काठमाडौं । खेल सकिन ३ मिनेट बाँकी छँदा मनिष डाँगीले गरेको निर्णायक गोलको मद्दतमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु मैदानमा उपाधि उचाल्ने क्रममा नेपालले लाओसलाई २–१ ले हरायो । खेल १–१ गोलको स्थितिमा रहेको बेला ८७ औं मिनेटमा डाँगीले सुन्दर गोल गरे । यसअघि १७ औं मिनेटमा फौथाभोङ साङभिलेले… Continue reading थ्री नेसन्स कपको उपाधी नेपाललाई
Category: फिचर
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सत्ता गठबन्धनका तर्फबाट मन्त्रीहरु थपेका छन्। नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनियताको शपथ लिएका छन्। नेपाली कांग्रेसका तर्फबाट पूर्ण बहादुर खड्काले उपप्रधान तथा रक्षा, डा प्रकाशशरण महतले अर्थ, रमेश रिजालले उद्योग वाणिज्य तथा आपुर्ति र सिता गुरुङले शहरी विकास मन्त्रीको शपथ लिएका छन्। माओवादीबाट… Continue reading नवनियुक्त मन्त्रीहरूले लिए शपथ
डोनल्ड ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो पूर्व राष्ट्रपति
काठमाडौं । पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा फौजदारी अभियोगहरू अघि सारिएसँगै उनी अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो बहालवाला वा पूर्व राष्ट्रपति बनेका छन्। उनीविरूद्धको मुद्दाको विस्तृत विवरण अझै खुलाइएको छैन। ती अभियोगहरू एकजना पूर्व पोर्नस्टार स्टोर्मी ड्यान्यल्सलाई पैसा दिइएको विषयसँग सम्बन्धित छ। सन्दिग्ध सम्बन्धका विषयमा मौन रहनका लागि ड्यान्यल्सलाई १ लाख ३० हजार… Continue reading डोनल्ड ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दा सामना गर्ने पहिलो पूर्व राष्ट्रपति
सरकारबाट बाहिरियो जनमत, खानेपानी मन्त्रीले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । आफूले रोजेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाए पछि सरकार छाडेको हो । शुक्रबार दिउँसो बालुवाटार पुगेर खानेपानी मन्त्री अब्दुल खानले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने हो भने उद्योग मन्त्रालय पाउनु पर्ने… Continue reading सरकारबाट बाहिरियो जनमत, खानेपानी मन्त्रीले दिए राजीनामा
सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्ने शेखर समूहको निर्णय
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्ष सरकारमा सम्मानजनक सहभागिता नगराउने हो भने सहभागिता नजनाउने चेतावनी दिएको छ । शुक्रबार बिहान बसेको कोइराला र उनको समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको हो । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम… Continue reading सम्मानजनक सहभागिता नगराए सरकारबाहिरै बस्ने शेखर समूहको निर्णय
‘भीम रावल एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ, नसच्चिए पार्टीले उचित निर्णय लिन्छ’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भीम रावल नसच्चिए पार्टीले उचित निर्णय लिने चेतावनी दिएका छन्। मिसन ग्रासरुट अभियानका क्रममा शुक्रबार धनगढीमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भीम रावलले आत्मआलोचना सहित सच्चिनु पर्ने बताएका हुन्। उपाध्यक्ष पौडेलले रावलले एकपछि अर्को गर्दै पार्टीको हितविपरीत काम गरेको समेत आरोप लगाए। महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध… Continue reading ‘भीम रावल एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ, नसच्चिए पार्टीले उचित निर्णय लिन्छ’
‘डा. स्वर्णीम वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन’
काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले डा स्वर्णीम वाग्लेको विद्रोहलाई हल्का रुपमा लिन नहुने बताएका छन्। डा भट्टराईले सामाजिक सञ्जाल ट्विटमार्फत भनेका छन्, ‘डा स्वर्णीम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठिक भन्ने कुरा मतदाताले छिट्टै फैसला गर्ने नै छन्। तर यसलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन। देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै… Continue reading ‘डा. स्वर्णीम वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन’
प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज : नेपाल र लाओस भिड्दै
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज हुँदैछ । उपाधिका लागि आज नेपाल र लाओस खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो ।नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो भने दोस्रो खेलमा भुटानसँग एक–एक गोलको… Continue reading प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज : नेपाल र लाओस भिड्दै
१० हजार सापटी नदिएको झोकमा हत्या
