प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। भारत सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा संक्षिप्त कुराकानी भएको काठमाडौंस्थित भारतीय राजदूतावासले… Continue reading प्रचण्ड र मोदीबीच टेलिफोन वार्ता

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिउँसो सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको तथा कोशी र बागमती प्रदेशका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र… Continue reading आज कस्तो रहनेछ मौसम ?

६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई भक्तपुरको जगातीबाट पक्राउ गरेको छ । भक्तपुरमा चेकजाँचका क्रममा उनीहरूलाई स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीन घर भई हाल काठमाडौंमा बस्‍ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६… Continue reading ६९ लाख स्रोत नखुलेको रकमसहित ४ चिनियाँ पक्राउ

सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो

काठमाडौं । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथा सहित प्रमुख हिमालबाट १२ शव र १०८ मेट्रिक टन फोहोर सङ्कलन गरिएको छ । नेपालमा रहेका हिमालको स्वच्छता कायम राख्ने उद्देश्यले सन् २०१९ देखि सुरु भएको अभियानका क्रममा हालसम्म चारवटा अस्थिरपञ्जर सङ्कलन गरिएको सेनाले जनाएको छ । सन् २०२४ मा… Continue reading सफा हिमाल अभियान : ५ वर्षमा १२ शव निकालियो

काठमाडौं महानगरले भन्यो-‘सबै अस्पतालहरुले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू’

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न महानगरको निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो। महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र… Continue reading काठमाडौं महानगरले भन्यो-‘सबै अस्पतालहरुले १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्नू’

झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९९ करोडमा सीमित

काठमाडौं । शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार करिब ४ अंकले बढेको नेप्से आज साढे ५ अंकले घटेको हो । बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ९ करोड घटेर आज ३ अर्ब ९९… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ९९ करोडमा सीमित

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । मोदीले आगामी जुन ८ मा भारतका प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिन सक्ने जनाइएको छ । हालै सम्पन्न लोकसभा चुनावमा मोदी… Continue reading भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

अमेरिकामा कन्सर्टबाट उठेको रकम अनाथ आश्रमलाई

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एन्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ । च्याप्टरका अध्यक्ष सपना सेढाई थपलियाले तुलसालयका अध्यक्ष सरूँ सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम हस्तान्तरण गरेकी हुन् । ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र… Continue reading अमेरिकामा कन्सर्टबाट उठेको रकम अनाथ आश्रमलाई

मोदीले गरे नेहरुसँग बराबरी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उनको दल भाजपा नेतृत्वको गठबन्धनले बहुमत पाएको छ । मोदी सन् २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन् । अब उनी तेस्रो कार्यकालका लागि सरकारको नेतृत्वमा हुनेछन् । भारतीय जनता पार्टीका अध्यक्ष… Continue reading मोदीले गरे नेहरुसँग बराबरी

भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत

काठमाडौं । भारतमा १८ औं लोक सभा निर्वाचनको मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घटेको देखिएको छ । निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्ता गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । जुन सरकार बनाउने सहज बहुमत हो । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया) गठबन्धनले २३१ सिट जित्न सफल भयो । भाजपा एक्लैले बहुमत हासिल… Continue reading भारतमा मोदीको लोकप्रियता घट्यो, तर गठबन्धनले पायो बहुमत

बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक

काठमाडौं । आईसीसी टी–२० पुरुष क्रिकेट विश्वकपअन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीचको खेल रद्ध भएको छ । बार्बाडोसस्थित केनसिङ्गटन ओभलमा भएको खेल सुरु भएपनि नतिजा आउन नसकेपछि दुवै टोलीले १–१ अंक पाए । वर्षाका कारण निर्धारित समयमभन्दा आधा घण्टा ढिला सुरु भएको खेलमा स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो । स्कटल्याण्डले ६।२ ओभरमा कुनै विकेट नगुमाई… Continue reading बलियो टोली इंल्याण्डविरुद्ध स्कटल्याण्डको सानदार प्रदर्शन, तर वर्षा बाधक

विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग पराजित, फ्यानले देखाए अपार माया

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले हारेको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का… Continue reading विश्वकपमा नेपाल नेदरल्याण्ड्ससँग पराजित, फ्यानले देखाए अपार माया

विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सको खेल अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा जारी छ । १० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थन पनि निकै उत्साहित छन् । रंगशालामा १० हजार बढी नेपाली दर्शक छन् । नेपालमा पनि टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाइएको छ । नेपालले विश्वकप खेलेको… Continue reading विश्वकपमा जुरुक्कै उचालियो काठमाडौं

सुनले बनायो नयाँ रेकर्ड, मूल्य हालसम्मकै उच्च

काठमाडौं । मंगलबार सुनले फेरी नयाँ रेकर्ड बनाएको छ। आज सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ। सोमबारको तुलनामा यो १ हजार ७ सय रुपैयाँ बढेको हो। सोमबार प्रति तोला १ लाख ४१ हजार… Continue reading सुनले बनायो नयाँ रेकर्ड, मूल्य हालसम्मकै उच्च

क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठक पुगे रास्वपाका सांसद

काठमाडौं । टी-२० विश्वकपका लागि नेपाली टीमको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन्। बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए। समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ।

यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने

file

काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने देखिएको छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण… Continue reading यस वर्षको मनसुनले १८ लाख जनसंख्या प्रभावित हुने

