काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताएका हुन् । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै… Continue reading समृद्धिका लागि सरकार क्रियासिल छ : प्रधानमन्त्री
Category: फिचर
एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै
काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप २०२४ को पहिलो खेलमा नेपाल र हङकङ भिड्दैछन् । हङकङले नेपाललाई ९४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा नेपालसँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको हो । हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक… Continue reading एसीसी वुमन्स प्रिमियर कप-२०२४ नेपाल-ङकङ भिड्दै
नेपाल र क्यानडाबीच दोस्रो वान-डे सुरु, नेपाल फिल्डिङमा
काठमाडौं । नेपालले क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा टस हारेर पहिला फिल्डिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङको निर्णय लिएपछि नेपालले फिल्डिङ गरेको हो । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ । आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेन्त… Continue reading नेपाल र क्यानडाबीच दोस्रो वान-डे सुरु, नेपाल फिल्डिङमा
नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन् । परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले… Continue reading नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता
थोक तथा खुद्रा व्यापारमा अझै पनि ठूलो हिस्सा औपचारिक च्यानलबाहिर
काठमाडौं । नेपालमा थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत बिनादर्ता सञ्चालन भइरहेको सर्वेक्षणमा देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल व्यापार सर्वेक्षण २०७८’ अनुसार मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने कुल ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये करिब ३२ प्रतिशत बिनादर्ता सञ्चालनमा छन् । बाँकी ६८… Continue reading थोक तथा खुद्रा व्यापारमा अझै पनि ठूलो हिस्सा औपचारिक च्यानलबाहिर
नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ लगत्तै नेदरल्यान्ड्स र नामिबियासँग टी २० आई सिरिज खेल्ने भएको छ । सिरिजको तालिका सार्वजनिक भएको छ । नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५ (फेब्रुअरी २७) मा नामिबिया र दोस्रो खेल फागुन १६ (फेब्रुअरी २८) मा नेदरल्यान्ड्ससँग खेल्ने भएको छ । नेपालले फागुन १८ मा (मार्च १ )… Continue reading नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको सरूवा भएको छ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन्। उनको काज सरूवा भएको हो। माघ २१ मा अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरको वाक थ्रु (एक्स–रे) गेटमा अध्यागमनका अधिकृत छायाँलाल मोक्तान र जाँचमा… Continue reading विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा
कोशी सरकार र पहिचानवादीबीच पाँच बुँदे सहमति, पुन: नामकरणको पहल गर्ने
काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । सरकार र संयुक्तसंघर्ष समितिको आज भएको वार्ताले कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति गर्दै सहमति भएको हो । सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवम् आन्दोलनरत… Continue reading कोशी सरकार र पहिचानवादीबीच पाँच बुँदे सहमति, पुन: नामकरणको पहल गर्ने
अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरी रानीपोखरी सरुवा
काठमाडौं । अध्यागमन अधिकृतमाथि हातपात भएको घटनामा जोडिएका असईसहित तीन प्रहरी कर्मचारीलाई त्यहाँबाट सरुवा गरिएको छ । असई सञ्जय तामाङ र दुई जना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सुरुवा गरिएको छ। माघ १२ मा चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएको थियो । घटनाको छानबीन गर्न सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको… Continue reading अध्यागमन अधिकृतमाथि हातपात गर्ने प्रहरी रानीपोखरी सरुवा
नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा खुलायो रोजगारी
काठमाडौं । नेपाल प्रहरीले १ हजार ८५६ जना जवानसहित ठूलो पदमा भर्ना खोलेको छ । भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ । खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने शुक्रबार सार्वजनिक सूचनामा उल्लेख छ ।… Continue reading नेपाल प्रहरीले एक साथ ठूलो संख्यामा खुलायो रोजगारी
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु
काठमाडौं । सिजी चाँदबाग रेसिडेन्सीको नाममा पुगेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु भएको छ । बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ । जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष ठाकुर, सञ्चालक… Continue reading बाँसबारी छाला जुत्ता कारखानाको जग्गा फिर्ता गर्ने प्रक्रिया सुरु
शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या
काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या गरिएको पुष्टी भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक… Continue reading शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या
पाकिस्तानमा इमरान खानको पार्टीलाई प्रारम्भिक अग्रता
काठमाडौं । पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी रहँदा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि देखिएका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवार अगाडि छन् । पीटीआईका अध्यक्ष गौहर रजाले आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गरेका छन् । उनले जेलमा रहेका कैदी (इमरान… Continue reading पाकिस्तानमा इमरान खानको पार्टीलाई प्रारम्भिक अग्रता
लगानी सम्मेलन अगाडी एक दर्जन कानून संशोधन गरिने
काठमाडौं । आउँदो वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारले १२ वटा कानुन संशोधनको प्रस्ताव गरेको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको आज बसेको बैठकले उद्योग, व्यवसाय एवम् लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले कानुन संशोधनको प्रस्ताव गरेको… Continue reading लगानी सम्मेलन अगाडी एक दर्जन कानून संशोधन गरिने
विश्व बैंकको आयोजनामा आइडी सम्मेलन नेपालमा हुने
काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ । लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन महिनामा यस्तो सम्मेलन हुने भएको हो । यसको औपचारिक पत्र केही दिनमा आउने समेत उनले बताए । यो अहिलेसम्म नेपालमा… Continue reading विश्व बैंकको आयोजनामा आइडी सम्मेलन नेपालमा हुने
हुलाक सेवाका १६ सय ३६ दरवन्दी कटौती
काठमाडौं । सरकारले हुलाकको संगठन संरचना परिवर्तन गर्दै १६ सय ३६ दरवन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने र हुलाक सेवा अन्तर्गतका १ हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । यसअनुसार अब सबै स्थानीय तहमा एउटा हुलाक कार्यालय हुने भएको छ । मन्त्रिपरिषदको निर्णयले हुलाकको… Continue reading हुलाक सेवाका १६ सय ३६ दरवन्दी कटौती
क्यानडामाथि नेपालको रोमाञ्चक जित, रोहितले लिए ४ विकेट
काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्यानाडा सामु २ सय २५ रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो । तर, क्यानाडाले ४७ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २ सय १७ रन मात्र… Continue reading क्यानडामाथि नेपालको रोमाञ्चक जित, रोहितले लिए ४ विकेट
झिनो अंकले बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार
काठमाडौं । सोमबारदेखि उकालो लागेको शेयर बजार आजपनि झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ विन्दुमा पुगेको हो ।यसदिन ३१७ कम्पनीको ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँ बराबरको ९१ लाख ७१ हजार ७१० कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा… Continue reading झिनो अंकले बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार
महानगरले सार्वजनिक स्थलमा २ हजार डस्टबिन राख्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा करिब २ हजार सेट डस्टबिन राख्ने भएको छ । कुहिने फोहोरका लागि हरियो र नकुहिने फोहोरका लागि रातो बिन राख्न लागेको हो ।उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न १ हजार ९ सय ५० सेट बिन राख्ने महानगरपालिकाले जनाएको छ । एउटा सेटमा २ वटा बिन… Continue reading महानगरले सार्वजनिक स्थलमा २ हजार डस्टबिन राख्ने
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
काठमाडौं । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनायो ।नेपालका ओपनर कुशल भुर्तेल ६२, आरिफ शेख ३८, सोमपाल कामी २७ पवन सर्राफ १६, आसिफ शेख ८, कप्तान रोहित पौडेल ८, भिम सार्की १७, कुशल मल्ल २० रन बनाएर… Continue reading नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
जलवायु न्यूनीकरण गर्न डब्लूडब्लूएफ नेपाल र आइएफआरसीबीच साझेदारी
काठमाडौं । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच साझेदारीको सुरुआत गरिएको छ । बुधबार यहाँ आयोजित एक समारोहबीच ‘जनताको रक्षाका लागि प्रकृतिमा काम गर्ने’ विषयका साथ विश्वव्यापी साझेदारीलाई पछ्याउँदै ती दुई संस्थाले रणनीतिक साझेदारीको थालनी गरेका हुन् ।… Continue reading जलवायु न्यूनीकरण गर्न डब्लूडब्लूएफ नेपाल र आइएफआरसीबीच साझेदारी
केन्याली नेतामाथि लाग्यो १९१ जना बालबालिकाको हत्या अभियोग
काठमाडौं । मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ । गत वर्ष पूर्वी केन्याको शाकाहोला जङ्गलबाट शव निकालिएको थियो । त्यहाँ म्याकेन्जी र उहाँका सहयोगीहरूमाथि मृत्यु संस्कार सञ्चालन गरेको आरोप लगाइएको थियो । महिनौँसम्म खोजी गरेपछि… Continue reading केन्याली नेतामाथि लाग्यो १९१ जना बालबालिकाको हत्या अभियोग
नेपाल र क्यानडाबीच आजबाट वान-डे सिरिज
काठमाडौं । नेपाल र क्याानडाबीच तीन वान डे सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल बिहान ९ :१५ मा काठमाडौं स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुवात गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् । नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले कप्तानी गर्नेछन् । नेपाल घरेलु मैदान, कन्डिसन र… Continue reading नेपाल र क्यानडाबीच आजबाट वान-डे सिरिज
हिंसाका बीच पाकिस्तानमा आज आम निर्वाचन, नयाँ प्रधानमन्त्री छानिने
काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । निर्वाचनको पूर्वसन्ध्यामा हिंसात्मक घटना बढेका छन् । उता सरकारले सुरक्षा प्रवन्ध कडा बनाएको बताएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सुरक्षाकर्मीहरुसहित ६ लाख ५० हजार जना घटिएको रेडियो पाकिस्तानले उल्लेख गरेको छ । पाकिस्तान निर्वाचन… Continue reading हिंसाका बीच पाकिस्तानमा आज आम निर्वाचन, नयाँ प्रधानमन्त्री छानिने
एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा
काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमै जारी एएफसी एसियन कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३–२ ले हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो । यसअघि २०१९ मा पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि उचालेको थियो । लगातार दोस्रो पटक… Continue reading एसियन कप : इरान स्तब्ध, कतार फाइनलमा
पाकिस्तानमा बम विष्फोट, कम्तिमा दुई दर्जन मारिए
काठमाडौं । पाकिस्तानको बलोचिस्तान प्रान्तमा दुईटा बम विस्फोटन हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानमा बिहीवार निर्वाचन हुन लागेको छ। पहिलो विस्फोटन पिशिन जिल्लामा एक स्वतन्त्र उम्मेदवारको कार्यालयअगाडि भएको थियो। त्यसमा परी १४ जनाको मृत्यु भयो। दोस्रो विस्फोटन त्यहाँबाट १५० किलोमिटर टाढा अवस्थित किल्ला सैफ उल्लाह जिल्लामा भएको बताइएको छ। त्यसमा परी… Continue reading पाकिस्तानमा बम विष्फोट, कम्तिमा दुई दर्जन मारिए
हिमालयन हाइड्रो एक्स्पो–२०२४ वैशाखमा हुने
काठमाडौं । आगामी वैशाख दोस्रो साता काठमाडौंको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो–२०२४ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नाराका साथ १२–१४ वैशाखसम्म एक्स्पो आयोजना हुन लागेको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले… Continue reading हिमालयन हाइड्रो एक्स्पो–२०२४ वैशाखमा हुने
काठमाडौंको सबैभन्दा ठूलो सव-स्टेशन निर्माण सम्पन्न
काठमाडौं । मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकामा २२०–१३२ केभी मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले यो सबस्टेसनको निर्माण सम्पन्न भएको जनाएको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनको… Continue reading काठमाडौंको सबैभन्दा ठूलो सव-स्टेशन निर्माण सम्पन्न
गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय बदर
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन ओली सरकारले गरेको निर्णय बदर गरेको छ । गिरीबन्धु टी स्टेटलाई मन्त्रिपरिषद्ले २०७८ साल वैशाख १३ गते ३४३ बिगाहा जग्गा प्रदेश–१ भित्रै सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो। ‘नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७८/१/ १३ को… Continue reading गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय बदर
भैरहवा भन्सारको निरीक्षणपछि अर्थमन्त्रीले भने-‘राजस्वको लक्ष्य भेटाउने गरी काम गर्नूस्’
भैरहवा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीले कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिएका छन्। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भने, ‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’ भैरहवा भन्सारलाई सशक्त नेतृत्व दिन, अन्य निकायसँग राम्रो समन्वय गर्ने, सुरक्षा निकायसँग निरन्तर समन्वय राखेर चोरी निकासी रोक्ने, छिटो भन्सारलाई… Continue reading भैरहवा भन्सारको निरीक्षणपछि अर्थमन्त्रीले भने-‘राजस्वको लक्ष्य भेटाउने गरी काम गर्नूस्’