प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भएका छन् । उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने भएका हुन् । उनी त्यतैबाट चीन भ्रमणमा जाने तयारी समेत भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज)… Continue reading प्रधानमन्त्री प्रचण्ड अमेरिका जाने

७ प्रतिशत घट्यो धान रोपाइँ, मधेशमा अझै एकतिहाई क्षेत्रमा हुन सकेन

काठमाडौं । मुलुकभर ८७ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेश सरकारसँगको समन्वयमा तयार गरिएको साउन २६ गते सम्मको तथ्याङ्कअनुसार हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिए । गत वर्ष यही समयमा देशभर ९४ प्रतिशत धान… Continue reading ७ प्रतिशत घट्यो धान रोपाइँ, मधेशमा अझै एकतिहाई क्षेत्रमा हुन सकेन

हज यात्राका लागि आवेदन खुल्यो, १२ सय जनाको कोटा निर्धारण

काठमाडौं । नेपाल हज समितिले सन् २०२४ को हज यात्राका लागि आवेदन दिन आग्रह गरेको छ । सन् २०२४ (हज १४४५) का लागि नेपालबाट १२ सयजना इस्लाम धर्मावलम्वीहरूका लागि हज गर्न सक्ने गरी साउदी अरब सरकारबाट कोटा आएको छ । नेपाल हज समितिले मंगलबार एक सूचना जारी गर्दै हज गर्न चाहने इच्छुक मुस्लिम धर्मावलम्बीले साउन… Continue reading हज यात्राका लागि आवेदन खुल्यो, १२ सय जनाको कोटा निर्धारण

गालेपछि फेरि घट्यो हङकङबाट भित्रिएको अवैध सुन, अब ६० किलो ७१६ ग्राम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको छ । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ । सुन ब्रेक सुसहित १५५ किलो र निकाल्दा ६०… Continue reading गालेपछि फेरि घट्यो हङकङबाट भित्रिएको अवैध सुन, अब ६० किलो ७१६ ग्राम

विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम इजाजत पाउने

काठमाडौं । विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम स्वीकृति तथा इजाजत पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले यस्तो जानकारी गराएको हो । विभागका अनुसार एकीकृत श्रम व्यवस्थापन सूचना प्रणाली ९आईएलएमआईएस० सञ्चालनको तयारी भइरहेको छ । १ भदौदेखि यसलाई कार्यान्वयनमा ल्याइने भएको छ । यो प्रणाली… Continue reading विदेशी कामदारले नेपालमा अब अनलाइनबाटै श्रम इजाजत पाउने

लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू

काठमाडौं । रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकिएको छ । योजनाले ३.८ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो । गोसाइकुण्ड गाउँपालिका( ५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको पावर हाउससम्म गुरुङ निर्माण गरिएको आयोजना निर्माण पक्ष आरएम ग्रुपका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए । आयोजना निर्माणको काम… Continue reading लाङटाङ हाइड्रोपावर आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रू

भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ । राज्यका विभिन्न भागमा अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानका कारण राज्य सरकारले सबै विद्यालय, कलेज र… Continue reading भारतको हिमाचलमा बाढी, कम्तिमा ५० जनाको मृत्यु

रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए

REUTERS

काठमाडौं । रुसको दक्षिणी क्षेत्र डागेस्तानको एक पेट्रोल पम्पमा विस्फोटपछि भएको आगलागीमा परी कम्तीमा १२ जना मानिसको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यद्यपि मृतकको सङ्ख्याबारे स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । चिकित्सकलाई उद्धृत गरिएको एक अपुष्ट रुसी विवरणका अनुसार मृत्यु हुनेको सङ्ख्या करिब २५ पुगेको छ र ६० जनाभन्दा… Continue reading रुसमा पेट्रोल पम्पमा विष्फोट, कम्तिमा एक दर्जन मारिए

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा बैंकका ६ कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमडा गौतम तथा दीपक विष्ट रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ… Continue reading शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा बैंकका ६ कर्मचारी पक्राउ

ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ गरेको छ। ब्युरोले उनलाई बोलाएर बालुवाटारको ललिता निवास प्रकरणमा उनको संलग्नताबारे सोधपुछ गरेका हो । पौड्यालले २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्य सचिव थिए। गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका… Continue reading ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ

मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं २ रिप गाउँका छन् । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७ चिप्लेगाडामा दुर्घटना भएको थियो । प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा… Continue reading मुगुमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

यस्तो छ भारत र पाकिस्तानसँग भिड्ने नेपाली क्रिकेट टीम

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ। एसिया कपमा लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ। एसिया कपअघि नेपालले अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्नेछ।… Continue reading यस्तो छ भारत र पाकिस्तानसँग भिड्ने नेपाली क्रिकेट टीम

२९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर २९ भदौमा अनशन बस्ने घोषणा गरेका छन् । सोमबारदेखि अनशन बस्ने घोषणा गरे पनि सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको… Continue reading २९ भदौबाट पुनः अनसन बस्ने गोविन्द केसीको घोषणा

धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु

काठमाडौं । धरानमा डेंगु संक्रमितको संख्या १० हजार नाघेको छ । वैशाखयता प्रकोपको रुपमा फैलिएको डेंगु संक्रमितको संख्या १० हजार नाघेको हो ।धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगु संक्रमण देखिएको छ । परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । डेंगुका कारण… Continue reading धरानमा डेंगुको महामारी, ११ जनाको मृत्यु

सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष

काठमाडौं । सत्तारुढ राजनीतिक दलहरुले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेका छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु रहेको निष्कर्ष निकालेको हो । उच्चस्तरीय आयोग माग्नु भनेको भइरहेको अनुसन्धानलाई डाइल्युट गर्नु भन्ने निष्कर्ष पार्टीहरुको छ । त्रिभुवन विमानस्थल… Continue reading सुन काण्डमा उच्चस्तरीय समिति नचाहिने सत्तारुढ दलको निष्कर्ष

एमालेको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक एक साताको लागि स्थगित भएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते १ बजेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

‘कर तिरेर जति पनि सुन ल्याउन दिऔं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिए तस्करी नियन्त्रण हुने दाबी गरेका छन् । संसदीय दलको बैठकमा उनले सुन धेरै तस्करी हुन थालेकाले कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा भने, ‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला… Continue reading ‘कर तिरेर जति पनि सुन ल्याउन दिऔं’

बागमतीका सबै प्रादेशिक अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क

काठमाडौं । भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरूमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो। ती अस्पतालका क्याबिन, एनआईसियू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ शय्या निःशुल्क… Continue reading बागमतीका सबै प्रादेशिक अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै बेड निःशुल्क

ब्रेक शु बाट निकालियो तस्करीको सुन

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकाल्न सुरू गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो। साउन २ गते अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपाँस भएर बाहिरिएको अवस्थामा करिब १ क्विन्टल सुन बरामद भएको थियो।… Continue reading ब्रेक शु बाट निकालियो तस्करीको सुन

कस्तो रहनेछ आजको मौसम ?

एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने भएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको पहाडी भू–भागको नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर पूर्णतया बदली रही सबै… Continue reading कस्तो रहनेछ आजको मौसम ?

उपराष्ट्रपति आज चीन भ्रमणमा जाँदै

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीनको कुन्मिङ जाँदैछन् । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन यादव आज चीन जान लागेका हुन् । उनी सोमबार (आज) अपराह्न ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त मेला यही साउन ३१ गतेदेखि भदौ… Continue reading उपराष्ट्रपति आज चीन भ्रमणमा जाँदै

बाढीका कारण क्षतविक्षत कागबेनी

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी बाढीका कारण क्षतविक्षत भएको छ । बाढीले १५ घर, एउटा निर्माणाधीन पक्की पुल र प्रहरी चौकी बगाएको छ । आइतबार राति करिब आठ बजे कागखोलामा आएको बाढीले भौतिक संरचनामा क्षति पुर्‍याएको हो । मानवीय क्षति भने भएको छैन । कागबेनीको बस्तीमा बाढी पसेको सूचनापछि कागबेनी आएका प्रमुख जिल्ला… Continue reading बाढीका कारण क्षतविक्षत कागबेनी

सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो

काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको र खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी दिएका छन् । उनका अनुसार आज बिहान चार बजे पानीको बहाव ४ लाख ६२ हजार… Continue reading सप्तकोशीमा आयो ठूलो बाढी, सबै ढोका खोलियो

माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता

काठमाडौ. । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतवारको पदाधिकारी बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीले आफ्नै पार्टीका मन्त्री मोदीलाई फिर्ता ल्याउने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए । मोदीले सरकारमा राम्रो काम गर्दा गर्दै पनि यसअघि जनमत पार्टीसँग भएको सहमतिका आधारमा फिर्ता बोलाउने… Continue reading माओवादीका मन्त्री मोदी सरकारबाट फिर्ता

आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाश शरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्। आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए। ‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन… Continue reading आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण

बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो

file

काठमाडौं । बर्दियामा बबई नदीले तीन जनालाई बगाएको छ । तीनै जनाको अवस्था अज्ञात छ। बाढीका क्रममा दाउरा संकलनका लागि गएका गुलरिया नगरपालिकाका तीन जना युवालाई आइतबार बबईको बाढीले बगाएको हो । गुलरिया– १२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारूलाई मध्याह्न १२ बजे, गुलरिया– ८ थपुवाका २७ वर्षीय अक्षय चौधरीलाई साढे १ बजे र गुलरिया– २… Continue reading बर्दियामा दाउरा टिप्ने क्रममा तीन जनालाई बाढीले बगायो

युवती प्रयोग गरी बंगलादेशका नागरिकलाई बोलाएर काठमाडौंमा बन्धक, दुई नेपालीसहित ६ जना पक्राउ

काठमाडौं । जागिरको प्रलोभन देखाएर बंगलादेशदेखि नेपाल बोलाएर बन्धक बनाउँदै फिरौती उठाउने गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चारजना बंगाली र दुईजना नेपाली नागरिक छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । बन्धक बनाउँदै परिवारसँग फिरौती माग गर्ने समूहका ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ… Continue reading युवती प्रयोग गरी बंगलादेशका नागरिकलाई बोलाएर काठमाडौंमा बन्धक, दुई नेपालीसहित ६ जना पक्राउ

घोराही सिमेन्टको पहिलो कारोबार दिनमै नकारात्मक सर्किट

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १४.८१ अंकले बढेर २०८०.०५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २७१ कम्पनीको ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये ९… Continue reading घोराही सिमेन्टको पहिलो कारोबार दिनमै नकारात्मक सर्किट

विदेशवाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष संञ्चालन

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशवाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष संचालनमा ल्याएको छ । विदेशवाट फर्कीएका यात्रुले मापदण्ड भन्दा वढी सुन गरगहना विदेशी मुद्रा टीभी तथा मोवाइल फोन ल्याउने र स्वघोषणा नगरी वाहिरिदाँ भन्सार छली अनुसार कारवाहीको भागीदार हुने गरेका थिए । स्वघोषणा कक्ष संचालनपछि यात्रुले आफूसंग भएको मालवस्तुको स्वयं घोषणा गर्न… Continue reading विदेशवाट आउने यात्रुका लागि त्रिवि विमानस्थलमा स्वघोषणा कक्ष संञ्चालन

एमालेले भन्यो ‘सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बरामद भएको १०० केजी अवैध सुन तस्करी प्रकरणमा सत्ताकै मान्छेहरुको संलग्नता रहेको जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उक्त कुरा उल्लेख गरेका हुन्। एमालेले ई-सिगरटे प्रकरणमा सत्तारुढ पार्टीका नेता (कृष्णबहादुर महरा) माथि सोधखोज समेत नगरेकोमा आश्चर्य व्यक्त गरेको छ। ‘सत्तारुढ दलकै… Continue reading एमालेले भन्यो ‘सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ’