काठमाडौं । विदेशी मुद्रा संचितिले हालसम्मकै उच्चको रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले आइबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिना (साउन-चैत)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १९ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा चैतमा विदेशी मुद्रा संचिति २४.२ प्रतिशतले बढेको हो । असार मसान्त्सम्म… Continue reading विदेशी मुद्रा सञ्चिति हालसम्मकै धेरै, १५ महिनाको आयात धान्ने
Category: फिचर
अज्ञात समूहद्वारा गुडिरहेको स्कुल बसमा आगजनी
काठमाडौं । चितवनमा एक स्कुल बसमा आगजनी गरिएको छ। चितवनको भरतपुर महानगरपालिका-२०, दद्रेनी पुलनजिक हेभन बोडिङ स्कुलको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा आइतबार बिहान आगजनी गरिएको हो । बिहान करिब ८ बजे विद्यार्थी लिन गएको सो बसमा तीनवटा मोटरसाइकलमा आएका ६ जनाले आगजनी गरेका हुन्। बसमा रहेका विद्यार्थी र बस स्टाफलाई उतार्दै मोबाइल नियन्त्रणमा लिएर… Continue reading अज्ञात समूहद्वारा गुडिरहेको स्कुल बसमा आगजनी
मूल्यवृद्धिदर निरन्तर घट्दै, पुग्यो ४.६१ प्रतिशत
काठमाडौं । चालू वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ । यो सरकारको सीमाभन्दा तल हो । सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेका छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा… Continue reading मूल्यवृद्धिदर निरन्तर घट्दै, पुग्यो ४.६१ प्रतिशत
बैवाहिक बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा
काठमाडौं । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का… Continue reading बैवाहिक बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा
कमजोर मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा
काठमाडौं । कोलकत्ता नाइट राइडर्स इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । वर्षाले प्रभावितल भएको खेलमा कोलकत्ताले मुम्बइलाई १८ रनले पराजित गरेको हो । १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन… Continue reading कमजोर मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा
काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या
काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको जानकारी दिए । घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए । हत्याको कारण… Continue reading काठमाडौंको बत्तिसपुतलीमा एक युवाको हत्या
पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल छनोट
काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा छनोट भएका छन् । प्रिन्स आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म फ्रान्सको पेरिसमा हुने ग्रिस्मकालीन ओलम्पिकमा युनिभर्सालिटी कोटामा छानिएको ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जनाएको छ । उनले पुरुष सिंगल्समा प्रतिस्पर्धा गर्नेछन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले युनिभर्सल कोटाअन्तर्गत प्रिन्सलाई ओलम्पिकमा छनोट गरेको हो ।… Continue reading पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्स दाहाल छनोट
गोविन्द केसी २२ औं पटक आमरण अनसनमा, सर्त प्रचण्डको राजिनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा.गोविन्द केसी २२ औं पटक आमरण अनशनमा बसेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गरेका हुन् । उनले निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने… Continue reading गोविन्द केसी २२ औं पटक आमरण अनसनमा, सर्त प्रचण्डको राजिनामा
कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाए । ‘नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति, होइन, सत्ता रुवार्थमा चुर्लुम्म भएको शक्ति हो’, उनले भने । कांग्रेसले संसदमा उपप्रधानमन्त्री तथा… Continue reading कांग्रेस लोकतान्त्रिक होइन, सत्ता स्वार्थमा डुबेको पार्टी हो : ओली
सगरमाथामा तयार भयो नयाँ सिजनको बाटो
काठमाडौं । सगरमाथा चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार आइसफल डाक्टर र सहयोगीको टोली २८ वैशाश शुक्रबारको दिन राती ८ बजेर १५ मिनेट जाँदा चुचुरोसम्म पुगेका छन् । टोलीमा १० जना सहभागी थिए । शुक्रबार बिहान ५ बजेबाट सगरमाथाको चौथो शिविरबाट बाटो बनाउन थालिएको थियो । चुचुरोसम्म… Continue reading सगरमाथामा तयार भयो नयाँ सिजनको बाटो