अमेरिकामा शाहसिक प्रदर्शनको अपेक्षामा नेपाल, आजबाट यात्रा सुरु

काठमाडौं । नेपाल आईसीसी टी–२० विश्वकप २०२४ मा सरप्राइज प्रदर्शनको तयारीमा छ । किनकी नेपाल भएको समूहमा बलियो नेदरल्यान्ड्ससँगै टेष्ट राष्ट्र दक्षिण अफ्रिका, श्रीलका र बंगलादेश छन् । यी खेलमा नेपालले जित्ने हरेक खेल महत्वपूर्ण हुनेछ । आज नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा रहेको ९ : १५… Continue reading अमेरिकामा शाहसिक प्रदर्शनको अपेक्षामा नेपाल, आजबाट यात्रा सुरु

खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु

काठमाडौं । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका ५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका… Continue reading खोलाले जिप बगाउँदा कम्तिमा २ जनाको मृत्यु

भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?

file

काठमाडौं । भारतको १८औं लोक सभा निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु गभएको छ । लोक सभामा कुल ५४२ सिट छन् । लोक सभा निर्वाचनमा भाजपा नेतृत्वको एनडीए गठबन्धन र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन सकिएलगत्तै सार्वजनिक भएका मत सर्वेक्षणमा यसपटक पनि… Continue reading भारतमा निर्वाचनको मतगणना सुरु, मोदीलाई ह्याट्रिक मत आउला ?

विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका

काठमाडौं । दक्षिण अफ्रिकाको घातक बलिङसामु श्रीलंका धरासायी बन्न पुगेको छ । आईसीसी टी–२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । दक्षिण अफ्रिकाका हेनरिक क्लासेन २२ बलमा १… Continue reading विश्वकप : दक्षिण अफ्रिकाको घातक बलिङसामु धरासायी श्रीलंका

बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले कति पाउँछ ?

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विज्ञप्ति जारी गर्दै पुरस्कार राशीको घोषणा गरेको हो । उपविजेतालाई १२ लाख २८ हजार अमेरिकी डलर प्रदान गरिने आइसिसीले जनाएको छ । सेमिफाइनलमा पुगेका बाँकी दुई… Continue reading बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले कति पाउँछ ?

विश्वकप खेल्न लागेको नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका पुगेको नेपाली क्रिकेट टोलीलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टोलीका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएका हुन् । राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको भन्दै उच्च मनोबलका साथ… Continue reading विश्वकप खेल्न लागेको नेपाली टोलीलाई राष्ट्रपतिको शुभकामना

क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’ बाट हटाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको जानकारी गराएको छ । पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस… Continue reading क्याप्टेन विजय लामा र भावना पन्तलाई जहाज उडानमा रोक

ओलीको आक्रोश –’गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्नू’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रश्न सोध्न भनेका छन्। सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रयमा दिएका हुन्। संसद् भवन परिसरमा सञ्चारकर्मीको ‘गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्नमा अध्यक्ष ओलीले आक्रोशित हुँदै ‘बालेनलाई सोध्नु’ भन्ने… Continue reading ओलीको आक्रोश –’गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्नू’

गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरू विरुद्ध ५ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ । अख्तियारले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन… Continue reading गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले महारनगरलाई क्षतिपूर्ति भराउनेगरी न्यूरोडको सडक आफैँ कालोपत्रे गर्न थालेको छ। महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तारकोलागि सडक काटेपनि सडक विभागले समन्वय नगरेको भन्दै रोकेको काम कालोपत्रे गर्न लागेको हो। नगरप्रहरी र सडक विभागका कर्मचारीबीच केहीबेर विवाद भयो । केही स्थानीयले नगरप्रहरीविरुद्ध नाराबाजी गरे । त्यसपछि घटनास्थलमा नेपाल प्रहरी प्रवेश भएको… Continue reading सडक डिभिजनले थाल्यो न्यूरोडको सडक पिच

बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा स्ट्याटस राख्दै आलोचना गरेका हुन् । उनले भनेका छन् ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।’ यस्तो छ बालेनको स्ट्याटस झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र… Continue reading बालेनले भने ‘ओलीज्यू गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु’

निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई ‘प्रसाद-२’को विवादमा नियन्त्रणमा लिएको हो । गत असोजमा ‘प्रसाद-२’का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक थापाविरुद्ध बौद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेको करिब ७ महिनापछि उनी पक्राउ परेका हुन् । उनी… Continue reading निर्देशक सुदर्शन थापा पक्राउ

श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु

काठमाडौं । श्रीलंकमा बाढी र पहिरोमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ । आपतकालिन प्रवन्धन केन्द्रले सो जानकारी गराएको हो । कोलम्बो भन्दा बाहिर पर्ने सितावामा एकै परिवारका तीन जना बाढीमा परेको समाचार छ । श्रीलंकाका कतिपय स्थानमा विजुली बन्द भएको छ । सोमबार विद्यालयहरु बन्द गरिएका छन् । कुल ९ जिल्लामा भूस्खलनको चेतावनी… Continue reading श्रीलंकामा बाढी -पहिरो, कम्तिमा ७ जनाको मृत्यु

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। कोशी… Continue reading आज कस्तो रहनेछ मौसम ?