विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै

काठमाडौं । नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा आज लाओससँग खेल्दैछ । लाओसको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ । काठमाडौंको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले समूह एच मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको… Continue reading विश्वकप फूटबल छनोट : आज नेपाल र लाओस भिड्दै

विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पहिलो जित हात पारेको छ । सोमबार लखउनमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि ५ विकेटको जित हात पारेको हो। श्रीलंका भने लगातार तेस्रो खेलमा पराजित भयो। श्रीलंकाले दिएको २१० रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा ३५.२ ओभरमा पूरा गर्‍यो। अस्ट्रेलियाका लागि मर्कस स्टोइनिसले नटआउट २० रन र ग्लेन म्याक्सवेलले… Continue reading विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपगेका छन्। बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गरिन्। उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण… Continue reading उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

आज दशैंको तेस्रो दिन, चण्द्रघण्टा देवीको आरधना

काठमाडौं । दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिंदै छ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । दशैं सुरु भएदेखि नै देवी मन्दिरहरुमा पूजा गर्नेहरुको आज पनि भीड लागेको छ । काठमाडौं उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी,… Continue reading आज दशैंको तेस्रो दिन, चण्द्रघण्टा देवीको आरधना

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आजबाट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । काठमाडौंको सोल्टी होटलमा हुने कार्यक्रमको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने तय भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा अध्यक्षका पाँच जनाले दाबी गरेका छन् । वतर्मान कार्यसमितिका अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा,… Continue reading गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आजबाट

गैरआवासीय नेपालीलाई आजबाट नागरिकता दिइने

काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई आजदेखि नागरिकता वितरण सुरु गर्दै छ । गैरआवासीय नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको मौकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासबाट एनआरएन नागरिकता वितरण शुभारम्भ गर्न लागेका हुन् । सुरुमा एनआरएनका पदाधिकारीहरुबाट नागरिकता वितरण शुभारम्भ गर्न लागिएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् । अन्यले… Continue reading गैरआवासीय नेपालीलाई आजबाट नागरिकता दिइने

दसैं मान्न तीन दिनमा डेढ लाखले छाडे काठमाडौं

File

काठमाडौं । दसैं मनाउन तीन दिनमा एक लाख ५० हजार यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सघ(संस्था बन्द भएपछि दसैं मनाउनका लागि यात्रु गाउँ फर्किन थालेका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।… Continue reading दसैं मान्न तीन दिनमा डेढ लाखले छाडे काठमाडौं

गैरआवासीय नेपालीको विश्व सम्मेलन भोलीबाट

काठमाडौं । गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन भोलिदेखि सुरू हुने भएको छ। एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म हुने भएको हो। नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले जानकारी दिए। सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले… Continue reading गैरआवासीय नेपालीको विश्व सम्मेलन भोलीबाट

मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

काठमाडौं । नेकपा एमालेको समर्थनमा कोशी प्रदेशमा मुख्यमन्त्री बनेका केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ । सोमबार बसेको माओवादीको कोशी प्रदेश सचिवालय बैठकले केन्द्रीय कमिटीको सहमतिमा कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले आगामी कार्तिक १ गते विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेसको विद्रोही समूहका ८ र… Continue reading मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

बीपी ‘हाई–वे’ मा निजी सवारीलाई पनि टाइम कार्ड

काठमाडौं । जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले यात्रालाई सुरक्षित बनाउन भन्दै बीपी ‘हाई–वे’ मा निजी सवारी साधनलाई पनि टाइम कार्ड लागू गरेको छ। यसअघि यात्रुबाहक भाडाका सवारी साधनमा मात्रै टाइम कार्ड लागू गरिएको थियो। चाडवाडको यात्रालाई सुरक्षित बनाउन अहिले निजी सवारीलाईसमेत टाइम कार्ड लागू गरिएको छ। राजमार्गको हिरापानीदेखि नेपालथोक, दुम्जासम्म सम्पूर्ण निजी कार, जिप, भ्यान, मोटरसाइकललाई… Continue reading बीपी ‘हाई–वे’ मा निजी सवारीलाई पनि टाइम कार्ड

त्रिकोणात्मक टी–२० सिरिज: नेपाली टोली घोषणा, ललितको ‘कमब्याक’, सन्दीप अनुपस्थित

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाका लागि नेपाली टीमको घोषणा भएको छ । बुधबारदेखि सुरू हुने शृंखलाको लागि १८ सदस्यीय नेपाली टोलीमा ललितनारायण राजवंशी फर्किएका छन् । उनी यसअघि घाइते थिए । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य… Continue reading त्रिकोणात्मक टी–२० सिरिज: नेपाली टोली घोषणा, ललितको ‘कमब्याक’, सन्दीप अनुपस्थित

काठमाडौंमा उपभोक्ताले कसरी चिन्ने स्वस्थ खसी ?