कुवेती राजाले गरे संविधान निलम्बन, संसद भंग
काठमाडौं । कुवेतका अमिर शेख मिशल अल-अहमद अल-सबाहले संविधान र संसद दुबै भंग भएको घोषणा गरेका छन् । शुक्रबार टेलिभिजन मार्फत भाषण गर्दै संसद् भंग र संविधान निलम्बनको घोषणा भएको हो । अमिरले लोकतान्त्रिक प्रक्रियाका सबै पक्षहरूको अध्ययन गरी चार वर्षभन्दा बढी अवधिका लागि संविधानका केही धारा निलम्बन गरिएको जनाएका हुन् । अब राष्ट्रिय सभाको… Continue reading कुवेती राजाले गरे संविधान निलम्बन, संसद भंग
थाइल्याण्डमा अधिक गर्मीले कम्तिमा ६१ जनाको मृत्यु
काठमाडौं । थाइल्यान्डमा यस वर्षको अहिलेसम्म अत्यधिक गर्मीले ६१ जनाको ज्यान लिएको छ । यो २०२३ को तुलनामा धेरै तातो भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले सम्पूर्ण क्षेत्रमा यो सातासम्म अत्यधिक गर्मी भएको बताएको छ । हालैका साताहरूमा थाइल्यान्डमा असाधारण तातो मौसमको लहरले अधिकारीहरूले लगभग दैनिक आधारमा यसबारेमा चेतावनी जारी गर्नुपर्यो । स्वास्थ्य मन्त्रालयले शुक्रबार सन्… Continue reading थाइल्याण्डमा अधिक गर्मीले कम्तिमा ६१ जनाको मृत्यु
इपिएसमा साढे ५ हजार विद्यार्थी उत्तिर्ण
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको काम गर्न जान भाषा परीक्षा उत्तीर्ण गरेका छ हजार ३२१ जनामध्ये सिप परीक्षामा उत्तीर्ण भएका हुुन् । जसमा बाँकी ७७ जना सिप परीक्षामा अनुुपस्थिति रहेको वैदेशिक… Continue reading इपिएसमा साढे ५ हजार विद्यार्थी उत्तिर्ण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट
काठमाडौं । ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेपछि पुल्चोकबाट तानेर गाबहालमा पुर्याइनेछ । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ । त्यसपछि मीननाथको रथलाई टंगलबाट तानेर पुल्चोक पुर्याइएपछि मात्र रातो मच्छिन्द्रनाथको रथलाई मीननाथको रथको पछि लगाएर पुल्चोकबाट… Continue reading ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट
चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटान्सले चेन्नेइ सुपर किंग्सविरुद्ध सानदार प्रदर्शन गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनले शतक प्रहार गरे । गुजरातले चेन्नेईलाई ३५ रनले हरायो । २३२ रनको लक्ष्य पछ्याएको चेन्नेइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नेइका ड्यारील मिचेलले सर्वाधिक ६३… Continue reading चेन्नईविरुद्ध गुजरातको सानदार प्रदर्शन
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकोले देशभर आंशिक बदली भई वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र… Continue reading आज कस्तो रहनेछ मौसम ?
चतराधाममा लाग्ने कुम्भ मेला सम्पन्न, करीव ४० लाख गरे दर्शन
काठमाडौं । सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ । मेला गत चैत २७ गते सुरु भएको थियो । मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए । मेला आयोजना गर्न… Continue reading चतराधाममा लाग्ने कुम्भ मेला सम्पन्न, करीव ४० लाख गरे दर्शन
अमेरिकामा गुन्जिने भयो ब्यान्ड ‘१९७४ एडी’
काठमाडौं । लोकप्रिय ब्यान्ड १९७४ एडीले वर्षको पहिलो अन्तर्राष्ट्रिय कन्सर्ट अमेरिकाबाट सुरु गर्ने भएको छ । २९ वैशाखमा मिनिसोटाबाट कन्सर्ट यात्रा सुरु हुने ब्यान्डले जनाएको हो । स्थापनाको ३० वर्षमा पुगेको यो ब्यान्ड अमेरिकाको ६ सहरमा गुञ्जँदैछ । कन्सर्टका लागि सदस्यद्वय निराकार याक्थुङ्बा, मनोजकुमार केसी र संजय श्रेष्ठ अमेरिका पुगिसकेका छन् । बाँकी तीन सदस्य… Continue reading अमेरिकामा गुन्जिने भयो ब्यान्ड ‘१९७४ एडी’
केजरीवाल जमानतमा रिहा
काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ। उक्त अदालतका दुई जना न्यायाधीशहरू सम्मिलित एक इजलासले उनलाई अन्तरिम जमानत दिने निर्णय गरेको हो। आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुनः उपस्थित हुनुपर्ने छ। केजरीवाललाई गत मार्च २१ तारिखदेखि हिरासतमा राखिएको छ। अदालतको निर्णय… Continue reading केजरीवाल जमानतमा रिहा
नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स
काठमाडौं । नेपाल टेलिकमले पाँच वर्षको लागि नयाँ अनुमतिपत्र पाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले अनुमति पत्र प्रदान गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जिएसएम सेलुलर मोबाइल सेवा प्रदान गर्दै आइरहेको टेलिकमलाई पुनः अनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद्को बैठकको निर्णयमा भनिएको थियो, ‘दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको… Continue reading नेपाल टेलिकमले पाँच वर्षका लागि पायो नयाँ लाइसेन्स
