काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएका थप नौ वटा निर्माण कम्पनीहरुलाई स्पष्टीकरण सोधेको छ । विभिन्न सार्वजनिक निकायहरुबाट कालोसूचना राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकोमा सो समयअवधि गुजारेपछि अहिले थप ७ दिने स्पष्टीकरण मागिएको छ । स्पष्टीकरण मागिएकाहरुमा हरिदेव पाण्डे मुख्य व्यक्ति… Continue reading समयमै काम नगर्ने झण्डै एक दर्जन निर्माण कम्पनी कालोसूची प्रक्रियामा
Category: फिचर
भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै
काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् । कोभिड महामारीका कारण विगत दुई वर्ष संयुक्त बैठक हुन सकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको बैठक… Continue reading भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल भ्रमणमा आउँदै
विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार करिब आधा घण्टा भन्दा बढी समय काम रोक्दा उडान अवरुद्ध बन्न पुगेको छ । प्रहरीले अध्यागमनको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै असन्तुष्ट रहेका कर्मचारीहरुले कामै करिब ५ बजेबाट काम रोकेका थिए । कर्मचारीहरुले अध्यागमन डेस्क नै खाली गरेर काम रोकेपछि विमानस्थलमामा विदेश जाने तयारीमा रहेका यात्रुहरु मर्कामा… Continue reading विमानस्थलमा अध्यागमनका कर्मचारीले काम रोक्दा केही बेर उडान अवरुद्ध
विपद्को जोखिमबाट बच्न राम्रो तयारी आवश्यक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका छन् । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माणसम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् । नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू… Continue reading विपद्को जोखिमबाट बच्न राम्रो तयारी आवश्यक : प्रधानमन्त्री
रोजगारी र उत्पादन गुम्ने गरी बासस्थान निर्माण गर्न हुँदैन : अर्थमन्त्री
काठमाडौं । गरिनु अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गरिनु नहुने बताएका छन् । भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिको संयुक्त आयोजनामा बुधबार ललितपुरमा आयोजित जाजरकोट रामिडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा आफ्नो धारणा राख्दै अर्थमन्त्री महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने… Continue reading रोजगारी र उत्पादन गुम्ने गरी बासस्थान निर्माण गर्न हुँदैन : अर्थमन्त्री
नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट चलाइने
काठमाडौं । नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रबाट गरिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्न टीआरएस एटलस लोजीपार्क प्रालिसँग सम्झौता गरेको जनाएको छ । पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम… Continue reading नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट चलाइने
लमजुङमा खुल्यो हाइ अल्टिच्युड प्याराग्लाइडिङ विद्यालय
काठमाडौं । लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो । तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरणको… Continue reading लमजुङमा खुल्यो हाइ अल्टिच्युड प्याराग्लाइडिङ विद्यालय
पानीजहाजमा फारम भरेकालाई उत्पादनशिल क्षेत्रमा भर्न थप दुई दिन समय दिइयो
काठमाडौं । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण अर्थात् शिप बिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । मङ्गलवार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप भएको विभागले निकालेको सूचनामा उल्लेख छ । यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ देखि १८… Continue reading पानीजहाजमा फारम भरेकालाई उत्पादनशिल क्षेत्रमा भर्न थप दुई दिन समय दिइयो
सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आह्वान
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गर्नुभएको हो । साथै हातको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ । मन्त्रालयले कोरोनाको… Continue reading सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न सरकारको आह्वान
यूरोपेली मुलुकमा माइनस ४० डिग्रीसम्म झर्यो तापक्रम
काठमाडौं । फिनल्यान्ड र स्विडेनमा यस वर्ष जाडो शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । त्यहाँको न्यूनतम तापक्रम हिजो शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेको स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले जनाएको छ । न्यूनतम तापक्रम कम भएपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले सबै क्षेत्रमा यातायात अवरुद्ध भएको छ… Continue reading यूरोपेली मुलुकमा माइनस ४० डिग्रीसम्म झर्यो तापक्रम
भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी सुरु, विहीबार नेपाल आउने
काठमाडौं । नेपाल र भारतबीच आगामी बिहीबारदेखि सुरु हुने मन्त्रिस्तरीय संयन्त्रको बैठकको तयारी बारे परराष्ट्र मन्त्रालयमा छलफल भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार मन्त्रालयमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग संयन्त्रको बैठकबारे छलफल गरेका हुन् । संयन्त्रको बैठकमा सहभागी हुन दुई दिने भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार बिहान नेपाल आइपुग्दै छन् ।… Continue reading भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी सुरु, विहीबार नेपाल आउने
जापानको हानेदा विमानस्थल बन्द
काठमाडौं । जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रद्द भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किएर आगलागी भएको थियो । सो घटनामा पाँच जनाको… Continue reading जापानको हानेदा विमानस्थल बन्द
जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु
काठमाडौं । जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँचजनाको मृत्यु भएको जानकारी दिएका छन् । “तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँचजनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भने । जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी… Continue reading जापान विमान आगलागी : कम्तिमा ५ जनाको मृत्यु
पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासहरुमा धन्यवाद पत्र पठाएको छ । पर्यटनमन्त्री सुदन किरातीले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई शुभकामना दिँदै पत्र लेखेका हुन् । मन्त्रालयका प्रवक्ता हेमराज तामाङका अनुसार पत्रमा नेपालमा पर्यटक भित्राएर नेपाल सरकारको लक्ष्य पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले विदेशी राजदूत र दूतावासलाई… Continue reading पर्यटकको लक्ष्य पुरा भएसँगै विदेशी राजदूतहरुलाई सरकारले दियो धन्यवाद
रिसोर्ट सञ्चालन गर्न नदिएकाे भन्दै मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसदको घोषणा
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गरेका छन् । आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् । रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको उनको आरोप छ । आफ्नो काम अझै पनि हुन… Continue reading रिसोर्ट सञ्चालन गर्न नदिएकाे भन्दै मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसदको घोषणा
उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी
काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो । हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको विमानसँग ल्याण्ड गर्नेक्रममा रहेको उक्त विमान ठोक्किएको थियो । विमानमा सवार ४०० भन्दा बढी यात्रु सुरक्षित रहेको समाचारमा उल्लेख गरिएको छ । जापान कोस्ट गार्डको बिमानमा चालक… Continue reading उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी
शेयर बजारको ओरालो यात्रा कायमै
काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत पुस ५ गतेदेखि ओरालो लागेको नेप्सले आज पनि सोही लय कायम राखेको हो । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३०.५ अंकले घटेर २०३०.१० विन्दुमा झरेको हो । यसदिन ३०५ कम्पनीको ४ अर्ब ४ करोड ४६ लाख ५९ हजार ९२२ रुपैयाँ बराबरको १ करोड ११… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै
एक वर्षमा ९० हजार विदेशीले घुमे मुस्ताङ
काठमाडौं । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार ४२५ जना बढी पर्यटक मुस्ताङ भ्रमणमा आएका… Continue reading एक वर्षमा ९० हजार विदेशीले घुमे मुस्ताङ
नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँ लगियो सुजन र वीरेन्द्रको शव
काठमाडौँ । ललितपुरको बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ । आज (मंगलबार) बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । गत… Continue reading नेपाली सेनाको हेलिकप्टरमार्फत् गाउँ लगियो सुजन र वीरेन्द्रको शव
रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
काठमाडौं । रुसी सेनामा भर्ती भएका तप तीन युवाको मृत्यु भएको छ । मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका जनाइएको छ । रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ । थप तीनजनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १०… Continue reading रूस-युक्रेन युद्ध: रूसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
डेनमार्ककी महारानीले त्यागिन राजगद्दी, उत्तराधिकारी को ?
