अर्थमन्त्री र आईएफसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

काठमाडौं । विश्व बैंकको वार्षिक बैठकको सिलिसिलामा मोरक्को पुगेका अर्थमन्त्री डा। प्रकाशशरण महत र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीबीच भेटवार्ता भएको छ । बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पूँजी परिचालन बढाउने विषयमा छलफल भएको मन्त्री महतको सचिवालयले जनाएको छ । बैठकमा निजी क्षेत्रको लगानी प्रर्वद्धन गर्न सम्भाव्य परियोजनाको… Continue reading अर्थमन्त्री र आईएफसीका उपाध्यक्षबीच भेट, के भयो कुराकानी

विश्वकप क्रिकेट : श्रीलंकामाथि पाकिस्तानको कीर्तिमानी जित

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले हराएको छ । खेलका श्रीलंका र पाकिस्तानका २-२ ब्याट्सम्यानले शतक बनाएका थिए । तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने मोहमद… Continue reading विश्वकप क्रिकेट : श्रीलंकामाथि पाकिस्तानको कीर्तिमानी जित

परराष्ट्र मन्त्री साउद र इजरायली समकक्षीबीच फोनवार्ता, के भयो कुराकानी ?

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद र इजरायलका विदेश मन्त्री एली कोहेनबीच टेलिफोन वार्ता भएको छ । मंगलबार दिउँसो परराष्ट्र मन्त्री साउदले समकक्षी कोहेनसँग कुराकानी गरेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री साउदले इजरायली विदेश मन्त्री कोहेनसँग हमास समूहको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताए। परराष्ट्र मन्त्री साउदले हमासको… Continue reading परराष्ट्र मन्त्री साउद र इजरायली समकक्षीबीच फोनवार्ता, के भयो कुराकानी ?

विश्वकप क्रिकेट : इंग्ल्याण्डले बंगलादेशलाई हरायो

काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्याण्डले बंगलादेशलाई १३७ रनको फराकिलो अन्तरले हराएको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ओपनर डेविड मालनको शतकीय मद्दतमा ३६४ रनको विशाल योगफल तयार पारेको थियो । जोनी बेयरस्टोसँग मिलेर इंग्ल्याण्डलाई राम्रो सुरुवात दिलाएका उनले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । बेयरस्टो ५२ रनमा आउट भएपछि… Continue reading विश्वकप क्रिकेट : इंग्ल्याण्डले बंगलादेशलाई हरायो

राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा लडाकु समूह हमासले आक्रमण गरेपछि पश्चिम एसियमा सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । महासचिव गुटरेस नेपाल हुँदै चीन जाने पूर्व निर्धारित कार्यसूची रहेकामा त्यो पनि हाललाई रोकिएको छ । यसअघि संयुक्त राष्ट्रसंघका… Continue reading राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण स्थगित

तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन् । इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउँदै उनले यस्तो आग्रह गरेका हुन् । मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको… Continue reading तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न सरकारको आग्रह

पूर्ण रूपमा हट्यो नेपालगञ्जको कर्फ्यू र निषेधाज्ञा

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यू र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सूचना निकालेर मंगलबारदेखि कर्फ्यू र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन्। गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो। सामाजिक सञ्जालमा लेखिएको एउटा स्टाटसका कारण नेपालगञ्जमा हिन्दु र मुस्लिम धर्मालम्बीहरूबीच तनाव… Continue reading पूर्ण रूपमा हट्यो नेपालगञ्जको कर्फ्यू र निषेधाज्ञा

अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाउने गोल्डिन को हुन् ?

काठमाडौं । यो वर्ष अर्थशास्त्रतर्फ क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पुर्‍याएको योगदानबारे विशिष्ट अध्ययन गरेकाले नोबेल पुरस्कार प्रदान गरिने भएको छ । उनी हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्छिन्। गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गरेकी छन्। नोबेल पुरस्कार समितिका अनुसार उनको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ। गोल्डिन… Continue reading अर्थशास्त्रतर्फको नोवेल पुरस्कार पाउने गोल्डिन को हुन् ?

विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार दोस्रो दिन

crickinfo

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको छ। सोमबार न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराउँदै जारी विश्वकपमा लगातार दोस्रो जित निकालेको हो। हैदरावादस्थित राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डले दिएको ३२३ रनको फराकिलो लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा अल-आउट हुँदै २३३ रनमा समेटियो। नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक ६९ रन बनाए।… Continue reading विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार दोस्रो दिन

रसुवामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको थियो । दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय… Continue reading रसुवामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

इजरायलमा रोजगारीका लागि भिसा लागेका २४ जना युद्धपछि नेपालमै रोकिए

Photo : TOI\ Moshe Shai/Flash90

काठमाडौं । स्याहार केन्द्रमा सहायक कामदारको रुपमा इजरायल जान लागेका २४ जना नेपाली कामदार नेपालमै रोकिएका छन् । श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको छनोट भएर उडान तालिका रहेका २४ कामदारहरु रोकिएको वैदेशिक रोजगार व्यवस्थापन शाखाले जनाएको छ । भिसा प्राप्त गरिसकेका २४ जना सहायक कामदारहरूको उडान तालिका २४ असोज, १ बजे… Continue reading इजरायलमा रोजगारीका लागि भिसा लागेका २४ जना युद्धपछि नेपालमै रोकिए

इजरायलमा मारिएका नेपालीको सम्मानमा नेपाल सरकारले घोषणा गर्यो राष्ट्रिय शोक, परिवारलाई १० लाख राहत

काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय… Continue reading इजरायलमा मारिएका नेपालीको सम्मानमा नेपाल सरकारले घोषणा गर्यो राष्ट्रिय शोक, परिवारलाई १० लाख राहत

युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीलाई इजरायली सेनाले गर्यो उद्धार( नामसहित)

Photo : AP

काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ । नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि फर्म, चार… Continue reading युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीलाई इजरायली सेनाले गर्यो उद्धार( नामसहित)

इजरायलमा नेपाली नागरिकको मृत्युप्रति भारतले गर्यो दुख: व्यक्त

A member of the security forces walks past an Israeli police station in Sderot after it was damaged during battles to dislodge Hamas militants who were stationed inside, on October 8, 2023. Israel's prime minister of October 8 warned of a "long and difficult" war, as fighting with Hamas left hundreds killed on both sides after a surprise attack on Israel by the Palestinian militant group. (Photo by RONALDO SCHEMIDT / AFP)

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा भएको आतंकवादी आक्रमणमा परी नेपाली नागरिकको मृत्युुप्रति दुःख व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको घटनामा १० नेपाली नागरिकको मृत्युुप्रति दुख व्यक्त गरेका हुन् । पत्रमा राजदूत श्रीवास्तवले मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन्… Continue reading इजरायलमा नेपाली नागरिकको मृत्युप्रति भारतले गर्यो दुख: व्यक्त

हमास-इजरायल युद्धको असर : ४ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

काठमाडौं । शनिबारदेखि सुरु भएको हमास–इजरायल युद्धको असर कच्चा तेलको मूल्यमा देखिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ४ प्रतिशतसम्मले बढेको छ । आयल प्राइस डटकमका अनुसार सोमबार विश्व बजारमा कच्चा तेलको भाउ २ देखि ४ प्रतिशतसम्म बढेको छ । सोमबार विश्व बेन्चमार्क ब्रेन्ट क्रुड आयलको भाउ ३.३३ प्रतिशतले बढेर प्रतिब्यारेल ८७.४० डलर… Continue reading हमास-इजरायल युद्धको असर : ४ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य

इजरायबाट नेपालीको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

काठमाडौं । सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो ।… Continue reading इजरायबाट नेपालीको शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा

सुदूरपश्चिम सरकारले इजरायलमा निधन हुनेका परिवारलाई जनही २ लाख दिने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु २ लाख दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेतव्यक्त गरेका छन् । घटनाप्रति दुःख व्यक्त… Continue reading सुदूरपश्चिम सरकारले इजरायलमा निधन हुनेका परिवारलाई जनही २ लाख दिने

चाडपर्व लक्षित गरेर धरहराभित्र निःशुल्क पार्किङको व्यवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं-तिहार,नेपाल संवत् ११४४ तथा छठ पर्वको अवसरमा धरहरा क्षेत्रभित्र अस्थायी रूपमा भूमिगत पार्किङ खुला गरेको छ । चाडपर्वको बेला किनमेल गर्नेहरूको भिडभाड बढी हुने भएको र पार्किङको समस्या देखिने गरेकाले आइतबारदेखि निर्माणाधीन अवस्थामा रहेको धरहराको भूमिगत पार्किङलाई चाडपर्वका लागि प्रयोग गर्ने महानगरले व्यवस्था गरेको हो । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा… Continue reading चाडपर्व लक्षित गरेर धरहराभित्र निःशुल्क पार्किङको व्यवस्था

अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि

काठमाडौं । अफगानिस्तानमा शनिबार गएको भूकम्पमा परी २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको तालिबान सरकारले पुष्टी गरेको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मोजाहिदका अनुसार भूकम्पमा परी २ हजार ५३ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४० जना घाइते भएका छन् । यस्तै १ हजार ३ सय २० घर पूर्ण तथा आशंका रूपमा भत्किएका… Continue reading अफगानिस्तानमा गएको भूकम्पका परी मृत्यु हुनेको संख्या २ हजारमाथि

हमास र इजरायलबीच आज पनि भिडन्त जारी

Photo : AP

काठमाडौं । प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण सुरु गरेको दोस्रो दिन आइतबार दक्षिण इजरायलका विभिन्न सीमा क्षेत्रमा हमास र इजरायली सेनाबीच भिडन्त भएको छ । हमासको आक्रमणयता आइतबार साँझसम्म कम्तीमा ४ सय इजरायलीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । दर्जनौं इजरायलीलाई बन्धक बनाइएको छ । यस्तै, इजरायलको जवाफी कारबाहीमा परी गाजा क्षेत्रमा ३ सय १३ जनाको मृत्यु… Continue reading हमास र इजरायलबीच आज पनि भिडन्त जारी

विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । ५ पटकको विश्व विजेता अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतले ३ अंक जोडेको हो । गतराति चेन्नेईमा भएको खेलमा अष्ट्रेलियाले दिएको २ सय रनको लक्ष्य भारतले ४१ ओभर २ बलमा मात्र ४ विकेटको क्षतिमा भेट्टायो । भारतका लागि केएल राहुलले सर्वाधिक ९७ रनको योगदान गरे… Continue reading विश्वकप क्रिकेट : भारतको विजयी सुरुवात

इजरायलबाट नेपाल फर्कन चाहने नेपालीले अनलाइन रजिस्ट्रेशन गर्न सक्ने

A member of the security forces walks past an Israeli police station in Sderot after it was damaged during battles to dislodge Hamas militants who were stationed inside, on October 8, 2023. Israel's prime minister of October 8 warned of a "long and difficult" war, as fighting with Hamas left hundreds killed on both sides after a surprise attack on Israel by the Palestinian militant group. (Photo by RONALDO SCHEMIDT / AFP)

काठमाडौं । इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार यो लिंकबाट अनलाइन रजिस्ट्रेशन गर्न सकिन्छजततउकस्ररायचmक।नभिरद्धज्ञछन्ःह्भ्द्ददश्ख्भ्यद्यअच्ठ अहिले आफू रहेकै… Continue reading इजरायलबाट नेपाल फर्कन चाहने नेपालीले अनलाइन रजिस्ट्रेशन गर्न सक्ने

इजरायलमा समस्यामा रहेका नेपालीले यी नम्बरमा गर्न सक्नेछन् सम्पर्क

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीलाई उद्धार र सहजीकरणका लागि परराष्ट्र मन्त्रालले सम्पर्क व्यक्ति तोकेको छ । शनिबारदेखि सुरु आक्रमणमा रोजगार र अध्ययनका लागि इजरायल पुगेका केही नेपाली समेत परेपछि परराष्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि प्रवक्ता सेवा लम्सालसहित ६ जनाको सम्पर्क नम्बरसहित सम्पर्क व्यक्ति तोकेको हो… Continue reading इजरायलमा समस्यामा रहेका नेपालीले यी नम्बरमा गर्न सक्नेछन् सम्पर्क

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । दसैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ । हरेक वर्ष दसैं, तिहार र छड पर्वका… Continue reading दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए

AP\RSS

काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमण र इजरायलको जवाफी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या झण्डै एक हजार पुगेको छ । इजरायलमा मात्र छ सय जनाभन्दा धेरैको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । हमासले हिजो शनिवारदेखि शुरु गरेको आक्रमणमा इजरायलमा छ सय जनाभन्दा धेरैको ज्यान गएको इजरायली अधिकारीले बताएका हुन् । एक सय… Continue reading इजरायलमा प्यालेस्टाइन द्धन्द्ध : दुई दिनमै एक हजार मानिस मारिए

इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टी

Getty images \BBC

काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि भएको योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या… Continue reading इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टी

नयाँ नोट सटही २९ असोजबाट

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा… Continue reading नयाँ नोट सटही २९ असोजबाट

हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको छ । महानगरका मेयर बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न कम्तीमा १५ हजारलाई सीपमुलक तालिम समेत दिने घोषणा गरेको हुन् । ‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंक मार्फत काम गर्ने बताएका हुन्… Continue reading हरेक वर्ष ५ हजार नयाँ रोजगारी सिर्जना गर्ने बालेनको घोषणा

झलनाथ खनालको सर्पपालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सर्प पालन गर्ने नाममा भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका नाममा १७ करोड ८९ लाख ३३ हजार रुपैयाँ सरकारी रकम भ्रष्टाचार भएको दाबीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मधेस प्रदेश (तत्कालीन प्रदेश २)का तत्कालिन… Continue reading झलनाथ खनालको सर्पपालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

इण्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’

काठमाडौं । इण्डियन आइडल सिजन–१४ को पहिलो एपिसोडमा नेपाली गायिका मेनुका पौडेलले दिएको प्रस्तुतिको चर्चा जताततै छ । मेनुकाले गाएको ‘तुम्हारे बिना हमरा कोनो नही’बोलकोे मर्मस्पर्शी प्रस्तुतिबाट गोल्डेन माइक समेत जितेकी छन्। जजहरु कुमार सानु, श्रेया घोषाल र विशाल ददलानीले ‘स्ट्यान्डिङ ओभेसन’ समेत दिएका थिए भने जजहरूको मन मात्र जितिनन् । शास्त्रीय भजन गाएकी मेनुकाको… Continue reading इण्डियन आइडलमा नेपालकी मेनुकाले जितिन् ‘गोल्डेन माइक’