संसदमा कांग्रेसको अवरोध
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ । शुक्रबार बोलाइएको पहिलो बैठकमा सुरुमै उठेका कांग्रेस सांसदहरु सांसद गगन थापा बोलिसकेपछि नाराबाजीमा उत्रिएकृा थिए । त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि सुरु बैठकमा समेत कांग्रेस नाराबाजीमा उत्रिएको थियो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरू वेल घेराउ… Continue reading संसदमा कांग्रेसको अवरोध
कांग्रेसलाई रविको चूनौति: प्रमाणित गर्नुस
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिएका छन् ।शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए । संसद् बैठकपछि सञ्चारकर्मीहरू कुरा गर्दै गृहमन्त्री लामिछानेले यो प्रमाणित गर्न चुनौती दिए । ‘गगनजीलाई चुनौती… Continue reading कांग्रेसलाई रविको चूनौति: प्रमाणित गर्नुस
संसदमा रविविरुद्ध आक्रामक गगन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी अनियमिततामा गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् । आक्रामक रुपमा संसदमा प्रस्तुत भएका उनले यस्तो बताएका हुन् । समिति गठनको माग गर्दै कांग्रेसले शुक्रबार दुई पटक बसेको संसद बैठक अवरुद्ध गरेको थियो । बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत… Continue reading संसदमा रविविरुद्ध आक्रामक गगन
संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै, कांग्रेसको रणनीति के ?
काठमाडौं । संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ। प्रतिनिधि सभाको बैठक दिउँसो २ संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । शुक्रबार अधिवेशनको पहिलो दिन सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पनि कार्यसूची… Continue reading संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै, कांग्रेसको रणनीति के ?
उच्च लयमा रहेको बेंगलुरूले पञ्जाब किंग्सलाई हरायो
काठमाडौं । रोयल च्यालेञ्जर्स बेंगलुरूले पञ्जाब किंग्सविरूद्ध सानदार जित निकालेको छ। इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा बेंगलुरूले पञ्जाबामाथि ६० रनको सानदार जित निकालेको हो। बेंगलुरूले दिएको २४२ रनको लक्ष्य पछ्याएको लखनउ १८१ रन बनाएर १७ ओभरमा अल आउट भयो। पञ्जाबका लागि रिली रोसोले सर्वाधिक ६१ रन बनाए। उनले २७ बलमा ९ चौका र… Continue reading उच्च लयमा रहेको बेंगलुरूले पञ्जाब किंग्सलाई हरायो
भारतको निर्वाचनले कैलालीमा आजबाट सीमा नाका बन्द
काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचन अवधिभर कैलालीका सीमा नाका बन्द हुने भएका छन् । भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए । नेपाल र… Continue reading भारतको निर्वाचनले कैलालीमा आजबाट सीमा नाका बन्द
माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता
काठमाडौं । भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक दिन अगाडि मालदिभ्सका विदेशमन्त्री मुसा जमिर विहीबार भारत भ्रमणमा आएका छन् । यसै सन्दर्भमा भारतीय विदेश मन्त्रालयले विहीबार पत्रकार… Continue reading माल्दिभ्सबाट भारतीय सैनिक फिर्ता
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । आज कोशी, बागमती र गण्डकीसहित देशका पहाडी भूभागमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो… Continue reading आज कस्तो रहनेछ मौसम ?
स्रोत नखुलेका ९८ लाख रकमसहित दुई जना पक्राउ
काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।
नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता
काठमाडौं । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच पदर्मागमा आधारित पर्यटन विकास परियोजना सुरु गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिंहदरबार स्थित अर्थ मन्त्रालयमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका तर्फबाट राजदूत डेनियल मेउलीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा हस्ताक्षर कार्यक्रममा सहसचिव कृष्ण नेपालले यो परियोजनाले कोशी प्रदेशका… Continue reading नेपाल र स्वीट्जरल्याण्ड सरकारबीच पर्यटनमा सहकार्य गर्न बारे द्धिपक्षीय सम्झौता