिन, आज फूलपात्री भित्राइदैं
काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ… Continue reading बडा दशैंको सातौं दिन, आज फूलपात्री भित्राइदैं
दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ ।नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६… Continue reading दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात
विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने
काठमाडौं । विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ ।नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी निर्देशक बोर्ड बैठकले उक्त सहायता रकम स्वीकृत गरेको विश्व बैंकले जनाएको छ । नेपालमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र स्वास्थ्य आपतकालीन अवस्थासँग जुध्न यो… Continue reading विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने
रसायन शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, कसले पाए ?
काठमाडौं । यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो । बेकर र जम्पर अमेरिकी वैज्ञानिक हुन् भने हसाबिस बेलायतका हुन् । आर्टिफिसियल… Continue reading रसायन शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, कसले पाए ?
मेलम्चीको पानी काठमाडौं आयो, दैनिक २२ करोड लिटर आउने
काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदीबाट पठाएको पानी काठमाडौं आइपुगेको छ। दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए। उनकाअनुसार बर्खायाममा मेलम्चीको बहाव बढी भएकोले दैनिक २२ करोड लिटरभन्दा धेरै पानी ल्याउन सकिनेछ। तथापि अहिले दैनिक २२ करोड लिटर मात्रै पानी पथान्तरण गरिएको छ। मेलम्चीको… Continue reading मेलम्चीको पानी काठमाडौं आयो, दैनिक २२ करोड लिटर आउने
अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक
काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः यो शताब्दीकै शक्तिशाली तुफान हुनसक्ने अनुमान… Continue reading अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक
आज दशैंको छैटौं दिन, देवि कात्यायनीको पूजा-आरधना
काठमाडौं । आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन… Continue reading आज दशैंको छैटौं दिन, देवि कात्यायनीको पूजा-आरधना
राष्ट्रपतिबाट साढे ३ बजेदेखि सर्वसाधारणलाई दशैंको टिका लगाइदिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २६ असोजमा सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । मंगलबार राष्ट्रपति कार्यालयले एक सूचना जारी गर्दै टीका लगाउने समयतालिका सार्वजनिक गरेको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीका अनुसार ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरुका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिनेछन् । उपराष्ट्रपति,… Continue reading राष्ट्रपतिबाट साढे ३ बजेदेखि सर्वसाधारणलाई दशैंको टिका लगाइदिने
सरकारले आरोहणलाई खोल्यो थप ५७ हिमाल
काठमाडौं । सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७… Continue reading सरकारले आरोहणलाई खोल्यो थप ५७ हिमाल
द्यौलागिरी हिमाल आरोहणका क्रममा पाँच रुसी आरोहीको निधन
काठमाडौं । धवलागिरी आरोहणमा गएका पाँचजना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको खबर आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइतबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको… Continue reading द्यौलागिरी हिमाल आरोहणका क्रममा पाँच रुसी आरोहीको निधन
सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा विज्ञहरुको पाँच सदस्यीय आयोग गठन गरेको हो ।आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास… Continue reading सरकारद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन
नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्रि भएको छ । नेवानिका प्रवक्ता रमेश पौडेलका अनुसार आज बिहान सबै टिकट बिक्रि भएको छ । काठमाडौं भैरहवा रुटमा १५८ सिटनै बिक्रि भएको र भैरहवा काठमाडौं रुटका लागि भने टिकट बाकी रहेको उनले जानकारी दिए । फुलपातिको दिन… Continue reading नेपाल एयरलाइन्सको भैरहवा उडानको टिकट एक रातमा सबै बिक्रि
यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई
काठमाडौं । यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा भएको छ । यो पुरस्कार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । माइक्रोआरएनएले जिनहरूको गतिविधि नियमन गर्छ । मानव जातिमा विभिन्न माइक्रोआरएनएका… Continue reading यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई
प्यालेष्टाइन आक्रमणको एक वर्ष पुरा, थामिएन मध्यपूर्वमा युद्ध
काठमाडौं । गाजामा युद्ध निम्त्याउने गरी हमासले दक्षिणी इजरेलमा गरेको आक्रमणको ठिक एक वर्ष पुगेको छ । उक्त समूहले सोमवार तेल अभिभलाई निशाना बनाएर कैयौँ रकेट प्रहार गरेको बीबीसीले जनाएको छ । जसका कारण इजरेलमा चेतावनीका साइरन बजाइएको छ । इजरेली सेनाले कैयौँ रकेटहरू आकाशमै नष्ट गरिएको बताएको छ। हमासलाई समाप्त पार्ने लक्ष्यसहित सुरु गरेको… Continue reading प्यालेष्टाइन आक्रमणको एक वर्ष पुरा, थामिएन मध्यपूर्वमा युद्ध
यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग… Continue reading यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी
मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै
काठमाडौं । सरकार र मेलम्ची बाढी पीडित संघर्ष समितिबीच सहमति जुटेको छ । यससँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको छ भने मेलम्चीको पानीआजबाट काठमाडौंको सुन्दरीजल पथान्तरण गरिनेछ । आन्दोलनरत मेलम्चीका संघर्ष समितिसँग वार्ता गर्न खानेपानी मन्त्री प्रदीप यादव सहितको टोली सोमबार मेलम्ची पुगेको थियो । हेलम्बु गाउँपालिकाको मेलम्चीमा भएको वार्तामा संघर्ष समितिका जायज मागहरु सम्बोधन… Continue reading मेलम्चीको पानी आजबाट सुन्दरीजल पठाइदै
अभ्यास खेलमा नेपालको लगातार दोसो जित
काठमाडौं । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराएको छ । योसँगै तीन खेलको अभ्यास खेल नेपालले २–१ ले जितेको छ । १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा… Continue reading अभ्यास खेलमा नेपालको लगातार दोसो जित
गैरआवासीय नेपाली संघद्धारा काभ्रेमा राहत वितरण
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काभ्रेको पनौतीका बाढी, डुबान तथा पहिरोबाट प्रभावित ४ सय १ परिवारका लागि राहत वितरण गरेको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोलीले बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय संघ केन्द्रको आहवान तथा राष्ट्रीय परिषद यूकेको आर्थिक सहयोगमा खाद्य सामग्री, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, प्राथमिक… Continue reading गैरआवासीय नेपाली संघद्धारा काभ्रेमा राहत वितरण