काठमाडौं । दशैंका लागि काठमाडौं उपत्यकामा खसीबोका, च्यांग्राको बिक्रि सुरु भएको छ । उपत्यकामा हजारौंको संख्यामा खसीबोका र च्यांग्रा भित्रन्छन् । पशु सेवा विभागले स्वस्थ खसीको पहिचानका लागि सिङमा हरियो र रोगीकोमा रातो रङ लगाउने भएको छ । विभागले उपत्यकाका ११ स्थान र आसपासका बजारमा पशु चिकित्सकको टोली परिचालन गरी खसी, च्यांग्रा, राँगालगायत पशुबस्तुको परीक्षण गरी… Continue reading काठमाडौंमा उपभोक्ताले कसरी चिन्ने स्वस्थ खसी ?

कंगोमा डुंगा डुब्दा कम्तिमा २८ जना मारिए, २६१ वेपत्ता

काठमाडौं । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को इक्वेटुर प्रान्तस्थित कङगो नदीमा डुङ्गा डुब्दा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य २६१ जना बेपत्ता भएको प्रान्तीय सरकारले आइतबार जनाएको छ । दुर्घटनास्थलको निरीक्षण गर्नुभएका डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्दै ‘गम्भीर अवस्था रहेको र दोषीहरूलाई कारबाहीका लागि कडाइका साथ निर्णय गरिने’ बताएका… Continue reading कंगोमा डुंगा डुब्दा कम्तिमा २८ जना मारिए, २६१ वेपत्ता

आजबाट नयाँ नोट साट्न पाइने

काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य… Continue reading आजबाट नयाँ नोट साट्न पाइने

‘एनआरएन द सिंगर’को उपाधि युकेकी युक्ति विमलीलाई

काठमाडौं । खोजी उत्कृष्ट प्रवासी प्रतिभा’ भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको ‘एनआरएन द सिंगर’को उपाधि युकेकी युक्ति विमलीले हात पारेकी छिन् । ग्रान्ड फिनालेका लागि पाँचमा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । भर्चुअल… Continue reading ‘एनआरएन द सिंगर’को उपाधि युकेकी युक्ति विमलीलाई

विश्वकप क्रिकेट : इंगल्याण्डमाथि अफगानिस्तानको सनसनीपूर्ण जित

काठमाडौं । विश्वकप क्रिकेटमाअफगानिस्तानले इंगल्याण्डलाई ६९ रनले हराउन सफल भएको छ । २८४ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ४०.३ ओभरमा २१५ रन बनाएर अलआउट भयो । इंगल्याण्डका ह्यारी ब्रुकले ६६, डाविन मालनले ३२, आदिल रसिदले २०, मार्क वुडले १८, रिस टोप्लेले अविजित १५, लाइम लिभिङस्टोन र साम करनले १०–१० रन बनाए। अफगानिस्तानका रासिद खान र मुजिबउर… Continue reading विश्वकप क्रिकेट : इंगल्याण्डमाथि अफगानिस्तानको सनसनीपूर्ण जित

भियतनामबाट तीन चार्टर्ड उडानबाट पर्यटक नेपाल भ्रमणमा आउँदै

काठमाडौं । नेपालको पर्यटन इतिहासमा पहिलो पटक भियतनामबाट एकै खेपमा ठूलो संख्यामा पर्यटक नेपाल आउने भएका छन् । तीन दिन जहाज चार्टर्ड गरी एकै पटक ठूलो संख्यामा भियतनामी पर्यटक नेपाल आउन लागेको यो भ्रमणको व्यवस्थापन गरिरहेको कम्पनी रुप्से होलिडेजले जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार तीन वटा विमान चार्टर गरेर भियतनामी… Continue reading भियतनामबाट तीन चार्टर्ड उडानबाट पर्यटक नेपाल भ्रमणमा आउँदै

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य

इजरायल सरकारले नेपाली दूतावासलाई बुझायो नेपाली नागरिकको ५ शव

Photo : AP

काठमाडौं । इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ । आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ । ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’… Continue reading इजरायल सरकारले नेपाली दूतावासलाई बुझायो नेपाली नागरिकको ५ शव

