काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ । शनिबार परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा बिहीबार रातिदेखि परेको वर्षासँगै खसेको पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् । रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा… Continue reading भारतमा पहिरोमा परेका नेपालीको खोज तथा उद्दारमा खट्न भारतलाई नेपालको आग्रह
Category: फिचर
उत्तराखण्डमा डेढ दर्जन मानिस पहिरोमा पुरिए, धेरैजसो नेपाली
काठमाडौं । गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी डेढ दर्जन मानिस वेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पहिरोमा परी १९ जना पुरिएको र त्यसमा कम्तिमा १३ जना नेपाली रहेको बताइएको छ । बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको… Continue reading उत्तराखण्डमा डेढ दर्जन मानिस पहिरोमा पुरिए, धेरैजसो नेपाली
पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान पक्राउ
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–एइन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ । इस्लामावादको जिल्ला तथा सेसन अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र… Continue reading पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान पक्राउ
एक क्वीन्टल सुन प्रकरणको अनुसन्धानको जिम्मा ‘सिआईबी’लाई
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजिपी बसन्त कुँवर र सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसँग छलफल गरेका हुन्। छलफलमा महान्यायाधिवक्ता डा.पोखरेलले सङ्गठित अपराधको अनुसन्धान… Continue reading एक क्वीन्टल सुन प्रकरणको अनुसन्धानको जिम्मा ‘सिआईबी’लाई
तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो
काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार रुपैयाँ बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ। गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो। भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र… Continue reading तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो
साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
काठमाडौं । विश्वको प्रमुख तेल उत्पादक साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । बिहीबार साउदीको ऊर्जा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै आगामी सेम्टेम्बरसम्म दैनिक १० लाख ब्यारेल तेल घटाउने घोषणा गरेको हो । साउदीले विगत ३ महिनादेखि तेल उत्पादन… Continue reading साउदी अरबले दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने
दोलखामा पहिरोमा परी एक बालकको मृत्यु, तीन जना बेपत्ता
दोलखा । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७… Continue reading दोलखामा पहिरोमा परी एक बालकको मृत्यु, तीन जना बेपत्ता
सरकारले ६ महिनामा १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने
काठमाडौं ।आर्थिक वर्ष २०८०/८१ को आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ । सरकारले लिएको आन्तरिक ऋणको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले विभिन्न चरणमा ऋण उठाउने भएको हो । जसअनुसार पहिलो त्रैमासमा ५५ अर्ब र दोस्रो त्रैमासमा ५५ अर्ब रुपैयाँ गरी ६ महिनामा १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ ।… Continue reading सरकारले ६ महिनामा १ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने
रास्वपाको केन्द्रिय पदाधिकारी हुन स्नातकोत्तर अनिवार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले ती पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभाग अनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको वा असाधारण क्षमता भएको हुनुपर्ने योग्यता तोकेको हो । पार्टी महामन्त्री मुकुल ढकालका… Continue reading रास्वपाको केन्द्रिय पदाधिकारी हुन स्नातकोत्तर अनिवार्य
जाजरकोटमा विषालु च्याउ सेवनबाट एक जनाको मृत्यु
काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएको जनाइएको छ । वडा अध्यक्ष विष्णु रावतले बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको… Continue reading जाजरकोटमा विषालु च्याउ सेवनबाट एक जनाको मृत्यु
दोलखामा पहिरो, कम्तिमा ३ जना वेपत्ता
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको वडाध्यक्ष दावा शेर्पाले बताए । पहिरोले ३ घर पुरिएको उनले बताए । पहिरोले बस्तीका धेरै घर जोखिममा परेको र टेलिफोन सम्पर्क पनि हुन नसकेको उनले… Continue reading दोलखामा पहिरो, कम्तिमा ३ जना वेपत्ता
सामाखुसीबाट वेपत्ता किशोर १३ दिनपछि दक्षिणकालीमा मृत फेला
काठमाडौं । सामाखुसीमा नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् । मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो । काठमाडौं प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका अनुसार मुचुल्का सकेर पोस्टमार्टमका लागि शव शिक्षण अस्पतालमा लगिएको छ । मगर सामाखुसीमा… Continue reading सामाखुसीबाट वेपत्ता किशोर १३ दिनपछि दक्षिणकालीमा मृत फेला
रास्वपाले के निर्णय गर्यो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले पार्टी सदस्य दामोदर खत्रीलाई तीन महिना निलम्बन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको केन्द्रीय समिति बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए। सैनामैना नगर र्यापिड एक्सन टिमका संयोजक रहेका खत्रीले गत असार ३१ गते आफ्नो समूहमाथि कुटपिट भएको भन्दै पत्रकार सम्मेलन… Continue reading रास्वपाले के निर्णय गर्यो ?
