१० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट

७ साउन, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी ‘हउलदार युनुस एन्ड कम्पनी’ छनोट भएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले दोस्रो चरणमा उक्त कम्पनीलाई छनौट गरेको आशयपत्र जारी गरेको छ । परेका बोलकबोलमध्ये दोस्रो चरणमा पनि ‘हउलदार युनुस एन्ड कम्पनी’ छनौट भएको नेपाल राष्ट्र… Continue reading १० वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गर्न बंगलादेशी कम्पनी छनोट

अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

७ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानसँग बृहत् व्यापार सम्झौता गर्न अमेरिका सहमत भएको बताएका छन्। जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो। सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक रूपमा शुल्कहरू, ट्यारिफ, तिर्ने कुरा भएको ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। उनले जापानले आफ्नो अर्थतन्त्रलाई… Continue reading अमेरिका र जापानबीच वृहत व्यापार सम्झौताः कर पनि कटौती

पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले मुलुकमा प्राण त्याग्ने अवसर समेत नदिएको स्मरण गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गरेका हुन् । आज पुष्पलाल स्मृति दिवस हो । हिजो नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस… Continue reading पुष्पलाललाई यसरी सम्झिए प्रधानमन्त्रीले

प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्

७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि पार्टीभित्र केही नेताहरू सिंगौरी खेल्न पाए हुन्थ्यो भनेर लागिरहेको टिप्पणी गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व र विधिमाथि प्रश्न उठाइरहेको बेलामा… Continue reading प्रचण्डले जनार्दनलाई लक्षित गर्दै भने : सिंगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्छन्

अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन पक्राउ

७ साउन, अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाहीकै कबिलासीका २६ वर्षीय अशोक कुमार यादव छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो… Continue reading अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन पक्राउ

काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

७ साउन, काठमाडौं । माल्दिभ्समा भएरहेको काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबले कांस्य जितेको छ । मालेस्थित सोलस सेन्टरमा बुधबार तेस्रो स्थानको लागि भएको खेलमा हेल्प नेपालले श्रीलंकाको श्रीलंका पोर्ट अथुरिटीलाई ३–१ को सेटमा पराजित गरेको हो । लिग चरणमका हेल्प नेपाल तेस्रो र पोर्ट अथुरिटी चौथो नै भएको थियो । यही दुई… Continue reading काभा च्याम्पियन्स लिगमा हेल्प नेपाल तेस्रो

यस्तो छ नेपालमा आजको मौसम पूर्वानुमान

७ साउन, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। बिहान सातै प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कैलालीको साढेपानीमा पछिल्लो एक घन्टामा २१.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै टीकापुरमा १९.६ मिलिमिटर वर्षा मापन भएको… Continue reading यस्तो छ नेपालमा आजको मौसम पूर्वानुमान

चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

७ साउन, काठमाडौं । चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी)ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए । सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक दशमलव एक प्रतिशत बिन्दुले वृद्धि भएको हो… Continue reading चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

पाथिभरामा बनाइयो घण्टी गेट

७ साउन, काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो । घण्टी गेट पाथीभरा मन्दिरको मूल गेटदेखि पाँच सय मिटर तल निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार… Continue reading पाथिभरामा बनाइयो घण्टी गेट

नेपालका लागि एडीबीको ५ वर्षे रणनीति सार्वजनिक, के छन् प्रमुख कार्यक्रम ?

७ साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मंगलबार नेपालका लागि एसियाली विकास बैंक (एडीबी) को राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) सार्वजनिक गरेका छन् । एडीबीको सञ्चालक समितिबाट स्वीकृत राष्ट्रिय साझेदारी रणनीतिले नेपालका लागि एडीबीको आगामी पाँच वर्षको रणनीतिक मार्गदर्शन प्रस्तुत गरेको छ । उक्त राष्ट्रिय रणनीति निजी क्षेत्रले नेतृत्व गर्ने आर्थिक वृद्धि, युवाका लागि रोजगारी वृद्धि… Continue reading नेपालका लागि एडीबीको ५ वर्षे रणनीति सार्वजनिक, के छन् प्रमुख कार्यक्रम ?

संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

७ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने छन्… Continue reading संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

एमालेमा विद्या भण्डारीलाई ‘नो स्पेस’, राजनीतिमा फर्कन नदिने निर्णय

अध्यक्ष्य एवं प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपतिबीच भेटवार्ता ललितपुर, ४ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी मुख्यालय च्यासलमा आइतबारभेटवार्ता गर्नुहुँदै। सौजन्य तस्बिरः प्रधानमन्त्री सचिवालय÷रासस

७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ । पार्टीको धारा ८ र ९ देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने र राजनीतिमा फर्कन नदिने निर्णय सुनाए । दुई दिनसम्म चलेको चलेको केन्द्रीय कमिटी बैठकको समापनमा मध्यराती बोल्ने क्रममा अध्यक्ष ओलीले… Continue reading एमालेमा विद्या भण्डारीलाई ‘नो स्पेस’, राजनीतिमा फर्कन नदिने निर्णय

क्यान र कुवेत क्रिकेटबिच सम्झौता

७ साउन, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेटबिच पुरुष र महिला क्रिकेटको हरेक वर्ष द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ । क्यानअनुसार दुई देशबिच प्रत्येक वर्ष होम एन्ड अवेका आधारमा कम्तीमा तीनवटा टी–२० अन्तर्राष्ट्रिय र थप ५० ओभरका खेल खेलिने गरि सम्झौता भएको छ । सम्झौता दुई देशचि क्रिकेटमा रणनीतिक… Continue reading क्यान र कुवेत क्रिकेटबिच सम्झौता

क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस

७ साउन, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा विविध कार्यक्रममा साथ विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवस मनाइएको छ। नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टरले खेलकुद, सांस्कृतिक कार्यक्रम तथा पिकनिकको आयोजनाका साथ बिपी स्मृति दिवस मनाएको हो। च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि आनन्द… Continue reading क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस

फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार

६ साउन, काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ। फूलचोकीको उद्धारमा अनुभवी दावा तामाङको सहयोगमा बाँडेगाउँ प्रहरीको टोलीले सोमबार बिहान फूलचोकी हाइकिङ गएका विद्यार्थीलाई १२ घण्टापछि काभ्रेको रोशी क्षेत्रबाट उद्धार गरेको हो। उद्धारमा संलग्न तामाङले आफूलाई सोमबार साँझ ५ बजे विद्यार्थी हराएको खबर… Continue reading फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार

हनी ट्र्‌यापमा पारेर १४ लाख असुलेको आरोपमा एक युवती पक्राउ

६ साउन, काठमाडौं । ‘हनी ट्र्‌याप’मा पारेर १४ लाख भन्दा बढी रकम असुलेको आरोपमा सुर्खेतमा एक युवती पक्राउ परेकी छिन् । नौमुले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द पक्राउ परेकी हुन् । उनलाई मङ्गलवार वीरेन्द्रनगरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ९डिएसपी०… Continue reading हनी ट्र्‌यापमा पारेर १४ लाख असुलेको आरोपमा एक युवती पक्राउ

नेटवर्किङ बिजनेस देखाएर करोडौं ठगी, ८ जना पक्राउ

६ साउन, काठमाडौं । नेटवर्किङ बिजनेसको आडमा करोडौ रुपैयाँ ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो । बेरोजगार युवाहरुलाई रोजगारीको प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला… Continue reading नेटवर्किङ बिजनेस देखाएर करोडौं ठगी, ८ जना पक्राउ

रास्वपा र राप्रपालाई सभामुखको आग्रह : संसद्‌मा अवरोध नगरिदिनुस्

६ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आग्रह गरेका छन् । मंगलबार दिउँसो सभामुख घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान… Continue reading रास्वपा र राप्रपालाई सभामुखको आग्रह : संसद्‌मा अवरोध नगरिदिनुस्

