काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा श्रृंखलावद्ध भइरहेको सुन तस्करीमा संलग्नको सुइ उच्च नेताहरुतिर सोझ्याएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको विषेय समयमा आफ्ना भनाइ राख्ने क्रममा उनले सुन तस्करीमा उच्च तहका नेता, पूर्वआईजीपी र पत्रकाहरु पनि मुछिएको सूचना आफूसँऊ रहेको बताएका हुन्। बैठकमा संसद् लामो समय अवरोध भएकोमा आक्रोश पोखेका उनले सुन प्रकरणमा… Continue reading रविकाे दाबी – ‘सुन तस्करीमा उच्च तहका नेता,पूर्वआईजीपी र पत्रकार पनि जोडिएको सूचना मसँग छ’
Category: फिचर
नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । सेयर बजार लगातार दोहोरो अंकले बढेकाे छ । मंगलबार १७ अंकले बढेको नेप्से आज सोभन्दा धेरै अंकले बढेको हो । बुधबार नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ विन्दुमा पुगेको छ । यसदिन २७२ कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ बराबरको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा… Continue reading नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
१७ जना घाइतेको उद्धार, १३ जनालाई ल्याइयो काठमाडौं
काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ।
काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु
काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। घटनाबारे विस्तृत विवरण आउँदै छ।
भारतीय चन्द्रयान आज चन्द्र सतहमा अवतरण गर्दै, बन्ने छ इतिहास
काठमाडौं । रूसको चन्द्रमा यात्रा विफल भएपछि विश्वभरिको ध्यान भारतको चन्द्रमा यात्रामा टिकेको छ । भारतको चन्द्रयान–३ बुधबार साँझ (अगस्ट २३) ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा टेक्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ । इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको मंगलबार जनाएको हो । सबै सिस्टमलाई समय समयमा जाँच गरिएको र सबै सही ढंगले काम… Continue reading भारतीय चन्द्रयान आज चन्द्र सतहमा अवतरण गर्दै, बन्ने छ इतिहास
रुसको राजधानी मस्कको एक भवनमा कसले गर्यो ड्रोन आक्रमण ?
काठमाडौं । रुसको राजधानी मस्कोको मध्य भागस्थित एक निर्माणाधीन भवनमा ड्रोनबाट आक्रमण भएको छ । त्यस शहरका मेयर सेर्गेइ सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राम मार्फत दिएको जानकारी अनुसार हवाई प्रतिरक्षा प्रणालीले अर्को ड्रोन मस्कोको मोजाइस्क इलाकामा खसालिदिएको थियो। कुनै हताहत भएको खबर भने आएको छैन। रिया समाचार एजेन्सीका अनुसार खिम्की र मितिनो इलाकामा पनि विस्फोटनहरू भएका… Continue reading रुसको राजधानी मस्कको एक भवनमा कसले गर्यो ड्रोन आक्रमण ?
पाकिस्तानमा १५ घण्टासम्म नदीमाथि केवलकारमा फसेका ८ जनाको उद्दार
इश्लामावाद । पश्चिम पाकिस्तानमा केबलकार अड्किएपछि एउटा नदीमाथि आकाशमा फसेका आठै जनाको उद्धार भएको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मङ्गलवार राती अन्तिम तीन जनाको उद्धार गरिएसँगै उद्धार कार्य पुरा भएको जनाएको छ। केबलकारसँगै अड्किएका केही बालकहरूलाई रात पर्नुअघि नै हेलिकप्टरबाट उद्धार गरिएको थियो। बाँकीलाई जिप लाइनबाट मध्यरातसम्म उद्धार गरिएको छ । पाकिस्तानको सेनाले जिप… Continue reading पाकिस्तानमा १५ घण्टासम्म नदीमाथि केवलकारमा फसेका ८ जनाको उद्दार
चार देशीय सिरिजमा आज नेपाल र कुवेत भिड्दै
काठमाडौं । मलेसियामा जारी चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ । नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ । तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ । शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र… Continue reading चार देशीय सिरिजमा आज नेपाल र कुवेत भिड्दै
आज ५ प्रदेशमा ठूलो वर्षाको प्रक्षेपण
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज विभिन्न पाँच प्रदेशमा भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल अहिले न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर अवस्थित छ भने नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। न्यूनचापीय क्षेत्रको प्रभावका… Continue reading आज ५ प्रदेशमा ठूलो वर्षाको प्रक्षेपण
पर्यटनमन्त्री किराँतीलाई पितृ शोक
काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए । उनकी आमाको यसअघि नै निधन भइसकेको थियो । मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत… Continue reading पर्यटनमन्त्री किराँतीलाई पितृ शोक
प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सूचना प्रविधिमा कोरियाली लगानी बढाउन नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग आग्रह गरेकी छिन् । सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ । भेटमा मन्त्री शर्माले सूचना प्रविधिको विकासका… Continue reading प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान
भारतबाट हुने कुखुराको अवैध आयात रोक्न गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ । ३ भदौमा मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ । आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको गुनासो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गरेका थिए । सोही… Continue reading भारतबाट हुने कुखुराको अवैध आयात रोक्न गृहको निर्देशन
थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै
काठमाडौं । थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेसनलले नेपालमा पुनः उडान थाल्ने भएको छ । कोभिड १९ पछि उडान बन्द गरेको यो कम्पनीले आगामी नोभेम्बरदेखि नेपाल उडान पुनः सुचारु गर्ने भएको छ । थाइ एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई आफ्नो जनरल सेल्स एजेण्ट (जीएसए) समेत नियुक्त गरेको छ । उक्त नियुक्ति अगस्ट १, २०२३ बाट… Continue reading थाइ एयरवेजले नेपालमा पुनः उडान थाल्दै
प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ
काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च… Continue reading प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
