बनेपा बजार पनि डुबानमा

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण बनेपाको पुल बजार डुबानमा परेको छ । डुबानका कारण बिहान केहीबेर अरनिको राजमार्ग हुँदै चल्ने गाडीहरु रोकिएका थिए । अहिले भने पानीलाई निकास दिएर गाडी चलाउन थालिएको प्रहरीले जनाएको छ । हरेक वर्षको बर्खामा काभ्रे, बनेपाको पुल बजार डुबानमा पर्ने गरेको छ । पुण्यमती खोलामा आएको बाढीले हरेक… Continue reading बनेपा बजार पनि डुबानमा

काठमाडौंमा अपरान्ह ११ बजेसम्म नदी किनारमा बाढीको जोखिम

RSS

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा… Continue reading काठमाडौंमा अपरान्ह ११ बजेसम्म नदी किनारमा बाढीको जोखिम

काठमाडौंका नदीहरुमा बाढी, शहरी क्षेत्र डुबानमा

आज रातभर आएको वर्षातकाकारण काठमाडौंका नदीहरुमा बाढी आएको छ । यसले शहरी इलाका नै डुबानमा परेका छन् । काठमाडौं उपत्यकाका विष्णुमती, बागमती, धोबीखोला, मनोहरा, हनुमन्तेसहितका खोलाहरु उर्लिएका छन् । यसले नदी किनारको शहरी इलाका डुबानमा परेको छ । घरहरु डुबेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आह्वान गरेको छ । आज काठमाडौं… Continue reading काठमाडौंका नदीहरुमा बाढी, शहरी क्षेत्र डुबानमा

अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

अविरल वर्षाका कारण आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणग-(मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ… Continue reading अविरल वर्षासँगै आएको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

व्यापारिक भवनले पार्किङ शूल्क लिन नपाउने महानगरको निर्णयमा अदालतको रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापारिक भवनहरूलाई आफ्ना सेवाग्राहीसँग पार्किङबापतको शुल्क लिन लगाएको रोक उच्च अदालत पाटनले कारण देखाऊ तथा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हाललाई त्यसमा कुनै हस्तक्षेप नगर्न आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले साउन १० गते व्यापारिक कम्प्लेक्सहरुलाई आफ्ना सेवाग्राहीसँग पार्किङ शुल्क नउठाउन सूचना जारी गरेको थियो । यसविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले… Continue reading व्यापारिक भवनले पार्किङ शूल्क लिन नपाउने महानगरको निर्णयमा अदालतको रोक

राष्ट्रपतिबाट चार मुलुकका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संयुक्त राष्ट्र सङ्घका लागि नियोग, न्युयोर्कका लागि नेपालको राजदूत,स्थायी प्रतिनिधि पदमा लोकबहादुर थापा नियुक्त भएका छन् । उनका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले थापासहित राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि, राजदूत विष्णु पुकार श्रेष्ठलाई कोरिया… Continue reading राष्ट्रपतिबाट चार मुलुकका लागि नेपाली राजदूत नियुक्त

नागढुंगा सुरुङको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’

gorkhapatra

काठमाडौं । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपत्कालीन मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सोमबार नेपाली र जापानी संस्कृति अनुसार अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम गरिएको हो । कार्यक्रममा मन्त्री ज्वाला, नेपालस्थित जापानी राजदूत र जाइकाका प्रमुखले नेपाली र जापानी… Continue reading नागढुंगा सुरुङको रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’

डेंगु प्रकोप : ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। स्वास्थ्य सेवा विभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासीनीले हालसम्म सात हजार सात सय ३३ जना संक्रमित भएको जानकारी दिए। सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै डा.मरासीनीले सबैभन्दा धेरै सुनसरीमा संक्रमित संख्या रहेको… Continue reading डेंगु प्रकोप : ७ हजार ७ सय ३३ मा संक्रमण, ७ जनाको मृत्यु

तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, २ करोड जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंकलाई कारबाही गरेको हो । प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो। प्रभु… Continue reading तीन बैंकलाई राष्ट्र बैंकको कारबाही, २ करोड जरिवाना

तीन दलभित्रै समेटियो संसदीय समिति सभापतिको भागबण्डा, रास्वपा र राप्रपाले पाएनन् नेतृत्व

काठमाडौं । दलहरूबीच संसदीय समितिको भागबण्डा मिलाएको छ । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूले संसदीय समितिको भागबण्डा टुंगो लगाएका हुन् । जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ । तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)… Continue reading तीन दलभित्रै समेटियो संसदीय समिति सभापतिको भागबण्डा, रास्वपा र राप्रपाले पाएनन् नेतृत्व

सभामुखले बोलाए शीर्ष नेताको बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

