प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच घम्साघम्सी

file

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच घम्साघम्सी भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको छ । सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरेका थिए । सोही समयमा सत्तारुढ सांसद उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरेका थिए… Continue reading प्रतिनिधिसभामा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच घम्साघम्सी

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रञ्जिता पक्षले मत दिँदा रेशम पक्षको बहिष्कार

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् । सोडारीको पक्षमा नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी मतदान गरेका हुन। विपक्षमा शून्य मत पर्‍यो । कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा… Continue reading मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रञ्जिता पक्षले मत दिँदा रेशम पक्षको बहिष्कार

झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन दिन नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये… Continue reading झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध ब्यूरोले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला, युगाडाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल छन् । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट २ किलो ६५४ ग्राम… Continue reading ८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ

पोलमा रहेका संरचना ६ महिना भित्र हटाउन प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले उक्त स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक… Continue reading पोलमा रहेका संरचना ६ महिना भित्र हटाउन प्राधिकरणको आग्रह

क्यानडामा डडेलोको कहर, ६ हजार भन्दा धेरै विस्थापित

file

काठमाडौं । क्यानडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपत्कालीन अवस्था घोषणा गरेपछि मङ्गलबार दिउँसो खाली गर्ने आदेश जारी गरेको सिबिसी न्यूजले बताएको छ । बेकन हिल, अबासन्ड, प्रेरी क्रिक र ग्रेलिङ टेरेसका छिमेकीका लागि खाली… Continue reading क्यानडामा डडेलोको कहर, ६ हजार भन्दा धेरै विस्थापित

चीन भ्रमणमा पुगे रुसी राष्ट्रपति

GETTY IMAGES\BBC

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिन्पिङसँगको भेटवार्ताका लागि बेइजिङ पुगेका छन्। पाँचौँ कार्यकालका लागि निर्वाचित भएपछि पुटिन पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा बिहीवार बिहान बेइजिङ पुगेका हुन्। रुस र चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ औँ वार्षिकोत्सव पारेर दुई नेताबीच बिहीवार भेट हुने छ। सात महिनाको अवधिमा क्रेम्लिन प्रमुखको यो दोस्रो चीन… Continue reading चीन भ्रमणमा पुगे रुसी राष्ट्रपति

संसद बैठक आज, चल्ने-नचल्ने अन्यौल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ। आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ। आजकै बैठकमा शिक्षा, स्वास्थ्य… Continue reading संसद बैठक आज, चल्ने-नचल्ने अन्यौल

पन्जावले राजस्थानलाई हरायो

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । १४५ रनको लक्ष्य पञ्जाबले१८.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२–२२ र आशुतोष शर्माले १७ रन जोडे । राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुई–दुई र ट्रेन्ट… Continue reading पन्जावले राजस्थानलाई हरायो

पाल्पामा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

काठमाडौं । बुधबार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका ४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन् । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए… Continue reading पाल्पामा जिप दुर्घटना, कम्तिमा २ जनाको मृत्यु

सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिएका छन् । उच्च अदालत पाटनले बुधबार गरेको फैसला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो । अध्यक्ष चन्दले… Continue reading सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा रहेको ह्याण्डलोभास्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिसहरूसँग अभिवादन साटिरहेका थिए । त्यही बेला भीडबाट आक्रमण भयो । पेट, हात र खुट्टामा चोट लागेका… Continue reading स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला… Continue reading बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना पक्राउ

काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको छ। राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याएर बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो। कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक पनि… Continue reading कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना पक्राउ

दीपेन्द्र टी-२० अलराउन्डर सूचीको शीर्ष १० मा

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसीको अलराउन्डर वरियताको शीर्ष १० मा अटाउन सफल भएका छन्। उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्। अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन छन्।अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं स्थानमा रहँदा रोहित पौडेल ६५औं र करण केसी ७४औं स्थानमा… Continue reading दीपेन्द्र टी-२० अलराउन्डर सूचीको शीर्ष १० मा

५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३५१ डलर

काठमाडौं । सरकारले आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५र८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको हो ।

क्रुज जहाज चढेर जाने विदेशीले बिना भिसा चीन प्रवेशको अनुमति पाउने

बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई बिना भिसा प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त पर्यटक समूहहरूले साङ्घाई, तियान्जिन, ग्वाङ्झाउ, सान्या लगायत १३ वटा चिनियाँ सहरका बन्दरगाहमार्फत बिना भिसा चीन प्रवेश गर्न… Continue reading क्रुज जहाज चढेर जाने विदेशीले बिना भिसा चीन प्रवेशको अनुमति पाउने

दाङमा पौडी खेल्ने क्रममा दाजुभाईको डुबेर मृत्यु

काठमाडौं । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका दाजुभाइको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताए । दीपकको उपचारका… Continue reading दाङमा पौडी खेल्ने क्रममा दाजुभाईको डुबेर मृत्यु

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कोरियाले नेपाललाई दिने भयो ९८ लाख डलर अनुदान

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे। कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट… Continue reading कोरियाले नेपाललाई दिने भयो ९८ लाख डलर अनुदान

सन्दीपको मुद्दामा आज आउला फैसला ?

काठमाडौं । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार समेत सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको थियो । तर सुनुवाइ सकिएको थिएन । सुनुवाइ बुधबार समेत हुने भएको हो। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको… Continue reading सन्दीपको मुद्दामा आज आउला फैसला ?

लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए । क्रुनाल… Continue reading लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

काठमाडौंमा अब फल्चा शैलीमा बस बिसौनी, २ स्थानमा सञ्चालन

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ। मंगलबार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरू बिगार्न नहुने बताए। उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने… Continue reading काठमाडौंमा अब फल्चा शैलीमा बस बिसौनी, २ स्थानमा सञ्चालन

५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै… Continue reading ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

सहकारी नियमनका लागि छुट्टै नियामक निकाय बनाइने

काठमाडौं । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेकाे सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख… Continue reading सहकारी नियमनका लागि छुट्टै नियामक निकाय बनाइने

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो। नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई… Continue reading इतिहासकार ज्ञानमणि नेपालको निधन

कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन लागेका हुन् । महोत्सव तीन दिनसम्म आयोजना हुने छ । नगर प्रमुख साह महोत्सवको रेडकार्पेट, प्रिमियर र त्यहाँको… Continue reading कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

भारतको मुम्बईमा आँधी र वर्षा, कम्तिमा ४ जनाको मृत्यु

agency

काठमाडौं । भारतको मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षाका कारण ठूलो धनमाल क्षति भएको छ । गएराति भएको यो घटनामा कम्तिमा चार जना मारिएको विवरण आएको छ । ५४ जना घाइते भएका छन् । पानी र धुलोसहितको हावाहुरीका कारण ठूलो सङ्ख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ बोर्ड खसेको थियो ।घटनास्थलमा राति अबेरसम्म उद्धार र… Continue reading भारतको मुम्बईमा आँधी र वर्षा, कम्तिमा ४ जनाको मृत्यु

गुजरात र कलकाताको खेलमा वर्षा बाधक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सको प्लेअफ सम्भावना समाप्त भएको छ । घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो । टस नै हुन नसकेपछि दुवै टोलीले एकरएक अंक बाँडे । यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं… Continue reading गुजरात र कलकाताको खेलमा वर्षा बाधक