झिनो अंकले बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा पुगेको हो । यसदिन ३१५ कम्पनीको २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँ बराबरको ७६ लाख २४ हजार ३७६ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ११ समूहको… Continue reading झिनो अंकले बढ्यो नेप्से, हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार

डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने

काठमाडौं । अमेरिकी डलर संचिति हालसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको छैटौं महिना (पुससम्म)को तथ्यांक अनुसार डलर संचिति १३ अर्ब ६९ करोड पुगेको छ । यो राष्ट्रिय ढुकुटीमा यति धेरै डलर जम्मा भएको इतिहासमै पहिलो पटक हो । यसअघि २०२३ को डिसेम्बरमा १३ अर्ब ३० डलर संचिति… Continue reading डलर संचिति हालसम्मकै धेरै, विदेशी मुद्रा १८ खर्ब नाघ्यो, १ वर्षको आयात धान्ने

नाइजेरियामा विवाह समारोहबाटै ३५ महिलाको अपहरण

file

काठमाडौं । उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् । कटसिना राज्यमा भएको सामूहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो सबैभन्दा ठूलो हो । प्रहरी प्रवक्ता अबुबकर अलियुले बिहीबार राति साबुवा क्षेत्रमा विवाहबाट फर्किरहेका माथि संदिग्ध हतियारधारी… Continue reading नाइजेरियामा विवाह समारोहबाटै ३५ महिलाको अपहरण

जाकार्ता डुब्ने भयसँगै राजधानी सार्ने इन्डोनेशियाको योजना कहाँ पुग्यो ?

BBC

काठमाडौं । इन्डोनेशियाको राजधानीलाई जाकार्ताबाट नुसन्तारामा सार्ने महात्वाकांक्षी योजना अन्तर्गतका काममा ढिलाइ भएको छ । सन् २०२४ मा राजधानी सारिसक्ने निर्णय सरकारले गरे पनि काम पूरा नहुने संकेत देखिएको छ । राष्ट्रपति जोको बिडोडोले राजधानी सार्ने घोषणा सन् २०१९ मै गरेका थिए । त्यसका लागि सन् २०२२ मा एक कानुन पारित गरिएको थियो । त्यसपछि… Continue reading जाकार्ता डुब्ने भयसँगै राजधानी सार्ने इन्डोनेशियाको योजना कहाँ पुग्यो ?

आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी

काठमाडौं । आपतकालीन सेवा एकीकृत रुपमा प्रवाह गर्ने विषयमा अध्ययन गर्न गृह मन्त्रालयले एक कार्यदल गठन गरेको छ । एम्बुलेन्स, दमकल, प्रहरी र प्रारम्भिक स्वास्थ्य जस्ता सेवालाई एकीकृत रुपमा उपलब्ध गराउने विषयमा १५ दिनभित्र अवधारणापत्र र कार्ययोजना पेश गर्न विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा गृह,… Continue reading आपतकालिन सेवालाई एकीकृत रुपमा प्रवाह गर्ने गृह मन्त्रालयको तयारी

बेलायती राजालाई क्यान्सर भएको पुष्टी

Reuters

काठमाडौं । बेलायती राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पुष्टी भएको छ । बकिङ्गम दरबारले यसको सार्वजनिक जानकारी गराएको छ । प्रस्टेट बढेपछि जाँच गर्दा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ। क्यान्सरको प्रकार खुलाइएको छैन् तर दरबारको वक्तव्यअनुसार राजाले सोमवारबाट नियमित उपचार थालेका छन्। क्यान्सरको चरण वा अवस्थाबारे अहिले खुलाइएको… Continue reading बेलायती राजालाई क्यान्सर भएको पुष्टी

कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएको छ। निमोनियासम्बन्धी रोगबाट पीडित बुढाथोकीको विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उनको निधनको पुष्टि गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका बुढाथोकी झापा, शनिस्चरे निवासी हुन्। उनी पञ्चायत कालदेखि नै राजनीतिमा सक्रिय थिए। बुढाथोकी पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक प्रधानमन्त्री हुँदा त्यही मन्त्रिपरिषद्मा… Continue reading कांग्रेसका केन्द्रिय सदस्य बुढाथोकीको निधन

अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई अबको दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत… Continue reading अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

२५ हजार डलरसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले २५ हजार अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट चीनको ग्वानजाउ जान लागेका चिनियाँ नागरिक सियुआई विङक्यान अबेध रुपमा बोकेको डलर सहित पक्राउ परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकमा रहेको राजस्व अनुसन्धान विभागमा पठाएको प्रहरीले जनाएको छ ।

बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाउने निर्णय भएको छ ।सोमबार बुटवल–नारायणगढ सडकखण्डको विषयमा भौतिक मन्त्री प्रकाश ज्वाला, प्रभावित क्षेत्रका सांसद, संसदको पूर्वाधार समितिका सभापति दीपकबहादुर सिंह सहितको छलफलमा मन्त्रालयले यस्तो प्रतिवद्धता व्यक्त गरेको हो । बैठकपछिको निर्णयमा भनिएको छ, ‘एक महिनाभित्रै खाल्डाखुल्डीरहित सडक सतह हुने गरी मर्मत सुधारको… Continue reading बुटवल–नारायणगढ सडकखण्डलाई एक महिनाभित्रैमा खाल्डाखुल्डीरहित बनाइने

धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित धरहराको भूमिगत पार्किङमा आगो निभाउने यन्त्रहरू (फायर एक्सटिंग्विसर) जडान गरेको छ ।निःशुल्क पार्किङ दिएको पहिलो तल्लामा ५ वटा सिलिन्डर सहित आगो निभाउने उपकरणहरू जडान गरिएको महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । निर्माणाधिन धरहराको भूमिगत पार्किङमा अहिले दैनिक करिब एक हजार दुई पाङ्ग्रे सवारी साधन निःशुल्क पार्किङ भइरहेको… Continue reading धरहराको भूमिगत पार्किङमा जडान गरियो आगो निभाउने यन्त्र

दलीय आधारमा सम्बोधन माघ २४ गते, फागुन ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । आउँदो फागुन १४ गतेसम्मको प्रस्तावित कार्यतालिकामा सोमबार ९आज०को बैठकमा दलीय आधारमा सम्बोधन गर्ने कार्यसूची छैन । राजनीतिक दलका तर्फबाट सम्बोधन यही माघ २४ गतेको बैठकमा गर्ने तय छ । माघ २४ को बैठकमा शून्य समय समेत राखिनेछ । आउँदो बुधबार बस्ने उक्त बैठकमा शून्य… Continue reading दलीय आधारमा सम्बोधन माघ २४ गते, फागुन ६ मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

टीआरसी विधेयक सहमतिमै अघि बढाउने प्रधानमन्त्रीको चाहना

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै अघि बढाउनुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु हुनु अगाडि सोमबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने बताए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सहमतिबाट टीआरसी… Continue reading टीआरसी विधेयक सहमतिमै अघि बढाउने प्रधानमन्त्रीको चाहना

दोहोरो अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा पुगेको हो । यसदिन ३१० कम्पनीको २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २४५ रुपैयाँ बराबरको ७४ लाख ९१ हजार ३०३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ९ समूहको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्रको व्यवस्था गर्न माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले बालविवाह रोकथामका लागि प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गराएकी छन्। प्रतिनिधि सभा नियमावली २०७९ को नियम ८० बमोजिम उनले उक्त संकल्प प्रस्ताव दर्ता गराएकी हुन्। विवाहपूर्व २० वर्ष पुगेको बालिग प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था हुनुपर्ने संकल्प प्रस्तावमा छ । संविधान २०७२ को धारा ३९ को… Continue reading विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्रको व्यवस्था गर्न माग

धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीण भन्नु लाजमर्दो… Continue reading धरहराको पार्किङ बन्द नहुने महानगर प्रमुख बालेनको घोषणा

नामिबियाका राष्ट्रपतिको क्यान्सरका कारण मृत्यु

काठमाडौं । नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उनी क्यान्सरपीडित थिए । ‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँछु, प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आज, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा… Continue reading नामिबियाका राष्ट्रपतिको क्यान्सरका कारण मृत्यु

आज देशभरका चलचित्र घर बन्द हुने

काठमाडौं । सोमबार देशभरका चलचित्र घर बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् । केही दिनअगाडि नेपाल चलचित्र सङ्घले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णयको समर्थन गर्दै… Continue reading आज देशभरका चलचित्र घर बन्द हुने

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

काठमाडौं । भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडल सिजन १४ बाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । उनी टप १० बाट टप ८ मा जाने क्रममा बाहिरिएकी हुन् । उनीसँगै अर्का प्रतिस्पर्धी उत्पाल दत्त पनि बाहिरिएका छन् । आइडलका निर्णायक तथा अतिथि कलाकारहरूले उनको गायकीको मुक्त कण्ठले प्रशंसा गर्दै आएका थिए । उनलाई… Continue reading इण्डियन आइडलबाट बाहिरिइन् मेनुका पौडेल

क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

काठमाडौं । आईसीसी यू–१९ विश्वकप र प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा राम्रो खेलेका खेलाडीलाई समेट्दै नेपाल क्रिकेट संघले आइतबार क्यानाडाविरुद्धको तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र नेदरल्यान्ड्स र नामिबियासम्मिलित आईसीसी विश्वकप लिग–२ शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । नेपालले क्यानाडासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फेब्रुअरी ८, १० र १२ मा गरी तीन एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दै… Continue reading क्यानडा र आईसीसी विश्वकप लिग–२ शृंखला खेल्ने नेपाली टीमको घोषणा

हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार हिउँदे अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठक ढिलो बोलाइएका कारण शीर्ष नेताहरुको आज सम्बोधन नगरी आगामी २४ गतेको बैठकमा सम्बोधन गर्ने तयारी छ । यद्यपि संसद बैठकको कार्यसूची भने कार्य व्यवस्था परामर्श… Continue reading हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धिकरणको मुद्दामा संविधान सभा सदस्य तथा सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङबाट पौने २ अर्ब र उनीकी श्रीमती श्रृजना शाक्य तामाङबाट करिब एक अर्ब रुपैयाँ जरिवाना असुल्नुपर्ने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङ दम्पत्तिविरुद्ध पौने ३ अर्ब रुपैयाँ… Continue reading इच्छाराज तामाङ र श्रीमतीबाट करीव ३ अर्ब असुल्नु पर्ने फैसला

लुडो खेल्दा प्रहरीको फन्दामा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ का ३९… Continue reading लुडो खेल्दा प्रहरीको फन्दामा

द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

File

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुत मार्ग निर्माणलाई निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । साथै उनले रक्षामन्त्रालय र नेपाली सेनाअन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताए । आइतबार रक्षा मन्त्रालयमा भएको चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक समीक्षा बैठकमा उनले अधिकांश योजनाको प्रगति सन्तोषजनक… Continue reading द्रुतमार्ग निर्धारित समयमै सम्पन्न गर्न निर्देशन

अब मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना, ६ महिनासम्म निलम्बन

काठमाडौं । गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीको जरिवाना झन्डै ५ गुणाले बढाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा गण्डकी प्रदेश सरकारले ‘गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली-२०८०,’ जारी गर्दै जरिवाना रकम बढाएको हो । नियमावली अनुसार मिटर प्रणालीमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवानालाई २ हजार रुपैयाँबाट बढाएर १० हजार पुर्‍याइएको छ… Continue reading अब मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना, ६ महिनासम्म निलम्बन

आलोकनगरमा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ । महानगरपालिका-३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका १४ वटा टहरामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन गरेको हो । अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका… Continue reading आलोकनगरमा चल्यो महानगरको डोजर

हुम्लामा फेरि हिमपात, हवाई सेवा बन्द

काठमाडौं । हिमाली जिल्ला हुम्लामा फेरि हिमपात भएको छ। अघिल्लो हिमपात भएको चार दिनपछि फेरि आइतबारबाट हिमपात भइरहेको हो। यो वर्ष हिमपात भएको यो तेस्रो पटक हो । हिउँ परेसँगै हवाई सेवा पुनः बन्द भएको नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ । सदरमुकाम सिमकोटसहित माथिल्लो हुम्लाका खार्पुनाथ, नाम्खा गाउँपालिका तथा तल्लो क्षेत्रका अदामचुली, ताजाकोट, सर्खेगाड… Continue reading हुम्लामा फेरि हिमपात, हवाई सेवा बन्द

‘आत्मकथा’ बेच्दै महावीर पुनले संकलन गरे २ करोड ५५ लाख

काठमाडौं । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो पुस्तक बिक्रीको लागि देश दौडाहामा छन् । ‘महावीर पुन’ नामक आत्मकथा बेच्दै हिँडेका पुनले शनिबार बैतडी सदरमुकाम गोठालापानी, गढी र साहिलेक बजारमा पुस्तक बिक्री गर्ने क्रममा हालसम्म ३४ हजारप्रति पुस्तक बेचिएको बताए। पुस्तक बिक्रीबाट २ करोड ५५ लाख संकलन गरेको… Continue reading ‘आत्मकथा’ बेच्दै महावीर पुनले संकलन गरे २ करोड ५५ लाख

साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौं । साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या गरेको आरोपमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय पीमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । शनिबार घोराहीको सुपरलज होटेलमा बसेका नेपालीले आइतबार बिहान… Continue reading साढे दुई वर्षीय छोरा र श्रीमतीको हत्या आरोपमा प्रहरी जवान पक्राउ

गाजामा एक लाख भन्दा धेरैको हताहती भएको डब्लूएचओको भनाई

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजाको अवस्था बिग्रँदै जाँदा एक लाखभन्दा बढी गाजावासी हताहत (घाइते, बेपत्ता वा मृत्यु भएको) अनुमान गरेको छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको ४.३ प्रतिशत हो । जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले गम्भीर… Continue reading गाजामा एक लाख भन्दा धेरैको हताहती भएको डब्लूएचओको भनाई