काठमाडौं । सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गरेको उनको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई… Continue reading सभामुखले बोलाए शीर्ष नेताको बैठक, संसदको अवरोध हटाउनेबारे छलफल हुने

आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ

GETTY IMAGES

काठमाडौं । आफूले समर्थन गरेको फुटबल टोलीलाई ग्रीसमा समर्थन गरिरहेको तस्बिर सार्वजनिक भएपछि इटलीका सर्वाधिक खतरनाक मध्येका एक जना फरार अभियुक्त पक्राउ परेका छन्। साठी वर्षका भिन्चेन्ट्सो ला पोर्टाको नेपल्सको सङ्गठित आपराधिक समूह क्यामोरासँग नजिकको सम्बन्ध रहेको ठानिएको छ। उनी ११ वर्षदेखि फरार थिए तर यसै वर्षको सुरुमा ग्रीसमा खुसी मनाइरहेका फुटबल समर्थकमाझ देखिएको बीबीसीले… Continue reading आफ्नो टीमको जितमा खुसी मनाउँदा ११ वर्षदेखि फरार खुंखार अपराधी पक्राउ

पाकिस्तानमा रेल दुर्घटना, कम्तिमा ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १०० जना घाइते भएका छन् । कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सिन्ध प्रान्तको संघार जिल्लामा दुर्घटना भएको थियो । रेलको इन्जिन छुट्टिएपछि १० वटा डिब्बा पल्टिएको र ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । पाकिस्तानका रेल… Continue reading पाकिस्तानमा रेल दुर्घटना, कम्तिमा ३० जनाको मृत्यु

दीपेन्द्रसिंह ऐरीको टीमले जित्यो ग्लोबल टी–२० क्यानडाको उपाधि

काठमाडौं । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित टिम मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडाको उपाधि हात पारेको छ । अर्का नेपाली स्टार सन्दीप लामिछाने सम्मिलित सर्रे जगुअर्सलाई पाँच विकेटले पराजित गर्दै टाइगर्सले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको जगुअर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १३० रन बनाएको थियो । जगुअर्सले दिएको १३१… Continue reading दीपेन्द्रसिंह ऐरीको टीमले जित्यो ग्लोबल टी–२० क्यानडाको उपाधि

सिद्धबाबा मन्दिर नजिकै जिपमाथि ढुंगा खस्यो, तीन जना घाइते

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी… Continue reading सिद्धबाबा मन्दिर नजिकै जिपमाथि ढुंगा खस्यो, तीन जना घाइते

काठमाडौंमा जारको पानीको अनुगमन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले पिउने पानीको जारको अनुगमन सुरु गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवम् घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन सुरु गरेको महानगरले जनाएको छ । पिउने पानीको लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घरको अवस्था लगायतका बारेमा अनुगमन सुरु भएको मेयर बालेन शाहले… Continue reading काठमाडौंमा जारको पानीको अनुगमन सुरु

कामको खोजीमा नेपाल आए साढे ३ हजार विदेशी

काठमाडौं । एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९–८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् । विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन ।… Continue reading कामको खोजीमा नेपाल आए साढे ३ हजार विदेशी

नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङमार्ग निर्माणको काम सोमबारदेखि सकिने भएको हो । आइतबार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यु टनेलको काम बाँकी रहेको बताइएको छ । सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको… Continue reading नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’

ल्हारक्याल लामा बने लुम्बिनी विकास कोषको उपाध्यक्ष

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामा नियुक्त भएका छन् । विवादास्पद पृष्ठभूमिका उनी पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य हुन् । उनी ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक–पटक पक्राउ पर्ने गरेका थिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी… Continue reading ल्हारक्याल लामा बने लुम्बिनी विकास कोषको उपाध्यक्ष

एक क्वीन्टल सुन प्रकरणको सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई, राजस्वले बुझायो फाइल

काठमाडौं । राजश्व अनुसन्धान विभागले एक क्वीन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको जिम्मा प्रहरीलाई लगाएको छ ।आइतबार विभागमा पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले यस्तो निर्णय भएको जानकारी दिएका हुन । तस्करीमा अन्तरदेशिय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको महानिर्देशक ढुंगानाले बताए । विभाग स्थापना भएको झण्डै… Continue reading एक क्वीन्टल सुन प्रकरणको सम्पूर्ण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई, राजस्वले बुझायो फाइल

पार्टी बैठकमा प्रचण्डले भने-‘भ्रष्टाचारमा दोषी देखिएका कसैलाई छोड्दैनौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोषी देखिएका कसैलाई नछोड्ने दाबी गरेका छन्। पार्टी केन्द्रीय समिति बैठकको समापनमा बोल्दै ‘प्रचण्ड’ ले भ्रष्टाचार विरुद्धको अभियानलाई साथ दिन निर्देशन समेत दिएका हुन् । उनले भने उनले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने दाबी गरे। उक्त अभियान यतिकै नछाड्ने प्रतिवद्धता बैठकमा प्रचण्डले गरेको ती सदस्यले… Continue reading पार्टी बैठकमा प्रचण्डले भने-‘भ्रष्टाचारमा दोषी देखिएका कसैलाई छोड्दैनौं’

उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३८.३७ अंकले घटेर २०५०.४७ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६५ कम्पनीको २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूह… Continue reading उच्च अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

पुलिस रिपोर्ट अब अनलाइनबाटै लिन सकिने

काठमाडौं । प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अब अनलाइबाटै प्रमाणीकरण हुने भएको छ। कन्सुलर सेवा विभागले आइतबारदेखि यो सेवा प्रारम्भ गरेको हो। परराष्ट्रमन्त्री एनपी साउदले विभागमा आयोजित एक कार्यक्रमबीच अनलाइन प्रमाणीकरण सेवा सुरु गरेका हुन् । यससँगै अब अनलाइनबाटै फारम भरी शुल्क तिरी कन्सुलरको छापसहितको प्रहरी रिपोर्ट अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ । अनलाइनबाटै आवेदन… Continue reading पुलिस रिपोर्ट अब अनलाइनबाटै लिन सकिने

माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, अग्नि सापकोटालाई प्रचार विभागको जिम्मा

काठमाडौं । माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् । उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् भने अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् । जनवर्गीय संगठन इन्चार्जमा पम्फा भुसाल, कृष्णबहादुर… Continue reading माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, अग्नि सापकोटालाई प्रचार विभागको जिम्मा

काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु

file

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा… Continue reading काठमाडौंको तारकेश्वरमा पहिरो, बाबुछोरीको मृत्यु

पीएचडी गर्न बालेनलाई काठमाडौं विश्वविद्यालयको फेलोसिप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो । मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद… Continue reading पीएचडी गर्न बालेनलाई काठमाडौं विश्वविद्यालयको फेलोसिप

भारतमा पहिरोमा वेपत्ता नेपाली नागरिकको खोेजीका लागि प्रधानमन्त्रीले थाले कूटनीतिक पहल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयागस्थित गौरीकुण्ठ पहिरोमा बेपत्ता भएका नागरिकको उद्धार र खोजका लागि कूटनीतिक पहल सुरु गरेका छन् । शनिबार साँझ प्रधानमन्त्रीको निजी सचिवालयले सूचना सार्वजनिक गर्दै बेपत्ता नागरिकको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल सुरु गरेको जनाएको छ । गौरीकुण्डमा गएको पहिरोमा परेर नेपाली र भारतीय नागरिक बेपत्ता भएको… Continue reading भारतमा पहिरोमा वेपत्ता नेपाली नागरिकको खोेजीका लागि प्रधानमन्त्रीले थाले कूटनीतिक पहल

मोदी र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको छ । दुबै देशका प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा नेपाल–भारतबीच आपसी हितका विविध विषयमा समीक्षा गरिएको थियो । प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएका छन्… Continue reading मोदी र प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

भारतमा कार दुर्घटना, एकै परिवारका चारसहित ६ जना नेपालीको मृत्यु

काठमाडौं । भारतमा भएको कार दुर्घटनामा६ जना नेपाली नागरिकको ज्यान गएको छ । त्यसमध्ये चार जनाएको एकै परिवारका हुन् । भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा उनीहरुको निधन भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । उनीहरु नेपालगन्जका हुन् । नेपालगन्जको त्रिभुवन चोकका वैभव गुप्ता, उनकी पत्नी दीपिका गुप्ता,५ वर्षकी छोरी बैभवी गुप्ता र ९ महिनाकी… Continue reading भारतमा कार दुर्घटना, एकै परिवारका चारसहित ६ जना नेपालीको मृत्यु

युक्रेन युद्ध अन्त्य गर्नेबारे साउदीमा शिखर सम्मेलन

काठमाडौं । युक्रेनमा रुसी आक्रमण कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल गर्न साउदी अरेबियामा शिखर सम्मेलन सुरु भएको छ । साउदी अरबको जेद्दामा आयोजित यस सम्मेलनमा ४० देशका वरिष्ठ अधिकारीहरू सहभागी छन् । रुस वाहेकका मुलुकका प्रतिनिधिहरू सम्मिलित उक्त बैठकले रूसको आक्रमण कसरी अन्त्य गर्ने भन्नेबारे मस्यौदा तयार पार्ने छन् । शनिबार सुरु भएको सम्मेलनमा… Continue reading युक्रेन युद्ध अन्त्य गर्नेबारे साउदीमा शिखर सम्मेलन