नेपालबाट पूर्ण रूपमा बाहिरियो मनसुन, यसवर्ष ८८ . ५ प्रतिशत वर्षा

काठमाडौं । नेपालबाट १३ दिन ढिलो गरी यो वर्षको मनसुन प्रणाली आइतबार (असोज २८) बाहिरिएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । यो वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जानकारी गराएको छ । सुदूरपश्चिम, कर्णाली सहितका प्रदेशमा… Continue reading नेपालबाट पूर्ण रूपमा बाहिरियो मनसुन, यसवर्ष ८८ . ५ प्रतिशत वर्षा

पूर्वराजाले सर्वसाधरणलाई टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८० को विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। शाहको सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो।शाहले आफन्तसँग टीका लगाउने कार्यक्रम सकिएसँगै बेलुका ४ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ। यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ । पूर्व राजदम्पतीले हरेक… Continue reading पूर्वराजाले सर्वसाधरणलाई टीका लगाइदिने

कोशीका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाईआइतबार दिउँसो प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ खुवाएका हुन्। कार्कीसँगै नेकपा (एमाले) का रामबहादुर राना र नेपाली कांग्रेसका शमशेर राईले मन्त्रीको शपथ लिएका छन्। दुवै मन्त्री हाल बिनाविभागीय छन् ।… Continue reading कोशीका मुख्यमन्त्री केदार कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

दशैं केन्द्रित खसी-बोकाको बिक्रि सुरु

काठमाडौं । नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउँदैछन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्छन् । चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई… Continue reading दशैं केन्द्रित खसी-बोकाको बिक्रि सुरु

केही दिन मौसम बिग्रने, धान बाली प्रभावित हुन सक्ने

काठमाडौं । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् । आज धेरै ठाउँमा बादल लाग्ने र भोलि तथा पर्सि पानी पर्ने अनुमान मौसम विद्को छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना… Continue reading केही दिन मौसम बिग्रने, धान बाली प्रभावित हुन सक्ने

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र बहराइन भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र बहराइनको खेल मलेसियाको बायुमास ओभलमा जारी छ । बहराइनले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । नेपालले यसअघि समूहको पहिलो खेलमा इरानलाई पराजित गरेको थियो । बहराइन भने पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको… Continue reading एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा आज नेपाल र बहराइन भिड्दै

मनाङ एयरका घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो

काठमाडौं ।मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पीके सढाईंलाई भारतको मुम्बई लगिएको छ । दुर्घटनापछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ हो । श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो ह्याम्स अस्पतालले जानकारी दिएको छ ।… Continue reading मनाङ एयरका घाइते पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो

आजबाट सुरु भयो बडा दशैं, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिदैछ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा… Continue reading आजबाट सुरु भयो बडा दशैं, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

भारतविरुद्ध पाकिस्तान पुनः निरिह

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँग पाकिस्तान पुनः निरिह बनेको छ । पाकिस्तान ७ विकेटले पराजित भयो । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १ सय ९२ रनको लक्ष्य भारतले ओभरमा मात्रै ३ विकेट गुमाएर भेटायो । भारतका लागि रोहित शर्माले ८६ रन बनाए । यसअघि भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले… Continue reading भारतविरुद्ध पाकिस्तान पुनः निरिह

माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब ऋण दिन विश्व बैंक सकारात्मक

काठमाडौं । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि एक खर्ब ३० अर्ब बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकले सकारात्मक जवाफ दिएको छ । विश्व बैङ्कको वार्षिक बैठकमा भाग लिने सिलसिलामा मोरक्कोका मराकेसमा रहनुभएका अर्थमन्त्रीसँग शनिबार बैङ्कका पदाधिकारीहरुसँग भएको भेटमा बैङ्कले रणनीतिक महत्वको सो आयोजनाका निम्ति सहुलियतपूर्ण कर्जा दिने सङ्केत गरेको अर्थ मन्त्रालयले जनाएको छ ।… Continue reading माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब ऋण दिन विश्व बैंक सकारात्मक

मनाङ एयरको एओसी निलम्बन

काठमाडौं । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरी मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको जनाएको छ । मनाङ एयरको ९ एन-एएनजे कलसाइन भएको हेलिकप्टर सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा… Continue reading मनाङ एयरको एओसी निलम्बन