महिला विश्वकपको प्रिक्वाटरफाइनल समिकरण पुरा
काठमाडौं । न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको छ। बिहीबार समूह ‘एच’ का अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको हो। समूह चरणको अन्तिम दिन दक्षिण कोरिया र जर्मनीले १-१ को बराबरी खेल्दा दुवै टिम बाहिरिए। यो समूहबाट कोलम्बिया र मोरक्को… Continue reading महिला विश्वकपको प्रिक्वाटरफाइनल समिकरण पुरा
कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?
काठमाडौं । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंसिक प्रभावका कारण वर्षा हुने महाशाखाले जनाएको छ। त्यस्तै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा… Continue reading कुन-कुन भेगमा आज ठूलो वर्षाको सम्भावना ?
सरकार र सहकारी पिडितबीच सहमति
काठमाडौं । सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भएको छ। दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघर मण्डलामा जारी राखेको अनसनरधर्ना आजैदेखि स्थगन गरेका छन्। सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो। छलफलबाट सहकारी संस्थाका बचतकर्ताको… Continue reading सरकार र सहकारी पिडितबीच सहमति
प्रधानन्यायाधीमा श्रेष्ठ सिफारिस
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शनिवारबाट अवकाश पाउँदै छन्। संसद्को संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि मात्रै उनले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नेछन्। सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीचका मतभेदले संसद्मा… Continue reading प्रधानन्यायाधीमा श्रेष्ठ सिफारिस
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका रमेशकुमार पोखरेल र सिद्धिका खेतान रिहा
काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् । समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान रिहा भएका हुन् । पोखरेलको स्वास्थ्यको कारण देखाउँदै र खेतानलाई आफ्नो नाममा भएको करिब ७ आना जग्गा फिर्ता गर्ने शर्तमा काठमाडौं जिल्ला अदालतले हाजिर जमानीमा छोड्न आदेश दिएको हो ।
‘सुन काण्डमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन’
काठमाडौं । सरकारले सुन तस्करी प्रकरणमा राजस्व विभागले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता रेखा शर्माले करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको… Continue reading ‘सुन काण्डमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन’
सहकारी पीडितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
काठमाडौं । लामो समयदेखि माइतीघर मण्डलमा आन्दोलनरत सहकारीबाट पीडितहरुले सडक प्रदर्शनसमेत थालेका छन् । काठमाडौंमा विभिन्न स्थानबाट आएका पीडितहरु विभिन्न नारा लगाएका प्ले कार्ड बोकेर सडकमा उत्रिएका हुन् । बिजुलीबजारको आर्क ब्रिजमा सहकारीपीडितले सडक अवरुद्ध गर्न खोज्दा प्रहरी र पीडितबीच धकेलाधकेल भएको छ । जसमा १०/१५ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर भएको… Continue reading सहकारी पीडितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप
काठमाडौं महानगरले भन्यो-‘ मापदण्ड विपरितका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्र हटाउनू’
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै मापदण्ड विपरित राखिएका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्रमा हटाउन आग्रह गरेको छ । महानगरपालिकाभित्र डिजिटल विज्ञापन गर्न चाहने व्यक्ति वा संस्थाले काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका, २०७९ को परिच्छेद २ को दफा ३ को व्यवस्था अनुसार महानगरपालिका क्षेत्रभित्र घरजग्गा, जग्गा वा बाह्य विज्ञापन योग्य अन्य संरचनाको… Continue reading काठमाडौं महानगरले भन्यो-‘ मापदण्ड विपरितका डिजिटल विज्ञापन बोर्ड ३५ दिनभित्र हटाउनू’
बारुला खाँदा ८ जना गम्भीर बिरामी
काठमाडौं । विभिन्न जिल्लाबाट मनाङ आएर ज्याला मजदुरी गरेका ८ जना मजदुर बारुला पोलेर खाँदा गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका–२ छ्याज्याको होटेलबाट बाँडेको बारुला खाँदा होटेल सञ्चालकसहित कामदार बिरामी भएका हुन् । बिरामी हुनेहरूमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भएका ४४ वर्षीय दलबहादुर आले मगर, ४३ वर्षीय… Continue reading बारुला खाँदा ८ जना गम्भीर बिरामी
१४० वर्षयताकै भीषण वर्षा र बाढीले तहसनहस बेइजिङ
काठमाडौं । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा १४० वर्षपछि भीषण भएको बेइजिङ मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४.८ मिलिमिटर वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो । राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत… Continue reading १४० वर्षयताकै भीषण वर्षा र बाढीले तहसनहस बेइजिङ
काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन २१ गते आइतवारदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । यस अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो। कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते २… Continue reading काठमाडौंमा छुटेकाहरुलाई कोभिड खोप दिन अभियान चलाइने
कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको डिप्रेसनको आंशिक प्रभाव रहेको छ। साथै मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई… Continue reading कुन भेगमा छ आज बढी वर्षाको सम्भावना ?
रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ । समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक गराउन बैठक राखिएको बताइएको छ । रास्वपाले पार्टीको राजनीतिक दस्तावेजमाथि छलफल चलाइरहेको छ। पार्टीको नीति विभागले… Continue reading रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
माओवादी केन्द्रिय समिति बैठक आज पनि निरन्तर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् । बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेट समय दिइएको छ । बैठकमा खासगरी समसामयिक… Continue reading माओवादी केन्द्रिय समिति बैठक आज पनि निरन्तर
बौद्धबाट सर्वसाधारणलाई धम्क्याउने पाँच जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी क्षेत्रमा सर्वसाधारणलाई डर धम्की दिएर रकम असुल गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिन्धुपाल्चोक र रामेछाप स्थायी घर भएर काठमाडौं बस्दै आएका पाँचजना बुधबार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा श्यामबहादुर लामा, विक्की लामा, भीमबहादुर बस्नेत,… Continue reading बौद्धबाट सर्वसाधारणलाई धम्क्याउने पाँच जना पक्राउ
नासाको भोइजर टू यान कहाँ हरायो ?
काठमाडौं । अन्तरिक्षमा अर्बौँ किलोमिटर पर सम्पर्कविहीन भएको भोइजर टू अन्तरिक्षयानबाट सङ्केतहरू प्राप्त गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। गलत निर्देशनका कारण नासाले गत महिनादेखि त्यससँग सम्पर्क गर्न सकेको थिएन। उक्त अन्तरिक्षयान सन् १९७७ देखि अन्तरिक्ष अन्वेषणमा संलग्न छ। पृथ्वीबाट पठाइएको गलत निर्देशनका कारण उक्त यानले आफ्नो एन्टेना पृथ्वीबाट ०.२ डिग्रीमा ढल्काएको थियो। फलतः… Continue reading नासाको भोइजर टू यान कहाँ हरायो ?
विभिन्न देशका राजदूतको संसदीय सुनुवाइ पूरा
काठमाडौं । विभिन्न देश र नियोगका लागि सरकारले प्रस्तावित गरेको छ राजदूतमध्ये तीन जनाको संसदीय सुनुवाइ पूरा भएको छ । सङ्घीय संसद्अन्तर्गत सार्वजनिक सुनुवाइ समितिको आज बुधवारको बैठकमा न्युयोर्कमा रहेको नेपाली स्थायी नियोग, स्विट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको हो । बैठकमा न्युयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्विट्जरल्यान्डका लागि प्रस्तावित राजदूत… Continue reading विभिन्न देशका राजदूतको संसदीय सुनुवाइ पूरा