काठमाडौं । डेनमार्ककी महारानी मार्ग्रेटा द्वितीयाले अप्रत्याशित रूपमा राजगद्दी परित्याग गरेकी छिन् । नयाँ वर्षको शुभकामना सन्देश दिन टेलिभिजनमार्फत् सम्बोधन गर्ने क्रममा उनले आफू देशको शासनबाट हट्ने बताएकी हुन्। उनी जनवरी १४ मा राजगद्दीबाट हट्ने छिन्। त्यो दिन उनले राज्यारोहण गरेको ५२औँ वर्ष पुग्छ। “म राजगद्दी मेरा छोरा राजकुमार फ्रेडरिकलाई सुम्पिँदै छु,” उनले आफ्नो घोषणामा… Continue reading डेनमार्ककी महारानीले त्यागिन राजगद्दी, उत्तराधिकारी को ?
बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई किन सुनाइयो जेल सजाय ?
काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसलाई जेल सजाय सुनाइएको छ । देशको श्रम कानुन उल्लंघन गरेको आरोप उनीमाथि लागेको छ । उनलाई ६ महिनाको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८३ वर्षिय युनुस प्रधानमन्त्री शेख हसिनाका प्रखर आलोचक हुन् । उनका समर्थकहरुले यो मुद्दामा भएको फैसला राजनीतिक रुपमा प्रेरित भएको… Continue reading बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई किन सुनाइयो जेल सजाय ?
एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक
काठमाडौं \रासस। पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ । एक्यापका प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार चार सय २५ जना बढी… Continue reading एक वर्षमा मुस्ताङ पुगे झण्डै ९० हजार पर्यटक
काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती
काठमाडौं । काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम घट्ने क्रम जारी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो । उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही… Continue reading काठमाडौंमा न्यूनतम तापक्रम ५.६ डिग्रिमा झर्यो, तराईमा हुस्सुले सास्ती
हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो
काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न शुरु गरेको छ । ८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमवार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी… Continue reading हिमाल स्टीलले तिर्यो बक्यौताको पहिलो किस्ता, लाइन जोडियो
सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?
काठमाडौं । विश्वमै दोस्रो सर्वाधिक पछ्याइएका ‘युट्युव स्टार’ मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ । उनले ‘सेक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन्। मिस्टर बिस्ट सन् २०२३ मा टि सिरिजपछि दोस्रो सर्वाधिक पछ्याइएका युट्युबर हुन् । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख (२२४ मिलियन) छ ।… Continue reading सर्वाधिक सब्सक्राइब भएका युट्युव स्टार मिस्टर बिस्ट नेपालमा, के छ उनको योजना ?
नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
काठमाडौं । नयाँ वर्षको पहिलो दिनमै मध्यजापानमा एउटा शक्तिशाली भूकम्प गएको छ। जापानको तटीय नोतो क्षेत्रमा ७.६ म्याग्निट्यूडको भूकम्प गएको हो। स्थानीय समयानुसार दिउँसो ४ः०६ पहिलो पटक ५.७ म्याग्निट्यूडको भूकम्प मापन गरिएपछि त्यहाँ थप भूकम्पहरू आएको जापानको मौसम निकायले जनाएको छ। पहिलो भूकम्प गएपछि एक घण्टाको अवधिमा ७.६ म्याग्निट्यूडको सहित कम्तीमा पाँचवटा भूकम्प मापन गरिएको… Continue reading नयाँ वर्षको पहिलो दिनमै जापानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै
बालकुमारी घटनामा मारिएका युवकका परिवार र सरकारबीच चार बुँदे सहमति
काठमाडौं । बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज सोमवार मृतक परिवारका एक–एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा सरकारले थप राहत… Continue reading बालकुमारी घटनामा मारिएका युवकका परिवार र सरकारबीच चार बुँदे सहमति
अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक
काठमाडौं । नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गरेको छ । यसमध्ये दोस्रो स्थानमा अमेरिकी नागरिक पर्न सफल भएका छन् । पहिलो स्थानमा भारतीय छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।… Continue reading अमेरिकाबाट एक वर्षमा नेपाल भित्रिए १ लाख भन्दा धेरै पर्यटक
झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ८.७७ अंकले घटेर २०६०.१५ विन्दुमा झरेको हो । यसदिन ३०६ कम्पनीको ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४६१ रुपैयाँ बराबरको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये… Continue reading झिनो अंकले घट्यो नेप्से, ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट