कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना पक्राउ

काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरुको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउने काम भइरहेको छ। राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याएर बन्धक बनाइएका उनीहरुलाई उद्धार गरिएको हो। कश्मिर लगेपछि उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक पनि… Continue reading कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना पक्राउ

दीपेन्द्र टी-२० अलराउन्डर सूचीको शीर्ष १० मा

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसीको अलराउन्डर वरियताको शीर्ष १० मा अटाउन सफल भएका छन्। उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्। अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन छन्।अलराउन्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं स्थानमा रहँदा रोहित पौडेल ६५औं र करण केसी ७४औं स्थानमा… Continue reading दीपेन्द्र टी-२० अलराउन्डर सूचीको शीर्ष १० मा

५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २३५१ डलर

काठमाडौं । सरकारले आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २ हजार ३५१ अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजना अनुसार आर्थिक वर्ष २०८५र८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखिएको हो ।

क्रुज जहाज चढेर जाने विदेशीले बिना भिसा चीन प्रवेशको अनुमति पाउने

बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई बिना भिसा प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल एजेन्सीहरूद्वारा प्राप्त पर्यटक समूहहरूले साङ्घाई, तियान्जिन, ग्वाङ्झाउ, सान्या लगायत १३ वटा चिनियाँ सहरका बन्दरगाहमार्फत बिना भिसा चीन प्रवेश गर्न… Continue reading क्रुज जहाज चढेर जाने विदेशीले बिना भिसा चीन प्रवेशको अनुमति पाउने

दाङमा पौडी खेल्ने क्रममा दाजुभाईको डुबेर मृत्यु

काठमाडौं । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका दाजुभाइको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजंग थापाले बताए । दीपकको उपचारका… Continue reading दाङमा पौडी खेल्ने क्रममा दाजुभाईको डुबेर मृत्यु

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा… Continue reading कस्तो रहनेछ आजको मौसम ?

कोरियाले नेपाललाई दिने भयो ९८ लाख डलर अनुदान

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे। कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट… Continue reading कोरियाले नेपाललाई दिने भयो ९८ लाख डलर अनुदान

सन्दीपको मुद्दामा आज आउला फैसला ?

काठमाडौं । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार समेत सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको थियो । तर सुनुवाइ सकिएको थिएन । सुनुवाइ बुधबार समेत हुने भएको हो। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको… Continue reading सन्दीपको मुद्दामा आज आउला फैसला ?

लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो । लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए । क्रुनाल… Continue reading लिग चरणको अन्तिम खेलमा दिल्ली विजयी

काठमाडौंमा अब फल्चा शैलीमा बस बिसौनी, २ स्थानमा सञ्चालन

काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ। मंगलबार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरू बिगार्न नहुने बताए। उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने… Continue reading काठमाडौंमा अब फल्चा शैलीमा बस बिसौनी, २ स्थानमा सञ्चालन

५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौं । सरकारले देशभरका ५ लाख भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए। उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै… Continue reading ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने सरकारको घोषणा

सहकारी नियमनका लागि छुट्टै नियामक निकाय बनाइने

काठमाडौं । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गरेकाे सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने उल्लेख… Continue reading सहकारी नियमनका लागि छुट्टै नियामक निकाय बनाइने

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो। नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् । उनकी पत्नीको केही वर्षअघि नै निधन भइसकेको थियो । उनका दुई… Continue reading इतिहासकार ज्ञानमणि नेपालको निधन

कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन लागेका हुन् । महोत्सव तीन दिनसम्म आयोजना हुने छ । नगर प्रमुख साह महोत्सवको रेडकार्पेट, प्रिमियर र त्यहाँको… Continue reading कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

भारतको मुम्बईमा आँधी र वर्षा, कम्तिमा ४ जनाको मृत्यु

agency

काठमाडौं । भारतको मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षाका कारण ठूलो धनमाल क्षति भएको छ । गएराति भएको यो घटनामा कम्तिमा चार जना मारिएको विवरण आएको छ । ५४ जना घाइते भएका छन् । पानी र धुलोसहितको हावाहुरीका कारण ठूलो सङ्ख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ बोर्ड खसेको थियो ।घटनास्थलमा राति अबेरसम्म उद्धार र… Continue reading भारतको मुम्बईमा आँधी र वर्षा, कम्तिमा ४ जनाको मृत्यु

गुजरात र कलकाताको खेलमा वर्षा बाधक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटान्सको प्लेअफ सम्भावना समाप्त भएको छ । घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको अघिल्लो यात्रा पनि रोकिएको हो । टस नै हुन नसकेपछि दुवै टोलीले एकरएक अंक बाँडे । यो नतिजापछि १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं… Continue reading गुजरात र कलकाताको खेलमा वर्षा बाधक

संसदको गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रियता जारी

काठमाडौं । संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सक्रियता कायम राखेका छन् । उनले नेपाली कांग्रेसका नेताहरुसँग निरन्तर सम्वाद गरिरहेका छन् । उनले मंगलबार बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड… Continue reading संसदको गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रियता जारी

नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, कांग्रेसको भूमिका अस्पष्ट

