काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनविपरीत काम गर्ने दुई वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी र दुई कन्सल्टेन्सीलाई कारबाही गरेको छ । विभागले ऐन र नीतिविपरीत अवैधानिक विज्ञापन गरेकाले ऐन अनुसार दुई–दुई लाख रुपियाँ जरिबाना गरेको हो । विभागले स्वीकृतिबिना सामाजिक सञ्जालको प्रयोग गरी नेपाली युवालाई वैदेशिक रोजगारमा पठाइदिने भन्दै विज्ञापन गरेको तथा राहदानी… Continue reading दुई म्यानपावर र दुई कन्सल्टेन्सीलाई २–२ लाख जरिवाना
Category: फिचर
विदेशबाट फर्किएका युवालाई माओवादीले तीन महिने अभियानमा जोड्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले विदेशबाट फर्किएकालाई तीनमहिने अभियानमा जोड्ने भएको छ। माओवादीले भर्खरै विदेशबाट फर्किएकालाई जोड्न रिटर्नी सेन्टरको नाममा भ्रातृ सङ्गठन गठन गरेको थियो। विदेशबाट फर्किएका सबै युवालाई पार्टी निर्माणमा केन्द्रित गर्ने गरी वडा खटिने रिटर्नी सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले बताएका छन् । रिटर्नी सेन्टरको इन्चार्जको जिम्मेवारी पाएका लक्ष्मणदत्त पन्तले बिहीबार… Continue reading विदेशबाट फर्किएका युवालाई माओवादीले तीन महिने अभियानमा जोड्ने
शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
काठमाडौं । शनिबार काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौंका ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने भएको हो। टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ केभी… Continue reading शनिबार काठमाडौंको धेरै स्थानमा ५ घण्टा विद्युत अवरुद्ध हुने
ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत् जैविक हतियार (विष) पठाएको आरोपमा क्यानडाकी एक महिलालाई अदालतले झण्डै २२ वर्षको जेल सजायँ सुनाएको छ । ५६ वर्षीया पास्कल फेरियरलाई अदालतले २६२ महिना (झण्डै २२ वर्ष) जेल सजायँ सुनाएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि… Continue reading ट्रम्पलाई चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल
बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प
काठमाडौं । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३ गते बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प… Continue reading बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प
रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव
काठमाडौं । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ । मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक… Continue reading रुकुममा छुट्टाछुट्टै स्थानमा भेटियो दुई शव
साउदीमा विद्युतीय राहदानीका लागि चलाइयो शिविर
काठमाडौं । साउदी अरबको जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयले राजधानी रियादबाट १३ सय किलोमिटर टाढा रहेको ताबुकमा आयोजित राहदानी शिविरबाट ३ सय ९१ जनाको विद्युतीय राहदानीको फाराम संकलन गरेको छ । गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति, ताबुकको संयोजकत्वमा महावाणिज्यदूतको कार्यालयले राहदानी शिविर गर्न टोली खटाएको हो । ‘ताबुकबाट रियाद वा जेद्दा जान–आउन निकै कठिन थियो… Continue reading साउदीमा विद्युतीय राहदानीका लागि चलाइयो शिविर
मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
काठमाडौं । मलेसियाको मध्य सेलान्गोर राज्यमा आज बिहीवार एक सानो निजी विमान सडकमा ठोकिँदा १० जनाको ज्यान गएको छ । विमान दुर्घटना हुँदा विमानमा सवार आठ जना र सडकमा मोटरसाइकल र कारमा सवार दुई जनाको ज्यान गएको स्थानीय प्रहरी प्रमुख मोहम्मद इक्बाल इब्राहिमले बताए । मलेसियाको नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकालेर विमानमा छ जना… Continue reading मलेसियामा सडकमै भयो विमान दुर्घटना, कम्तिमा १० जनाको मृत्यु
सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । अब श्रमिकले मासिक १७ हजार ३०० पाउनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ । मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका… Continue reading सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक
दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्यो
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्यानले उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन थप कडाइ गरेको छ। क्यानले बिहिबार सार्वजनिक गरेको ४ बुुँदे निर्णय अनुसार दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हटाईएको छ । नेपालमा हुने हवाई दुर्घटना मौसम खराबीका कारण हुने गरेको भन्दै प्राधिकरणले मनसुन अवधिभर बिहान ६ बजेदेखि दिउँसो १२… Continue reading दिउँसो १२ बजेपछि दुर्गम क्षेत्रमा उडानमा लगाएको प्रतिबन्ध हट्यो
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम झनै खुम्चियो
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ८.०१अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २७१ कम्पनीको १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम झनै खुम्चियो
सन्दीपको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन यकिन गर्न आदेश दिएको छ। पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको हो । गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च… Continue reading सन्दीपको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश
कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । “राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर… Continue reading कन्चनपुरमा सेफ्टी ट्यांकीमा परेर हात्तिको ज्यान गयो
कोलम्बियामा बढ्यो नरसंहारका घटना, राष्ट्रसंघ चिन्तित
काठमाडौंं । संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन् । सरकार र सशस्त्र समूहबीचको युद्धविरामका बाबजुद ११ प्रतिशतले हिंसा बढेको राष्ट्र सङ्घले जनाएको छ । मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि जुलिएट डे रिवेरोले बढ्दो हिंसाप्रति… Continue reading कोलम्बियामा बढ्यो नरसंहारका घटना, राष्ट्रसंघ चिन्तित
महिला विश्वकपको फाइनल समिकरण पुरा
काठमाडौं । फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । यो महिला विश्वकपमा नयाँ टोली च्याम्पियन बन्ने भएको… Continue reading महिला विश्वकपको फाइनल समिकरण पुरा
रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने भएको छ । रास्वपाले आयोगमा रहने पदाधिकारी र सदस्य मागेको छ । पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७… Continue reading रास्वपाले ७ वटै प्रदेशमा अनुशासन आयोग बनाउने
अमेरिकी कांग्रेस वमन ग्रेस मींगसँग जिपी कोईराला फाउन्डेशन अमेरिकाले गर्यो भेट
न्यूयोर्क । गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरिकी च्याप्टरको एक प्रतिनिधिमडलले न्यूयोर्कबाट हाउस कांग्रेसमा प्रतिनिधि कांग्रेस वमन ग्रेस मींगसँग भेटवार्ता गरेको छ । फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको नेतृत्वमा मंगलबार गएको प्रतीनिधि मण्डलले न्युयोर्क-फ्लसींग स्थित कांग्रेस वमनको कार्यालयमा भेट गरेको हो । भेटमा नेपाली आप्रवासीका विविध समस्या तथा समसामयिक विषयमा छलफल भएको थियो । फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेको… Continue reading अमेरिकी कांग्रेस वमन ग्रेस मींगसँग जिपी कोईराला फाउन्डेशन अमेरिकाले गर्यो भेट
कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा। चन्द्र भण्डारीको हात र पछाडिको भागको शल्यक्रिया भएको छ । झन्डै छ महिना पहिले बुद्धनगरमा रहेको आफ्नै निवासको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगलागीमा परि घाइते भएका उनको आज बुधवार कीर्तिपुरको बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो । अस्पतालका प्लास्टिक सर्जन… Continue reading कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया
बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….
काठमाडौं । बीमाको रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले बीमा रकम लिन आफ्नै टिपरमा आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री, सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री… Continue reading बीमाको लोभमा आफ्नै टिपर जलाएपछि….
विमानस्थलको सुरक्षा प्रवन्धबारे प्रधानमन्त्रीको चासो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थाबारे चासो राखेका छन् । उनले यसको सुरक्षा व्यवस्थामा व्यापक हेरफेरको आवश्यकता रहेको समेत बताए । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न आयोजित बैठकलाई सम्बोधन… Continue reading विमानस्थलको सुरक्षा प्रवन्धबारे प्रधानमन्त्रीको चासो
‘स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा पाइँदैन’- अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले आज काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै उनले विदेश जाने बित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त हुन… Continue reading ‘स्वदेशमै अवसर खोजौँ, विदेश जाने बित्तिकै सबै कुरा पाइँदैन’- अर्थमन्त्री
एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई
काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ पाउने भएका छन्। उक्त अवार्ड दुबईस्थित म्यूजियम अफ दि फ्युचर भवनमा आगामी ७ अक्टोबरमा चौधरीलाई हस्तान्तरण गरिनेछ। एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ। यस अवार्डबाट यसअघि आर्ट अफ… Continue reading एसियन अवार्ड ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ विनोद चौधरीलाई
चर्चित भारतीय गायक अरिजितले नेपालमा आफ्नो प्रस्तुति दिने
काठमाडौं । चर्चित भारतीय गायक अरिजीत सिंह नेपाल आउने भएका छन् । गराज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले आयोजना गर्ने अरिजीत सिंह लाइभ इन नेपालका लागि उनी मंसिर ९ मा नेपाल आउनेछन् । हायात ग्राउन्डमा हुने लाइभ कार्यक्रममा अरिजीत नेपाली प्रशंसकहरूबीच गुञ्जने छन् । सिंहका थुप्रै गीतहरु चर्चित छन् । अगर तुम साथ हो, कबिरा, तु… Continue reading चर्चित भारतीय गायक अरिजितले नेपालमा आफ्नो प्रस्तुति दिने
मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षातको समय सकिएलगत्तै ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंका सडकमा मुख्य खाल्डा बनाउने खानेपानी तथा नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेपछि मन्त्रालयले अभियान थाल्ने भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिएका छन् । खानेपानी, नेपाल विद्युत प्राधिकरण र वर्षातका कारण काठमाडौंका सडकमा धेरै खाल्डाखुल्डी देखिने गरेका छन्… Continue reading मन्त्रालयको योजना अनुसार काठमाडौं ‘खाल्डाखुल्डी’रहित बन्ला ?
कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
काठमाडौं । समग्र अर्थतन्त्रमै शिथिलता आएपछि सरकारले वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्था हटाएको छ । गत वर्षको मंसिर २३ देखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेको थियो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अब जग्गाको कित्ताकाट पुरानै नीतिनियम अनुसार हुनेछ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गरी उक्त व्यवस्था गरेको… Continue reading कित्ताकाट खुल्दा अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?
भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण सम्पन्न
काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सब-स्टेसनबाट सुरु भई नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट सब-स्टेसमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनले एक… Continue reading भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण सम्पन्न
सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने
काठमाडौं । गोरखामा भेटिएको टल्कने ढुंगा (क्वार्ज क्रिष्टल) लाई गोरखा दरबारमा राखिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ढुंगा गोरखा दरबारमा राख्ने निर्णय गरेको हो । १४ असारमा प्रहरीले गोरखा नगरपालिका सतिपीपलस्थित राममाया शाहीको घरबाट एउटा टल्किने ढुंगा बरामद गरेको थियो । शाही परिवारले पुस्तौंदेखि पूजा गर्दै आएको सो ढुंगा बिक्री गर्न लागेको… Continue reading सर्वसाधारणको घरमा भेटिएको क्वार्ज क्रिष्टललाई अब गोरखा दरबारमा राखिने
पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् । काठमाडौं… Continue reading पारस खड्का बने काठमाडौं क्रिकेट संघको सदस्य
डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेल\मट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ तोकिएको मूल्य आज राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज… Continue reading डिजेट र पेट्रोलमा भारी मूल्यवृद्धि
कक्षा १२ को परिक्षाफल सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने… Continue reading कक्षा १२ को परिक्षाफल सार्वजनिक