गाजामा अमानवीय तरिकाबाट मानिसहरु मारिएपछि बेलायतसहित २७ देशको आपत्ति

(Photo by Mahmoud Zaki/Xinhua)

६ साउन, काठमाडौं । बेलायत र अन्य २७ देशहरूले गाजामा त्यहाँका मानिसहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै जारी युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन्। एउटा संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरेलको तरिका खतरनाक रहेको बताइएको छ । खानेकुरा र पानीको खोजीमा रहेकाहरूलाई थोपा थोपा गरेर सहायता वितरण गर्ने र गैरसैनिक मानिसहरूलाई अमानवीय रूपमा… Continue reading गाजामा अमानवीय तरिकाबाट मानिसहरु मारिएपछि बेलायतसहित २७ देशको आपत्ति

बंगलादेशमा सेनाको जहाज कलेजमाथि खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो

६ साउन, काठमाडौं । बंगलादेशमा वायुसेनाको एउटा विमान सोमवार अपराह्ण राजधानी ढाकामा दुर्घटनामा पर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बीबीसी बाङ्ग्लाले जनाएको छ। वायुसेनाले तालिमका लागि प्रयोग हुने आफ्नो विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। उक्त विमान उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किएको थियो। दुर्घटनामा परी १६४ जनाभन्दा बढी घाइते भएका छन्। बाङ्ग्लादेशको अन्तरिम… Continue reading बंगलादेशमा सेनाको जहाज कलेजमाथि खस्दा मृत्यु हुनेको संख्या १९ पुग्यो

चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु

६ साउन, काठमाडौं । जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका(११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार राति खैरहनी नगरपालिका १ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।… Continue reading चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु

आज ४३औं बीपी स्मृति दिवस मनाइँदै

६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । कोइरालाको जन्म विसं १९७१ भदौ २४… Continue reading आज ४३औं बीपी स्मृति दिवस मनाइँदै

शेयर कारोबारी अग्रवालसहित तीन जना पक्राउ

६ साउन, काठमाडौं । प्रहरीले मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ४२ वर्षीय दीपेन्द्र अग्रवालसहित तीन जना शेयर कारोबारीलाई पक्राउ गरेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहबाट निज दीपेन्द्र अग्रवालसमेतले शेयर दिलाई दिने भन्दै खातामा रु छ करोड ४५ लाख रकम हाल्न… Continue reading शेयर कारोबारी अग्रवालसहित तीन जना पक्राउ

भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

६ साउन, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो । विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम… Continue reading भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

६ साउन, किमाथाङ्का । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर… Continue reading करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

चितवन कारागारमा छुट्ने भन्दा थपिने बढी

६ साउन, चितवन । कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका छन् ।… Continue reading चितवन कारागारमा छुट्ने भन्दा थपिने बढी

लुम्बिनी प्रदेशमा मात्र एक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

६ साउन, लुम्बिनी । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६ जनाको ज्यान गएको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो । आव २०८०–८१ मा प्रदेशमा सवारी दुर्घटनामा ४९६ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।गत आर्थिक वर्ष २०८१–८२ भएका तीन हजार ४७९ सवारी… Continue reading लुम्बिनी प्रदेशमा मात्र एक वर्षमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

५ साउन, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिए । तिलमाया गए रातिदेखि… Continue reading तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

५ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाहरूका बारेमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको… Continue reading अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेट, चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

जनकपुरमा एक युवकको प्रेमिकाद्वारा हत्या

५ साउन, महेन्द्रनगर । जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जनकपुरधामको होटल एसपी एन्ड गेष्ट हाउसमा विमलेश यादवको हत्या अभियोगमा युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको बलवा नगरपालिका–७ का २४ वर्षीया जुली झालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।… Continue reading जनकपुरमा एक युवकको प्रेमिकाद्वारा हत्या