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । अपरान्ह बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटाछुट्टै हुनेछ । संघीय संसदका प्रवक्ता दशरथ धमलाका अनुसार… Continue reading नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, कांग्रेसको भूमिका अस्पष्ट

इण्डोनेसियामा चिसो लाभाको बाढी, दर्जनौं मानिस मारिए

EPA

काठमाडौं । पश्चिम इन्डोनेशियाको सुमात्रा द्वीपमा बाढी र एउटा ज्वालामुखी पर्वतबाट बगेको चिसो लाभाका कारण दर्जनौँ मानिस मारिएका छन् । शनिवार मुसलधारे वर्षा भएपछि सुमात्राको सबैभन्दा सक्रिय ज्वालामुखी पर्वत मरापीबाट खरानी र चट्टान बगेको हो । चिसो लाभा र लेदोयुक्त बाढीले सुमात्राका दुई जिल्ला प्रभावित भए। बाढीमा परेर कैयौँ मानिसको मृत्यु भयो भने १०० वटाभन्दा… Continue reading इण्डोनेसियामा चिसो लाभाको बाढी, दर्जनौं मानिस मारिए

स्वास्थ्य मन्त्रीमा यादव नियुक्त, मन्त्रिपरिषद् बिस्तार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । जसपा नेपालका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । दिउँसो जसपा नेपालका सांसद प्रदीप यादव… Continue reading स्वास्थ्य मन्त्रीमा यादव नियुक्त, मन्त्रिपरिषद् बिस्तार

१० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा व्यापक सुधार देखिएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४१ अर्ब २ करोड रुपैयाँबराबर एफडीआई स्वीकृत भएको छ । यो अघिल्लो आव २०७९–८० को सोही अवधिको तुलनामा सवा ११ अर्ब बढी हो । गत आव वैशाख मसान्तसम्म २९ अर्ब… Continue reading १० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई

हिक्मत कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए । ६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट उनले ५७ मत पाए… Continue reading हिक्मत कार्कीले पाए विश्वासको मत

अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने एकजना पक्राउ

काठमाडौं । अनलाइन सट्टेबाजी माध्यम वान एक्सबेट,जुवा ३६५जस्ता अनलाइन बेटिङ वेभसाइटको प्रयोग गरी सट्टेबाजी जुवा खेलाइ दुई करोड बढी रकम कारोबार गरेको आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। प्रारम्भिक अनुसन्धानमा उनीसँग विभिन्न… Continue reading अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोडको कारोबार गर्ने एकजना पक्राउ

जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुको जेठ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटेको छ । ३ बैंकले बढाएका छन् । व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर जेठ महिनाका लागिऔसतमा ७.०७ प्रतिशत भएको छ । वैशाखमा औसत ब्याजदर ७.१५ प्रतिशत रहेको छ । १९ बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटको हो । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि… Continue reading जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर

अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु

काठमाडौं । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो । उनी अन्तिम चरणको मिर्गौला रोगबाट पीडित थिए । जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपणपछि केही समयका लागि उनलाई बचाउन सकिएको… Continue reading अमेरिकामा सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिको मृत्यु

संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ। संसदीय दल कार्यसमितिको बैठक सोमबार दिउँसो १ बजे तय गरिएको छ। संसदीय दलको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ। समसामयिक राजनीतिक परिस्थिति, सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। गत… Continue reading संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

डडेलधुरामा खोलामा डुबेर दुई किशोरीको निधन

काठमाडौं । डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका २ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिएका छन्… Continue reading डडेलधुरामा खोलामा डुबेर दुई किशोरीको निधन

नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै

काठमाडौं । चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन आएका थिए । प्रधानमन्त्री प्रचण्डले चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् । यो पुल ४ सय २०… Continue reading नारायणी नदीमा बन्ने भयो सिग्नेचर पुल, प्रधानमन्त्रीले शिलान्यास गर्दै

आरसीबीले दिल्लीलाई हरायो, प्ले अफको सम्भावना जिवित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।घरेलु मैदानमा आइतबार राति भएको खेलमा बेंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो । १८८ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १४० रनमा अलआउट भयो । दिल्लीका अक्षर पटेलले सर्वाधिक ५७ रन बनाए भने साई होपले… Continue reading आरसीबीले दिल्लीलाई हरायो, प्ले अफको सम्भावना जिवित

गाजामा इजरेलको आक्रमण तीव्र, रफाह खाली गर्न आदेश

EPA

काठमाडौं । इजरेलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई अझ सघन बनाएको छ । उसले हजारौँ प्यालेस्टिनीलाई रफाह छोड्न आदेश दिएको छ। हवाईजहाजबाट पर्चा छर्दै तथा सामाजिक सञ्जालमार्फत् इजरेलले रफाहको पूर्वी भागमा बसेका मानिसहरूलाई अल–मवासीतिर जान भनेको हो । अल–मवासी एउटा साँघुरो क्षेत्र हो। इजरेलले उक्त स्थानलाई विस्तृत मानवीय क्षेत्र भनेको छ । रफाहमा केही दिनअघिसम्म स्थानीय… Continue reading गाजामा इजरेलको आक्रमण तीव्र, रफाह खाली गर्न आदेश