काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटनामा परेको । महेन्द्रनगरबाट काठमाडौं आउने गरेको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सु प प्र ०२(००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनाएका छन् । उनका… Continue reading काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
Category: फिचर
आगामी वर्षको दशैं असोज २६ गते
काठमाडौं । २०८१ सालको दशैंको टीका असोज २६ गते परेको छ । तिहारको भाइटीका कात्तिक १८ गते परेको छ । यसैगरी, असोज १७ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुनेछ । २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ । यस्तै, आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै सरकारले… Continue reading आगामी वर्षको दशैं असोज २६ गते
माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली
काठमाडौं । कामको खोजीमा ७ महिनाको अवधिमा ४ लाख भन्दा धेरै नेपाली विदेशिएका छन् । नेपालबाट दैनिक करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा ४ लाख ५… Continue reading माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली
७ महिनामा झण्डै २३ अर्ब लगानी स्वीकृत
काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा पौने २३ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको सरकारले जनाएको छ । उद्योग विभागका अनुसार माघ मसान्तसम्म कुल २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको हो । सरकारले यस वर्ष कुल ३८ अर्ब एफडीआई भित्रिने अनुमान गरेको… Continue reading ७ महिनामा झण्डै २३ अर्ब लगानी स्वीकृत
छात्रवृत्ति खाने प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं । बैजनाथ गाउँपालिका-८, थपवा, बाँकेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले खाँई दोषी ठहर गर्दै बिगो ३ लाख २ हजार रुपैयाँ असुल गरी त्यति नै जरिवाना तथा ६ महिना कैद हुने फैसला गरेको हो। जिल्ला शिक्षा… Continue reading छात्रवृत्ति खाने प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर
झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको चौंथो दिन नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा पुगेको हो । यसदिन ३०२ कम्पनीको ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँ बराबरको १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर किनबेच भएको छ । आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक… Continue reading झिनो अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
विकल र सुनीललाई १० दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता… Continue reading विकल र सुनीललाई १० दिन थुनामा राख्न अदालतको अनुमति
शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक
काठमाडौं । शिक्षक सेवा आयोगले ७७८ निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको छ । निमावि तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो । आयोगले नेपाली विषयका लागि ११७ शिक्षकको माग गरेको छ । त्यस्तै अंग्रेजीका लागि १७६, गणितका लागि १२८, विज्ञानका लागि १६३… Continue reading शिक्षक सेवाले माग्यो निमावि तहमा ७७८ शिक्षक
कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक विकेट
काठमाडौं । एसीसी वुमेन्स प्रिमियर कप २०२४ अन्तर्गत कुवेतविरूद्धको क्वार्टरफाइनल खेलमा नेपालकी सीता रानामगरले ह्याट्रिक गरेकी छिन्। सीताले टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औं ओभरको तीन बलमा तीन विकेट लिएर ह्याट्रिक गरेकी हुन्। १३ औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरामा पारिन् । तेस्रो बलमा मार्याम ओमरलाई विकेट… Continue reading कुवेतविरूद्ध सीता रानामगरको ह्याट्रिक विकेट
भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति
काठमाडौं । भारतमा आफूले फलाएको अन्नबालीले उचित मूल्य नपाएको भन्दै विभिन्न राज्यमा किसान आन्दोलन चर्किएको छ । आन्दोलनकारी दिल्लीतिर अघि बढ्दै जाँदा सरकारले दिल्लीमा निषेधाज्ञा तोकेको छ । साथै विभिन्न स्थानमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। सन् २०२० मा पनि किसानहरूले दिल्लीको सीमामा कैयौँ दिनसम्म धर्ना दिएका थिए। त्यस बेला उनीहरूले एउटा विवादित कृषि कानुनको… Continue reading भारतमा पुनः चर्कियो किसान आन्दोलन, मोदी सरकारलाई चूनौति
सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रूपमा रहेको बताएका छन्। सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताए। सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै… Continue reading सरस्वती पूजामा राष्ट्रपतिको सन्देश: नवीन खोजमा प्रेरित गरोस
पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय
काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–६ मा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे पाल्पाको मस्यामस्थित इको फर्महाउस नजिकै दुर्घटना हुँदा ७ महिला र ३ पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका… Continue reading पाल्पा दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुग्यो, खुल्यो सबैको परिचय
आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल
काठमाडौं । नेपालले बिहीबारदेखि घरेलु मैदान टियु मैदानमा खेल्ने आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि टोलीमा फेरबदल गरेको छ । क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र देव खनाल नेपालको लिग २ टोलीमा समेटिए । यसअघि घोषणा टोलीबाट विकेटकिपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् । अनिलले क्यानडासँग दोस्रो ओडीआई… Continue reading आईसीसी विश्वकप लिग–२ खेल्ने नेपाली टीममा फेरबदल
आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना
काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चनासहित श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ। ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लागेको छ । आजै बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम… Continue reading आज श्रीपञ्चमी, सरस्वती देवीको पूजा–अर्चना
हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा
काठमाडौं । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा सबस्टेसनमा ४००–२२० केभी,२२०–१३२ केभी र १३२–११ केभी सबस्टेसन निर्माणाधीन छन् । एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन(चार्ज) गर्ने लक्ष्यका साथ सबस्टेसनका उपकरणहरुको जडान, परीक्षणलगायतका अन्तिम चरणका कामहरु भइरहेका छन् । सबस्टेसनमार्फत राष्ट्रिय… Continue reading हेटौडा प्रसारणलाइन निर्माणको अन्तिम चरणमा
पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । पोखराको मोहोरिया टोलबाट स्रोत नखुलेको ६ केजी ६९ सुन ग्रामसहित भारतीय नागरिक सुरजित भौमिक पक्राउ परेका छन् । मोहोरिया टोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो । उक्त पसलमा अवैध रूपमा सुन तथा… Continue reading पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ
पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु
काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा… Continue reading पाल्पामा जीप दुर्घटना, कम्तिमा ८ जनाको मृत्यु
बेलडाँगी शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या
काठमाडौं । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै ५० वर्षीय पञ्जवीर घिसिङ पक्राउ परेका छन् । प्रहरीका अनुसार, उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओली धेरै रोएको भन्दै उनले सुरुमा थप्पड हानेका थिए । त्यसपछि पनि रुन नछाडेको भन्दै… Continue reading बेलडाँगी शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या
लघुवित्त र सहकारी पीडितबारे रास्वपाले बुझायो सुझावपत्र, प्रधानमन्त्रीले भने-‘सरकारले न्याय दिन्छ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ। सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले मंगलबार प्रचण्डलाई नै भेटेर आफ्नो सुझाव बुझाएको छ । रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका… Continue reading लघुवित्त र सहकारी पीडितबारे रास्वपाले बुझायो सुझावपत्र, प्रधानमन्त्रीले भने-‘सरकारले न्याय दिन्छ’
नेपालको कीर्तिमानी जीत, माल्दिभ्स १३ रनमा अलआउट
काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सविरुद्ध शानदार जीत हासिल गरेको छ । नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ। नेपालले प्रस्तुत गरेको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन बनाउँदै अलआउट भएको हो । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंकमा… Continue reading नेपालको कीर्तिमानी जीत, माल्दिभ्स १३ रनमा अलआउट
के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?
काठमाडौं । भारतले म्यानमारसँगको खुला सीमाामा तारबार लगाउने योजना बनाइरहेको विवरण सार्वजनिक भएको छ । गृहमन्त्री अमित शाहले केही साताअघि छिमेकी देश म्यान्मारसँगको खुला सीमामा छेकबार लगाउने योजना घोषणा हुन् । भारतले अप्ठ्यारो खेप्नुपरेको १,६४३ किलोमिटर लामो सीमालाई “बाङ्ग्लादेशसँगको सीमामा छेकबार लगाए जसरी” सुरक्षित बनाउने उनको भनाइ छ । भारत र बाङ्ग्लादेशबीच त्योभन्दा झन्डै दुईगुना… Continue reading के भारतले म्यानमार सीमामा तारबार लगाउँदैछ ?
इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु
काठमाडौं । इजरायली सेनाले गाजाको रफाह सहरका विभिन्न स्थानमा गरेका आक्रमणमा करिब एक सय प्यालेस्टिनी मारिएका छन् । मृत्यु हुनेमध्ये कैयौं बालबालिका तथा महिला छन् । प्यालेस्टाइनको रेड क्रेसन्ट सोसाइटीले रफाहमा भीषण आक्रमण गरिएको र कम्तीमा सय जनाको ज्यान गएको जनाएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने ६७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि अमेरिकी राष्ट्रपति… Continue reading इजरायलले जागामा गर्यो व्यापक नरसंहार, थप १ सय भन्दा बढीको मृत्यु
जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै
काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी गरेको आज २८ वर्ष पुगेको छ । यो सशस्त्र द्वन्द्व २०६३ सम्म चलेको थियो । युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रुपमा परिचित थियो । यस दिनको सम्झनामा सरकारले दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । तर, माओवादी घटकहरुले भने… Continue reading जनयुद्ध दिवसको सार्वजनिक बिदा खारेज, माओवादी घटकले देशभर मनाउँदै
मेनुका पौडेललाई राष्ट्रपतिको सम्मान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय रियालिटी शो ‘इण्डियन आइडल’को उत्कृष्ट दशमा परेकी गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्।सोमबार शितल निवासमा राष्ट्रपति पौडेलले गायिका मेनुकालाई सम्मान गरेका हुन्। सो अवसरमा राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च बनाएको बताएका थिए। ‘मेहनत र अभ्यासले मानिसलाई सफल बनाउँछ,’ उनले भने।
जनयुद्ध दिवसमा के दिए प्रधानमन्त्रीले सन्देश ?
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा… Continue reading जनयुद्ध दिवसमा के दिए प्रधानमन्त्रीले सन्देश ?
एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा आज माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ ः १५ मा बाँगीमा सुरु हुनेछ । समूह डी मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा रहँदै क्वाटरफाइनलमा पुगिसकेको छ । नेपाल अपराजित रहँदै क्वाटरफाइनल खेल्न चाहन्छ । सुरुआती दुवै हारका साथ माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको… Continue reading एसीसी वुमन्स प्रिमियर कप : आज नेपाल र माल्दिभ्स भिड्दै
नेपालमा अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी
काठमाडौं । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०७९–८० अनुसार उक्त तथ्यांक देखिएको हो । यो चौथो जिवनस्तर सर्वेक्षण हो । यसअघि तेस्रो जीवनस्तर सर्वेक्षण २०६६–६७ नेपालमा गरिबी दर २५ दशमलव २ प्रतिशत रहेको देखाएको थियो । प्रदेशका आधारमा सबैभन्दा… Continue reading नेपालमा अझै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी
अर्थमन्त्रीले घटाए बजेटको आकार, १५ खर्ब ३० अर्बमा झारियो
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका छन् । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री महतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारेका हुन् । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड… Continue reading अर्थमन्त्रीले घटाए बजेटको आकार, १५ खर्ब ३० अर्बमा झारियो
नेपालले गर्यो क्यानडाविरुद्धको सिरिज क्लिन स्वीप
काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्वीप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे… Continue reading नेपालले गर्यो क्यानडाविरुद्धको सिरिज क्लिन स्वीप
२१ सयमा उक्लियो शेयर बजार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१. १६ अंकमा पुगेको हो । यसदिन ११४ कम्पनीको ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँ बराबरको १ करोड १ लाख ८ हजार १२२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा… Continue reading २१ सयमा उक्लियो शेयर बजार, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट