विश्व अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रको बिस्तार संतोषजनक : विश्व बैंक

काठमाडौं । विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने देखिएको छ । यस्तो प्रक्षेपण विश्व बैंकले गरेको हो । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो देखाएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने… Continue reading विश्व अर्थतन्त्रभन्दा नेपालको अर्थतन्त्रको बिस्तार संतोषजनक : विश्व बैंक

नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने, यी ठाउँमा रोकिन्छ गाडी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो ४ घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो… Continue reading नारायणगढ-मुग्लिन सडक थप ३ साता बन्द हुने, यी ठाउँमा रोकिन्छ गाडी

सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन, घरमा भेटियो पैसाको चाङ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामबहादुर बम्जनलाई सार्वजनिक गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार उनलाई सार्वजनिक गरेको हो। मंगलबार साँझ पक्राउ परेका बमजनलाई बुधबार नै सर्लाही लैजाने तयारी प्रहरीले गरेको छ। प्रहरीले बमजनको घरबाट ३ करोड रुपैयाँभन्दा बढी रकम बरामद गरेको जनाएको छ । उनको साथबाट नेपाली रुपैयाँसहित विभिन्न १७… Continue reading सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन, घरमा भेटियो पैसाको चाङ

कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध

काठमाडौं । दक्षिण कोरियाको संसद्ले मङ्गलबार कुकुरको प्रजनन, बध तथा मासु बिक्रीमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । कुकुरको प्रजनन, बध तथा मासु बिक्री गर्ने परम्परागत अभ्यासलाई कार्यकर्ताहरूले मुलुकका लागि शर्मनाक भनेका छन् । कार्यकर्ताहरूका अनुसार कुकुरको मासु लामो समयदेखि दक्षिण कोरियाली परिकारको हिस्सा रहेको छ र एक समयमा उक्त व्यापारका लागि प्रत्येक वर्ष… Continue reading कोरियामा अब कुकुरको मासुको कारोबारमा प्रतिवन्ध

रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यता शूल्क स्वेच्छिक बनाएको छ । पार्टीमा अब स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो प्रबन्ध गरेको हो। रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम राखेको थियो । अब त्यसमा बढाएर, घटाएर वा स्वेच्छिक शुल्क तिर्न… Continue reading रास्वपामा सदस्य बन्न स्वेच्छिक शूल्क

काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने

काठमाडौं । काठमाडौं महानगरपालिकामा घरपालुवा जनावरलाई सार्वजनिक स्थलमा शौच गराएमा जरिवाना तिर्नु पर्ने भएको छ । महानगरक्षेत्रभित्र कुनै पनि घरपालुवा जनावर धनी कुकुर बिरालोलाई शौच गराउन घर बाहिरका कुनै पनि सार्वजनिक स्थानमा निकाले कारबाही गरिने कृषि तथा पशुपन्छी विभागले जनाएको छ । सार्वजनिक स्थानमा शौच गराएको फेला परे महानगरले पाँच हजार रुपैयाँसम्म जरिवाना तिराउन सक्ने… Continue reading काठमाडौंमा सार्वजनिक स्थलमा कुकुर- बिरालोलाई शौच गराए कारवाही हुने

विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रमिकमाथि आर्थिक भार थप्ने गरी कुनै निर्णय नगर्न र भएका निर्णयको कार्यान्वयन समेत नर्गन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा श्रममन्त्री शरतसिंह भण्डारी, सचिव केबलप्रसाद भण्डारी लगायतलाई निर्देशन दिंदै प्रधानमन्त्रीले प्रचण्डले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरु निःशुल्क रूपमै… Continue reading विदेश जाने श्रमिकमाथि थप भार नथप्न प्रधानमन्त्रीले दिए निर्देशन

फ्रान्समा ३४ वर्षिय युवा बने प्रधानमन्त्री

France24.com

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिन युवा प्रधानमन्त्री नियुक्त गरेका छन् । मङ्गलबार उनले ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका हुन् । धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया… Continue reading फ्रान्समा ३४ वर्षिय युवा बने प्रधानमन्त्री

तपस्वीको भेषमा बस्ने राम बहादुर बमजन पक्राउ

काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न खटिएको थियो। उनी दुई महिनादेखि काठमाडौंमा बसेको खुलेको छ । उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा… Continue reading तपस्वीको भेषमा बस्ने राम बहादुर बमजन पक्राउ

डेडिकेटेड र ट्रंक लाइन विवादमा छानविन समिति गठन

file

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबिन समिति बनाएको हो । आयोगमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल सदस्य रहेनछन् । लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट… Continue reading डेडिकेटेड र ट्रंक लाइन विवादमा छानविन समिति गठन

मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास, एक जना पक्राउ

काठमाडौं । सिराहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो। सोमबार खुकुरी प्रहारको प्रयास गरेको भीडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो। पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–८ अरङका घर भएका रामबाबु साह… Continue reading मिटरब्याज पीडितमाथि खुकुरी प्रहारको प्रयास, एक जना पक्राउ

माइतीघरमा प्रदर्शनमा उत्रिएका अभियन्ता डा. गोविन्द केसी पक्राउ

काठमाडौं । स्वास्थ्य अभियन्ता एवं सत्याग्रही प्रा. डा. गोविन्द केसी पक्राउ परेका छन् । विभिन्न माग राखेर माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखेको जानकारी प्रहरीले गराएको छ। प्रा. डा. केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित… Continue reading माइतीघरमा प्रदर्शनमा उत्रिएका अभियन्ता डा. गोविन्द केसी पक्राउ

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । अध्यक्ष खनालले मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमार्फत मन्त्रिपरिषद् कार्यालयमा राजीनामा बुझाएका हुन् । उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । ५ वर्ष कार्यकालको सकिन ७ महिना बाँकी हुँदै उनले राजीनामा बुझाएका… Continue reading दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

ठगिएका रियल गोर्खा सहकारीका पीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनीहरुविरुद्ध मुद्दा अघि बढाउनुपर्ने हुँदा ठगीमा परेकालाई समयमै सम्पर्कमा आएर जाहेरी दिन सार्वजनिक अनुरोध गरिएको जानकारी दिए । उनले… Continue reading ठगिएका रियल गोर्खा सहकारीका पीडितलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

काठमाडौं । भारत र माल्दिभ्सबीच चर्किएको वाकयुद्धले माल्दिभ्सको पर्यटनमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ । माल्दिभ्सले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरिसकेको छ । तर, भारतमा ब्वाइकट माल्दिभ्स अभियान चलाइएको छ । यस अभियानलाई क्रिकेट र बलिउड सलिब्रेटीले समेत साथ दिएका छन् । माल्दिभ्स भारतीय भीआइपी… Continue reading माल्दिभ्स र भारतबीच किन चर्कियो द्धन्द्ध, पर्यटनमा कस्तो असर ?

लेवनानमा इजरायलको आक्रमणबाट हिज्बुल्लाहका नेता मारिए

REUTERS

काठमाडौं । इजरायली आक्रमणमा लेबनानस्थित हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएका छन् । ड्रोन हमलामा हिज्बुल्लाह समूहका एक वरिष्ठ कमान्डर मारिएको विवरण सार्वजनिक भएको बीबीसीले लेखेको छ । हिज्बुल्लाह कमान्डर विसाम तावीलको दक्षिणी लेबननमा निधन भएको बताइएको छ। लेबनानका सरकारी सञ्चारमाध्यमले बिन्त जबेल जिल्लामा एउटा कारलाई निशाना बनाइएको र उक्त कार सडकबाट हटेको अनि त्यसपछि… Continue reading लेवनानमा इजरायलको आक्रमणबाट हिज्बुल्लाहका नेता मारिए

बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष

REUTERS\BBC

काठमाडौं । बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका नट बोल्ट कसिलो गरी नकस्दा सिकायत आएको पाइएको छ । प्राविधिक टोलीको जाँचपछि यस्तो निष्कर्ष निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अलास्का एयरलाइन्सको उडिरहेको एक विमानको एक ढोका भुइँमा खसेपछि बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानहरु निरीक्षणको क्रममा बोल्टहरु अझै कस्नुपर्ने जरुरी देखिएको शिकागोस्थित युनाइटेड एयरलाइन्सले… Continue reading बोइङ ७३७ का नट बोल्ट नकस्दा सिकायत आएको निष्कर्ष

बक्यौता बुझाउन प्राधिकरणले ३० दिन भित्र निवेदन दिन गर्यो अनुरोध

file

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिन चाहनेका लागि ३० दिनको समय उपलब्ध गराएको हो । पुस १६ गते प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा… Continue reading बक्यौता बुझाउन प्राधिकरणले ३० दिन भित्र निवेदन दिन गर्यो अनुरोध

महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

काठमाडौं । महोत्तरीको औरहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार बर्दिबास–औरही सडक खण्डको औरही नगरपालिका–१ वडा कार्यालय नजिक सोमबार राति ९ बजे प्रदेश २–०२–००४ प १८४० र ज ११ प ८०९९ नम्बरका मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा दुवै… Continue reading महोत्तरीमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध उजुरी हाल्न सकिने दिन तोकिएको छ । सोमबार मनोनयन दर्ता गरिएको थियो ।निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका ताकिएको हो । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूविरुद्ध परेको उजुरीको… Continue reading राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो । नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल… Continue reading सीएनआई र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने सहमति

लगानीका लागि नेपाल उत्कृष्ट गन्तब्य हो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न भारतीय लगानीसमक्ष आग्रह गरेका छन् । सोमबार काठमाडौंमा नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र उत्कृष्ट रहेको बताए । जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका लागि उत्कृष्ट गन्तव्य हुन… Continue reading लगानीका लागि नेपाल उत्कृष्ट गन्तब्य हो : अर्थमन्त्री

काठमाडौंबाट बरामद भयो ४७ किलो चाँदी, ३ जना पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फ रहेको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनका अनुसार, उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा हानेको… Continue reading काठमाडौंबाट बरामद भयो ४७ किलो चाँदी, ३ जना पक्राउ

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’

photo : Noah Seelam / AFP - Getty Images

काठमाडौं । कोरोना भारइसको नयाँ सव-भेरियन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पनि फेला परेको जनाएको छ। आइतबार देशको विभिन्न ठाउँहरूबाट संकलित नमूनाहरूमध्ये १६ वटा पोजेटिभ नमूनाहरूको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा जेएन.१ पुष्टि भएको हो। यद्यपि नयाँ भेरियन्ट भनिएको… Continue reading नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘जेएन.१’

राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको उम्मेदवारी, कुन प्रदेशमा कति ?

काठमाडौं । आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा विभिन्न समूहका लागि ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। निर्वाचन कार्यतालिका अनुसार कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २१… Continue reading राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको उम्मेदवारी, कुन प्रदेशमा कति ?

राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी

बागमती प्रदेशमा ४ सिटका लागि १६ जनाको उम्मेदवारीकाठमाडौं । राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेश क्लस्टरतर्फ १६ जनाले उम्मेदवारी दिएका छन्। सोमबार राजधानी हेटौंडा उपमहानगरपालिका–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा ४ सिटका लागि १६ जनाले उम्मेदवारी दिएका हुन् । हेटौंडा प्रदेश निर्वाचन कार्यालयमा गठबन्धन दल, प्रमुख प्रतिपक्षी दल, नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट… Continue reading राष्ट्रियसभा निर्वाचन : बागमतीमा १६ जनाको उम्मेदवारी

बंगलादेशको विवादास्पद चुनावमा शेख हसिना विजयी, पाँचौँ पटक प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । विवादास्पद निर्वाचनमा विजयी भएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले निरन्तर चौथो पटक सरकारको नेतृत्व गर्ने सुनिश्चित भएको छ। उनको दल अवामी लीग र साझेदार दलहरूले ३०० सदस्यीय संसद्‌मा कम्तीमा २२३ सीट जितेका छन्। यो विजयपछि हसिना पुनः देशको कार्यकारी बन्न पाउने छिन्। बंगलादेशको मुख्य विपक्षी दल बंगलादेश न्याश्नलिस्ट पार्टी बीएनपीले निर्वाचन बहिष्कार गरेको थियो।… Continue reading बंगलादेशको विवादास्पद चुनावमा शेख हसिना विजयी, पाँचौँ पटक प्रधानमन्त्री बन्ने निश्चित

उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दास्रो दिन नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ विन्दुमा पुगेको हो । यसदिन ३०९ कम्पनीको ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँ बराबरको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको… Continue reading उच्च अंकले बढ्यो नेप्से, १० कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुल्यो,‘विवाहेतर सम्बन्धका कारण’ हत्या

काठमाडौं । चितवनमा बोराभित्र शव फेला परेका पुरूष र महिलाको पहिचान खुलेको प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटै शवको पहिचान खुलेको प्रहरीले जनाएको हो । उनीहरू भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। यसमा संलग्न व्यक्ति पनि भारतीय नागरिक रहेको प्रहरीले जनाएको… Continue reading चितवनमा बोराभित्र भेटिएका शवको पहिचान खुल्यो,‘विवाहेतर सम्बन्धका कारण’ हत्या

धानको उत्पादन बढ्यो, जमिन भने घट्दै

काठमाडौं । नेपालमा धानको उत्पादन बढेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०\८१ मा धान ४.३३ प्रतिशतले बढी उत्पादन भएको छ । यो चालु आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष ५४ लाख ८६ हजार ४७२… Continue reading धानको उत्पादन बढ्यो, जमिन भने घट्दै