काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ६९ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा विहीबार बस दुर्घटना भएको हो । बस करिब १५० फिट तल खसेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तर प्रदेशको हाथरस र राजस्थानका करिब… Continue reading भारतमा बस दुर्घटना, कम्तिमा २२ जनाको मृत्यु
Category: फिचर
वर्षाका कारण नेपाल र अमेरिका भिड्नै पाएनन्
काठमाडौं । वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो । तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । तर टस लगत्तै मैदानमा वर्षा भएको थियो । वर्षा रोकिएपछि मैदानका कर्मचारीले काम गरेका थिए । तर पुनः… Continue reading वर्षाका कारण नेपाल र अमेरिका भिड्नै पाएनन्
दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
काठमाडौं । दाङमा अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बबई गाउँपालिका–४ का ३० वर्षीय राजेश भण्डारी र पछाडि बसेका सोही ठाउँका ३१ वर्षीय साकार केसी छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार… Continue reading दाङमा अटोरिक्सा र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु
काठमाडौंको तापक्रम ३४ डिग्री नाघ्यो
काठमाडौं । बिहीबार काठमाडौँको तापक्रम ३४.४ डिग्री सेल्सियस मापन भएको छ । केही दिन यता उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बागमती प्रदेशदेखि पश्चिममा तत्काल… Continue reading काठमाडौंको तापक्रम ३४ डिग्री नाघ्यो
वर्षाका कारण नेपाल र अमेरिकाको खेल डिले
काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को वाम अप खेलमा नेपाल र अमेरिका भिड्ने तयारी गर्दै गर्दा भारी वर्षाले खेल रोकिएको छ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरीमा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेको छ। खेल सुरु हुनु भन्दा २० मिनेटअघि मैदानमा भारी वर्षा भएको छ। जसका कारण पिच कभर गरिएको छ। आइसिसी टी–२० विश्वकपको… Continue reading वर्षाका कारण नेपाल र अमेरिकाको खेल डिले
सामाजिक सुरक्षा कोषमा थपिएको स्कीमले विदेश गएका कामदारका परिवार लाभान्वित हुने
काठमाडौं । सामाजिक सुरक्षा कोषले नयाँ स्किम थप गरेको छ । अब कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले पनि औषधोपचार सुविधा पाउने भएका छन् । बिहीबारदेखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे श्रम, रोजगार तथा सामाजिक मन्त्री डोलप्रसाद अर्यालले औपचारिक घोषणा गरेका हुन् । यसअघि २०७९… Continue reading सामाजिक सुरक्षा कोषमा थपिएको स्कीमले विदेश गएका कामदारका परिवार लाभान्वित हुने
सन्दीपलाई भिसा दिन फेरि अस्वीकार, विश्वकप गुमाउने
काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । । अमेरिकी दूतावासले उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो । यसअघि पनि टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार भएको थियो । सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो । नेपाली क्रिकेट… Continue reading सन्दीपलाई भिसा दिन फेरि अस्वीकार, विश्वकप गुमाउने
४४ डिग्री नाघ्यो धनगढीको तापक्रम, जनजीवन कष्टकर
काठमाडौं । सुदूरपश्चिमको राजधानी धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबारको तापक्रम वर्षकै सर्वाधिक भएको मौसम तथा विज्ञान विभागले जनाएको छ । लगातार चलेको तातो हावा र अत्यधिक गर्मीका… Continue reading ४४ डिग्री नाघ्यो धनगढीको तापक्रम, जनजीवन कष्टकर
दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब २१ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा पुगेको हो । यसदिन ३११ कम्पनीको ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँ बराबरको ९८लाख ६४ हजार ४८२ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा समूहको परिसूचकमध्ये ३ वटा… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब २१ करोडको कारोबार
नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो
काठमाडौं । नेपालले भारतलाई दैनिक ४०० मेगावाट बिजुली पठाउन शुरू गरेको छ । नेपाल विद्युत प्राधिकरणले गत सोमबार (जेठ १४) रातिदेखि भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा बिजुली बेच्न थालेको हो । वर्षायाम लागेसँगै र गर्मी बढेसँगै हिमालको हिउँ पग्लिएर खोला तथा नदीहरूमा पानीको बहाव बढ्दा यतिखेर नेपालका विद्युत गृहहरूमा उत्पादन बढेको छ ।… Continue reading नेपालले भारतमा दैनिक ४०० मेगावाट बिजुली बेच्न थाल्यो
तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द
काठमाडौं । तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार धनगढीमा बुधवार २८ वर्षपछि उच्च… Continue reading तराईमा अधिक तापक्रमले जनजिवन प्रभावित, विद्यालय बन्द
युवालाई रोजगारदातासँग भेटाउन आजबाट सातै प्रदेशमा श्रमाधान रोजगार मेला
काठमाडौं । आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुँदैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । श्रम मन्त्री डोलप्रसाद अर्यालका अनुसार हरेक प्रदेशमा दुई–दुई दिन सञ्चालन हुने मेला कोशी प्रदेशको विराटनगरमा आजबाट शुरु हुँदैछ । जेठ ३० गते बाग्मती प्रदेशको ललितपुरमा सकिने छ… Continue reading युवालाई रोजगारदातासँग भेटाउन आजबाट सातै प्रदेशमा श्रमाधान रोजगार मेला
न्यूरोडमा महानगरले भत्काएको सडक दुई दिन भित्र यथास्थितिमा राख्न सडक विभागको अल्टिमेटम
काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ। महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने समेत डिभिजन कार्यालयले बताएको छ। बुधबार डिभिजन प्रमुख नारायणदत्त भण्डारीले काठमाडौं महानगरका नाममा एक पत्र जारी गर्दै भत्काएको सडक दुई… Continue reading न्यूरोडमा महानगरले भत्काएको सडक दुई दिन भित्र यथास्थितिमा राख्न सडक विभागको अल्टिमेटम
सुर्खेतमा सडकबाट जिप खस्यो, कम्तिमा चार जनाको मृत्यु
काठमाडौं । सुर्खेतमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गतराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटना भएको सूचना प्रहरीले बिहीबार बिहान सवा २ बजे आएको… Continue reading सुर्खेतमा सडकबाट जिप खस्यो, कम्तिमा चार जनाको मृत्यु
विश्वकप वार्मअपमा आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । नेपालले आज टी–२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ । यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो । विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन… Continue reading विश्वकप वार्मअपमा आज नेपाल र अमेरिका भिड्दै
हिरासतमुक्त भए सिरोहिया
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था… Continue reading हिरासतमुक्त भए सिरोहिया
साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, ठगी गर्नेहरूका कारण केही संकटग्रस्त बने
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त बनेको बताएका छन् । सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले केही ठूला सहकारी बदनाम र संकटग्रस्त हुन गएको ओलीको तर्क छ । उनले साँच्चैका सहकारी संस्थाहरू संकटग्रस्त नभएको जिकिरसमेत गरे ।काठमाडौंमा आजदेखि सुरु भएको राष्ट्रिय महिला भेलामा ओलीले… Continue reading साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, ठगी गर्नेहरूका कारण केही संकटग्रस्त बने
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सोहीअनुसार… Continue reading गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
ट्राफिक कारबाहीमा परेकाहरु एक घण्टा सडकमा स्वयंसेवक
काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार फेसबुकमा स्ट्याटस लेखेर महिनावारीको समयमा चार दिन महिला ट्राफिक प्रहरीले काम गर्नुनपर्ने घोषणा गरेका थिए । त्यसको साटो मापसे लगायतका कारबाहीमा… Continue reading ट्राफिक कारबाहीमा परेकाहरु एक घण्टा सडकमा स्वयंसेवक
आज सगरमाथा दिवस मनाइँदै
काठमाडौं । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका… Continue reading आज सगरमाथा दिवस मनाइँदै
बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित
काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ । मौसमविदहरुका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही… Continue reading बढ्दो तापक्रमले तराई भेगमा जनजिवन प्रभावित
रंगशाला नसुधारिएका कारण विश्वकप छनोट नेपालमा नहुने निश्चित
काठमाडौं । फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने खेल साउदी अरेबियामा हुने भएको छ। जुन ६ मा नेपालमै हुने भनिएको खेल दशरथ रंगशालाको खराब अवस्थाका कारण उक्त खेल साउदीमा सारिएको हो। खेल साउदीको प्रिन्स महम्मद फहद रंगशालामा जुन ६ अर्थात् जेठ २४ गते राति ९:४५ बजे हुनेछ।
बुटवल–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा
काठमाडौं । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो । अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका… Continue reading बुटवल–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा
हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय विशेष समिति बनेको छ । समिति बनेसँगै झण्डै तीन महिना लामो संसदको गतिरोध अन्त्य भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ बनाउने सर्वसम्मत पास गर्यो । एमाले सांसद सूर्य थापा सभापति रहेको समितिमा कांग्रेसका बद्री पाण्डे र… Continue reading हट्यो संसदको गतिरोध, बन्यो संसदीय छानविन समिति
भारतमा रेमल चक्रवातका कारण २७ जनाको मृत्यु
काठमाडौं । भारतको मिजोरम राज्यमा रेमल चक्रवातबाट २७ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा पानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ । मिजोरममा रेमल चक्रवातको प्रभावका कारण भारी वर्षा भएको थियो । सोही वर्षापछि पहिरो गएको र पहिरोमा च्यापिएर २७ जनाको मृत्यु भएको मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी… Continue reading भारतमा रेमल चक्रवातका कारण २७ जनाको मृत्यु
अर्थमन्त्री पुनले ल्याए हालसम्मकै ठूलो बजेट, १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन
काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो हालसम्मकै ठूलो आकारको बजेट हो। यसअघि आव २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको… Continue reading अर्थमन्त्री पुनले ल्याए हालसम्मकै ठूलो बजेट, १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन
सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक, नेपाली नै किन्नुपर्ने
काठमाडौं । सरकारी कार्यालयहरुमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताए। आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नका लागि यस्तो व्यवस्था गरिएको सरकारको दाबी छ । अर्थमन्त्री पुनले यसपालि स्वदेशी उत्पादनलाई प्रोत्साहनस्वरूप… Continue reading सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक, नेपाली नै किन्नुपर्ने
काठमाडौं र बुटवलमा आईटी पार्क बनाइने
काठमाडौं । काठमाडौं उपत्यका र बुटवलका सरकारी तथा नीजि भवन उपयोग गरी आईटी पार्क स्थान निर्माण गरिने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आईटी पार्कको लागि काठमाडौं र बुटवलका सरकारी तथा नीजि भवन उपोग गरिने घोषण गरेका हुन् । पार्कमा ‘वर्क… Continue reading काठमाडौं र बुटवलमा आईटी पार्क बनाइने
सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम उल्लेख
काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएको छ । कार्यदलबीचको सहमतिपत्र कानूनमन्त्री पदम गिरीले सदस्यहरूको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएका छन् । टीओआरमा विभिन्न २९ वटा सहकारीको नाम उल्लेख गरिएको छ। त्यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको कम्पनी ‘गोरखा… Continue reading सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम उल्लेख
बुटवल–नारायणगढ खण्डमा महेन्द्र राजमार्ग अवरुद्ध
काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट थुम्सीमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले दिएको जानकारी अनुसार… Continue reading बुटवल–नारायणगढ खण्डमा महेन्द्र राजमार्ग अवरुद्ध