काठमाडौं । पहिरोका कारण अवरूद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। केहीबेर अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले जानकारी दिए। चितवनको इच्छाकामना–६ नाम्सीखोला पुलमा गएराति ८ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरूद्ध बनेको थियो। पहिरो हटाएसँगै सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।… Continue reading नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
रोकियो शेयर बजारको ओरालो यात्रा, १ अर्ब ३३ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.७९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७७ कम्पनीको १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूहको… Continue reading रोकियो शेयर बजारको ओरालो यात्रा, १ अर्ब ३३ करोडको कारोबार
ललिता निवास जग्गा प्रकरणबारे सीआइबीले बुझायो प्रतिवेदन, २५० बढीलाई मुद्दा चलाउन सिफारिस
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिए । सीआइबीले करिब २५० बढीलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ । सीआइबीले उक्त प्रकरणमा… Continue reading ललिता निवास जग्गा प्रकरणबारे सीआइबीले बुझायो प्रतिवेदन, २५० बढीलाई मुद्दा चलाउन सिफारिस
सुन प्रकरणमा कस्तो बन्ने भयो छानविन समिति ?
काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति बसेको सर्वदलीय बैठकले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति गरेको छ। उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको हो । एमालेका प्रमुख सचेतक पदम गिरीका… Continue reading सुन प्रकरणमा कस्तो बन्ने भयो छानविन समिति ?
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको बताइएको छ। अ हिले देशभर सामान्य तथा पूर्ण बदलीको… Continue reading कस्तो रहनेछ आजको मौसम ?
पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै
काठमाडौं । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट… Continue reading पोखराको हट एयर बलुन सेप्टेम्बरबाट पुनः सञ्चालनमा आउँदै
नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । हिजो राति १० बजेदेखि लगातार पहिरो… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक आज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले आज बिहान साढे ८ बजे शीतल निवासमा बैठक बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने(दिने काम हुने बताए । सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले… Continue reading राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक आज
आजबाट संसद चल्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज भने अवरोध नगर्ने जनाएको छ । सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय… Continue reading आजबाट संसद चल्दै
रुससँग काठमाडौंमा मेट्रो रेल बनाउन प्रस्ताव
काठमाडौं । रुसले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । सोमबारको भेटमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा… Continue reading रुससँग काठमाडौंमा मेट्रो रेल बनाउन प्रस्ताव
अब भिआइपीले जहाजसम्म आफ्नो गाडी लैजान नपाउने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङ स्थलसम्म आफ्नो सवारी साधन लैजान नपाउने भएका छन् । उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने व्यवस्था मिलाइएको छ । अतिविशिष्ट\विशिष्ट आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि २०८० अनुसार यस्तो नियम अनिवार्य गरिएको विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले जानकारी… Continue reading अब भिआइपीले जहाजसम्म आफ्नो गाडी लैजान नपाउने
नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
काठमाडौं । चितवनको मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी नै अवरुद्ध भएको हो । ठूलो पहिरो झरेकाले पन्छाउन समय लाग्ने प्रहरीको भनाइ छ । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको… Continue reading नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, प्रतिपक्ष दलको नाराबाजी
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । सभामुखको जिम्मेवारीमा रहेका सभाध्यक्ष मण्डलका सदस्य कांग्रेस सांसद इसराइल मन्सुरीले सोमबारको बैठक संचालन गरेका थिए । उनले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका छन् । बैठकमा ७७ सांसद उपस्थित थिए । ९३ सदस्यीय… Continue reading कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत, प्रतिपक्ष दलको नाराबाजी
काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा
काठमाडौं । गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका एसएसपी डा मनोज केसीलाई ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेको हो। काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दान कार्कीलाई काज सरुवा गरेर प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ। प्रहरी प्रधान कार्यालय आईजीको सचिवालयमा कार्यरत एसएसपी भूपेन्द्र… Continue reading काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा
बालसुधार गृहबाट भागे १५० जना भन्दा बढी बालबालिका, प्रहरीले चलायो गोली
काठमाडौं । भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट १५० जना भन्दा बढी बालबालिका भागेका छन् । विभिन्न कसुरमा मुछिएका उनीहरू सोमबार दिउँसो सुधार गृहको ढोका फुटाएर भागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बालबालिका भागेपछि प्रहरीले गोली समेत चलाएको छ ।
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ। आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम अनुमोदन गरेको हो। संसदीय सुनुवाइ समितिमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए। त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। श्रेष्ठले न्यायालयमा बिचौलिया, विकृति र विसंगतिमा… Continue reading प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत