काठमाडौं । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङमा अन्य ब्याटरको साथ नहुँदा नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग हारेको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भयो । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन मात्र बनायो । नेपालका ओपनर… Continue reading यु-१९ विश्वकप : न्युजिल्यान्डविरुद्ध चम्किए अर्जुन, हार्यो नेपाल
Category: फिचर
दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ रिहार नजिक यात्रु बस दुर्घटना भएको छ । घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ३(०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका(१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय… Continue reading दाङमा रात्रि बस दुर्घटना, कम्तिमा २ जनाको मृत्यु
काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?
काठमाडौं । काठमाडौंको शोभाभगवतीस्थित कोठामा सँगै बस्ने महिलाको हत्या गरी भारत फरार भएका एक जना पक्राउ परेका छन् । सो स्थानमा हत्या भएको तीन महिनापछि शव फेला परेको थियो । गत शुक्रबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका १५ शोभाभगवतीस्थित दुइ तले घरको भुइँ तलामा एक जना महिलाको शव फेला परेको थियो। सो घरकी घरबेटी सरिता… Continue reading काठमाडौंमा एउटै कोठामा बस्ने महिलाको हत्या गरी भारत फरार, कसरी खुल्यो पोल ?
बीपीका उपकूलपतिलाई प्रधानमन्त्रीको निर्देशन-‘तुरून्तै धरान गएर बैठक बोलाउनूस्’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आज सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले उपकूलपति डा. कार्कीलाई भने, ‘तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्,अन्तर्वार्ताको मिति तोक्नुहोस् र… Continue reading बीपीका उपकूलपतिलाई प्रधानमन्त्रीको निर्देशन-‘तुरून्तै धरान गएर बैठक बोलाउनूस्’
भूकम्प प्रभावितलाई प्रधानमन्त्री उद्धार कोषमा जम्मा भयो २८ करोड ४३ लाख
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ करोड ४३ लाख ५४ हजार पाँच रुपैयाँ जम्मा भएको छ । विभिन्न संघसंस्था र व्यक्तिहरूले कात्तिक १८ गतेदेखि हाल सम्मको अवधिमा उक्त रकम कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जाजरकोटलाई केन्द्रविन्दु… Continue reading भूकम्प प्रभावितलाई प्रधानमन्त्री उद्धार कोषमा जम्मा भयो २८ करोड ४३ लाख
‘रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन सकिदैँन’- प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपाली युवालाई तत्कालै फिर्ता ल्याउन नसकिने संकेत गरेका छन्। युगान्डा भ्रमणपछि आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसके पनि नेपालको आग्रहलाई रुसले मान्ने स्थिति नरहेको बताएका हुन्। रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन… Continue reading ‘रुस-युक्रेन युद्धमा रहेका नेपालीलाई तत्कालै फिर्ता ल्याउन सकिदैँन’- प्रधानमन्त्री प्रचण्ड
दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा पुगेको हो । यसदिन ३०८कम्पनीको ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ बराबरको २ करोड २८ लाख २० हजार २७९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार
त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् । झापाका २३ वर्षीय खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो । अहिले विमानस्थल भन्सार सुरक्षार्थ एपीएफको टोली परिचालन गरिएको छ ।
युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने
काठमाडौं । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उनी नेपाली टोलीको नेतृत्व गर्दै त्यहाँ पुगेका हुन् ।… Continue reading युगान्डा भ्रमण पुरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किने
काठमाडौंमा आजबाट एक साता विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुँदै
काठमाडौं । काठमाडौँमा आज (आइतबार)बाट विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सात दिन विद्युत् सेवा आपूर्ति नहुने जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ… Continue reading काठमाडौंमा आजबाट एक साता विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुँदै
चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान
काठमाडौं । चन्द्रमामा नियन्त्रित उपकरणद्धारा सफल अवतरण गर्ने मुलुकमा जापान पाँचौं मुलुक बनेको छ । एक जापानी रोबोट चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् । तर त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएसँगै उक्त मिसनले केही घण्टा मात्र काम गर्न सक्ने देखिएको छ। द स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको… Continue reading चन्द्रमा पुग्ने पाँचौं देश बन्यो जापान
विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने
काठमाडौं । बिजनेस भिसा लिन अब अध्यागमन विभाग जान नपर्ने भएको छ । अध्यागमन विभागका महानिर्देशक रूद्रसिंह तामाङका अनुसार विभागले उद्योग विभाग अन्तर्गत रहेको एकल विन्दु सेवा केन्द्रबाट सेवाग्राहीले बिजनेस भिसा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । बिजनेस भिसामा जानेहरूले उद्योग विभागमा इन्ट्री गरेपछि त्यहीँबाट अनलाइनमार्फत अध्यागमन कार्यालयले विवरण प्राप्त गर्ने र डकुमेन्टका आधारमा अनलाइनबाटै… Continue reading विजनेश भिसा लिन अब अध्यागमन धाउनु नपर्ने
यू-१९ विश्वकप आज नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग खेल्दै
काठमाडौं । नेपालले आईसीसी यू १९ विश्वकप २०२४ मा आइतबार न्यूजिल्याण्डसँग पहिलो खेल खेल्दैछ । देव खनालको कप्तानीमा रहेको नेपाली युवा टोली कम्तीमा सुपर सिक्स पुग्ने लक्ष्यका साथ दक्षिण अफ्रिकामा रहेको छ । नेपालको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपाली युवा खेलाडीलाई आफूलाई प्रमाणित गर्ने यो सबैभन्दा राम्रो अवसर हो । युवा टोलीले… Continue reading यू-१९ विश्वकप आज नेपालले पहिलो खेल न्यूजिल्याण्डसँग खेल्दै
४० लाख कोरोना भाइरसको खोप नष्ट गरिँदै
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप… Continue reading ४० लाख कोरोना भाइरसको खोप नष्ट गरिँदै
लगानीमा विविधिकरण खोज्न अर्थमन्त्रीको आह्वान
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन् । सम्पादक समाज नेपालद्वारा शनिबार आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहमा उनले सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन् । अर्थतन्त्रमा देखिएको अन्यौल समाप्त हुँदै गएको बताउँदै मन्त्री महतले लगानीका लागि विश्वासको वातावरण बनेको बताए । ‘आगामी दिनमा… Continue reading लगानीमा विविधिकरण खोज्न अर्थमन्त्रीको आह्वान
सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूको १९ औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमासिंघेबीच दुईपक्षीय प्रतिनिधिमण्डलको भेटवार्ता भएको हो । भेटवार्तामा प्रधानमन्त्री दाहालले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय सहकार्य… Continue reading सार्कलाई सक्रिय बनाउनेबारे नेपाल र श्रीलंकाका सरकार प्रमुखबीच छलफल
सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली
काठमाडौं । सन् २०२३ मा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर नेपालबाट अमेरिकामा मात्र २१ हजार नेपाली गएको पाइएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यस वर्ष स्थायी बसोबासको् पीआर लिएर विदेश गएका झन्डै ७१ हजार मानिसमध्ये अमेरिकामा मात्र २१ हजार मानिस पुगेका हुन् । नेपालीहरु १०९ वटा देशमा पुगेका छन् । नेपालीहरू विकसित भनिएका अमेरिका,… Continue reading सन् २०२३ मा स्थायी बसोबासको अनुमति लिएर अमेरिकामा मात्र गए २१ हजार नेपाली
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले राम मन्दिरको प्राण प्रतिष्ठा गर्ने दिन महानगरभित्र मदिरा र माछामासु बिक्री वितरणमा प्रतिवन्ध लगाएको छ । पशुपन्छी र जीवजन्तुको बध गर्न, मदिरा र माछामासु बिक्री तथा वितरणमा रोक लगाउने निर्णय भएको महानगरले निकालेको सूचनामा उल्लेख छ। माघ ८ गते वीरगञ्जको घडीअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा रामको मूर्ति स्थापना तथा… Continue reading अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा : वीरगन्जमा मदिरा-माछा मासु बिक्रिमा रोक
रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन परराष्ट्र मन्त्रीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग त्यहाँको सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । साथै उनले नेपाली नागरिकहरुलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गरेका छन् । युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरेका थिए । भेटका क्रममा परराष्ट्रमन्त्री साउदलेकेही मुलुकसँग… Continue reading रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन परराष्ट्र मन्त्रीको आग्रह
यू-१९ विश्वकपमा दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी
काठमाडौं । आईसीसी यू-१९ विश्वकप २०२४ मा घरेलु टोली दक्षिण अफ्रिका र आयरल्यान्डले विजयी सुरुवात गरेका छन् । शुक्रबार राति सकिएको खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ३१ रनले हरायो । जितको लागि २८६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ४०.१ ओभरमा ३१ रनमा अल आउट भयो । वेस्टइन्डिजका विकेटकिपर जेवेल एन्ड्रयुले ९६ बलमा १४ चौका र ३… Continue reading यू-१९ विश्वकपमा दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी
थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय
काठमाडौं । राजसंस्थाको अपमान हुने खालको टिप्पणीका लागि थाईल्यान्डमा एउटा अदालतले एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाएको छ। थाई राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने गरी ल्याइएको कानुनअन्तर्गत अहिलेसम्म दिइएको यो सबैभन्दा कठोर सजाय हो। तीन वर्षअघि फेसबुकमा पोस्ट गरेको सामग्रीका लागि यसअघि मङ्कोन तिराकोटलाई दोषी ठहर गर्दै २८ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले… Continue reading थाई राजसंस्थाको अपमानजनक टिप्पणी गरेको भन्दै ५० वर्षको जेल सजाय
प्यालेस्टिनी राज्य स्थापना गर्ने अमेरिकी प्रस्तावमा इजरायल असहमत
काठमाडौं । गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसको पुष्टी गरेका छन् । बीबीसीका अनुसार उनले एउटा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले “पूर्ण विजय प्राप्त नगरुन्जेल” गाजामा आक्रमण जारी राख्ने समेत बताए। उनले गाजामा “अझै धेरै महिना” लडाइँ लम्बिन सक्ने… Continue reading प्यालेस्टिनी राज्य स्थापना गर्ने अमेरिकी प्रस्तावमा इजरायल असहमत
हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्रीको अपिल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई आह्वान गरेका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “म ‘नाम’ का साथीहरूलाई हाम्रो आह्वान–हिमालयको आह्वानलाई समर्थन गर्न आह्वान गर्दछु । हिमाली पारिस्थितिक… Continue reading हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्रीको अपिल
शनिबार सिंहदरवारमा चार घण्टा बत्ति जाने
काठमाडौं । शनिबार सिंहदरबारमा चार घण्टा बिजुली नहुने भएको छ। निर्माणाधीन संघीय संसद भवनको मुल गेट अगाडि रहेका पोल स्थानान्तरण तथा स्मार्ट मिटर जडान गर्नुपर्ने भएका कारण बिद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरेको छ। ‘पोल स्थानान्तरण तथा स्मार्ट मिटर जडान गर्नुपर्ने भएकाले सिंह दरबार परिषर भित्र, जिल्ला समन्वय समिति र… Continue reading शनिबार सिंहदरवारमा चार घण्टा बत्ति जाने
गौरवका आयोजनाको छनोटको मापदण्ड बदल्नु पर्छ : ऊर्जा मन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा राखेका हुन् । शुक्रबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै… Continue reading गौरवका आयोजनाको छनोटको मापदण्ड बदल्नु पर्छ : ऊर्जा मन्त्री
युगाण्डामा प्रधानमन्त्रीको सम्बोधन : प्यालेस्टाइन र इजरायलबीचको युद्ध रोक्न आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति-सुरक्षाका लागि उभिन चाहेको बताएका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘विश्वको ६० प्रतिशतभन्दा… Continue reading युगाण्डामा प्रधानमन्त्रीको सम्बोधन : प्यालेस्टाइन र इजरायलबीचको युद्ध रोक्न आह्वान
गुजरातमा डुङ्गा दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु
काठमाडौं । भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् । हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ… Continue reading गुजरातमा डुङ्गा दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु
युगाण्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया
माघ ४, कम्पाला। असंलग्न आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा भाग लिन बिहीबार बेलुकी युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तर्क्रिया गरेका छन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भने, “युगाण्डामा मेरो पहिलो भ्रमण हो। तपाईहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ। यहाँ तपाईहरूले केही कुरा उठाउनुभयो। ती… Continue reading युगाण्डामा बस्ने नेपाली समुदायसँग प्रधानमन्त्रीको अन्तर्क्रिया
थेसिस बुझाउन त्रिविले दियो मौका
काठमाडौं । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले २०५८ सालपछि भर्ना भई थेसिस, टर्मपेपर, प्रोजक्ट रिपोर्ट, इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेका परीक्षार्थीलाई एक पटकका लागि मौका दिने निर्णय गरेको छ । गत २५ पुसमा बसेको प्राज्ञिक परिषद स्थायी समितिको बैठकले वार्षिक परीक्षा अन्तर्गतका २०५८ मा अथवा त्यसभन्दा पछि भर्ना भई सैद्धान्तिक परीक्षा पास… Continue reading थेसिस बुझाउन त्रिविले दियो मौका
छुट जग्गा दर्ता गर्न सरकारले दियो मौका
काठमाडौं । सरकारले यसअघि नै भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको छुट दर्ताका लागि फेरि मौका दिएको छ । गत सोमबारको मन्त्रिपरिषद बैठकले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गर्न स्विकृती दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा… Continue reading छुट जग्गा दर्ता गर्न सरकारले दियो मौका