काठमाडौं । औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्सद्वारा उत्पादित एक एन्टिबायोटिक औषधिलाई बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । विभागले एक सूचना जारी गर्दै राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि न्यून गुणस्तरीय पाइएकाले बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिएको हो । बालबालिकामा प्रयोग हुने ‘इन्क्लेभ बिड’ नामक एन्टिबायोटिक सिरपको ब्याच नम्बर डीईबी १६८ मा खराबी देखिएको विभागले… Continue reading क्युरेक्स फर्मास्युटिकल्सको एन्टिबायोटिक बिक्री गर्न प्रतिबन्ध
Category: फिचर
सुन तस्करीमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो । प्रहरीले शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने खुलाएको छैन । शर्माले पछिल्लो समय गृहमन्त्री र अर्थमन्त्री विरुद्ध आक्रमक अभिव्यक्ति दिँदै… Continue reading सुन तस्करीमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
कुलमानको पत्रकार सम्मेलनमै गयो लाइन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना गरेको पत्रकार सम्मेलनमै विद्युत आपूर्ति अवरुद्ध भएको छ । सुरुमा २ मिनेट बिजुली जाँदा हलमा गुञ्जायमान भयो । सोही क्रममा घिसिङले पत्रकारहरुलाई आश्वस्त पार्दै भने, ‘सिस्टममा डिस्ट्रब भएको रहेछ, एकछिनमा आउँछ ।’ नभन्दै बिजुली आयो । बिजुली आएको केही समयपछि नै फेरि बिजुली गयो ।लाइन… Continue reading कुलमानको पत्रकार सम्मेलनमै गयो लाइन
गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’
काठमाडौं । खानी तथा भूगर्भ विभागको टोलीले गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’ भएको पुष्टी गरेको छ। खानी तथा भूगर्भ विभाग काठमाडौंबाट गएका भूगर्भविदहरूले दुई दिन लगाएर गरेको परीक्षणमा पारदर्शी ढुङ्गा क्वार्ज क्रिष्टल भएको प्रमाणित भएको हो। भूगर्भविद् सुस्मिता भण्डारी र दुर्गा बेलाखेले प्रकाश दिँदा टल्किने ढुङ्गा परीक्षण गरेका थिए। टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि… Continue reading गोरखामा भेटिएको टल्किने ढुङ्गा ‘कार्ज क्रिस्टल’
झिनो अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) ५.१३ अंकले बढेर २०६६.०५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २६९ कम्पनीको २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहमध्ये… Continue reading झिनो अंकले बढ्यो नेप्से, २ अर्ब १५ करोडको कारोबार
इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानेर हत्या
काठमाडौं । इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानेर हत्या गरिएको छ । सो देशका उनी सांसद समेत थिए । उनको नाम फर्नान्डो विलाविसेंशियो हो । उनीमाथि बुधवार एक चुनावी अभियानमा सहभागी हुने क्रममा गोली हानिएको हो । घटना उत्तरी शहर क्विटोमा भएको हो । उनी कारमा सवार भएका बेला गोली हानिएको थियो । उनको शिरमा… Continue reading इक्वेडरमा राष्ट्रपति पदका उम्मेदवारको गोली हानेर हत्या
इरानमा सामुहिक बलात्कारको अभियोगमा ५ जनालाई मृत्युदण्ड
काठमाडौं । इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड सहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँच जनालाई मृत्युदण्ड दिइएको छ,” न्यायपालिकाको मिजान अनलाइनले घोषणा गरेको छ । पूर्वी अजरबैजान प्रान्तमा भएको सामूहिक बलात्कारको चार दिनपछि पक्राउ… Continue reading इरानमा सामुहिक बलात्कारको अभियोगमा ५ जनालाई मृत्युदण्ड
डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित
काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म दश हजार सात सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ । अहिलेसम्म ७ जनाले ज्यान गुमाएका तथ्याङ्क छ । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले… Continue reading डेङ्गी संक्रमण ७४ जिल्लामा फैलियो, १० हजार भन्दा बढी संक्रमित
विदेशमा कामदार अलपत्र परेपछि दुई म्यानपावरको इजाजत रद्द
काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करार बमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए। उनका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको… Continue reading विदेशमा कामदार अलपत्र परेपछि दुई म्यानपावरको इजाजत रद्द
वन संरक्षणमा नेपाल सफल मुलुक हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक वन कार्यक्रम वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफल देखिएको बताएका छन्। उनले वनको संरक्षण, व्यवस्थापन र सदुपयोगको जिम्मेवारी स्थानीय उपभोक्ताहरूलाई नै सुम्पनु पर्छ भन्ने अवधारणाका साथ चार दशक अघि सुरु भएको सामुदायिक वन कार्यक्रम आज नेपालमा मात्र नभइ विश्वभर नै नमूना कार्यक्रमको रूपमा… Continue reading वन संरक्षणमा नेपाल सफल मुलुक हो : प्रधानमन्त्री
अमेरिकी राष्ट्रपतिलाई फेसबुकमार्फत धम्क्याउने व्यक्तिलाई गुप्तचरले मार्यो
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनलाई फेसबुकमार्फत् धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ । बाइडेन युटाह राज्यको भ्रमणमा जानुभन्दा केही घण्टा अगाडि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नामका व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो । एफबीआईका अनुसार साल्ट लेक सिटीको दक्षिणमा पर्ने प्रोवो भन्ने स्थानमा रोबर्टसनकै… Continue reading अमेरिकी राष्ट्रपतिलाई फेसबुकमार्फत धम्क्याउने व्यक्तिलाई गुप्तचरले मार्यो
इटालीमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो
काठमाडौं । इटालीको लाम्पेडुसा टापुनजिकै समुद्रमा आप्रवासीहरू बोकेको डुङ्गा दुर्घटनामा पर्दा ४१ जनाको मृत्यु भएको जीवित व्यक्तिहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। उक्त दुर्घटनामा परेर बाँच्न सफल चार जनाले उद्धारकर्ताहरूलाई आफूहरू ट्यूनिशियाबाट इटलीतिर जान डुङ्गामा चढेको बताएका छन्। ती चार जना आइभरी कोस्ट र गिनीका नागरिक हुन्। उनीहरू बुधवार लाम्पेडुसा पुगेका थिए। बाँच्न सफलमध्ये तीन पुरुष… Continue reading इटालीमा डुंगा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो
द्रुतमार्ग तोकिएको समयसीमा भित्र सक्न उपप्रधानमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ-तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९र८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उहाँले वर्तमान सरकारले द्रूत मार्गलाई विशेष महत्त्व दिएकै कारण लामो समयदेखि रोकिएका धेरै विषय… Continue reading द्रुतमार्ग तोकिएको समयसीमा भित्र सक्न उपप्रधानमन्त्रीको निर्देशन
वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढ्ने
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकले पाउने क्षतिपूर्ति रकम बढाउने भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को बजेटले यस्तो रकम बढाउने गरी बजेट तोकेको थियो । सोही अनुसार अब मृतक श्रमिकको परिवारले पाउने क्षतिपूर्ति रकम समेत बढाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । क्षतिपूर्ति रकमलाई समसामयिक… Continue reading वैदेशिक रोजगारीमा गई ज्यान गुमाउने श्रमिकका परिवारले पाउने क्षतिपूर्ति बढ्ने
ललितानिवास प्रकरणः पक्राउ परेकालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं । ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा पक्राउ परेकाहरूलाई अदालतले थप सात दिन प्रहरीको हिरासतमा राख्न अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई थप ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । बालुवाटारको ललिता निवासको सरकारी जग्गा… Continue reading ललितानिवास प्रकरणः पक्राउ परेकालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति
संसद्मा एमालेको अवरोध, बैठक २६ गतेसम्मलाई स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्मा अवरोध जारी राखेको छ। गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चसरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो। बैठक सुरु हुने बित्तिकै एमाले सांसद सूर्य थापाले पार्टीको धारणा राख्दै थिए । सत्तापक्षका सांसदले उठेर त्यसको… Continue reading संसद्मा एमालेको अवरोध, बैठक २६ गतेसम्मलाई स्थगित
संखुवासभा कारागारका दुई कैदीको शंकास्पद मृत्यु
काठमाडौं । जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ। बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका-५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका-७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको उपचारका क्रममा मृत्यु भएको हो। बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएको थियो। प्रहरीले नियन्त्रणमा… Continue reading संखुवासभा कारागारका दुई कैदीको शंकास्पद मृत्यु
प्रचण्ड गर्मीले अमेरिकाका पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको मृत्यु
न्यूयोर्क । अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ । मृत्युको रिपोर्ट तीन राज्यमा भएको छ जुन सबैभन्दा खराब पीडित छ । यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको… Continue reading प्रचण्ड गर्मीले अमेरिकाका पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको मृत्यु
कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने
काठमाडौं । कोरोना महामारीपछिको पहिलो गाईजात्रा कमलादीस्थित प्रज्ञाभवनमा आयोजना हुने भएको छ । भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुने उक्त गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ुचिप्लेटी अंकलु, सीता न्यौपाने, राधिका कंडेल, दीपकप्रसाद आचार्य काकु, प्रभात लामा, रुबिना अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ । यस वर्ष उपत्यका बाहिर… Continue reading कोरोना महामारीपछि पहिलो पटक गाइजात्रा महोत्सव हुने
टेलिकमका २० हजार थान रिचार्ज कार्ड हराए, खरीद नगर्न अनुरोध
काठमाडौं । नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।
नक्कली नोटसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन्। मंगलबार साँझ तारकेश्वर नगरपालिका वडा नम्बर ५ गोलढुंगा नगिनी खोला अगाडिबाट सशस्त्र प्रहरी बलले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका–५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका–२ का… Continue reading नक्कली नोटसहित तीन जना पक्राउ
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पनि सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको छ। न्यूनचापीय प्रणाली र नेपालनजिकै रहेको न्यूनचापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान् छ। अहिले देशभर सामान्य देखि पूर्ण… Continue reading कस्तो रहनेछ आजको मौसम ?
युक्रेनी राष्ट्रपतिको हत्याको योजना बनाउने महिला पक्राउ
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको छ। ती महिलाले गत जुन महिनामा बाढी प्रभावित क्षेत्र माइकोलाइभको भ्रमण गर्नुअघि जेलेन्स्कीको यात्रा कार्यक्रम पत्ता लगाउने प्रयास गरेको उक्त सेवाले जनाएको छ। युक्रेनले रुसलाई समर्थन गर्ने आफ्ना नागरिकलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना… Continue reading युक्रेनी राष्ट्रपतिको हत्याको योजना बनाउने महिला पक्राउ
इमरान खानलाई ५ वर्षसम्म निर्वाचन लड्न रोक
कराची । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी खानलाई पाँच वर्षसम्म चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । इमरान खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले ५ अगस्टमा तीन वर्षको… Continue reading इमरान खानलाई ५ वर्षसम्म निर्वाचन लड्न रोक
कम्तिमा ३५ दिन सीआइबीलाई विश्वास गरौं : गृहमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)लाई विश्वास गर्न आग्रह गरेका छन् । एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले विगतमा संसदीय वा अर्को समिति बनाएर हेरिएको बताए । ७९९९ किलो सुन भित्रिएको भनिएपनि १ तोला सुन समेत पत्ता लगाएको… Continue reading कम्तिमा ३५ दिन सीआइबीलाई विश्वास गरौं : गृहमन्त्री
आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द
काठमाडौं । आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’को संक्रमणले बालबालिकाहरुमा फैलिँदै गएपछि पोखराका सबै विद्यालय ३ दिन बन्द गरिने भएको छ । पोखरा महानगरले पालिकाले मंगलबार पोखराका संस्थागत तथा सामुदायिक विद्यालय बुधबारदेखि शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ ।पोखराभित्र २४३ संस्थागत र २०३ विद्यालय सामुदायिक छन् । कास्कीका जिल्ला प्रशासन कार्यालय, पोखरा महानगर, निजी तथा… Continue reading आँखा पाक्ने रोग फैलिएपछि पोखरामा तीन दिन विद्यालय बन्द
एएफसी कपमा मछिन्द्र एफसी विजयी, दोस्रो चरणमा प्रवेश
काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो एफसीलाई हराउँदै मछिन्द्र एफसी प्रारम्भिक छनोटको दोश्रो चरणमा पुगेको छ । खेलको सातौं मिनेटमा नै पछि परेको अवस्थालाई उल्टाउँदै खेलमा मछिन्द्र विजयी भयो । ७औं मिनेटमा पारोका काजुओ होम्माले प्रहार गरेको बल गोलकिपर विशाल श्रेष्ठलाई लाग्दै गोल भएको थियो । तर त्यसको ५ मिनेटपछि नै… Continue reading एएफसी कपमा मछिन्द्र एफसी विजयी, दोस्रो चरणमा प्रवेश
एमालेले भन्यो – ‘सुन तस्करीको छानबिन समिति चाहिन्छ/चाहिन्न भोटिङ गरौं ‘
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउन सभामुखसमक्ष माग गरेको छ। मंगलबारको संसदमा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले सबै माननीयहरूले उच्चस्तरीय छानविन समिति चाहेको बताए। उनले लेखा समितिको बैठकले पनि छानविन समिति गठनका लागि सरकारलाई ध्यानाकर्षण जनाएको भन्दै संसदमा डबल स्ट्यान्डर्ड व्यवहार नगर्न आग्रह गरे। उनले… Continue reading एमालेले भन्यो – ‘सुन तस्करीको छानबिन समिति चाहिन्छ/चाहिन्न भोटिङ गरौं ‘
महावीर पुनलाई विभूषण लिलामीमा नराख्न सरकारको पत्र
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ । गृहको विभूषण तथा सभा समारोह शाखाले उनलाई पत्रमार्फत विभूषण लिलामीमा राखे रद्द गरिने चेतावनी दिएको हो । मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको उल्लेख छ । महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको… Continue reading महावीर पुनलाई विभूषण लिलामीमा नराख्न सरकारको पत्र
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) २८.४० अंकले घटेर २०१९.८५ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६५ कम्पनीको १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट