गाजामा कहालीलाग्दो भोकमरी

REUTERS

काठमाडौं । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ । डब्लुएफपीले इजरायल र हमासबिच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ । पछिल्लो समय… Continue reading गाजामा कहालीलाग्दो भोकमरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मङ्सिर १२ देखि अष्ट्रेलियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी… Continue reading इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईतर्फ प्रस्थान गरेका छन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री… Continue reading प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । वैदेशिक रोजगार विभाग इपिएस शाखाका… Continue reading कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जान भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका… Continue reading विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १४ सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार केन्द्रीय सदस्यको जिम्मेवारी नपाएका सांसदहरूलाई मनोनयन गरेको हो । यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।… Continue reading रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

टिकटक बन्द गरे/नगरेको २४ घण्टा भित्र जवाफ दिन इन्टरनेट प्रदायकलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेरनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भएरनभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने… Continue reading टिकटक बन्द गरे/नगरेको २४ घण्टा भित्र जवाफ दिन इन्टरनेट प्रदायकलाई निर्देशन

एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप

काठमाडौं । दूरसंचार सेवा प्रदायक एनसेलको मुख्य लगानीकर्ता मलेसियाको आजियाटा ग्रुप बर्हार्ड बाहिरिने घोषणा गरेको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बेचेर बाहिरिने जानकारी दिएको हो । एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर नेपाली मूलका व्यवसायीको सुनिभेरा क्यापिटल भेन्चरको नाममा छ। आजियटाले ७… Continue reading एनसेलबाट बाहिरिँदै विदेशी साझेदार आजियाटा ग्रुप

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख १९ हजार नाघ्यो

काठमाडौं । सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिन १६ सयले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ७… Continue reading सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड, प्रतितोला १ लाख १९ हजार नाघ्यो

धरानबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुई मध्य… Continue reading धरानबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकामा मंसिर २७ देखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध हुने भएको छ । महानगरको स्वास्थ्य विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। महानगरले सूचना जारी भएको १५ दिनभित्र प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने भनेको छ। यो… Continue reading काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध

प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

काठमाडौं । नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिर बिहीबारका दिन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड रहने भएका छन् । व्यावसायिक सम्मेलन यूूएईस्थित नेपाली राजदूतावासको सहयोग एवम् सहकार्यमा हुन लागेको हो । सम्मेलनमा… Continue reading प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनाका रुपमा तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ ६ सुनापती टोलका राज कुमार रोका र इलाम… Continue reading रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

प्रधानमन्त्री आज यूएई जाँदै

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन ९कोप २८० यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै… Continue reading प्रधानमन्त्री आज यूएई जाँदै

उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

काठमाडौं । उत्तराखण्डको उत्तरकाशीमा एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये आधाभन्दा धेरैलाई व्यक्तिलाई बाहिर निकालिएको छ। उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन् । सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको छ र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको छ। उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको… Continue reading उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

डा.स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको बताइएको छ ।उनका अनुसार वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार… Continue reading डा.स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्ने

एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा

काठमाडौं । नेकपा एमालेले बिहीबारदेखि थाल्ने झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियानको तयारी पूरा भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिए… Continue reading एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा

देशभरका कारागारमा योग शिविर संचालन गरिने

काठमाडौं । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो । उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई,… Continue reading देशभरका कारागारमा योग शिविर संचालन गरिने

रूस-युक्रेन युद्ध : रूसी सेनामा कार्यरत राजकुमार रोक्काको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले जानाकारी दिए अनुसार दोलखाका राजकुमार रोक्काको आइतबार रसिया र युक्रेनको भिडन्तमा मृत्यु भएको हो । रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । नेपालको फर्निचर व्यवसाय छाडेर रोक्का रूसी सेनामा भर्ना हुन गएका थिए ।… Continue reading रूस-युक्रेन युद्ध : रूसी सेनामा कार्यरत राजकुमार रोक्काको मृत्यु

प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट फर्कायो

काठमाडौं । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर ठिमी स्थित घरमा फिर्ता पठाइएको हो । आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश अनुसार तीनवटै गाडी फर्काइएको प्रहरीले जनाएको छ । गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र… Continue reading प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट फर्कायो

भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण १८ जनाको मृत्यु भएको छ भने २३ जना जति घाइते भएको अधिकारीहरूले बताएका छन् । जाडोयाममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा नगरिएको त्यहाँका अधिकारीले बताएका छन् । आइतबार र सोमबार भिषण हावाहुरीसँगै परेको चट्याङले धेरैलाई प्रभावित बनाएको छ । भारतमा हरेक… Continue reading भारतको गुजरातमा चट्याङका कारण १८ जनाको मृत्यु

थाइल्याण्डमा बिहेकै दिन बेहुलाले बेहुलीसहित चार जनाको गरे हत्या

GETTY IMAGES

काठमाडौं । थाईल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या र त्यसपछि आत्महत्या गरेको प्रहरीले बीबीसीलाई बताएको छ। उनी भूतपूर्व सैनिक पनि हुन्। प्रहरीका अनुसार गत शनिवार २९ वर्षीय चतुलोङ सुक्सुक र ४४ वर्षीया कान्चना पाथुन्टुकको विवाह पूर्वोत्तर थाईल्यान्डमा भएको थियो। सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बेहुला चतुरङ सुक्सुक… Continue reading थाइल्याण्डमा बिहेकै दिन बेहुलाले बेहुलीसहित चार जनाको गरे हत्या

कोशी करिडोरको सव-स्टेशन सञ्चालनमा आयो

file

काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०-१३२-३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा… Continue reading कोशी करिडोरको सव-स्टेशन सञ्चालनमा आयो

नेपालमा हिँउदे वर्षाको सम्भावना

Photo : TKP

काठमाडौं । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा बादल लागेको छ । आज दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम… Continue reading नेपालमा हिँउदे वर्षाको सम्भावना

बुधबार यूएई जाँदै प्रधानमन्त्री, कोप सम्मेलनमा भाग लिने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन् । कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुने तय भएको छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार जाने छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा… Continue reading बुधबार यूएई जाँदै प्रधानमन्त्री, कोप सम्मेलनमा भाग लिने

वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा स्पा सञ्चालक पक्राउ

काठमाडौं । रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । ब्यूरोका एसपी कृष्ण पंगेनीका अनुसार, स्पाका नाममा युवतीहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ ।‘त्यहाँबाट ३ जना… Continue reading वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा स्पा सञ्चालक पक्राउ

काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

File

काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको बारेमा चीन र नेपालबीच छलफल सुरु भएको छ । रेल परियोजनाबारे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालसहितको टोली चीनमा छ । चीनले विस्तृत सम्भाव्यता अध्ययनको काम गरिरहको बेला परियोजनाको अध्ययनमा भएको प्रगति तथा परियोजनाबारे समीक्षा गर्न चीन–नेपालको सचिवस्तरीय रेल्वे… Continue reading काठमाडौं–केरुङ रेलमार्गबारे चीनमा सचिवस्तरीय छलफल सुरु

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ । सोमबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च हो । यसअघि गत कात्तिक १२ गते सर्वाधिक प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी… Continue reading नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?

देउवाले तोडे मौनता, भने-‘गणतन्त्रविरोधी गतिविधिबाट आत्तिएका छैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’ उनले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए । गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? यो प्रश्नमा उनले भने, ‘को अत्तालियो ? हामी… Continue reading देउवाले तोडे मौनता, भने-‘गणतन्त्रविरोधी गतिविधिबाट आत्तिएका छैनौं’

रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुख सविना कुमारी चौधरीसहित ९जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आज विशेष अदालत काठमाडौंमा रामधुनी नगरपालिका तत्कालीन उपप्रमुख सविनाकुमारी चौधरी र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देबेन्द्रनारायण चौधरी र सव-इन्जिनियर हर्षलाल चौधरी, वडा नं. ३ का तत्कालीन वडा… Continue reading रामधुनी नगरपालिकाका तत्कालीन उपप्रमुखसहित ९जनाविरुद्ध भ्रष्टाचार मुद्दा