तनहुँ । तनहुँमा महिलाको हत्या गरी पानीट्यांकीमा फ्याँकेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो। धादिङ गंगाजमुना गाउँपालिका ४ घर भई पोखरा महानगरपालिका १२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको थियो। उनी पोखरामा फलफूल तथा बदाम बेच्ने… Continue reading १० हजार सापटी नदिएको झोकमा हत्या
एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री
काठमाडौं । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपिल गरेका छन् । शुक्रवार बिहान आफ्नो फेसबुक मार्फत परीक्षामा सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै प्रधानमन्त्रीले परीक्षा मर्यादित बनाउन सम्बन्धित सबैमा अपिल गरेका छन् । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड,… Continue reading एसईई परीक्षा मर्यादित होस : प्रधानमन्त्री
अमेरिकी पत्रकारलाई रुसमा लाग्यो जासुसी गरेको आरोप
काठमाडौं । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकारलाई रुसमा पक्राउ गर्दै जासुसीको आरोप लगाइएको छ। बीबीसीका अनुसार एभन गोर्स्कभीच एक अनुभवी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा उनी यक्याटरिङबर्गमा कार्यरत थिए। क्रेम्लिनले ती संवाददातालाई “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ। द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीविरुद्धका आरोपलाई कडा शब्दमा… Continue reading अमेरिकी पत्रकारलाई रुसमा लाग्यो जासुसी गरेको आरोप
मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी
काठमाडौं । शुक्रबार मन्त्रिपरिषद विस्तारको तयारी छ । बिहीबार नै मन्त्रिपरिषद विस्तार हुने भनिए पनि केही मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह तय भएको छ । मन्त्रालयका सन्दर्भमा दलहरुले माग गरेका र मिलाउन बाँकी विषयहरु शुक्रबार… Continue reading मन्त्रिपरिषद् बिस्तार आज, सपथ समेत खुवाउने तयारी
आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई… Continue reading आजबाट एसईई परीक्षा, ५ लाख विद्यार्थी सहभागी
भाषा, धर्म र जातबारे भ्रम फैलाइएको तथ्यांक कार्यालयको स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ मा जातजाति, भाषा र धर्मबारे तथ्यांक सार्वजनिक नगरिएको बताएको छ। यी विषयमा गलत हल्लाहरू फिँजाइएको भन्दै कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले जनगणनाको तथ्यांक सार्वजनिक गर्ने बेला यस्ता तथ्यांक सार्वजनिक नगरिएको र सामाजिक सञ्जालहरूमा यी तथ्यांकबारे गलत हल्ला फिँजाइएको कार्यालयका उपप्रमुख नेविनलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको… Continue reading भाषा, धर्म र जातबारे भ्रम फैलाइएको तथ्यांक कार्यालयको स्पष्टीकरण
स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने
काठमाडौं । वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन भर्न स्थानीय तहहरुले सघाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेको हो । श्रम मन्त्रालय समेत… Continue reading स्थानीय तहबाट पनि श्रम स्वीकृतिको आवेदन दिन सकिने
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा पूर्वमन्त्री थापा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राष्ट्रपति पौडेलले राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्। थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिसकेका छन् । धनकुटाका थापा कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन्।
आरजु गिरोहको हेपाइले पार्टीमा बस्न नसकेको भन्दै डा. स्वर्णिमले छाडे कांग्रेस
काठमाडौं । अर्थविद् डा। स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । उनले कांग्रेस छोडेको सार्वजनिक घोषणा नगरे पनि कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकरी गराएका छन् । कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा-आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेको पत्रमा उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई तनहुँ–१ बाट उपचुनावमा उम्मेदवार बनाउने तयारी… Continue reading आरजु गिरोहको हेपाइले पार्टीमा बस्न नसकेको भन्दै डा. स्वर्णिमले छाडे कांग्रेस
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार मापक सूचक नेप्से १०.८७ अंकले घटेर १९०८.५५ बिन्दुमा आइपुगेको छ । यसदिन ८९ करोड ९५ लाख रुपैयाँको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र म्युचुअल फण्डबाहेक अरु… Continue reading दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम एक अर्ब मुनि
जर्मन राजा चार्ल्स राजगद्दी सम्हालेपछि पहिलोपटक विदेश भ्रमणमा, जर्मनीमा भब्य स्वागत
काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा जर्मनी पुगेका छन् । देशको राजसिंहासन सम्हालेपछि भएको पहिलो विदेश भ्रमणमा उनको साथमा रानी क्यामिला पनि छिन् । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भयो । बर्लिनका… Continue reading जर्मन राजा चार्ल्स राजगद्दी सम्हालेपछि पहिलोपटक विदेश भ्रमणमा, जर्मनीमा भब्य स्वागत
सामाजिक सुरक्षा कोषमा विदेशमा हुने नेपालीको सहभागिता दर उत्साहजक
काठमाडौं । वैदेशिक रोजगारीमा जाने तयारी रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुनेको सङ्ख्यामा उच्च वृद्धि भएको छ । सामाजिक सुरक्षा कोषले औपचारिक रूपमा सुरु गरेको एक सातामै १५ हजार ६८५ जना श्रमिक आबद्ध भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको सामाजिक सुरक्षा… Continue reading सामाजिक सुरक्षा कोषमा विदेशमा हुने नेपालीको सहभागिता दर उत्साहजक
राष्ट्रपतिले नियुक्त गरे दुई सल्लाहकार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले उनीरूलाई बुधबार सल्लाहकार नियुक्त गरेका हुन् । प्रमुख आर्थिक सल्लाहकार नेपाल पूर्वगभर्नर हुन् । कानुनी सल्लाहकार कुँवर पूर्वप्रदेश प्रमुख हुन् । उनीहरुले नियुक्तपत्र समेत बुझेका छन् ।
बीमाको रकम पाउन श्रीमानको हत्या
सप्तरी । सप्तरीमा एक महिलाले बीमाको रकम लिनश्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाइने भएकाले श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलेको हो । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ कात्तिकमा घरभित्र करेन्ट लागेर… Continue reading बीमाको रकम पाउन श्रीमानको हत्या
राम नवमीको अवसर पारी आज मधेश प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ । नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा… Continue reading राम नवमीको अवसर पारी आज मधेश प्रदेशमा सार्वजनिक बिदा
आज मन्त्रिपषिद् बिस्तारको तयारी
काठमाडौं । आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । प्रधानमन्त्री प्रचण्डले यसका लागि पार्टीहरुबाट मन्त्री बन्नेको नाम मागेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने भएको छ । १० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३… Continue reading आज मन्त्रिपषिद् बिस्तारको तयारी
नेकपा एसले को-कसलाई बनाउने भयो मन्त्री ?
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा। बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने… Continue reading नेकपा एसले को-कसलाई बनाउने भयो मन्त्री ?
मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा
काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको पहिलो पाँचतारे… Continue reading मधेश प्रदेशको पहिलो पाँचतारे होटेल बन्यो इच्छा
सत्ता गठबन्धनमा भागबन्डाको सहमति, कसले कति मन्त्रालय पाउने ?
काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको नेताहरुले जनाएका छन् । बिहीबार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति समेत जुटेको छ । अब सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिने भएका छन् । राष्ट्रिय जनमोर्चाबाहेकका सबै… Continue reading सत्ता गठबन्धनमा भागबन्डाको सहमति, कसले कति मन्त्रालय पाउने ?
नेपालमा बढ्न थाल्यो कोरोना, तयारी फितलो
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी दिनानुदिन बढ्दो क्रममा रहेको छ । त पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २० पुगेको छ। हाल देशभर १०३ जना कोरोनाका सक्रिय संक्रमित रहेको… Continue reading नेपालमा बढ्न थाल्यो कोरोना, तयारी फितलो
चिनियाँको ठगी धन्दा, चार नेपाली युवती पनि संलग्न
काठमाडौं । अनलाइन ठगीमा संलग्न चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको १९ जनामध्ये नौ जना चिनियाँ र १० जना नेपाली हुन् । तीमध्ये चार जना नेपाली युवती रहेको बताइएको छ । उनिहरुलाई ठगीमा प्रयोग भएको उपकरणसहित बूढानीलकण्ठ नगरपालिकाको महादेवखोला र काठमाडौं महानगरको चण्डोलबाट पक्राउ गरेको… Continue reading चिनियाँको ठगी धन्दा, चार नेपाली युवती पनि संलग्न
बालेनलाई प्रचण्डले भने-‘मेरो नेतृत्वको सरकार पाँचै वर्ष टिक्छ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार पाँचै वर्षसम्म जाने बताएका छन्। काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएकको न्यायिक सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने थियो भन्ने जवाफ फर्काउँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे । ‘बालेनजीले अघि आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको… Continue reading बालेनलाई प्रचण्डले भने-‘मेरो नेतृत्वको सरकार पाँचै वर्ष टिक्छ’