काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मनहरी गाउँपालिका ६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको… Continue reading मकवानपुरमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
Category: फिचर
राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको छ। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो।नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो। विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए।नेपाली… Continue reading राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो
एनआरएनए अध्यक्षले भेटे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीसँगको भेटमा नागरिकता ऐनको निर्देशिका र कार्यविधि छिटो निर्माण गरेर गैरआवासीय नेपाली नागरिकताको प्रावधान कार्यान्वयनका लागि उनले अनुरोध गरे । बिहीबार प्रधानमन्त्री प्रचण्डसँगको भेटमा अध्यक्ष आचार्यको नेतृत्वमा संघको प्रतिनिधि मण्डलले यस्तो अनुरोध गरेको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले निर्देशिका… Continue reading एनआरएनए अध्यक्षले भेटे प्रधानमन्त्री
घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस लिएको आरोपमा मोरङबाट एकजना लेखा अधिकृतलाई पक्राउ गरेको छ । जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको कार्यालय इटहरीबाट… Continue reading घुस लिएको अभियोगमा लेखा अधिकृत पक्राउ
जुकरबर्गको ‘थ्रेड्स एप’ विरुद्ध मुद्दा हाल्ने ट्वीटरको चेतावनी
काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरका मालिक एलन मस्कले केही दिनअघि सार्वजनिक भएको थ्रेड्स एप माथि मुद्दा हाल्ने चेतावनी दिएका छन् । आफ्ना पूर्व कर्मचारी काममा राखेर ट्वीटर जस्तै एप बनाएको आरोपमा एक्स कर्पोरेसनले मेटा विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको हो । ट्वीटरको प्रतिनिधित्व गर्ने वकिल एलेक्स स्पिरोले बुधबार मेटाका सीईओ मार्क जुकरबर्गलाई एउटा पत्र पठाएको… Continue reading जुकरबर्गको ‘थ्रेड्स एप’ विरुद्ध मुद्दा हाल्ने ट्वीटरको चेतावनी
पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण
काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन् । दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले २.६५ जिपिए ल्याएर उत्तीर्ण भए । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए । एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा… Continue reading पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण
कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त, एमालेले गर्यो बहिष्कार
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिमण्डल गठन गरेका छन् । उनले नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद… Continue reading कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, दुई मन्त्री नियुक्त, एमालेले गर्यो बहिष्कार
एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ
काठमाडौं । उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्डस् अफ ड्रिंक्स) का अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् । एलओडीमा १५ वर्षीया किशोरीलाई प्रवेश गराएरको आरोपमा रुदिललाई पक्राउ गरिएको हो । यसअघि सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल मादक पदार्थ खुवाई ती बालिकालाई ललितपुर पुर्याएर बलात्कार… Continue reading एलओडीका अर्का सञ्चालक रुदिल बल्ल श्रेष्ठ पक्राउ
ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले… Continue reading ललिता निवास प्रकरण : चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी
वार्षिक १ लाखका दरले बेरोजगारी घटाउने आयोगको लक्ष्य
काठमाडौं । राष्ट्रिय योजना आयोगले २०८६ सालसम्म नेपालमा बेरोजगारीको सङ्ख्या वार्षिक तीन लाखमा झार्ने योजना ल्याएको छ । यस अनुसार वार्षिक १ लाखका दरले बेरोजगारी घट्नु पर्छ । अहिले देशैभर ९ लाख बेरोजगार रहेको अनुमान छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिको मानव संसाधन विकास योजनासम्बन्धी मस्यौदा प्रतिवेदनले यस्तो योजना प्रस्तुत… Continue reading वार्षिक १ लाखका दरले बेरोजगारी घटाउने आयोगको लक्ष्य
कलाकार सारुक ताम्राकार घरमै मृत फेला
काठमाडौं । कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्। उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए। ३१ वर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलको मुचुल्का गरी अहिले शव पोष्टमर्टमका… Continue reading कलाकार सारुक ताम्राकार घरमै मृत फेला
मनसुनले देशैभर वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, र कर्णाली… Continue reading मनसुनले देशैभर वर्षाको सम्भावना
कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता
काठमाडौं । कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ। कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले सूचना प्रकाशित गरेर भनेको छ। ‘यस प्रयोजनका लागि काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित कक्षा ११ मा… Continue reading कक्षा ११ मा छात्रवृत्तिको कोटा निर्धारण गरी विवरण बुझाउन महानगरको विद्यालयहरुलाई ताकेता
श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
काठमाडौं । इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन्। माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आफैंले पनि आत्महत्या गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राधिका पिताम्बरका जेठी श्रीमती हुन् । गतराति करिब साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरू घरमा गएका थिए। घरभित्र चुकुल लगाएकै… Continue reading श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
एसईईको प्रमाणपत्र ६ महिना भित्र सच्याउन सकिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला… Continue reading एसईईको प्रमाणपत्र ६ महिना भित्र सच्याउन सकिने
अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया
काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्। कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताइन्। उनले सो विषय बेकारको विषय भएकाले संसदमा… Continue reading अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा दुई भन्दा दुई दलका तर्फबाट दाबी पेस भएपछि थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना,… Continue reading कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त
सभामुखसहित गनेर कोशीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी पेस
काठमाडौं । गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले दाबी प्रस्तुत गरेका छन् । यहाँ गठबन्धनसँग ४६ सांसद छन् । एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । राप्रपाले गठबन्धनलाई साथ नदिएपछि सभामुख बाबुराम गौतमलाई माओवादी सांसद गनेर बहुमत संख्या पुर्याएर सरकारको दाबी गरेका हुन् । थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका… Continue reading सभामुखसहित गनेर कोशीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी पेस
एसईईको नतिजा: २२ हजार ४७५ ले ल्याए ४ जीपीए, कुनमा कति ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार २२ हजार ४७५ ले ल्याए ४ जीपीए ल्याएका छन् । बोर्डले पत्रकार सम्मेलन मार्फत उक्त जनाकारी दिएको हो । त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१… Continue reading एसईईको नतिजा: २२ हजार ४७५ ले ल्याए ४ जीपीए, कुनमा कति ?
एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) प्रकाशन गरेको छ। २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने बोर्डले जनाएको छ। अबको केही समयपछि बेवसाइट, एसएमएस र आईभीआरमार्फत् आफ्नो नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार… Continue reading एसईईको परीक्षाफल सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा
प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गर्नु दुःखद्’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गर्नु निरर्थक भएको बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यद्वारा जारी प्रेस नोटमा भनिएको छ “सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैँमा निरर्थक र दुखद् छ ।” अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको सचिवालयलको… Continue reading प्रधानमन्त्रीको सचिवालयले भन्यो- ‘भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गर्नु दुःखद्’
महानिर्देशक अधिकारीलाई दोस्रो पटक सोधियो तीनदिने स्पष्टीकरण
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दोस्रो स्पष्टीकरण सोधेका छन् । मन्त्री किरातीले सोधको पत्रको जवाफ दिन अस्वीकार गरेका अधिकारीलाई मन्त्रालयले दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो । मन्त्री किरातीले असार ११ गते मन्त्रीस्तरिय निर्णय गर्दै महानिर्देशक अधिकारीसँग पहिलोपटक ९ बुँदे प्रश्न सोधका… Continue reading महानिर्देशक अधिकारीलाई दोस्रो पटक सोधियो तीनदिने स्पष्टीकरण
एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी
काठमाडौं। काठमाडौंको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। क्लबमा बलिका प्रवेश गराएको आरोपमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। पक्राउ पुर्जी जारी भएसँगै ललितपुर प्रहरी परिसरले उनीहरुको खोजी गरिरहेको छ। गत ३१ जेठमा एलओडीमा छिरेकी… Continue reading एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी
सत्ता गठबन्धनले भन्यो-‘प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय’
काठमाडौं। सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल एमालेको कमद असंसदीय भएको ठहर गरेको छ। बिहीबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय भएको ठहर गरेको हो। सो बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय पनि गरेको छ। आफूलाई प्रधानमन्त्री बनााउन प्रितम सिंह धेरैपटक… Continue reading सत्ता गठबन्धनले भन्यो-‘प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय’
यो दशककै लामो दिन आज
काठमाडौं । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले यस्तो बताएको हो । समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको बताउँदै पृथ्वी सूर्यको टाढा पुग्दा… Continue reading यो दशककै लामो दिन आज
बाकुमा भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री
काठमाडौं । असंलग्न आन्दोलन (नाम) को समन्वय ब्युरोको बैठकमा सहभागी हुन अजरबैजानको राजधानी बाकु पुगेका परराष्ट्रमन्त्री एनपी साउदले बुधबार बैठकलाई सम्बोधन गरेका छन् । यसका साथै उनी विभिन्न मुलुकका मन्त्री तथा राज्यमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्तामा व्यस्त छन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री साउदले मलेसिया र भेनेजुयलाका परराष्ट्रमन्त्री, इथोपियाका परराष्ट्र राज्यमन्त्री र भियतनामका उपपरराष्ट्रमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरे… Continue reading बाकुमा भेटघाटमा व्यस्त परराष्ट्रमन्त्री
माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री
काठमाडौं । श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।बुधबार श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ। यस्तै अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरे। प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको… Continue reading माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री
केही दिन देखिको लगातारको वर्षा थामियो, कस्तो रहला मौसम ?
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी… Continue reading केही दिन देखिको लगातारको वर्षा थामियो, कस्तो रहला मौसम ?
आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री
काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संकटमा परेका छन् । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा मागेको छ । बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा… Continue reading आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री
सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को राजस्व अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गरेको छ । परीक्षणका रुपमा गण्डकी प्रदेशबाट सेवाको सुरुवात भएको छ । यसलाई केही हप्तापछि नै देशभरकै यातायात व्यवस्था कार्यालयहरुका सेवाग्राहीका लागि विस्तार गरिने भएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइनबाटै लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणालीको शुभारम्भ… Continue reading सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने